बुधबार, मंसिर २५, २०७६

    कृषि-उर्जा

    पाल्पामा धान उत्पादन वृद्धि, यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन

    शुक्रबार, मंसिर ७, २०७५ साल
    बेझाड, ७ मङ्सिर  पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।  जिल्लामा आठ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार..

    चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर, वैशाख महीनादेखि गोठ लेकतिर लाने क्रम शुरू हुने

    बिहिवार, मंसिर ६, २०७५ साल
    मङ्गलबारे, ६ मङ्सिर  केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौँरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो ।  अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् । तिम्वुपोखरी क्षेत्रमा छार्के..

    सरकारले आयातमा कोटा सिस्टम लगाएपछि ४ महीनादेखि गोदाममै अड्कियो चिनी

    बुधबार, मंसिर ५, २०७५ साल
    वीरगञ्ज, ५ मङ्सिर सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।  हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको चिनी आयात गरेको..

    पोखरामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ११ मेट्रिक टन रासायनिक मल बिक्री

    मंगलवार, मंसिर ४, २०७५ साल
    पोखरा, ४ मङ्सिर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ११ दशमलब २०० मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।  कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिए ।  उनका अनुसार यस चौमासिकमा युरिया ४४१ दशमलब ८५० मेट्रिकटन,..

    कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती, बिहान ११ बजे देखि साँझ ५ बजेसम्म आपूर्ति अवरुद्ध

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर  सडक विस्तार कार्यलाई सहयोग पुर्याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले मंगलबार कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ ।  सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट..

    मिटरमा प्वाल पारी विद्युत् चुहावट गर्ने मिललाई २ लाख जरिवाना

    सोमबार, मंसिर ३, २०७५ साल
    लहान, ३ मंसिर  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग रु एक लाख ९६ हजार ७९७..

    किसानलाई उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध

    सोमबार, मंसिर ३, २०७५ साल
    कञ्चनपुर, ३ मङ्सिर  किसालाई व्यावसायिक खेतीतर्फ डोर्याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका २०५ कृषक समूहका पाँच हजार १२५ किसानलाई बीउ वितरण गरिएको हो ।  कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो रु ५० पर्ने आलुको बीउ किसानलाई रु २५ मा उपलब्ध गराइएको हो । बीउ खरीदका लागि कृषि..

    दाङको लमही नगरपालिकाद्वारा कृषकलाई अनुदानमा गहुँको बीउ वितरण

    आईतवार, मंसिर २, २०७५ साल
    नारायणपुर, २ मङ्सिर दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ । गहुँ उत्पादनको पकेट क्षेत्र मानिने देउखुरीमा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो ।  परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ४६ क्विन्टल विजय, आदित्य र गौतम जातका गहँुको बीउ अनुदानमा उपलब्ध गराइएको छ । “कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बीउ खरीद..

    विश्वबजारमा अत्याधिक माग रहेका कारण ठूला व्यवसायीलाई कफीखेतीतर्फ आकर्षित गरिँदै

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    पोखरा, ३० कात्तिक राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ ।  नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । “मागलाई..

    पर्यटकीय गाउँ भुजुङको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग

    बिहिवार, कार्तिक २९, २०७५ साल
    लमजुङ, २९ कात्तिक  लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।  डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन् । चियाखेती भुजुङ आउने पर्यटकको लागि..

    दुर-दुरमा बत्ती बलेको टुलुटुलु हेरेर बस्ने गड्यौलीटारका बासिन्दाले पाउने भए विद्युत !

    बुधबार, कार्तिक २८, २०७५ साल
    पोखरा, २८ कात्तिक गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग..

    बाँकेमा आलु उत्पादन राम्रो, ३८ हजार ४७५ मेट्रिक टन उत्पादन

    मंगलवार, कार्तिक २७, २०७५ साल
    नेपालगञ्ज, २७ कात्तिक  बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।  गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद..

    छठ पर्वलाई मध्यनजर गर्दै भारतबाट ४० लाखको केरा आयात !

    सोमबार, कार्तिक २६, २०७५ साल
    गौशाला, २६ कात्तिक महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।  अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए ।..

    अढाइ दशकदेखि माछाको व्यापार गर्दै यि व्यक्ति, मासिक १ लाखभन्दा बढीको कारोबार

    आईतवार, कार्तिक २५, २०७५ साल
    भीमदत्तनगर, २५ कात्तिक   नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आएका हुन् ।    पहिलो पटक मावली घर आएका गजुरेलले २०४१ सालमा करीब ४ वर्ष यहाँको महेन्द्रनगर उच्च माविमा कार्यालय सहयोगीको जागिर गरे । भीमदत्तनगर बजारको गल्ली नं ३ स्थित फड्मा माछाको व्यापार थाएका गजुरेलले अहिले मासिक रु एक लाखभन्दा बढीको कारोबार गर्दै आएको छ..

    त्यो ‘अँध्यारो’ युगमा कुुलमानको ‘उदय’ ! आजैको दिनदेखि कसरी भएको थियो लोडसेडिङको अन्त्य ?

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक कुनै दिन कुनै गढबढीले बिजुली गयो भने मान्छेहरू भन्थे– ‘आज कुलमान गयो ।’ बिजुली आयो भने भन्थे–‘लौ कुलमान आयो ।’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हाले लगत्तै उनको कुशल व्यवस्थापन र नेतृत्वमा लोडसेडिङ अन्त्य भयो । वर्षौंदेखि लोडसेडिङको मार खेप्दै अँध्यारोको सामना गर्दै आएका आम सर्वसाधारणको उज्यालो युग भेटे ।   आजभन्दा दुईवर्ष पहिले ०७३ को तिहारमा अच्चमै भयो..

    गहुँ खेतीको तयारीमा जुटेका कृषक मलको अभाव हुँदा समस्यामा

    मंगलवार, कार्तिक २०, २०७५ साल
    धनगढी, २० कात्तिक  धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।  सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो ।  मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन..

    ‘उज्यालो दैलेख’ अभियान, निर्वाचन क्षेत्र नंं १ का सबै टोल र बस्तीमा विद्युतीकरण गरिने

    मंगलवार, कार्तिक २०, २०७५ साल
    दुल्लु, २० कात्तिक दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद र स्थानीय तहमा निर्वाचित प्रमुखले ‘उज्यालो दैलेख’ अभियानमा जोड दिएका छन् । निर्वाचन क्षेत्र नंं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, पार्वती विसुन्के, प्रदेशसभा सदस्य धर्मराज रेग्मी, अम्मरबहादुर थापा, मीनासिंह रखाललगायत क्षेत्र नं १ का छवटै स्थानीय तहका प्रमुखले यस्तो अभियान थालनी गरेका हुन् ।  अभियानमार्फत् एक नगरपालिका र पाँचवटा..

    सरकारद्वारा १० हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक  सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ ।  सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा माथिका..

    मखमली फूलको खेती गर्दै आएका किसानलाई माला गाँस्न र बजार लैजान चटारो

    सोमबार, कार्तिक १९, २०७५ साल
    भक्तपुर, १९ कात्तिक वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।  उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन्..

    पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना नलागेपछि कृषक चिन्तित

    आईतवार, कार्तिक १८, २०७५ साल
    पर्वत, १८ कात्तिक पाकेर  थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् ।  उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला..

    ऊर्जाको नयाँ निर्देशिका र व्यवस्था : बास्केट फण्डका आयोजना प्रतिस्पर्धामा

    शनिबार, कार्तिक १७, २०७५ साल
    काठमाडौँ, १७ कात्तिक  सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५’ ले आयोजना बैंक (बास्केट फण्ड)मा रहेका आयोजना विकास निर्माण गर्न आन्तरिक, बाह्य तथा मातहतका संस्थालाई सहभागी गराउन सक्ने व्यवस्था गरेको छ ।  जुनसुकै कारणले सर्वेक्षण अनुमतिपत्र रद्द भएका..

    मुस्ताङ जिल्ला प्रहरी कार्यालयमा बायु ऊर्जाबाट सहजता, कार्यालय परिसर झलमल

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    बलेवा, १६ कात्तिक  मुस्ताङ जिल्ला प्रहरी कार्यालयमा आउने जोकोहीको पनि विद्युतका कारण काम रोकिएको छैन । विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय प्रविधि सञ्चालन हुन सकेन भनेर कसैले समय पनि खर्चिनु परेको छैन ।  केन्द्रीय प्रसारणलाइनको विद्युत् आपूर्ति नभए पनि कार्यालय परिसर झलमल देखिन्छ । रातको समयमा मात्रै होइन, दिनमा समेत कार्यालयका भित्री कोठामा विद्युत् प्रयोग गर्दा महशुल धेरै..

    गाईपालनबाट २ लाख आम्दानी, परिवार सन्तृष्ट, गोठमा ३२ उन्नत जातका गाई

    बिहिवार, कार्तिक १५, २०७५ साल
    पाल्पा, १५ कात्तिक  गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।  विसं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गरेका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक..

    किसानलाई अनुदानमा गहुँको बीउ दिइने, झण्डै ७०० क्विन्टल आवश्यक

    बुधबार, कार्तिक १४, २०७५ साल
    बुटवल, १४ कात्तिक  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ ।  नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ ।  सहकारी संस्थासँग समन्वय गरेर सिफारिश गरिएको उन्नत जातको गहुँ बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने..

    भुटानको विज्ञ टोली अलैँची बारीमा, भट्टी निर्माण, लगाउने तरिका बारेमा जानकारी दिईने

    मंगलवार, कार्तिक १३, २०७५ साल
    लमजुङ, १३ कात्तिक  भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन-अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् ।  अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची लगाउने तरिका, अलैँचीका..

    जग्गा बाँझै रहन थालेपछि कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

    मंगलवार, कार्तिक १३, २०७५ साल
    पोखरा, १३ कात्तिक  कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ ।  सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई महत्व दिएको हो ।  गाउँपालिकाका..

    कृषि पेशालाई व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४ सय नमूना फार्म

    सोमबार, कार्तिक १२, २०७५ साल
    कास्की, १२ कात्तिक  किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ ।  नमूना फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५०..

    लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः बोलपत्र आह्वान

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कात्तिक नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।  काठमाडौँ उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले अनुमानित लागतभन्दा महङ्गो दर आएपछि करीब १० महीनाअघि शुरु गरिएको बोलपत्र प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको जनाएको छ ।  प्राधिकरणले..

    आगामी ३ वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने यस्तो छ सरकारी रणनिति

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिकरुपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो । त्यसमा सतह सिँचाइ, भूमिगत तथा अन्तरजलाधार स्थानान्तरण लगायतका योजनालाई दीर्घकालीन लक्ष्यका साथ..

    बागलुङको गल्कोट नगरपालिकाका ४ धार्मिकस्थलमा युवाको सहयोगमा सौर्य बत्ती

    बिहिवार, कार्तिक ८, २०७५ साल
    बलेवा, ८ कार्तिक बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको थियो ।  गल्कोट नगरपालिका–७ मा रहेका धार्मिकस्थललाई अँध्यारोमुक्त बनाउनका लागि घुम्टे युवा परिवारले सहयोग गरेको संस्थाका सल्लाहकार टीकाबहादुर थापाले बताए ।..
    Results 1057: You are at page 19 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast