आईतवार, भाद्र १, २०७६

    कृषि-उर्जा

    अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित

    शुक्रबार, बैशाख २८, २०७५ साल
    पाँचथर, २८ वैशाख अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् ।  अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।  फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताए ।..

    उर्जा क्षेत्रको विकासको लागी उर्जामन्त्री वर्षमान पुनले ल्याए यस्ता योजना

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ बैशाख उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेका छन् । उनले सुशासनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको बताए । नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाण्डुमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’..

    अति विपन्न मुसहर समुदायलाई सिँचाइमा सहयोग

    बिहिवार, बैशाख २७, २०७५ साल
    पथरी, मोरङ, २७ वैशाख अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित सामुदायिक तथा सिँचाइ उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ ।  एक औपचारिक कार्यक्रमबीच बुधबार दिउँसो नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरियो । नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको रु चार लाख ७४ हजार सहयोगमा डिप बोरिङसहित एकै टोलमा दुई स्थानमा..

    सुनसरीमा बिहान एक्कासि आएको हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

    बुधबार, बैशाख २६, २०७५ साल
    इनरुवा, २६ वैशाख सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा बुधबार बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।  सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा बुधबार बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो ।  असिना, पानी र हावाहुरीका कारण सुनसरीमा..

    उर्जामन्त्रीले सार्वजनिक गरे १२५ बुँदे श्वेतपत्र, १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने !

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ बैशाख ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको १ सय २५ बुँदे श्वेत पत्र जारी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ३४ पृष्ठको कार्ययोजनामा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । मन्त्री पुनले उर्जा तथा सिञ्चाइ सम्बद्व आयोजना निर्माणमा ढिलाई गर्ने ठेकेदार तथा परामर्शदाता कम्पनीलाई..

    सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित !

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको..

    जुम्लामा सञ्चालित प्रादेशिकस्तरको कृषि महोत्सव सम्पन्न

    मंगलवार, बैशाख २५, २०७५ साल
    सुर्खेत, २५ वैशाख जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ ।  उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल..

    स्थानीयवासीलाई गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

    सोमबार, बैशाख २४, २०७५ साल
    बाजुरा, २४ वैशाख बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ ।  ३ नं वडा रजालीका धल्पुरी सामुदायिक संस्थाका २५ जना र ६ नं वडामा रहेको पानीनाउला सामुदायिक संस्थाका १९ जना घर परिवारलाई चुलो हस्तान्तरण गरिएको सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए ।  नगरपालिकाभित्र रहेका महिलालाई खाना पकाउन सहज हुने भएकाले महिलालाई..

    दुई सातादेखि बुटवलमा अक्सिजन जेनेरेसन प्लाण्टबाट ग्यास उत्पादन !

    आईतवार, बैशाख २३, २०७५ साल
    रुपन्देही, २३ वैशाख लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ज्ञास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिएका छन् । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको बताएका छन् । उनले अस्पतालको आइसियू, एनआइसियू, इर्मेजेन्सी, मेडिकल वार्डमा उक्त ग्यास वितरण..

    बाँझो राख्न नपाइनेदेखि किसानलाई पेन्सनसम्मका योजना, पुरा होलान् त कृषि मन्त्रीका सपना !

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौं २३, बैशाख : कृषि, पशुपन्क्षी, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नो क्षेत्रको विकासको लागि ५८ बुँदे कार्ययोजना प्रस्तुत गरेको छ । मन्त्री खनालले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्ना योजना र कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । मन्त्रीको मार्गचित यस्तो छ : नयाँ संविधानको घोषणा र राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको छ । मुलुक हाल एकात्मक..

    आयआर्जनको गतिलो माध्यम खरायो पालन, सजिलै मासिक २० हजार बढी कमाई

    आईतवार, बैशाख २३, २०७५ साल
    सुरुङ्गा, झापा, २३ वैशाख : उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाएका छन् ।  भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै कमाई गर्न नसकेपछि स्वदेश फर्किएका भण्डारीले खरायोपालनका लागि शुरुमा..

    उन्नत जातको बीउ, समयमै वर्षा, रोगकीराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि

    शनिबार, बैशाख २२, २०७५ साल
    लहान, २२ बैशाख   सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।   जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ..

    चितवनमा रातभर अज्ञात समूहद्वारा किसानका बगानमा तीन हजार १०० केराका बोट फँडानी !

    बिहिवार, बैशाख २०, २०७५ साल
    चितवन, बैशाख १९ कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले  केरा बगान फँडानी गरेको छ। कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा वढी केराका बोट रातको समयमा फाँडिएको थियो। केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए। उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा..

    ‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट, २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणाधीन

    सोमबार, बैशाख १७, २०७५ साल
    काठमाडौँ, १७ वैशाख : जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् ।  अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुनेछन् ।  नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र चिलिमको मुख्य प्रवद्र्धकत्वमा..

    उर्जामन्त्री वर्षमान पुनद्वारा नुवाकोट र रसुवामा ६ जलविद्युत आयोजनाको निरीक्षण

    आईतवार, बैशाख १६, २०७५ साल
    रसुवा १६ वैशाख उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले नुवाकोट र रसुवामा रहेका ६ वटा जलविद्युत आयोजनाको निरिक्षण गरेका छन् । शुक्रबार र शनिबार आयोजनास्थलमै पुगेर मन्त्री पुनले आयोजनामा भइरहेको प्रगतिबारे जानकारी लिँदै निर्धारित समयमा आयोजनाको काम सक्न निर्देशन समेत दिएका छन् ।  शुक्रबार दिँउसो नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर  ६ मा नेपालकै सबैभन्दा ठूलो २५ मेगावाटको ग्रीड सोलार प्लान्टको शिल्यान्यास..

    गहुँबाली घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा

    शनिबार, बैशाख १५, २०७५ साल
    विराटनगर, १५ वैशाख गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् ।  मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा शनिवार मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ भइरहेको छ ।  बालीबाट गहुँको दाना मेशिनबाट छुटाउनका लागि घाममा राम्ररी सुकाउनुपर्छ । पटक–पटकको वर्षाले गहुँबाली सुकाउन नसक्दा कतिपय किसान मारमा परेका हुन् ।  भिजेको बालीबाट..

    २५ मेगावाटको सौर्य यन्त्र निर्माण शुरु, नेपालकै ठूलो सोलार प्लान्ट

    शनिबार, बैशाख १५, २०७५ साल
    त्रिशूली, नुवाकोट, १४ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् उत्पादनमा आत्मनिर्भर हुनसके देशले भोग्दै आएको व्यापारघाटा कम हुने बताएका छन् ।  विदुर नपा–६ मा देवीघाट जलविद्युत् परिसरमा ग्रिड सोलार प्लान्टको शिलान्यास गर्दै मन्त्री पुनले देशको मागलाई धान्न सक्ने र विद्युत् खपत हुने क्षेत्र विस्तार गर्नसके मुलुकले व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्ने बताए ।  “विद्युत् धेरै खपत हुने उद्योगहरुको स्थापना..

    सेवा निवृत्त जीवन अलैँची खेतीमा, अलैँची खेतीबाटै बनाए तीन तले घर !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    तेह्रथुम, १४ वैशाख तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताएको तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन । आर्थिक अवस्था कमजोर हुँदा सेनामा भर्ती भएर दुई चार रुपैयाँ कमाए पनि त्यसबखत घरधान्न मुस्किल भएकाले निवृत्त हुनासाथ उनले अलैँचीखेती थालेका हुन् । अहिले त्यही..

    नेपाली कृषि बजारलाई खुम्च्याउन भारत भन्छ : कृषिउपजमा शुल्क नलिनुहोस्

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौं १४, वैशाख : भारत र चीनबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले पाँच प्रतिशत ‘कृषि सुधार शुल्क’ उठाउँदै आएको छ । तर, यो शुल्क घटाउनुपर्ने दबाव भारतले नेपाललाई दिएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा भारतले यो विषयलाई प्रमुखताका साथ उठान गर्न खोजेको छ । यो एजेण्डालाई भारतले बैठकको पूर्वशर्तकै रुपमा अघि सारेपछि नेपालले एजेण्डामा यसलाई..

    जनप्रतिनिधिलाई चिया किसानले सुनाए समस्या, बजारीकरणका लागि नीतिगत सहयोग गर्न आग्रह

    शुक्रबार, बैशाख १४, २०७५ साल
    तेह्रथुम, १४ वैशाख तेह्रथुमका चिया किसानले जनप्रतिनिधिहरुलाई आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन माग गरेका छन् । चिया किसानले स्थानीय तहका जनप्रतिनिधिलाई चिया खेतीको विकास र विस्तारसँगै बजारीकरणका लागि समेत नीतिगत रुपमा सहयोग गर्न आग्रह गरेका हुन् । आफूहरुले उत्पादन गरेको हरियो चियापत्तीको मूल्य वृद्धि हुनुपर्ने, चिया खेतीमा अनुदान र बिनाधितो ऋणको व्यवस्था हुनुपर्ने, अग्र्यानिक प्रमाणीकरण र निकासीका लागि मार्ग प्रसस्त..

    अहिले सम्मकै नेपालको सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरिदै

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौं १४, वैशाख : नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सवैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गर्ने कार्यक्रम छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको..

    राम्चेमा सामूहिक चौँरीपालन, गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्य

    बिहिवार, बैशाख १३, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १३ वैशाख अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् । गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिए । समूहको कोषमा रहेको रु चार लाख २० हजार लगानीमा कास्कीको घान्द्रुकबाट विसं २०७० मा १२ वटा चौँरी ल्याएर पाल्न थालिएको थियो..

    पानीसुक्न थालेपछि तालका माछा छटपटाउँदै, माछाको अस्तित्व खतरामा

    बुधबार, बैशाख १२, २०७५ साल
    कञ्चनपुर, १२ वैशाख : शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।  बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहुँदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै..

    बनेपा स्थित नयाँ तरकारी बजारमा कृषि प्रवद्र्धन व्यापार मेला

    मंगलवार, बैशाख ११, २०७५ साल
    बनेपा, ११ वैशाख काभ्रेपलाञ्चोकको बनेपास्थित नयाँ तरकारी बजारमा यही वैशाख १५ गतेबाट चार दिने कृषि प्रवद्र्धन मेला हुने भएको छ ।  जिल्लामा उत्पादित कृषिजन्य वस्तुलाई सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ सञ्चालनमा आएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिले समृृद्ध काभ्रे कृषि सहकारी संस्था तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा मेला हुनलागेको हो ।  काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलका अनुसार मेलामा..

    आँपका रुखमा पात नै नदेखिने गरी लागेका टिकोला झारेपछि किसान चिन्तित

    आईतवार, बैशाख ९, २०७५ साल
    बर्दिवास, ९ वैशाख आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी टिकोला (चिचिलाँ) देख्दा मख्ख परेका महोत्तरी जिल्लाका फलफुल किसानको खुशी यसपालि पनि टिक्न सकेन । गत मङ्गलबार साँझको हुरीबतासले टिकोला बग्रेल्ती भुइँमा झारेपछि फलफुलबाट राम्रो आम्दानी लिने किसानको आश मरेको हो ।  “आँपका बोटमा पातै ढाकिने गरी टिकोला देख्दा यसपालि चाहिँ राम्रै आर्जन हुने आश थियो”, जिल्लाको गौशाला नगरपालिका बटौवाका किसान..

    कृषि र सिंचाइमा आमूल परिवर्तन गर्ने गठबन्धनको यस्तो छ एकीकृत खाका

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौं ९, बैशाख : वाम कार्यदलले कृषि क्षेत्रको आमूल परिवर्तनका लागि एकीकृत खेती र पशुपालनलाई अगाडि बढाउने योजना प्रस्तुत गरेको छ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वको एमाले र माओवादी केन्द्रका नेताहरू सम्मिलित उक्त कार्यदलले वामपन्थी सरकारको आर्थिक विकास तथा समृद्धिको कार्ययोजना प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा ‘परम्परागत कृषि प्रणाली र ससाना भूमिमा छुट्टा–छुट्टै रूपमा गरिने निर्वाहमुखी कृषि कार्यलाई रूपान्तरण..

    अबको दश वर्ष भित्रमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने : मन्त्री पुन

    आईतवार, बैशाख ९, २०७५ साल
    चौतारा, ९ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन् ।  सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उनले भ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताए ।  प्रायः हरेक ठाउँमा सौर्य ऊर्जाबाट..

    पशु प्राविधिकको राष्ट्रिय भेला चितवनमा हुँदै, ४०० भन्दा बढी प्राविधिकको सहभागिता रहने

    शुक्रबार, बैशाख ७, २०७५ साल
    चितवन, ७ वैशाख नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला एवं विधान अधिवेशन शनिबारदेखि दुई दिनसम्म चितवनमा हुने भएको छ । देशभरका करिब ४०० जनाभन्दा बढी पशु स्वास्थ्य प्राविधिकको उक्त भेलामा सहभागिता रहने छ । उनीहरुले संघीय विधान बनाउने छन् । संघका केन्द्रीय अध्यक्ष जनक रावलका अनुसार देश संघीय संरचनामा गएपछि सोहीअनुसार विधान संशोधन गर्न भेला आयोजना गरिएको हो । भेलाको नेपाली..

    दोधारा–चाँदनीवासीको पीडा: वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

    मंगलवार, बैशाख ४, २०७५ साल
    दोधारा–चाँदनी, कञ्चनपुर, ४ वैशाख बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भय। उन त्यतिबेला राजनीतिक यात्रा थाल्नुभएको थिएन । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ ।  भट्ट किसान परिवारबाट सक्रिय राजनीतिमा होमिँदै अहिले वडाध्यक्ष बनेका छन् । विसं २०२८ मा महाकाली नदी पारीको दोधारा–चाँदनी बसाइँ सर्नुभएका वडाध्यक्ष भट्ट..

    वामदलको जलविद्युत सपना दश वर्षमा पन्ध्र हजार मेगावाट उत्पादन गर्ने

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौँ ३,बैशाख : एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको वाम कार्यदलले ६१ खर्ब २५ अर्ब ६० करोड हाराहारी बजेटको ऊर्जा विकासका लागि नयाँ कार्ययोजना प्रस्तुत गरेको छ ।  कार्यदलले ‘जलविद्युत, सौर्य, वायु र जैविक ऊर्जा गरी आउँदो तीन वर्षमा ३ हजार मेगावाट, पाँच वर्षमा ६ हजार मेगावाट र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने गरी ऊर्जा आयोजनाहरूको निर्माण कार्यलाई..
    Results 918: You are at page 23 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast