सोमबार, माघ ६, २०७६

    कृषि-उर्जा

    पर्वत जिल्लामा निर्माणाधीन तल्लो मोदीबाट दशैँअघि नै बिद्युत उत्पादन हुने

    आईतवार, असोज ७, २०७५ साल
    कुश्मा, ७ असोज : पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ ।  २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो ।  स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाको वार्षिक ११ करोड ७० लाख..

    माथिल्लो अरुण : कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने व्यवस्था

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा..

    विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था ! नेताको नियमितरुपमा हाजिर अनिवार्य

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज   नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ ।  आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्ने निर्णय..

    बाँझो जग्गामा चियाखेती शुरु, किसान सामूहिकरुपमा अग्रसर

    शुक्रबार, असोज ५, २०७५ साल
    बागलुङ, ५ असोज  जिल्लामा पहिलोपटक चियाखेती शुरु गरिएको छ । जिल्लाका किसानले बाँझो जग्गामा चियाखेती शुरु गरेका हुन् ।  कृषि विज्ञहरुले जिल्लाको एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइसम्ममा चियाखेती गर्न सकिने बताएपछि किसान सामूहिकरुपमा चियाखेतीतर्फ अग्रसर भएका हुन् । आफ्नै ठाउँमा चियाखेती गर्न थालेको बागलुङ नगरपालिका–८ का खिमबहादुर खड्काले भने । उनले तीन हजार चियाका बिरुवा लगाएका छन् ।  चियाखेती..

    कृषिको आधुनिकीकरण र यान्त्रीकीकरणमार्फत नै विकासको लक्ष्य पुरा हुन्छ : प्रधानमन्त्री ओली

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् ।  काठमाडौँमा बिहिबारदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी दिए ।  उनले झण्डै दुई तिहाइ..

    नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्कियो

    बिहिवार, असोज ४, २०७५ साल
    वीरगञ्ज, ४ असोज नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो ।  ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक हजार २०० मा खरिद गर्दै आएको वीरगञ्ज..

    सिरहाको सुखीपुर नगरपालिकाद्वारा निःशुल्क माछाका भुरा वितरण गर्ने योजना

    बिहिवार, असोज ४, २०७५ साल
    सिरहा, ४ असोज माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको सुखीपुर नगरपालिकाले अघि बढाएको छ । नगरक्षेत्रमा रहेका तालतलैया, पोखरी, कुवा संरक्षण निर्माण, पुनःनिर्माण गरी निःशुल्क माछाका भुरा वितरणलगायतका योजना नगरपालिकाले अघि सारेको हो ।  माछा उत्पादनका हिसाबले जिल्लालाई उत्कृष्ट बनाउने लक्ष्यका साथ नगरपालिका अघि बढेको नगरप्रमुख रामऔतार यादवले बताए । माछापालन गर्न चाहेका र गरिरहेका किसानलाई नगरपालिकाका तर्फबाट पोखरी निर्माणदेखि..

    इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने निगमको चेतावनी

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज : नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ ।  केही..

    टनेलमा गोलभेँडा खेती गरेर झण्डै १० गुणा बढी आम्दानी गर्दै यि किसान ...

    बुधबार, असोज ३, २०७५ साल
    मेलम्ची, ३ असोज मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गरे । व्यावसायिक रुपमा गोलभेँडा खेती गरेका गिरीले यस वर्ष चार टनेल थपे । उनले गोलभेँडा प्रतिकिलो रु ५० मा बिक्री गर्दै आएका छन् ।  टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उनले दुई वर्षमा रु ४९ हजार नाफा कमाए । टनेलमा तरकारी खेती गर्दा अन्न बालीभन्दा झण्डै..

    राष्ट्रिय गौरवका आयोजना : सम्पन्न गर्न सबै साधन र स्रोत प्रयोग, ऊर्जा र सिँचाइका अब्बल

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  सरकारले निर्माण सम्पन्न हुन लागेका र सकारात्मक प्रगतिमा रहेका राष्ट्रिय गौरवको आयोजनालाई थप प्रभावकारीरुपमा सम्पन्न गर्न सबै साधन र स्रोत प्रयोग गर्ने भएको छ ।  केही आयोजनाको कार्य प्रगति सुस्त भएको तथा आशातीत प्रगति नभएको भन्दै गुनासो बढेपनि केही आयोजनाको अवस्था भने उत्साहजनक रहेको ठहर गर्दै सरकारले थप साधन र स्रोत उपलब्ध गराई शीघ्र सम्पन्न गर्न पहल गर्ने भएको..

    विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ ।  नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी..

    बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि मुस्ताङको स्याउ गोदाममै थन्कियो

    मंगलवार, असोज २, २०७५ साल
    मुस्ताङ, २ असोज : जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ ।  भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ ।  यहाँका..

    ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी, अधिकाँश भूगोलमा नदी सुरुङबाट नै बग्ने !

    आईतवार, भाद्र ३१, २०७५ साल
    म्याग्दी, ३१ भदौ म्याग्दीको उत्तरी क्षेत्र भ एर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी..

    चौधरी ग्रुपले निर्माण गरिरहेको अवरुद्ध मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य सञ्चालन

    शनिबार, भाद्र ३०, २०७५ साल
    पर्वत, ३० भदौ : स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ ।  प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प बनाएका थिए । आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका स्थानीय र वार्ता टोलीबीच शुक्रबार भएको छलफलपछि निर्माणकार्य सञ्चालन गर्ने..

    बूढीगङ्गा नगरपालिकाका ५ सय ५० परिवार १ महिनादेखि अँध्यारोमा !

    बिहिवार, भाद्र २८, २०७५ साल
    बाजुरा, २८ भदौ बूढीगङ्गा नगरपालिका–१, २ र ३ का ५ सय ५० परिवार करीब एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा जडान गरिएको मनागाड लघुजलविद्युत् आयोजना दोस्रोको नहर पहिराले बगाएपछि विद्युत् अवरुद्ध भएको छ ।  मनागाडमा निर्माण गरिएको विद्युत्को नहरसहित विद्युत्गृह र स्टिलका ५० खम्बासमेत पहिराले बगाएर क्षतविक्षत बनाएको निर्माण समिति सचिव जीतबहादुर थापाले बताए । सत्तरी मिटर लामो नहर,..

    जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट

    बिहिवार, भाद्र २८, २०७५ साल
    कञ्चनपुर, २८ भदौ  जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ ।  हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर राखेको सबै अन्न खाएको छ । घर भत्काउन थालेपछि स्थानीयवासी भागेका थिए । “रातभर आगो बालेर र हो–हल्ला गरी घर जोगायौँ,” स्थानीयवासी नरबहादुर ढुङ्गेलले भने, “ज्यान जोगाउन मुश्किल भएको छ ।”  बर्सेनी जङ्गली हात्तीले अन्नबाली..

    विगतको आँशु बिर्सेर कृषि र व्यवसाय ! सामूहिक व्यवसायमा हिंसा प्रभावित महिला

    बुधबार, भाद्र २७, २०७५ साल
    घोराही, २७ भदौ   पैसा एक रुपियाँ छैन । कतैबाट आउला र कसैले दिन्छ भन्ने आश पनि छैन तर हिम्मत छ । त्यही हिम्मतले कुखुरा फार्म खोलिएको छ, खोरमा बाख्रा छन्, हाते होजियारी र मेशिनरी होजियारी सञ्चालन हुन्छन् । दुई घर बनेका छन् । यसभन्दा धेरै योजना छन् ।  लैङ्गिक हिंसा प्रभावित महिला अहिले विगतको आँशु बिर्सेर कृषि र व्यवसायमा लागेका छन् ।..

    वर्षमान पुनद्वारा नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि संयुक्त अरब इमिरेट्सलाई आग्रह

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गरेका छन् ।  सरकारले आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै मन्त्री पुनले केही ठूला परियोजनामा लगानीका लागि युएई सरकारलाई अनुरोध गरेका हुन् । सिंहदरबारमा मंगलबार मन्त्री पुनसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीले गरेका शिष्टाचार..

    चितवनमा रासायनिक मलको अभाव, अनुदानमा पनि कालोबजारी, किसान ठगिदै

    मंगलवार, भाद्र २६, २०७५ साल
    रत्ननगर, २६ भदौ  चितवनमा न्यून रासायनिक मल आपूर्तिका कारण धानको मौसममा माग धान्न मुस्किल भएको छ । करीब एक महिना अघिदेखि युरिया मल अभावका कारण किसानले चर्काे मूल्य तिरेर अन्य मल खरिद गर्न बाध्य भएका छन् ।  साउनपछि एकपटक मल आएकाले ५० प्रतिशत मात्रै माग धान्न सकिएको कृषि सामग्री कम्पनी लिमिटेड चितवन शाखाका प्रमुख रवीन्द्र गौतम बताए । जिल्लामा धानका लागि करीब..

    रोजाइमा जुम्लाको स्याउ, मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो

    मंगलवार, भाद्र २६, २०७५ साल
    नेपालगञ्ज, २५ भदौ  स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ ।  अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।  दैनिक..

    कैलालीको बीउ देशभर, कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा

    मंगलवार, भाद्र २६, २०७५ साल
    कैलाली, लम्की, २६ भदौ  जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।  बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो । सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको..

    नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा, कार्यसूचीसमेत तय भईसकेको जानकारी

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति..

    फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी, लगानी गर्न चाहने कम्पनीसमेत छनोट

    सोमबार, भाद्र २५, २०७५ साल
    तुलसीपुर, २५ भदौ  घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ ।  उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।  माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने..

    चितवनका व्यवसायीद्वारा आफ्नै लगानीमा सुविधासम्पन्न तरकारी बजार स्थापना

    आईतवार, भाद्र २४, २०७५ साल
    चितवन, २४ भदौ  व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिगाहा जग्गा भाडामा लिई व्यवसायीले आफ्नै लगानीमा रु १६ करोड लगानी गरी तरकारी बजार स्थापना गरेका हुन् । सो बजारमा २१७..

    चट्याङबाट ट्रान्सफर्मरमा क्षति, २ स्थानीय तहका सयौँ परिवार अन्धकारमा

    आईतवार, भाद्र २४, २०७५ साल
    पशुपतिनगर, इलाम, २४ भदौ   हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।  वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो ।  सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन्..

    बारेकोटमा खाद्यान्न अभाव, पुल बगेपछि डिपोमा खाद्यान्न ढुवानी भएन

    शुक्रबार, भाद्र २२, २०७५ साल
    जाजरकोट, २२ भदौ बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।  खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिए ।  “रित्तो हात..

    मानव मलमूत्रीय फोहरलाई व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरण हुने !

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौँ, २१ भदौ मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ ।  सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर स्थानीयवासीलाई लाभान्वित गर्न सकिने सुझाव दिएका छन् ।  कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अव्यवस्थित बसोबास र बढ्दो..

    गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

    बुधबार, भाद्र २०, २०७५ साल
    बैतडी, २० भदौ  गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ ।  स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका लागि डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सो प्रयोगशाला सञ्चालनमा आएको छ । व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैँसी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको सामाजिक चेतना तथा..

    ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन बङ्गलादेश प्रस्थान

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने  कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नेछन् । यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय..

    मध्यवर्ती क्षेत्रमा खोरेतको प्रकोप, ८०० बढी चौपाया प्रभावित

    मंगलवार, भाद्र १९, २०७५ साल
    कञ्चनपुर, १९ भदौ  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ६ र ७ का बासिन्दाले पालेका पशुमा खोरेत रोगको प्रकोप देखा परेको छ । खोरेतका कारण ८०० बढी चौपाया प्रभावित भएका छन् ।  एओसी र एशिया वन नामक भाइरसका कारण सर्ने खोरेत रोग खुर फट्टा जनावर बाख्रा, बङ्गुर, गाई, गोरु, भैँसीलगायतमा बढी देखिएको छ । हावा, पानी, खानपिन, पशुको..
    Results 1083: You are at page 22 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast