मंगलवार, आषाढ ३०, २०७७

    कृषि-उर्जा

    नगरपालिकाद्वारा हाइब्रिड जातको लहरे तरकारीको बीउ वितरण

    आईतवार, माघ १३, २०७५ साल
    कञ्चनपुर, १३ माघ  कञ्चनपुरको बेलौरी नगरपालिकाको कृषि विकास शाखाले किसानलाई व्यावसायिक खेतीतर्फ डोर्याउन ५० प्रतिशत अनुदानमा वसन्ते वर्णशङ्कर(हाइब्रिड) जातको लहरे तरकारीको बीउ वितरण गरेको छ ।  नगरपालिकाको १० वटै वडाका २०५ किसानलाई करेला, लौका, तनेबोडी, तरभुजा, फर्सीलगायत बीउ वितरण गरिएको हो । बीउका लागि नगरपालिकाले रु एक लाख ९५ हजार र किसानले सोहीअनुसारको रकम खर्चेका छन् ।  वितरण गरिएका बीउ बगरमा १० हेक्टर..

    किबी खेतीतर्फ कृषक आकर्षित, ४२ घरधुरीलाई निःशुल्क बिरुवा वितरण

    शुक्रबार, माघ ११, २०७५ साल
    म्याग्दी, ११ माघ व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ । केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय– ३ ले त्यहाँका ४२ घरधुरी कृषकलाई ८१५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि..

    नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई ऊर्जामन्त्री पुनको आग्रह

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ ।  नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त..

    सुन्तला खरीद गर्न व्यवसायी घरघरै, किसानले ८० देखि १ सय सम्ममा बिक्री गर्दै

    बुधबार, माघ ९, २०७५ साल
    पर्वत, ९ माघ बोटमा  सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् ।  सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गर्नुभयो । विगतका वर्षमा पुसको तेस्रो सातासम्म..

    माछा गाउँमा नपुग्दा किसान चिन्तीत, सरकारको कृषि परियोजना खोई ?

    सोमबार, माघ ७, २०७५ साल
    बारा , ७ माघ बाराको कोल्हबी नगरपालिका वडा नं.५ बोधवनमा पालीएका माछा सुपरजोन योजनामा नपुग्दा किसानहरु चिन्तीत बनेका छन् । माछा गाउँको रुपमा छुट्टै ईतिहास र पहिचान बनाई सकेको यस क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई सुपरजोन बाराको योजनाले समेट्न नसक्दा यस क्षेत्रका किसान चिन्तीत बनेका हुँन् ।  मुलुकको विभिन्न स्थान लगायत राजधानी काठमाण्डौंमा जिउँदो माछाकोे समेत विक्री वितरण गर्दै आएका र..

    राष्ट्रिय गौरवको परियोजना : अरुण तेस्रोको १५ % काम सम्पन्न, २०६५ कामदारले काम गर्दै

    सोमबार, माघ ७, २०७५ साल
    सङ्खुवासभा, ६ माघ : राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ ।  आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार..

    रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा, किसानको दैनिकीजीवनमा असर

    आईतवार, माघ ६, २०७५ साल
    रत्ननगर, ६ माघ  सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।  यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो ।  भारत सरकारले सन् २०२०..

    मनग्य आम्दानी हुनथालेपछि उखुखेती छोडेर ३५ प्रतिशत किसान केराखेतीतर्फ आकर्षित

    शुक्रबार, माघ ४, २०७५ साल
    परासी, ४ माघ सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु २५ लाखसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।  उखुखेती छोडेर केराखेती थाल्नुभएकी उहाँले उखुको तुलनामा केराखेतीबाट दोब्बर बढी फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केराखेती नगदेवाली र छिटो हातमा..

    नेपाललाई आत्मनिर्भर बनाउन गुणस्तरीय बीउ उत्पादनमा जोड दिन आवश्यक

    बिहिवार, माघ ३, २०७५ साल
    भरतपुर, ३ माघ  प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले नेपालभित्रै बसेर कृषिको विज्ञता हासिल गर्न सकिने बताउनुभएको छ ।  नेपाल बीउ व्यवसायी सङ्घले बिहिबार यहाँ आयोजना गरेको ‘बीउ प्रविधि प्रसार’ अन्तरक्रियामा उहाँले अन्नबाली र तरकारीमात्र नभई उत्पादनमुखी फलफूल जुनार, किबी, चिउरीलगायतका बीउमा पनि ध्यान केन्द्रित गर्न प्राविधिकलाई निर्देशन दिनुभयो ।  प्रदेशसभा, स्वास्थ्य, शिक्षा तथा कृषि समितिका सभापति..

    नेपालका खेतीयोग्य भूमि बाँझो राखे ३ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, माघ २ । सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन प्रस्ताव गरेको छ । संसद्‌मा दर्ता भएको 'भू-उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' जस्ताको त्यस्तै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्ने हुन्छ । तर कडा प्रावधानहरू राखिएको उक्त विधेयक पारित भएको खण्डमा कार्यान्वयन भने चुनौतीपूर्ण हुने कतिपय..

    सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित, गत वर्षको तुलनामा ५०% कम

    सोमबार, पौष ३०, २०७५ साल
    भोजपुर, ३० पुस  सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् ।  यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी उत्पादमा कमी आएको छ..

    विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोरमा समस्या, समाधान गर्न कार्यदल

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस  पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसमक्ष पेश गर्नेछ । कार्यदलमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इञ्जिनीयर,..

    दूध उत्पादक किसानसामु समस्यै–समस्या, सरकारको नीति 'ब्यथिती' !

    शुक्रबार, पौष २७, २०७५ साल
    तेह्रथुम, २७ पुस तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको..

    कुखुरामा रानीखेत रोगको प्रकोप, व्यवसायीलाई लाखौको क्षति

    शुक्रबार, पौष २७, २०७५ साल
    डोटी, २७ पुस  कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखौंको क्षति भएको छ ।  जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।  कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता..

    प्राधिकरणको नयाँ व्यवस्था : ७ दिनभित्रै नयाँ मिटर हरघरमा, दुःख नदिन निर्देशन

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन ।  प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।  प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि..

    बारीभरि लटरम्म फलेको सुन्तला बोटबाटै बिक्री, किसान हतारमा

    बुधबार, पौष २५, २०७५ साल
    बलेवा, २५ पुस  बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।  बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला..

    पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान, आकाशबाटै १०० बिगाहा अवलोकन

    मंगलवार, पौष २४, २०७५ साल
    भद्रपुर, २४ पुस  ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्ने वित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीऊको लागि हो ।”  राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आउनुभएको थियो । हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उहाँले आकाशबाटै सो सहकारीले १०० बिगाहामा गरेको नमूना कृषि परियोजनाको अवलोकन..

    महाकालीका कृषकलाई राहत, भारतीय बजारमा उखु बेच्दा प्रतिक्वीण्टल रु. २४० फाइदा

    सोमबार, पौष २३, २०७५ साल
    भीमदत्तनगर, २३ पुस  उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ ।  स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् ।  दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन..

    कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्दै, जागिर होइन अब आफैँ उद्यमी

    आईतवार, पौष २२, २०७५ साल
    डोटी, २२ पुस जिल्लामा पछिल्लो समय कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ ।  विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिने भन्दै यहाँका युवा सोप्रति आकर्षित हुन थालका हुन । शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । डोटी बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रमा स्नाकोत्तर गरेर..

    कुखुरा व्यवसायी मञ्चको अधिवेशन : ऋषिराम पौडेलको नेतृत्व, १७ सदस्यीय नयाँ कार्यसमिति

    आईतवार, पौष २२, २०७५ साल
    चितवन, २२ पुस : जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ ।  अन्य सदस्यमा..

    यसकारण गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान, आयुसँग जोडिएको अनौठो कथा !

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौँ, २१ पुस ।  आजकल दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो रहेको छ । हेर्दा एकदम अनौठो देखिएपनि यसको वास्तविक कारण भने गाईको आयु बढाउनका लागि हो । वैज्ञानिकहरुका लागि गाईको भित्री भागको जाँच गर्न गाह्रो हुने भएकाले यो..

    लक्ष्मीबाट लक्ष्मी भित्राउदै किसान ! दूधको माग बढेपछि गाईपालन व्यवसायमा आकर्षित

    शुक्रबार, पौष २०, २०७५ साल
    अमरगढी, २० पुस  स्थानीय बजारमा दूधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर डडेल्धुरा जिल्लाका भित्री मधेशका किसान यतिखेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका छन् ।  दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि किसान उन्नत जातका गाईपालन गर्न थालेका हुन् ।  स्थानीय जातका साना गाईबाट जति राम्रो पालन पोषण भए पनि दूध कम आउने भएपछि जिल्लाका ग्रामीण..

    चौपायाले १० बिघा क्षेत्रफलको बाली नष्ट, किसान रातभर जाग्राम तर नाकाम !

    शुक्रबार, पौष २०, २०७५ साल
    लमही, २० पुस  छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् ।  त्यस क्षेत्रका २५-३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले बताउनुभयो । “यस क्षेत्रमा करीब २५-३० वटा गाईले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो, “भर्खरै मात्रै हामीले लगाएको १० बिघा क्षेत्रफलको..

    चिनी उद्योग नचल्ने भएपछि उखु पेलेर सख्खर बनाउँदै महोत्तरीका किसान

    बिहिवार, पौष १९, २०७५ साल
    बर्दिवास, १९ पुस  पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् ।  जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीमा कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन् ।  खेतबारीमा..

    वैकल्पिक ऊर्जा विकासमा केन्द्रसँग प्रदेशको सम्झौता, गरीबी निवारण गर्ने गतिविधिमा टेवा

    बिहिवार, पौष १९, २०७५ साल
    हेटौंडा, १९ पुस  प्रदेशस्तरमा ऊर्जाको माग र आपूर्ति व्यवस्थापन तथा ऊर्जा परियोजनाको विकास र विस्तार गर्न प्रदेश सरकारले केन्द्रसँग सम्झौता गरेको छ ।  नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयबीच प्रदेशको ऊर्जाको विकास र विस्तारमा सहकार्य हुने भएको प्रदेश नं ३ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झाले..

    त्रिशूली जलविद्युत् केन्द्रमा आगलागीपछि उत्पादन बन्द, ३५ मेगावाट विद्युत् गिरावट

    बिहिवार, पौष १९, २०७५ साल
    बेत्रावती, १९ पुस : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ । एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।  बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने..

    प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै 'काउले गाउँ', ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय !

    बुधबार, पौष १८, २०७५ साल
    पर्वत, १८ पुस पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ ।  गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प्लाष्टिक टनेल छन् । हरेकका टनेलमा लटरम्म तरकारी उत्पादन भइरहेको छ । स्थानीय गुमाकुमारी शर्माले २२ वर्षअघि माइतबाट पेवाका..

    डोल्पामा एक घर एक व्यवसाय : गाउँपालिकाद्वारा कृषकलाई चौँरी वितरण

    मंगलवार, पौष १७, २०७५ साल
    डोल्पा, १७ पुस यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसायअनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक घरधुरीले चाँैरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  पहिलो चरणअन्तर्गत गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिनुभयो..

    स्थानीयको आवश्यकताका आधारमा सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ, किसानको जीवनमा परिवर्तन आउने विश्वास

    सोमबार, पौष १६, २०७५ साल
    ओखलढुङ्गा १६ पुष  यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो ।  भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको काम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाका सभापति सुमन राजभण्डारीले बताउनुभयो ।  स्थानीयको माग र आवश्यकताका आधारमा प्राप्चामा मोलुङ गरा, हर्कपुरमा बेलीचमेली, वर्णालुमा..

    कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

    आईतवार, पौष १५, २०७५ साल
    खोटाङ, १५ पुस  लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन-दलहन-नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको हो ।  जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक..
    Results 1103: You are at page 18 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast