सोमबार, मंसिर २३, २०७६

    कृषि-उर्जा

    फुकोट कर्णाली परियोजना जलविद्युत्मा १ अर्ब २६ करोड लगानी

    शनिबार, जेष्ठ २६, २०७५ साल
    काठमाडौँ, २६ जेठ   जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ ।  कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए ।  ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि..

    कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको जेनेरेटरमा समस्या, ५० % कम विद्युत् उत्पादन

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ : नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।  ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती..

    गाँठा बनाउने जुकाका कारण ललितपुरमा तरकारी खेती फस्टाउन सकेन

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    ललितपुर, २५ जेठ गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ । वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा..

    अर्थशास्त्री र पर्यटनविज्ञ भन्छन् - प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    पथरी, मोरङ, २५ जेठ  अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् ।  सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । कृषिकै माध्यमबाट छिटो जनताको जीवनस्तर उकासिने पर्यटन विज्ञ प्रा डा सोमनाथ खतिवडाको भनाइ छ । उनका अनुसार पर्यटकलाई..

    नेपालकै पहिलो र अत्याधुनिक प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    वालिङ, स्याङ्जा, २४ जेठ स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ ।  “हामीले राष्ट्रिय कृषि नीतिको मापदण्डका आधारभित्र रहेर दैनिक १५ टन जैविक मल जर्मन र चिनियाँ प्रविधिबाट उत्पादन शुरु गरेका छौँ” कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, “उत्पादित मल १, २, ५, २० र २५ किलोका प्याकमा पाउडर र दाना..

    कृषिमन्त्री चक्रपाणि खनालले भने - अब कृषिक्षेत्रको सिन्डिकेट म अन्त्य गर्छु

    बुधबार, जेष्ठ २३, २०७५ साल
    बुटवल, २३ जेठ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताएको छ । उनले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गरे । रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले बुधबार बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री खनालले कृषियोग्य जमिनको खण्डीकरण जसरी पनि..

    शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने

    बुधबार, जेष्ठ २३, २०७५ साल
    राजविराज, २३ जेठ  प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन् ।  राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षमा एक-एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क..

    संसारकै गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना !

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेपछि सो आयोजनाको बारेमा चासो शुरु भएको छ । बागलुङ र पर्वतको सीमा भएर बग्ने कालीगण्डकी नदीमा करीब एक हजार ५०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण हुने, कृषि, पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय राजनीतिक नेतृत्व र सांसदहरुले आयोजना निर्माणका लागि प्रयास शुरु गरेका..

    उदयपुरका किसान माछापालनका साथै बेसार उत्पादनमा सक्रिय

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    गाईघाट, उदयपुर, २२ जेठ पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ ।  यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आएका छन्। उनले वार्षिक रु चार लाखसम्मको माछा..

    विश्व वातावरण दिवसका अवसरमा पहिलो पटक अंगुरको बिरुवा रोपण

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    रसुवा, २२ जेठ  कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ ।  विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो । जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।  ‘एक कर्मचारी, एक फलफूल बिरुवा..

    २२ मेगावाट क्षमता भएको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

    सोमबार, जेष्ठ २१, २०७५ साल
    नुवाकोट, २१ जेठ रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ ।  केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिए ।  “८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा..

    बुटवल–बेलहिया मार्ग बेहुली झैं सिंगारियो, सडक सौर्यबत्ती जुनकिरीको झैँ उज्यालो

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बुटवल, २० जेठ बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।  सडककोबीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझैं  मधूरो टल्किने उज्यालो मात्र दिन्छन् । बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रुपमा दुई वर्ष नपुग्दै काम..

    पशुमा भ्यागुते रोगको संक्रमण, अहिलेसम्म ६ वटा पशुचौपाया मरे

    आईतवार, जेष्ठ २०, २०७५ साल
    खजुरा, बाँके, २० जेठ डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ ।  रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो ।  खोप नदिएका बाहिरबाट खरिद गरी ल्याएका पशु तथा रोगी पशु मरेपछि..

    बगरमा रोपिएको फलफूल र तरकारीबाट ७ लाख आम्दानी

    शनिबार, जेष्ठ १९, २०७५ साल
    कलैया, १९ जेठ बाढीले खेत कटान गरी बगरमा परिणत भएको तीन हेक्टर क्षेत्रफलमा फलफूल र तरकारीखेती गरी कृषकले रु सात लाखभन्दा बढी आम्दानी गरेका छन् ।  अडान नेपाल नामक गैरसरकारी संस्थाको सहयोग, जनजागरण युवा क्लबको सहकार्य र समन्वयमा बाराको फत्तेपुरस्थित दुधौरा खोलामा रहेको बगर क्षेत्रमा चार कृषक समूहका ६० जना कृषकले तरभुजा, काँक्रो, लौका, करेलाखेती गरी रु सात लाखभन्दा बढी आम्दानी गरेको..

    कृषि विकास कार्यालयद्वारा मकैखेतीको लागि दुईवटा जातको बीउ सिफारिस

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    तुलसीपुर, दाङ, १८ जेठ  कृषि विकास कार्यालयले यसपटक दुईवटा जातको मकैको बीउ सिफारीस गरेको छ ।  कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरुण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ । यी दुवै जातका मकैबाट किसानले उत्पादन तथा बिक्रीको उचित मूल्य पाउने खनालको भनाइ छ ।  कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती दुवै मकैको बीउको मूल्य प्रतिकिलो रु ७५..

    म्याग्दीमा उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १८ जेठ   कृषि उपजको उत्पादन  वृद्धि र लागत घटाउने उद्देश्यले मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।  कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।  कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विकास कार्यक्रमअन्तर्गत औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख नीरञ्जन तिवारीले बताए..

    प्रसारण लाइन प्रभावितलाई जलविद्युत्को शेयर दिइने, स्थानीयलाई विश्वासमा लिएर समस्याको समाधान गर्ने

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ जग्गा प्राप्ति र मुआब्जा वितरणको मारमा परेका नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका प्रसारण लाइन आयोजनालाई अब भने सहज हुने भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को बजेटमा प्रसारण लाइन प्रभावित क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ हुने गरी व्यवस्था गरिएको छ । आगामी आवको बजेटमा प्रसारण लाइनबाट प्रभावित घर परिवारलाई विद्युत् आयोजनामा लगानीको अवसर प्रदान..

    कर्णाली प्रदेशमा वैकल्पिक ऊर्जा एक मात्र विकल्प : मुख्यमन्त्री शाही

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    सुर्खेत, १८ जेठ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताएका छ ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले यो कुरा बताएका हुन् ।  कार्यक्रममा उनले यो प्रदेशमा ठूला जलविद्युत् आयोजना निर्माण नहुञ्जेलसम्म विद्युतीकरणको एकमात्र विकल्प वैकल्पिक ऊर्जा..

    बाँदरका कारण किसानको खेतमै बास, सरकारले क्षतिपूर्ति दिनुपर्ने माग

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    खोटाङ, १७ जेठ पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जंगलमा केही खान नपाएपछि..

    किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    दाङ, १७ जेठ दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ ।  बुधबार भएको उपमहानगरस्तरीय निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको जिल्ला कृषि विकास कार्यालयका माटोविज्ञ दिगम्वर यादवले बताए ।  “अधिकांश जमिनमा पोटासको मात्रा न्यून र फोस्फोरसको मात्रा ७५ प्रतिशत देखिएको छ, खेतीयोग्य जमिनमा पोटास र फोस्फोरस हाल्नुपर्ने देखिएकोछ” उनले भने..

    बारामा हिउँदे मकैको घोगामा दाना नलाग्दा लगभग १० करोडको क्षति !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    वीरगञ्ज, १६ जेठ बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ । जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक..

    अरुले छिछी र दुर्दुर गर्ने पिसाब संकलन गरी तरकारीखेती

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    बझाङ, १५ जेठ खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् ।  थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थालेका हुन् । मान्छेको पिसाब खेर गएको छ, खेर गएको पिसाबलाई संकलन गरेर आफूले एक वर्षदेखि संकलन गरी तरकारीमा प्रयोग गर्न थालेको उनले बताए ।  हर्कबहादुरले भने अरुले छिछी र दुर्दुर गर्छन् तर..

    १ सय ४० वर्ष पुरानो रुख कटानसंगै नयाँ विरुवा रोपेर कृषि शैलीमा वन व्यवस्थापन !

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    धनकुटा, १५ जेठ एक सय चालिस वर्ष पुरानो सल्लेरी वनको रुख कटान गरी नयाँ बिरुवा रोपेर वन व्यवस्थापन गरिएको छ । जिल्ला वन कार्यालयका अनुसार सदरमुकामस्थित धनकुटा नगरपालिका ६ नं वडामा रहेको सल्लेरी वनको पुराना रुख कटान पछि नयाँ बिरुवा रोपिएको हो । गतवर्ष पनि जिल्ला वन समन्वय समितिले बैठकले पनि पुराना रुख काटेपछि नयाँ बिरुवा रोप्ने निर्णय गरी काम शुरु..

    मस्र्याङ्दी करिडोरको विद्युत् खेर जान नदिन नेपाल विद्युत् प्राधिकरण क्रियाशील !

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौँ, १४ जेठ नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट पनि विद्युत् खेर जान नदिने गरी तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको भन्दै सो अवधिमा सबस्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रसारण लाइन..

    मौरीपालनका लागि लोथरका किसानलाई मौरी र घार वितरण

    सोमबार, जेष्ठ १४, २०७५ साल
    रत्ननगर, चितवन, १४ जेठ मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ ।  राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच..

    च्याउको बीउ माग धेरै उत्पादन थोरै, किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै

    आईतवार, जेष्ठ १३, २०७५ साल
    कञ्चनपुर, १३ जेठ कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् ।  पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् ।  बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले प्रतिवर्ष दुई हजार बोतल..

    धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसान मर्कामा

    शनिबार, जेष्ठ १२, २०७५ साल
    ललितपुर, १२ जेठ धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् ।  शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताए । मरुवा(ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग नियन्त्रणको उपाय खोजे पनि यसको पत्ता लाग्न..

    विश्वमा उदाहरण बन्दै ! ग्यास, विद्युत् र मल अब एउटै बायोग्यास प्लान्टबाट

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    नवलपरासी, ११ जेठ धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ ।  “शुरुमा त व्यक्तिगत लगानीमा यति ठूलो र नयाँखालको प्लान्ट जडान गर्न सकिएला भन्ने विश्वास पनि थिएन तर केन्द्र र विश्व बैंकको आर्थिक तथा प्राविधिक..

    उखुको भुक्तानी पाउँदै किसान, असारसम्ममा सबैले उखुको भुक्तानी लिइसक्ने भनाई

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    विराटनगर, ११ जेठ किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् ।  सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिए ।  “लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका छन्,” उनले भने । आउने असारसम्ममा सबै किसानले उखुको..

    प्रसारण लाइन निर्माणबारे मन्त्री पुन र अमेरिकी राजदूत अलाइनाबिच छलफल

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    काठमाडौँ, १० जेठ ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका बारेमा छलफल भएको छ ।  ऊर्जा मन्त्रालयमा बिहिबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री पुनले अमेरिकाको सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेशनसँग सम्बन्धित कार्यक्रम समयभित्र पूरा गर्ने तयारी मन्त्रालयले गरेको बताउँदै त्यसका लागि सरकारका तर्फबाट कुनै समस्या नपर्ने धारणासमेत राखे । अमेरिकाले..
    Results 1055: You are at page 26 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast