आईतवार, भाद्र १, २०७६

    कृषि-उर्जा

    वर्षासँगै आएको हावाहुरीका कारण झापाका ३ स्थानीय तहमा विद्युत् अवरुद्ध

    सोमबार, आषाढ ४, २०७५ साल
    बनियानी, झापा, ४ असार  वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।  जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिए ।  “वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भने, “हल्दीबारीको जलथल क्षेत्रमा बढी..

    लोपोन्मुख प्रजाति छिटो पाक्ने र ढिलो पाक्ने गरी २२ जातका धानको बीउ बैंकमा संरक्षित

    सोमबार, आषाढ ४, २०७५ साल
    कञ्चनपुर, ४ असार  एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ ।  बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र..

    दूध नबिकेपछि दही बनाएर गाईवस्तुलाई खोले, किसानले नबिकेको दूध सडकमा फाले

    आईतवार, आषाढ ३, २०७५ साल
    बनियानी, झापा, ३ असार  झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् ।  करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए ।  सात वटा गाई पालेका उनले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । “दैनिक २० लिटर..

    विद्युत् प्राधिकरण अनुगमन टोलीले चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

    शुक्रबार, आषाढ १, २०७५ साल
    राजविराज, १ असार  सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई शुक्रबार पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।  पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला..

    धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएपछि बास्कुनामा ‘एफएम भिलेज’ अभियान

    शुक्रबार, आषाढ १, २०७५ साल
    बेनी, म्याग्दी, १ असार  धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् ।  कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न..

    हावापानी र माटो अनुकूल नहुँदा विदेशबाट ल्याइएका हाइब्रिड धानमा समस्या

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    ललितपुर, ३१ जेठ धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।  छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ ।  एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्काे वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन्..

    मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    जाजरकोट, ३१ जेठ  मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ ।  भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गरेका हुन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गरेका हुन् । मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको..

    हाइड्रोपावर परियोजनासँग सोलुखुम्बु र रामेछापका बासिन्दाको २० बुँदे माग !

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ  सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले यहाँ निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् ।  व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।  मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा त्यहाँका स्थानीय बासिन्दाले विद्युत्गृहको निर्माणबाट..

    आर्जेको ज्ञान र सीप व्यवहारमा, तरकारी फलाउँदै बागलुङका विद्यार्थी

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    बागलुङ, ३० जेठ : आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् ।  किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो ।  पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले बताए । “प्रयोगात्मक अभ्यासबाट..

    किसानले बेचेको उखु चिनी भयो तर अझै ५० करोड भुक्तानी पाएका छैनन्

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    नवलपरासी, २९ जेठ  पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् ।  जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले हालसम्म करीब रु २५ करोड भुक्तानी गरेका छन् ।  पश्चिम नवलपरासीका किसानले भुक्तानी नपाए पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक–पटक..

    किसानलाई विभिन्न जातका धानको बीउ निःशुल्क वितरण

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    लहान, २९ जेठ  सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।  नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।  प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिए ।  यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताए । ..

    अष्टेलियाबाट बोयर जातका बाख्रा ल्याई मनग्य आम्दानी

    सोमबार, जेष्ठ २८, २०७५ साल
    म्याग्दी, २८ जेठ  बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्टेलियाबाट बोयर जातका बाख्रा ल्याएका छन्  ।  विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्टेलियाबाट दुईवटा पाठी र दुईवटा बोयर जातका बोका ल्याएका हुन् ।  “बोयर जातका बाख्रा खरिद गर्न रु नौ लाख खर्च भएको..

    अनदी जात बाहेक अधिकांश स्थानीय धानका बीउ हराउँदै

    आईतवार, जेष्ठ २७, २०७५ साल
    ललितपुर, २७ जेठ तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे ।  अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् । स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन ।  चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो ।  तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र..

    फुकोट कर्णाली परियोजना जलविद्युत्मा १ अर्ब २६ करोड लगानी

    शनिबार, जेष्ठ २६, २०७५ साल
    काठमाडौँ, २६ जेठ   जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ ।  कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए ।  ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि..

    कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको जेनेरेटरमा समस्या, ५० % कम विद्युत् उत्पादन

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ : नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ ।  ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती..

    गाँठा बनाउने जुकाका कारण ललितपुरमा तरकारी खेती फस्टाउन सकेन

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    ललितपुर, २५ जेठ गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ । वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा..

    अर्थशास्त्री र पर्यटनविज्ञ भन्छन् - प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    पथरी, मोरङ, २५ जेठ  अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् ।  सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । कृषिकै माध्यमबाट छिटो जनताको जीवनस्तर उकासिने पर्यटन विज्ञ प्रा डा सोमनाथ खतिवडाको भनाइ छ । उनका अनुसार पर्यटकलाई..

    नेपालकै पहिलो र अत्याधुनिक प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    वालिङ, स्याङ्जा, २४ जेठ स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ ।  “हामीले राष्ट्रिय कृषि नीतिको मापदण्डका आधारभित्र रहेर दैनिक १५ टन जैविक मल जर्मन र चिनियाँ प्रविधिबाट उत्पादन शुरु गरेका छौँ” कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, “उत्पादित मल १, २, ५, २० र २५ किलोका प्याकमा पाउडर र दाना..

    कृषिमन्त्री चक्रपाणि खनालले भने - अब कृषिक्षेत्रको सिन्डिकेट म अन्त्य गर्छु

    बुधबार, जेष्ठ २३, २०७५ साल
    बुटवल, २३ जेठ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताएको छ । उनले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गरे । रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले बुधबार बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री खनालले कृषियोग्य जमिनको खण्डीकरण जसरी पनि..

    शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने

    बुधबार, जेष्ठ २३, २०७५ साल
    राजविराज, २३ जेठ  प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन् ।  राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षमा एक-एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क..

    संसारकै गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना !

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेपछि सो आयोजनाको बारेमा चासो शुरु भएको छ । बागलुङ र पर्वतको सीमा भएर बग्ने कालीगण्डकी नदीमा करीब एक हजार ५०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण हुने, कृषि, पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय राजनीतिक नेतृत्व र सांसदहरुले आयोजना निर्माणका लागि प्रयास शुरु गरेका..

    उदयपुरका किसान माछापालनका साथै बेसार उत्पादनमा सक्रिय

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    गाईघाट, उदयपुर, २२ जेठ पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ ।  यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आएका छन्। उनले वार्षिक रु चार लाखसम्मको माछा..

    विश्व वातावरण दिवसका अवसरमा पहिलो पटक अंगुरको बिरुवा रोपण

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    रसुवा, २२ जेठ  कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ ।  विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो । जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।  ‘एक कर्मचारी, एक फलफूल बिरुवा..

    २२ मेगावाट क्षमता भएको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

    सोमबार, जेष्ठ २१, २०७५ साल
    नुवाकोट, २१ जेठ रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ ।  केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिए ।  “८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा..

    बुटवल–बेलहिया मार्ग बेहुली झैं सिंगारियो, सडक सौर्यबत्ती जुनकिरीको झैँ उज्यालो

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बुटवल, २० जेठ बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।  सडककोबीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझैं  मधूरो टल्किने उज्यालो मात्र दिन्छन् । बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रुपमा दुई वर्ष नपुग्दै काम..

    पशुमा भ्यागुते रोगको संक्रमण, अहिलेसम्म ६ वटा पशुचौपाया मरे

    आईतवार, जेष्ठ २०, २०७५ साल
    खजुरा, बाँके, २० जेठ डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ ।  रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो ।  खोप नदिएका बाहिरबाट खरिद गरी ल्याएका पशु तथा रोगी पशु मरेपछि..

    बगरमा रोपिएको फलफूल र तरकारीबाट ७ लाख आम्दानी

    शनिबार, जेष्ठ १९, २०७५ साल
    कलैया, १९ जेठ बाढीले खेत कटान गरी बगरमा परिणत भएको तीन हेक्टर क्षेत्रफलमा फलफूल र तरकारीखेती गरी कृषकले रु सात लाखभन्दा बढी आम्दानी गरेका छन् ।  अडान नेपाल नामक गैरसरकारी संस्थाको सहयोग, जनजागरण युवा क्लबको सहकार्य र समन्वयमा बाराको फत्तेपुरस्थित दुधौरा खोलामा रहेको बगर क्षेत्रमा चार कृषक समूहका ६० जना कृषकले तरभुजा, काँक्रो, लौका, करेलाखेती गरी रु सात लाखभन्दा बढी आम्दानी गरेको..

    कृषि विकास कार्यालयद्वारा मकैखेतीको लागि दुईवटा जातको बीउ सिफारिस

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    तुलसीपुर, दाङ, १८ जेठ  कृषि विकास कार्यालयले यसपटक दुईवटा जातको मकैको बीउ सिफारीस गरेको छ ।  कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरुण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ । यी दुवै जातका मकैबाट किसानले उत्पादन तथा बिक्रीको उचित मूल्य पाउने खनालको भनाइ छ ।  कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती दुवै मकैको बीउको मूल्य प्रतिकिलो रु ७५..

    म्याग्दीमा उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १८ जेठ   कृषि उपजको उत्पादन  वृद्धि र लागत घटाउने उद्देश्यले मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।  कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।  कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विकास कार्यक्रमअन्तर्गत औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख नीरञ्जन तिवारीले बताए..

    प्रसारण लाइन प्रभावितलाई जलविद्युत्को शेयर दिइने, स्थानीयलाई विश्वासमा लिएर समस्याको समाधान गर्ने

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ जग्गा प्राप्ति र मुआब्जा वितरणको मारमा परेका नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका प्रसारण लाइन आयोजनालाई अब भने सहज हुने भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को बजेटमा प्रसारण लाइन प्रभावित क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ हुने गरी व्यवस्था गरिएको छ । आगामी आवको बजेटमा प्रसारण लाइनबाट प्रभावित घर परिवारलाई विद्युत् आयोजनामा लगानीको अवसर प्रदान..
    Results 918: You are at page 21 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast