शनिबार, कार्तिक २, २०७६

    कृषि-उर्जा

    रोजाइमा जुम्लाको स्याउ, मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो

    मंगलवार, भाद्र २६, २०७५ साल
    नेपालगञ्ज, २५ भदौ  स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ ।  अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।  दैनिक..

    कैलालीको बीउ देशभर, कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा

    मंगलवार, भाद्र २६, २०७५ साल
    कैलाली, लम्की, २६ भदौ  जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।  बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो । सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको..

    नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा, कार्यसूचीसमेत तय भईसकेको जानकारी

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति..

    फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी, लगानी गर्न चाहने कम्पनीसमेत छनोट

    सोमबार, भाद्र २५, २०७५ साल
    तुलसीपुर, २५ भदौ  घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ ।  उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।  माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने..

    चितवनका व्यवसायीद्वारा आफ्नै लगानीमा सुविधासम्पन्न तरकारी बजार स्थापना

    आईतवार, भाद्र २४, २०७५ साल
    चितवन, २४ भदौ  व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिगाहा जग्गा भाडामा लिई व्यवसायीले आफ्नै लगानीमा रु १६ करोड लगानी गरी तरकारी बजार स्थापना गरेका हुन् । सो बजारमा २१७..

    चट्याङबाट ट्रान्सफर्मरमा क्षति, २ स्थानीय तहका सयौँ परिवार अन्धकारमा

    आईतवार, भाद्र २४, २०७५ साल
    पशुपतिनगर, इलाम, २४ भदौ   हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।  वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो ।  सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन्..

    बारेकोटमा खाद्यान्न अभाव, पुल बगेपछि डिपोमा खाद्यान्न ढुवानी भएन

    शुक्रबार, भाद्र २२, २०७५ साल
    जाजरकोट, २२ भदौ बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।  खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिए ।  “रित्तो हात..

    मानव मलमूत्रीय फोहरलाई व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरण हुने !

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौँ, २१ भदौ मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ ।  सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर स्थानीयवासीलाई लाभान्वित गर्न सकिने सुझाव दिएका छन् ।  कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अव्यवस्थित बसोबास र बढ्दो..

    गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

    बुधबार, भाद्र २०, २०७५ साल
    बैतडी, २० भदौ  गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ ।  स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका लागि डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सो प्रयोगशाला सञ्चालनमा आएको छ । व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैँसी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको सामाजिक चेतना तथा..

    ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन बङ्गलादेश प्रस्थान

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने  कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नेछन् । यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय..

    मध्यवर्ती क्षेत्रमा खोरेतको प्रकोप, ८०० बढी चौपाया प्रभावित

    मंगलवार, भाद्र १९, २०७५ साल
    कञ्चनपुर, १९ भदौ  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ६ र ७ का बासिन्दाले पालेका पशुमा खोरेत रोगको प्रकोप देखा परेको छ । खोरेतका कारण ८०० बढी चौपाया प्रभावित भएका छन् ।  एओसी र एशिया वन नामक भाइरसका कारण सर्ने खोरेत रोग खुर फट्टा जनावर बाख्रा, बङ्गुर, गाई, गोरु, भैँसीलगायतमा बढी देखिएको छ । हावा, पानी, खानपिन, पशुको..

    सबै नागरिकलाई निःशुल्क पिउने पानीको व्यवस्था गर्ने खानेपानी मन्त्रीको प्रतिबद्दता

    मंगलवार, भाद्र १९, २०७५ साल
    सुर्खेत, १९ भदौ : खानेपानी मन्त्री बीना मगरले सबै नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी छिन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी हुन् ।  स्वच्छ र सफा पानी पिउन पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्दै प्रदेश र स्थानीय सरकारसँग हातेमालो..

    ग्रामीण क्षेत्रका दुग्ध उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न बाल्टी उपहार

    सोमबार, भाद्र १८, २०७५ साल
    बुटवल, १८ भदौ  बुटवल उप–महानगरपालिकाले नगरभित्र ग्रामीण क्षेत्रका दुग्ध कृषकलाई बाल्टी वितरण गरेको छ ।  उपमहानगरपालिका–१४ का विभिन्न टोलका किसानलाई दुग्ध उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न बाल्टी वितरण गरिएको हो । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरले व्यावसायिकरुपमा दुग्ध उत्पादन शुरु गरेका किसानका लागि बाल्टी वितरण गरेको हो । ती स्थान ग्रामीण क्षेत्र दूध उत्पादनका पकेट क्षेत्र हुन् । वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायतका विभिन्न टोलका..

    उत्पादन बढाउने उद्देश्य सहित मनाङमा नयाँ प्रविधिबाट स्याउ उत्पादन शुरु

    आईतवार, भाद्र १७, २०७५ साल
    मनाङ, १७ भदौ नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् ।  जिल्लामा ‘हाई डेन्सिटि एप्पल फार्म’ले नयाँ प्रविधिबाट स्याउ उत्पादन गरिरहेको छ । सो फार्मका कामदार यतिबेला स्याउको बोट स्याहार–सुसारमा व्यस्त छन् । नेस्याङ गाउँपालिका– १, भ्राताङमा ७५० रोपनीमा..

    धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित

    आईतवार, भाद्र १७, २०७५ साल
    तुलसीपुर, १७ भदौ  धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् ।  धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भने । धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द्र धाउन थालेका छन् ।..

    कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई औषधि ट्याङ्की वितरण

    शुक्रबार, भाद्र १५, २०७५ साल
    तुलसीपुुर, १५ भदौ  तुलसीपुर उपमहानगरपालिका–१ ले कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बालीमा औषधि हाल्ने ट्याङ्की वितरण गरेको छ । कृषकको बाली सुधार गर्न र उत्पादन बढाउनका लागि वडामा रहेका २१ टोल विकास संस्थालाईे ट्याङ्की वितरण गरिएको होे ।  वडाध्यक्ष लक्ष्मण भण्डारीले वडामा व्यावसायिक कृषि प्रणालीको विकासका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने बताए । ट्याङ्की पाएपछि उत्साहित किसानलाई व्यावसायिक खेतीमा अगाडि बढ्न हौसला..

    सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता चाँडै

    बिहिवार, भाद्र १४, २०७५ साल
    म्याग्दी, १४ भदौ  सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पिपीए) भएको छ ।  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार पैसा तथा बर्खामा प्रतियुनिट रु चार रुपैया आठ पैसाका दरले विद्युत् खरीद सम्झौता भएको सो आयोजनाका संस्थापक मनप्रसाद..

    बाढी र पहिरोले विद्युतको नहर बगाएपछि स्थानीयवासी अँध्यारोमा

    मंगलवार, भाद्र १२, २०७५ साल
    जाजरकोट , १२ भदौ   बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन् ।  बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन..

    इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगायो !

    सोमबार, भाद्र ११, २०७५ साल
    भद्रपुर, ११ भदौ इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।  व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले रु पाँच हजार निकासी करका रुपमा असुल गरेको हो ।  ‘जे एण्ड जे निर्माण सेवा प्रालि’ले..

    चितवनमा अनुदानित युरिया मलको अभाव, किसान मर्कामा, निजीस्तरमा मूल्य चर्काे

    सोमबार, भाद्र ११, २०७५ साल
    रत्ननगर, ११ भदौ  चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।  अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्काे मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका..

    भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे, पूर्ण रुपमा नियन्त्रण भएन

    आईतवार, भाद्र १०, २०७५ साल
    पाँचथर, १० भदौ  पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् ।  शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक..

    साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड : वर्षे धानबालीका लागि रासायनिक मल पर्याप्त

    शुक्रबार, भाद्र ८, २०७५ साल
    विराटनगर, ८ भदौ  जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ ।  वर्षे धानबालीका लागि रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ । वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३६० वितरण भई नौ हजार ७३ बोरा मौज्दात..

    कृषकलाई युरिया मल अभाव, भारतबाट आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य

    बिहिवार, भाद्र ७, २०७५ साल
    बाँके, ७ भदौं  चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ ।  कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ ।  कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा..

    कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्यो

    बुधबार, भाद्र ६, २०७५ साल
    पोखरा, ६ भदौ कास्की र आसपासका पहाडी जिल्लामा कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको छ । कोदो खेती विशेषतः पहाडी क्षेत्रमा हुन्छ । पछिल्ला वर्षमा सर्वसाधारण बेँसी तर्फ झर्ने क्रम बढेकाले ती क्षेत्रका अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत प्रकाश वस्ताकोटीका अनुसार..

    विद्युत् अनियमित हुँदा उपभोक्ता आजित, आपूर्ति नियमित गर्न नागरिक समाजको अनुरोध

    बुधबार, भाद्र ६, २०७५ साल
    दोलखा, ६ भदौ  जिल्लाभर विद्युत् आपूर्ति अनियमित भएको भन्दै विद्युत् प्राधिकरण दोलखालाई नियमित गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।  नागरिक समाजका अगुवा चीरञ्जीवी मास्के, क्षेत्रीय होटल सङ्घ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठक, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्की, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ दोलखाका अध्यक्ष श्याम कायस्थलगायतकोे टोलीले विद्युत्को नियमित आपूर्ति गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो । एक दिनमा ३०–४०..

    थवाङको च्याउले बजार पाएन, कुहिँदा क्षति ब्यहोर्नुपरेको अवस्था

    मंगलवार, भाद्र ५, २०७५ साल
    रोल्पा, ५ भदौ   आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ ।  सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ ।  दैनिक २५ देखि ५० किलोसम्म उत्पादन..

    छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि झापामा कागती खेती फस्टाउँदै

    सोमबार, भाद्र ४, २०७५ साल
    भद्रपुर, ४ भदौ  पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् ।  छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।  छ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा..

    नेपाल र चीनबीचको द्विपक्षी ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ ।  नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो । प्रधानमन्त्री ओलीले गत असार ५..

    अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै स्थापना गरिएका पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

    आईतवार, भाद्र ३, २०७५ साल
    पर्वत, ३ भदौ  जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा बन्द भएका हुन् । तीन वर्ष अघिसम्म तीन वटा मात्र आयोजना सञ्चालनमा रहेकामा अहिले केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै ती..

    विद्युत् व्यापारका लागि ढल्केबर सवस्टेसन सञ्चालनमा, अब उर्जामा कायापलट होला ?

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ   मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ ।  नेपालकै हालसम्मको ठूलो स्वचालित २२०-१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो ।  सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी..
    Results 1004: You are at page 20 of 34
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last
    Weather Forecast