शुक्रबार, मंसिर २७, २०७६

    कृषि-उर्जा

    चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदीको सुरुङ खोल्ने काम सम्पन्न

    बुधबार, कार्तिक २०, २०७६ साल
    पर्वत, २० कात्तिक ।  मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो ।   सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १००  मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम..

    असिनापानीले अन्नबाली नष्ट, राहतका लागि पहल

    मंगलवार, कार्तिक १९, २०७६ साल
    मार्तडी, १९ कात्तिक बाजुराको बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको छ । स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ः००  बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पु¥याएको छ । उहाँले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार १०० कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली..

    दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण तीव्र

    सोमबार, कार्तिक १८, २०७६ साल
    दैलेख, १८ कात्तिक ।  नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ ।  अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ । अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न..

    महबाट मनग्य आम्दानी

    शनिबार, कार्तिक १६, २०७६ साल
    गलेश्वर, १६ कात्तिक   झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाल्नुभएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल हुनुभएको छ ।    म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल हुनुभएको हो । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उहाँले त्यहाँ..

    कृषिउपज केन्द्रको डिपिआर तयार

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    बुटवल, १५ कात्तिक   रुपन्देहीको सेमलारमा सैनामैना नगरपालिकासमेतलाई समेटेर बन्न लागेको आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।   बुटवल उपमहानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को क्षेत्रमा पर्ने डहरगाउँ र कर्साघाट क्षेत्रमा रहेको ३० बिघा क्षेत्रफलमा आधुनिक कृषि केन्द्र बन्ने भएको हो । उक्त कृषि प्रवद्र्धन केन्द्र निर्माणका लागि रु दुई अर्ब चार करोड ४३ लाख लागत अनुमान..

    ‘सुनकोशी–तेस्रो’जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु

    आईतवार, कार्तिक १०, २०७६ साल
    काभ्रेपलाञ्चोक, १० कात्तिक   ‘गौरवको आयोजना’को रुपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो ।   प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा..

    विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

    आईतवार, कार्तिक १०, २०७६ साल
    मेलम्ची, १० कात्तिक नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ । अचानक ट्रान्सफर्म ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिनुभयो । “अचानक ठूलो आवाजका साथ पड्कियो, त्यसपछि त राँको उठिहाल्यो”, उहाँले भन्नुभयो, “एक¬–दुई जनाले..

    ९ अर्ब घाटाको विद्युत् प्राधिकरण कुलमानले गर्दा ७ अर्ब नाफामा !

    शनिबार, कार्तिक ९, २०७६ साल
    बनेपा, ९ कात्तिक   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ ।   धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । आगामी वर्ष दश अर्ब..

    ब्यापारीले झुक्याउदा किसान मारमा ! गरिमा जात धानको बीउ बेच्नेबाटै क्षतिपूर्ति भराइँने

    शनिबार, कार्तिक ९, २०७६ साल
    चितवन, ९ कात्तिक   नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ ।    कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी..

    विश्वमै उत्कृष्ट ब्राण्ड नेपाली कफीको उत्पादनमा कमी

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    अर्घाखाँची, ८ कात्तिक ।  बजारको सुनिश्चित, मनग्य आम्दानी  र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी..

    फलेन गरिमा धान, किसानलाई वर्षभरि हातमुख जोर्न धौ–धौ

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    बाँके, ८ कात्तिक थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् । बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते बीउ राखेर असार ७..

    उपत्यकाका खम्बामा टाँगिएका तार भूमिगत गरिने

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर  झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने गरेका छन् ।   सवारीसाधन तथा दैनिक जीवन यापनमा समेत अव्यवस्थित तारले हैरान पारेको छ । शहरी सौन्दर्यसमेत बिग्रिएको छ । संसारका धेरैजसो देशमा अस्तव्यस्त..

    बजारभरि झिलिमिली बत्ति, सीएफएल थन्कियो गोदाममा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, कार्तिक ७ ।  बजारमा तिहारका लागि झिलिमिली बत्ति किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । उपभोक्ताहरुको आकर्षण र गुणस्तरलाई मध्यनजर गर्दै इलेक्ट्रिक व्यापारीले न्यूनतम १०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म मूल्य पर्ने झिलिमिली बत्ति बजारमा आएको छ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट बिक्रीमा छन् । नेपालमा २ वर्ष अगाडि मात्र एलईडी लाइट भित्रिएका हुन् ।..

    सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

    बिहिवार, कार्तिक ७, २०७६ साल
    बाजुरा, ७ कात्तिक कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो ।  मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो ।..

    तनहुँको ग्रामीण क्षेत्रको ३ सय ८८ घरधुरीमा बत्ती बल्यो

    बुधबार, कार्तिक ६, २०७६ साल
    दमौली, ६ कात्तिक   तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित ऋषिङ गाउँपालिका–४ भिरकोट र घिरिङ गाउँपालिका–४ को ३८८ घरधुरीमा बत्ती बलेको छ । हालसम्म पनि बिजुलीको सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बत्ती बलेसँगै स्थानीयवासीको उज्यालोमा बस्ने रहर पूरा भएको छ ।   ऋषिङ गाउँपालिका–४ को ३५१ र घिरिङ गाउँपालिका–४ को ३७ घरधुरीमा सम्बन्धित गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको सहयोगमा विद्युत् सेवा..

    तिहारमा विद्युतको माग १३ सय मेगावाट, प्राधिकरण भन्छ - 'टेन्सन' छैन

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक ।  यसवर्षको तिहारमा १ हजार ३०० मेगावाट बराबरको विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ । तिहारमा विद्युत माग व्यवस्थापनका लागि प्राधिकरणले सव–स्टेसन तथा अन्य संरचनालाई पनि मर्मत सम्भार गरी तन्दुरुस्त हालतमा राखेको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहलाई समेत सोही अवस्थामा राख्न ध्यानाकर्षण गराइसकेको छ । बत्ती नै बत्तीको पर्वका रुपमा रहेको तिहारमा कुनै..

    कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक । दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन..

    चितवनमा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने

    मंगलवार, कार्तिक ५, २०७६ साल
    भरतपुर, ५ कात्तिक चितवनको राप्ती नगरपालिकामा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने भएको छ । केन्द्रको आज प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले शिलान्यास गर्नुभयो । मन्त्री लामाले प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी निर्माण हुन लागेको तालीम केन्द्रबाट किसानका समस्या समाधान गर्न मद्दत पुग्ने बताउनुभयो । रु १० करोड एक लाख ६३ हजारको लागतमा १४..

    एक फलफूलको बोट : १० को नोट

    मंगलवार, कार्तिक ५, २०७६ साल
    मुग्लिन, ५ कात्तिक । चितवनको एक मात्र गाउँपालिका  ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा  दश रुपैयाँ  दिने भएको छ  । गाउँपालिकाले यस आर्थिक  वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो,..

    जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

    मंगलवार, कार्तिक ५, २०७६ साल
    खलङ्गा, ५ कात्तिक ।    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।   आर्थिक वर्ष २०७४-७५ मा रु १६ करोड र आव २०७५-७६ मा रु १७ करोड बराबरको स्याउ..

    नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक   अर्थमन्त्री  डा युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गर्नुभएको छ । विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उहाँले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, शहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न उहाँले आग्रह गर्नुभएको अर्थमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख..

    आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री

    सोमबार, कार्तिक ४, २०७६ साल
    गलेश्वर, ४ कात्तिक हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ । सो फार्ममा तरकारीखेती, माछापालन, मौरीपालन, फूल र ‘ड्रागन फ्रुट’ (सिउँडी फल) को व्यावसायिक..

    क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने हुँदा धान नकाट्न केन्द्रको आग्रह

    आईतवार, कार्तिक ३, २०७६ साल
    चितवन, ३ कात्तिक   जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताउनुभएको हो । कतिपय स्थानमा..

    सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन धमाधम कार्यसम्पादन करार सम्झौता गर्दै प्राधिकरण

    शनिबार, कार्तिक २, २०७६ साल
    काठमाडौँ, २ कात्तिक ।    सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ ।    प्राधिकरणले शुक्रबार प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरअन्तर्गतका २४ वितरण केन्द्र..

    लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा

    शनिबार, कार्तिक २, २०७६ साल
    अछाम, २ कात्तिक । अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।  विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ । १५ किलोवाट क्षमताको आयोजनाबाट रामारोशनका ३००..

    ‘कृषिलाई मर्यादित र सम्मानित पेशा बनाउँछौँ’

    बिहिवार, असोज ३०, २०७६ साल
    दमौली, ३० असोज कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि पेशालाई मर्यादित र सम्मानित पेशा बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडको आज दमौलीमा आयोजित २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले कृषिलाई सम्मानित बनाउन सकिए मात्रै कृषि क्षेत्रको विकास सम्भव हुने बताउनुभयो । मन्त्री खनालले कृषि क्षेत्र कम प्राथमिकतामा परेको कारण कृषक यो पेशाबाट पलायन हुने अवस्थामा..

    म्याग्दीको अर्मनमा फस्टाउँदै अलैँचीखेती

    बिहिवार, असोज ३०, २०७६ साल
    गलेश्वर, ३० असोज  विगत सात वर्ष पहिले अलैँचीखेती शुरु गर्नुभएका म्याग्दी मङ्गला गाउँपालिका वडा नं ५ अर्मनका हरिध्वज थापा अलैँची टिपेर सुकाउन व्यस्त हुनुहुन्छ । सामुदायिक वनको छ रोपनी जग्गा भाडामा लिएर र आफ्नो छ रोपनी गरी १२ रोपनी जग्गामा उहाँले सो खेती शुरु गर्नुभएको हो । अलैँचीखेती र यसको बजारमूल्यका बारेमा थाहा पाएपछि परम्परागत खेतीपातीभन्दा व्यावसायिक अलैँचीखेतीमा खटिएका थापाको दिनचर्या अलैँची..

    किसानलाई गरिमा पछि फौजी कीराको चिन्ता

    बुधबार, असोज २९, २०७६ साल
    चितवन, २९ असोज थन्काउने बेला भएको धानमा फौजी कीराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाइएको धानमा फौजी कीराले क्षति पु¥याएको छ ।  कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार त्यस क्षेत्रमा लगाइएको धानमा फौजी कीरा देखा परेको हो । बाला पसाएकोदेखि काटेर सुकाएको धानसम्ममा कीराले नष्ट गरेको छ । कतिपय स्थानमा..

    चीनले अमेरिकी कृषि उत्पादन खरिदलाई बढाउने

    मंगलवार, असोज २८, २०७६ साल
    बेइजिङ, २८ असोज  बेइजिङले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरिसकेको र यसलाई अझ बढाउँदै लैजाने चीनको विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।  स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजारकेन्द्रित अवधारणा अनुसार गरिएको हो,” प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताउनुभयो । यो बर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात..

    ऊर्जा सचिवस्तरीय बैठक : बुटवल–गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गर्ने भएको छ ।   सोमबारदेखि शुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौता भएको..
    Results 1058: You are at page 2 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast