शुक्रबार, मंसिर २०, २०७६

    कृषि-उर्जा

    रूख कटानमा समस्या देखिएपछि सोलु करिडोर प्रसारण लाइन निर्माणको काममा समस्या

    आईतवार, जेष्ठ ६, २०७५ साल
    काठमाडौँ, ६ जेठ वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानमा देखिएको समस्याका कारण सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माणको काम समयमै नसकिने भएको छ । सो प्रसारण लाइन समयमै नसकिए नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा प्रवद्र्धकलाई वार्षिक रु एक अर्ब ३८ करोड रकम क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । सोलु खोलामा निजी क्षेत्रका २१७।५ मेगावाट क्षमताका ६ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।..

    सावधान! बर्डफ्लु संकटग्रस्त घोषणा गरिएको क्षेत्रमा जनस्वास्थ्यको टोली

    आईतवार, जेष्ठ ६, २०७५ साल
    चितवन, ६ जेठ कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ ।  पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको..

    झण्डै २ हजार कृषकद्वारा एकैसाथ बबई नहरको सफाई, १ किमि नहरको दाँया-बाँया सफा

    शनिबार, जेष्ठ ५, २०७५ साल
    बर्दिया, ५ जेठ : बर्दियाको बबई सिँचाइ आयोजनाको नहर झण्डै दुई हजार कृषकहरुले जनश्रमदान गरेर सरसफाई गरेका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बबई नदीको बबई सिँचाइ आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो तथा वालुवा सरसफाइ गर्न शनिबार करीब दुई हजार कृषकहरु जुटेका हुन् ।  बर्दियाको पश्चिम क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका दुई हजार कृषकहरु..

    सैनामैना नगरपालिकाले कृषक समूहलाई ४१ लाख अनुदान दिइने

    शनिबार, जेष्ठ ५, २०७५ साल
    रुपन्देही, ४ जेठ सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ ।  नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिए । साना सिंचाई योजनातर्फ रु दुई लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजना पकेट कार्यक्रमतर्फ रु २५ लाख, नयाँ पकेट क्षेत्रतर्फ रु १२ लाख, गाउँ नगर कृषक मूल समितिलाई..

    कृषिमन्त्रीको डिडिसीलाई चेतावनी : सुध्रने कि नसुध्रने ? हैन भने बन्द गर सब

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, जेठ ४  सरकारले दुध वितरण आयोजना (डिडिसी) विराटनगरले स्तरोन्नति नगरे सोच्न बाध्य हुने चेतावनी दिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी, सचिव युवकध्वज जिसीसहित अनुगमनमा गएका मन्त्री चक्रपाणि खनाल बलदेवले त्यसविरुद्ध सोच्न बाध्य हुने चेतावनी दिएका हुन्। सरकारले आगामी दुई वर्षभित्र दुधमा आत्मनिर्भर हुने गरी कार्ययोजना बनाए पनि डिडिसीको उत्पादन त्यसअनुसार नरहेको उनको भनाइ छ। डिडिसी प्रविधिमा निक्कै..

    हावाहुरीले केरा खेतीमा १० लाखभन्दा बढीको क्षति भएको विवरण

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    कञ्चनपुर, ४ जेठ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ ।  नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो ।  हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताए । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पुर्याएपछि किसानले क्षतिपूर्तिका..

    विगतको तुलनामा आलुको मूल्य नपाएपछि किसान चिन्तित

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    बनेपा, ३ जेठ काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् ।  यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताए । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उनको भनाइ छ । उनले..

    ग्रामीण क्षेत्रको विकासका लागि ऊर्जाको सदुपयोग अनिवार्य

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन ।  ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता औल्याए ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले देशभरका ४६० गाउँपालिकामध्ये ११९ गाउँपालिका अहिलेसम्म..

    सुपर साञ्जेनमा चौध अर्ब लगानी गर्दै चिनियाँ कम्पनी, नेपाली लगानीकर्ताको आठ प्रतिशत लगानी रहने !

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, १ जेठ पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ । नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना..

    अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री साह

    मंगलवार, जेष्ठ १, २०७५ साल
    महोत्तरी, जेठ १ कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन् ।  सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्दै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन गर्नका लागि सो विधिको विकल्प नरहेकोमा जोड दिए ।  यस संस्थालाई देशकै नमूना संस्था..

    औद्योगिक क्षेत्र पनि भयो लोडसेडिंग मुक्त, उद्योग व्यवसायी अत्यन्त हर्षित

    सोमबार, बैशाख ३१, २०७५ साल
    काठमाडौँ, बैशाख ३१  घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए ।  विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गरे र प्राधिकरणका..

    बढ्दो मागका कारण दुई हजार बोतल च्याउको बीउ उत्पादन

    सोमबार, बैशाख ३१, २०७५ साल
    कञ्चनपुर, ३१ वैशाख कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ ।  प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो ।  उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताए ।  च्याउको..

    बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी, एक मौसममा ८० हजारदेखि चार लाखसम्म कमाई !

    आईतवार, बैशाख ३०, २०७५ साल
    तुलसीपुर, दाङ, ३० वैशाख कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजारौं किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।  लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौं  रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका..

    अरुण तेस्रो विद्युत् आयोजना प्रदेश नं १ को समृद्धिको मुख्य आधार

    शनिबार, बैशाख २९, २०७५ साल
    संखुवासभा, २९ वैशाख विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो ।  अरुण तेस्रो सञ्चालनमा आए प्रदेश नं १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने गरेका छन् । हालसम्म भएको विद्युत उत्पादनबाट अपुग..

    अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित

    शुक्रबार, बैशाख २८, २०७५ साल
    पाँचथर, २८ वैशाख अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् ।  अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।  फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताए ।..

    उर्जा क्षेत्रको विकासको लागी उर्जामन्त्री वर्षमान पुनले ल्याए यस्ता योजना

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ बैशाख उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेका छन् । उनले सुशासनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको बताए । नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाण्डुमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’..

    अति विपन्न मुसहर समुदायलाई सिँचाइमा सहयोग

    बिहिवार, बैशाख २७, २०७५ साल
    पथरी, मोरङ, २७ वैशाख अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित सामुदायिक तथा सिँचाइ उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ ।  एक औपचारिक कार्यक्रमबीच बुधबार दिउँसो नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरियो । नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको रु चार लाख ७४ हजार सहयोगमा डिप बोरिङसहित एकै टोलमा दुई स्थानमा..

    सुनसरीमा बिहान एक्कासि आएको हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

    बुधबार, बैशाख २६, २०७५ साल
    इनरुवा, २६ वैशाख सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा बुधबार बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।  सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा बुधबार बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो ।  असिना, पानी र हावाहुरीका कारण सुनसरीमा..

    उर्जामन्त्रीले सार्वजनिक गरे १२५ बुँदे श्वेतपत्र, १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने !

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ बैशाख ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको १ सय २५ बुँदे श्वेत पत्र जारी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ३४ पृष्ठको कार्ययोजनामा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । मन्त्री पुनले उर्जा तथा सिञ्चाइ सम्बद्व आयोजना निर्माणमा ढिलाई गर्ने ठेकेदार तथा परामर्शदाता कम्पनीलाई..

    सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित !

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको..

    जुम्लामा सञ्चालित प्रादेशिकस्तरको कृषि महोत्सव सम्पन्न

    मंगलवार, बैशाख २५, २०७५ साल
    सुर्खेत, २५ वैशाख जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ ।  उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल..

    स्थानीयवासीलाई गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

    सोमबार, बैशाख २४, २०७५ साल
    बाजुरा, २४ वैशाख बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ ।  ३ नं वडा रजालीका धल्पुरी सामुदायिक संस्थाका २५ जना र ६ नं वडामा रहेको पानीनाउला सामुदायिक संस्थाका १९ जना घर परिवारलाई चुलो हस्तान्तरण गरिएको सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए ।  नगरपालिकाभित्र रहेका महिलालाई खाना पकाउन सहज हुने भएकाले महिलालाई..

    दुई सातादेखि बुटवलमा अक्सिजन जेनेरेसन प्लाण्टबाट ग्यास उत्पादन !

    आईतवार, बैशाख २३, २०७५ साल
    रुपन्देही, २३ वैशाख लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ज्ञास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिएका छन् । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको बताएका छन् । उनले अस्पतालको आइसियू, एनआइसियू, इर्मेजेन्सी, मेडिकल वार्डमा उक्त ग्यास वितरण..

    बाँझो राख्न नपाइनेदेखि किसानलाई पेन्सनसम्मका योजना, पुरा होलान् त कृषि मन्त्रीका सपना !

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौं २३, बैशाख : कृषि, पशुपन्क्षी, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नो क्षेत्रको विकासको लागि ५८ बुँदे कार्ययोजना प्रस्तुत गरेको छ । मन्त्री खनालले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्ना योजना र कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । मन्त्रीको मार्गचित यस्तो छ : नयाँ संविधानको घोषणा र राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको छ । मुलुक हाल एकात्मक..

    आयआर्जनको गतिलो माध्यम खरायो पालन, सजिलै मासिक २० हजार बढी कमाई

    आईतवार, बैशाख २३, २०७५ साल
    सुरुङ्गा, झापा, २३ वैशाख : उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाएका छन् ।  भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै कमाई गर्न नसकेपछि स्वदेश फर्किएका भण्डारीले खरायोपालनका लागि शुरुमा..

    उन्नत जातको बीउ, समयमै वर्षा, रोगकीराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि

    शनिबार, बैशाख २२, २०७५ साल
    लहान, २२ बैशाख   सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।   जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ..

    चितवनमा रातभर अज्ञात समूहद्वारा किसानका बगानमा तीन हजार १०० केराका बोट फँडानी !

    बिहिवार, बैशाख २०, २०७५ साल
    चितवन, बैशाख १९ कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले  केरा बगान फँडानी गरेको छ। कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा वढी केराका बोट रातको समयमा फाँडिएको थियो। केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए। उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा..

    ‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट, २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणाधीन

    सोमबार, बैशाख १७, २०७५ साल
    काठमाडौँ, १७ वैशाख : जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् ।  अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुनेछन् ।  नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र चिलिमको मुख्य प्रवद्र्धकत्वमा..

    उर्जामन्त्री वर्षमान पुनद्वारा नुवाकोट र रसुवामा ६ जलविद्युत आयोजनाको निरीक्षण

    आईतवार, बैशाख १६, २०७५ साल
    रसुवा १६ वैशाख उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले नुवाकोट र रसुवामा रहेका ६ वटा जलविद्युत आयोजनाको निरिक्षण गरेका छन् । शुक्रबार र शनिबार आयोजनास्थलमै पुगेर मन्त्री पुनले आयोजनामा भइरहेको प्रगतिबारे जानकारी लिँदै निर्धारित समयमा आयोजनाको काम सक्न निर्देशन समेत दिएका छन् ।  शुक्रबार दिँउसो नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर  ६ मा नेपालकै सबैभन्दा ठूलो २५ मेगावाटको ग्रीड सोलार प्लान्टको शिल्यान्यास..

    गहुँबाली घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा

    शनिबार, बैशाख १५, २०७५ साल
    विराटनगर, १५ वैशाख गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् ।  मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा शनिवार मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ भइरहेको छ ।  बालीबाट गहुँको दाना मेशिनबाट छुटाउनका लागि घाममा राम्ररी सुकाउनुपर्छ । पटक–पटकको वर्षाले गहुँबाली सुकाउन नसक्दा कतिपय किसान मारमा परेका हुन् ।  भिजेको बालीबाट..
    Results 1052: You are at page 27 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast