कृषि-उर्जा
शुक्रबार, आषाढ १५, २०७५ साल
.jpg)
काठमाडौँ, १५ साउन
सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकले खाद्यान्न ढुवानीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप..
शुक्रबार, आषाढ १५, २०७५ साल

दाङ, १५ असार
पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।
पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिए ।
धान रोपाइँमा..
शुक्रबार, आषाढ १५, २०७५ साल

सुरुङ्गा, झापा १५ असार
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन् ।
झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा शुक्रबार केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ मन्त्री बाँस्कोटाले भने– “कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो,..
बिहिवार, आषाढ १४, २०७५ साल

रुकुम, १४ असार
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ ।
त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै रु आठ करोडको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो ।
‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु पाँच करोड, स्थानीयवासीको रु दुई करोड र सिभिल बैंकको रु एक करोड ऋणमा विद्युत् उत्पादन..
बिहिवार, आषाढ १४, २०७५ साल

फलेवास, पर्वत, १४ असार
कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ ।
थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।
गाउँपालिकाका ६ वटै वडाका कृषक समूहलाई मागका आधारमा यान्त्रिक हलो वितरण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले..
बुधबार, आषाढ १३, २०७५ साल

कालीकोट, १३ असार
जिल्लामा पहिलोपटक सञ्चालनमा आएको हिमचुली डेरी उद्योग बन्द भएको छ ।
हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको उक्त डेरी उद्योग दूधको अभावमा बन्द भएको हो ।
संस्थाले २०६८ भदौमा सञ्चालनमा ल्याएको डेरी उद्योग जनशक्ति अभावका कारण २०७२ जेठमा पनि बन्द भएको थियो । कृषकले डेरीलाई भन्दा बजारमा बिक्री गर्न थालेपछि डेरीमा दूध अभाव भएको हो ।
दूध अभावका कारण डेरी बन्द..
बुधबार, आषाढ १३, २०७५ साल

काठमाडौं, १३ असार
कृषि उत्पादन खाएर कृषकलाई दुःख दिएपछि बाँदर व्यवस्थापनमा पहिलो गाउँसभाबाट रु १० लाख छुट्याएको गाउँपालिकाले आर्थिक बर्ष २०७५-०७६ को बजेटमा पनि निरन्तरता दिँदै रु पाँचलाख विनियोजन गरेको छ ।
भारतबाट आएको बाँदर नियन्त्रण गर्ने टोलीले हालसम्म दुईपटक गरी ५०० वटा बाँदर छोपेर निकुञ्जमा पुर्याएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका बाँदर छोप्ने क्रम जारीरहेको प्रमुख ओझाले राससलाई बताए । ..
मंगलवार, आषाढ १२, २०७५ साल

फलेवास, पर्वत, १२ असार
फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ ।
फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी र पशु फार्मका लागि कम्तीमा ५० पशु अटाउने फार्म अघि सारेको..
सोमबार, आषाढ ११, २०७५ साल

बुटवल, ११ असार
प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५-७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकाँशतः अनुदानमा आधारित कार्यक्रम..
आईतवार, आषाढ १०, २०७५ साल

नुवाकोट, १० असार
सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।
चीनको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी जलविद्युत्..
आईतवार, आषाढ १०, २०७५ साल

चितवन, १० असार
भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ ।
केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु यतिबेला रोप्नका लागि तयार भएको र असार र साउन महिनामा मात्रै रोपिने भएकाले ती बिरुवा देशका विभिन्न भागमा पठाउन थालिएको हो ।
सरकारीस्तरका धनकुटा, सुनसरीको इटहरी, काभ्रेको खोपासी, भक्तपुरको चीतापोल, धादिङको धुलेबेँसी, चितवनको भण्डारा, तनहुँको..
शुक्रबार, आषाढ ८, २०७५ साल

काठमाडौँ, ८ असार
उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन् ।
नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले शुक्रबार काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताए ।
कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताईन् । संविधानले खाद्यसम्प्रभुता..
शुक्रबार, आषाढ ८, २०७५ साल

ललितपुर, ८ असार
सरकारले पाँच वर्षभित्र ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा त्यसका लागि दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइएको छ ।
ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि स्वदेशमै दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले सञ्चालित तालीम समापनका अवसरमा सहभागी विज्ञहरुले विश्वका विकसित तथा विकाशोन्मुख देशमा ऊर्जाको मुख्य स्रोतको रुपमा ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्न शुरु..
बिहिवार, आषाढ ७, २०७५ साल

कञ्चनपुर, ७ असार
बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन् ।
नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी गरेका छन् । उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गरे । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै..
बुधबार, आषाढ ६, २०७५ साल

बुटवल ६ असार
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उक्त नगरपालिकाको बुधबारबाट शुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ शिक्षाको सुधारका लागि स्पष्ट..
बुधबार, आषाढ ६, २०७५ साल

काठमाडौँ, ६ असार
चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासमा मंगलबार आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो । एकैपटक यति ठूलो क्षमताको आयोजना निर्माणमा सम्झौता..
मंगलवार, आषाढ ५, २०७५ साल

सोलुखुम्बु, ५ असार
जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ ।
जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ ।
चालू आर्थिक वर्षमा कृषकका २७ याक, १२ नाक, १२ चौँरीगाई, दुई जोक्पे, चार लाङ्गोरु र २२ वटा बाच्छाबाच्छी जंगली जनावरको शिकार भएका छन् ।
फार्मका निमित्त..
मंगलवार, आषाढ ५, २०७५ साल

मलेखु, धादिङ, ५ असार
नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका–२ मलेखुबजार क्षेत्र दुई सातादेखि अन्धकारमय भएको छ ।
पृथ्वीराजमार्गको महेशदोभानबाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडालगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएको हो ।
राजमार्गबाट २० मिनेटको दूरीमा रहेको बस्ती दुई सातादेखि विद्युत्विहीन हुँदा पनि कुनै पनि निकायले सहयोग..
सोमबार, आषाढ ४, २०७५ साल

रत्ननगर, चितवन, ४ असार
यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् ।
सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण गर्ने योजना थियो ।
मौरीपालन विकास केन्द्र भण्डारा तोकिएको म्यादभित्र करीव ६० प्रतिशत मात्रै मौरीको रानी वितरण गर्न सफल भएको छ । समयमै वितरण नभएपछि अहिले रानी वितरणका लागि म्याद..
सोमबार, आषाढ ४, २०७५ साल

बनियानी, झापा, ४ असार
वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिए ।
“वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भने, “हल्दीबारीको जलथल क्षेत्रमा बढी..
सोमबार, आषाढ ४, २०७५ साल

कञ्चनपुर, ४ असार
एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ ।
बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र..
आईतवार, आषाढ ३, २०७५ साल

बनियानी, झापा, ३ असार
झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् ।
करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए ।
सात वटा गाई पालेका उनले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । “दैनिक २० लिटर..
शुक्रबार, आषाढ १, २०७५ साल

राजविराज, १ असार
सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई शुक्रबार पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।
पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला..
शुक्रबार, आषाढ १, २०७५ साल

बेनी, म्याग्दी, १ असार
धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् ।
कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न..
बिहिवार, जेष्ठ ३१, २०७५ साल

ललितपुर, ३१ जेठ
धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।
छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ ।
एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्काे वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन्..
बिहिवार, जेष्ठ ३१, २०७५ साल

जाजरकोट, ३१ जेठ
मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ ।
भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गरेका हुन् । मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको..
बुधबार, जेष्ठ ३०, २०७५ साल

काठमाडौँ, ३० जेठ
सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले यहाँ निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् ।
व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।
मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा त्यहाँका स्थानीय बासिन्दाले विद्युत्गृहको निर्माणबाट..
बुधबार, जेष्ठ ३०, २०७५ साल

बागलुङ, ३० जेठ :
आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् ।
किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो ।
पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले बताए । “प्रयोगात्मक अभ्यासबाट..
मंगलवार, जेष्ठ २९, २०७५ साल

नवलपरासी, २९ जेठ
पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् ।
जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले हालसम्म करीब रु २५ करोड भुक्तानी गरेका छन् ।
पश्चिम नवलपरासीका किसानले भुक्तानी नपाए पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक–पटक..
मंगलवार, जेष्ठ २९, २०७५ साल

लहान, २९ जेठ
सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।
नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।
प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिए ।
यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताए । ..
Results 1057: You are at page 25 of 36