आईतवार, भाद्र १, २०७६

    कृषि-उर्जा

    विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट 'करोडपति' बन्ने लक्ष्य

    मंगलवार, माघ २, २०७४ साल
    गाईघाट, उदयपुर, २ माघ : अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर..

    ‘मध्यभोटेकोसी जलविद्युत’ को काम दुई वर्षभित्रमा सम्पन्न गर्न निर्देशन

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौं, पौष ३०।  ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्ष्भित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । सचिव उपाध्याय र..

    बजारमा अदुवाको घट्दा मूल्य भार, पर्यो धनकुटेली किसानलाई मार

    आईतवार, पौष ३०, २०७४ साल
    धनकुटा, ३० पुस ।  प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् ।  आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई बताउँछन्  । वन्यजन्तुले नखाने, बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका..

    अँध्यारो जिन्दगीमा ज्योतिको आशा गर्दै सप्तरीको औरही

    आईतवार, पौष ३०, २०७४ साल
    राजविराज, ३० पुस।  सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।  दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताए  ।  भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताए ..

    स्थानीय तहले एक मेगावटसम्मको जलविद्युतको अनुमतिपत्र जारी गर्न पाउने

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पौष २८ ।  एक मेगावाट सम्मका जलविद्युत आयोजनाको सर्वे अनुमति पत्र अब स्थानीय तहले जारी गर्न पाउने भएका छन् । विद्युत उत्पादन सम्बन्धि नीति तथा मापदण्ड निर्माण नहुँदासम्म त्यस्ता आयोजनाका लागि विद्युत विकास विभागबाट ‘टेक्निकल क्लियरेन्स’ प्राप्त आयोजनाहरुलाई मात्र स्थानीय तहले सर्वे र निर्माणको अनुमति पत्र दिन सक्नेछन् । उक्त क्षमताका आयोजनाको सर्वेक्षण तथा निर्माण अनुमति पत्र हालसम्म विभागले दिँदै आएको छ..

    विदेशबाट फर्केका युवा व्यावसायिक गाईपालनमा, मासिक १ लाख आम्दानी

    बिहिवार, पौष २७, २०७४ साल
    पाल्पा, २७ पुस (रासस) : तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।  गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पालेका छन्। अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उनि गाईपालन व्यवसायमा सक्रिय छन् ।  फाइल फोटो वैदेशिक रोजगारबाट फर्केर उनले तीनओटा गाईबाट..

    आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा, उत्पादनमा ३० प्रतिशत वृध्दि

    बिहिवार, पौष २७, २०७४ साल
    डडेल्धुरा, २७ पुस  । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ ।  उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए  ।  यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण..

    विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरण गर्न माग, रासायनिक मल र औषधि हानिकारक

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौँ, २५ पुस : वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ ।  ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको छ ।  यहाँ सोमबार आयोजित ‘प्रकृति र स्वास्थ्य बचाऔँ’ नामक अभियानमा वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले प्रकृति र जडीबुटीले सम्पन्न मुलुकमा प्रांगारिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै..

    रासायनिक मलले उर्बर माटो बिग्रिन थालेपछि विकल्प खोज्दै किसान

    सोमबार, पौष २४, २०७४ साल
    धनगढी, पौष २४ ।  असन्तुलित रुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावी रुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुपर..

    कन्चनपुरको लालझाडीमा लोपोन्मुख धानको बीउ बैंकमा संरक्षण

    आईतवार, पौष २३, २०७४ साल
    कञ्चनपुर, २३ पुस ।  लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो ।  बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै गएका कारण स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि..

    खाने होइन त पश्चिमाञ्चलकै उत्कृष्ट बाँसखर्कको सुन्तला

    बिहिवार, पौष २०, २०७४ साल
    फलेवास, पर्वत, २० पुस  ।  जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादन भएका सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट ठहरिएका छन् ।हालै पोखरामा भएको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा यहाँको सुन्तला उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।  कृषि विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय,..

    पर्वतमा जैविक खेती गर्दै हरिजन, स्वदेशमै कमाउँदै लाखौं लाख धन

    बुधबार, पौष १९, २०७४ साल
    फलेवास, पर्वत, १९ पुस  ।  प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् ।  कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक रु ४५ लाख आम्दानी गरेका छन्  । पन्ध्र रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन गरेका हरिजनले गत वर्ष रु ३५ लाख आम्दानी गरेका थिए भने..

    सरकारको योजना प्रतिफल युक्त, सौर्य उर्जाले रोल्पा बासी बन्दै अँध्यारो मुक्त

    मंगलवार, पौष १८, २०७४ साल
    रोल्पा, १८ पुस  ।  अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् ।  जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् ।  जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ । यो..

    पाल्पाको रामपुरका कृषकहरु सामूहिक उखु खेतीतर्फ आकर्षित

    सोमबार, पौष १७, २०७४ साल
    रामपुर, पाल्पा, १७ पुस ।  शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ ।  तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो ।  बस्ती बढ्दै गएको रामपुरमा खेतीयोग्य जमिनमा धमाधम घर तथा भवन निर्माण हुन थालेपछि परम्परागत रुपमा गर्दै आएको उखुखेती..

    चिया बगानको स्वरुप दिँदै पाल्पाको पर्यटकीय काउलेडाँडा

    सोमबार, पौष १७, २०७४ साल
    रामपुर, पाल्पा, १७ पुस : आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ ।  आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँदै गएको छ ।  पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुवासको काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर अम्रिसो लगाउन थालेपछि यसले..

    नुवाकोट तुप्चेमा १९ मेगावाटको विद्युत् आयोजना बन्दै, ५ अर्ब लगानी

    आईतवार, पौष १६, २०७४ साल
    त्रिशूली, १६ पुस  : विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।  १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने..

    भीमदत्त नगरपालिकाले दियो सहकारी खेती र डेरीका लागि अनुदान

    शुक्रबार, पौष १४, २०७४ साल
    कञ्चनपुर, १४ पुस  ।  सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।  नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ पुर्याउनका लागि नगरपालिकाले अनुदान दिने तयारी गरेको हो । सहकारी खेतीअन्तर्गत कुखुरापालनका लागि रु पाँच लाख ९० हजार, डेरी उद्योगका लागि रु एक लाखदेखि रु तीन लाखसम्म,..

    मोरङको मिक्लाजुङमा सोलारबाट बिजुली, स्थानीयवासी हर्षित

    शुक्रबार, पौष १४, २०७४ साल
    उर्लाबारी, मोरङ, १४ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।  यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ । पहिलो पटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा स्थानीयवासी दंग परेका छन् । स्थानीयवासीले सोलार मिनीग्रिड निर्माण उपभोक्ता..

    सिरहामा बाली छर्ने बेलै मलको अभाव भएपछी किसानहरु चिन्तित

    बिहिवार, पौष १३, २०७४ साल
    लहान, १३ पुस ।  गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सिरहाको लहान आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।  सिरहाको गोविन्दपुरबाट डिएपी मल लिन लहान आएका मो मस्तिकिमले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्कनुपरेको गुनासो गर्नु भएको छ । उनले धान काटेर..

    गरिबी, विपन्नता र अभावका बीच टुकीको भरमा अन्धकार बस्ती

    बिहिवार, पौष १३, २०७४ साल
    गौशाला, १३ पुस ।  चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित धनिकार बस्ती का बासिन्दा वर्षौंदेखि टुकीकै भरमा जीवन बिताउँदै आएका छन् ।  तीस घरपरिवार रहेको सो धनिकार बस्तीमा वर्षौंदेखि अँध्यारो रहेको छ भने त्यस बस्तीका कुनै पनि घरमा विद्युत् जडान नभएको स्थानीयवासी पप्पु धनिकारले बताए  ।  गरिबी, विपन्नता र अभावका बीच सधैँ बस्दै आएका ३० घरधुरीका २००..

    भोजपुरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा निःशुल्क माटो परीक्षण

    बिहिवार, पौष १३, २०७४ साल
    भोजपुर, १३ पुस । भोजपुर जिल्लामा चिया खेतीका लागि निःशुल्क माटो परीक्षण शिविरमा माटोको नमूना परीक्षण गराइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको सदरमुकाममा माटो परीक्षण गरेको हो ।  शिविरमा भोजपुर जिल्लाको आमचोक गाउँपालिका, ट्याम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र छिमेकी जिल्ला खोटाङको जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका किसानले ५७ प्रकारको माटोको नमूना परीक्षण गराएका थिए ।  सबै किसानले ल्याएको माटोको नमूना..

    ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानले बनायो करोडौंको मालिक

    बिहिवार, पौष १३, २०७४ साल
    बेनी, म्याग्दी, १३ पुस ।  आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले रु एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन्  ।  सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका भएपनि कार्कीको प्रगति..

    नेपाल-भारतबीच विद्युत खरिद सम्झौता नवीकरण, सहजताका लागि थप आवश्यक

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच बुधबार भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो ।  आज बिहानै उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी..

    कन्चनपुरमा च्याउखेती गर्न नमूना घर निर्माणको थालनी तीव्र

    बुधबार, पौष १२, २०७४ साल
      कञ्चनपुर, १२ पुस ।  बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ ।  नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएका हुन् । किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरले अनुदान रकमसमेत वितरण गरिएको छ ।  अनुदान रकम परिचालन गरी..

    लघुजलविद्युत् आयोजना बन्द हुँदा बैतडी र दार्चुला अन्धकारमा बस्न बाध्य

    बुधबार, पौष १२, २०७४ साल
    बैतडी, १२ पुस  ।  आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।  लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानीय मानबहादुर कार्कीले जानकारी दिए  । लघुजलविद्युत्..

    सम्झौता नवीकरण गर्न टोलीसहित निर्देशक घिसिङ दिल्ली प्रस्थान

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस ।  विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिए  । प्रतिनिधिमण्डलमा कार्यकारी निर्देशक घिसिङ र प्रवक्ता अधिकारी सम्मिलित छन्  ।  ढल्केबर–मुजफ्फरपुर..

    'हिमालयन हाइड्रो एक्स्पो - २०१८' आयोजना हुँदै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ ।  जलविद्युत्को विकास र विस्तारमा सहयोग पुग्ने गरी उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा विकास भएका नयाँनयाँ प्रविधि तथा..

    पूर्वी पहाडी जिल्लामा बढी उत्पादन हुने चिराइतोको मूल्यमा भारी गिरावट

    सोमबार, पौष १०, २०७४ साल
    ताप्लेजुङ, १० पुस ।  पूर्वी पहाडी जिल्लाहरुमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु मर्कामा परेका छन् । अलैचिको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आयआर्जनमा कमी आएको छ । अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमी आएको ताप्लेजुङका चिराइतो व्यवसायी कैलास बानियाले बताए । दुई वर्षअघि प्रतिमन..

    सप्तरीमा गत वर्षको तुलनामा यो वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी

    सोमबार, पौष १०, २०७४ साल
    सप्तरी, १० पुस ।  साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ ।  बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको जल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।  धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र रोपिसकेपछि आएको बाढीका कारण उत्पादनमा कमी आएको वरिष्ठ कृषि..

    विद्युत् चुहावट २० प्रतिशतमा झार्ने लक्ष्यसहित कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरण

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस । विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ ।  प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा सचिव अनुपकुमार उपाध्यायसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सम्झौता यसअघि नै गरिसकेका थिए  । प्राधिकरणको प्रणालीमा हाल २२.९ प्रतिशत विद्युत् चुहावट छ । चालु आर्थिक वर्षको अन्त्यसम्म २.९ प्रतिशतले चुहावट घटाएर..
    Results 918: You are at page 28 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast