आईतवार, आषाढ २८, २०७७

    कृषि-उर्जा

    सरकारको ऊर्जा दक्षता रणनीति सार्वजनिक

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन ।  उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पुर्याउने दूरदृष्टि राखी सरकारले पहिलोपटक राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।  रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शून्य दशमलव ८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १..

    कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

    सोमबार, फागुन ६, २०७५ साल
    चितवन, ६ फागुन  कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।  रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा..

    गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

    सोमबार, फागुन ६, २०७५ साल
    बैतडी, ६ फागुन  गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताउनुभयो । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।  पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी..

    सौर्य ऊर्जामा ५७ आयोजनाले लिए सर्वेक्षणको अनुमति

    शनिबार, फागुन ४, २०७५ साल
    काठमाडौँ, ४ फागुन  पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको छ । ती आयोजनाको क्षमता ४६८ मेगावाट रहेको छ । सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेपछि सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा समेत वृद्धि भएको हो..

    गण्डक नहरको संरचना जीर्ण : ३७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

    शुक्रबार, फागुन ३, २०७५ साल
    वीरगञ्ज, ३ फागुन  गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।  करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ । प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ..

    गाई पाल्न थालेपछि खाली छैन हातमा दाम

    बिहिवार, फागुन २, २०७५ साल
    बेझाड, २ फागुन सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी..

    मनकामनाको सुन्तला : जती खायो खाउँ खाउँ लाग्ने

    बुधबार, फागुन १, २०७५ साल
    गोरखा, १ फागुन  ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरबाट प्रसिद्धी कमाएको गोरखा मनकामनाको पहिचान अब त्यतिले मात्र पनि अपुरे हुन थालेको छ ।  विशेषगरी कात्तिकदेखि फागुन महीनासम्म हरेक फलफूल पसल र फलफूलको बजारमा मनकामनाको चर्चा हुने गर्छ त्यहाँ उत्पादन हुने सुन्तलाका कारण । जुनसुकै ग्राहक सुन्तला पसल या सुन्तलाको बजारमा पुग्दा सुन्तला देख्ने बित्तीकै उसले पहिले सोध्ने गर्छ, यो कहाँको सुन्तला हो..

    कृषकलाई १० हजार बोट स्याउ निःशुल्क

    बुधबार, फागुन १, २०७५ साल
    हुम्ला, १ फागुन सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ ।  जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो ।  सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा नं १..

    व्यावसायिक केरा खेतीबाट वार्षिक ५० लाख कमाइ !

    मंगलवार, माघ २९, २०७५ साल
    गलेश्वर, २९ माघ म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् ।  गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन..

    दाङको ५७ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा

    मंगलवार, माघ २९, २०७५ साल
    घोराही, २९ माघ  दाङ समथर भूभाग भएको क्षेत्र भए पनि सिँचाइको सही व्यवस्थापन हुन नसक्दा अधिकांश जमीन बाँझै छन् । धेरैजसो जमीन आकाशे पानीको भरमा खेती भइरहेको छ ।  सिँचाइको अभाव हटाउन जिल्लामा पछिल्लो समय बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाअन्तर्गत करीब ५७ हजार हेक्टर जमीन सिञ्चित गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दुई वर्ष अघि स्थापना भएको आयोजनाअन्तर्गत हाल सानाखालका..

    तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

    मंगलवार, माघ २९, २०७५ साल
    नयाँदिल्ली, २९ माघ : भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गर्नुभएको हो ।  “तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न..

    टनकपुर सवस्टेशनको क्षमता वृद्धि गर्न नयाँ सहमति

    मंगलवार, माघ २९, २०७५ साल
    नयाँ दिल्ली, २८ माघ  भारत सरकारले टनकपुरको सबस्टेशनको क्षमता वृद्धि गर्न सहमति जनाएको छ ।  भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका विद्युत् राज्यमन्त्री आर के सिन्हाबीच सोमबार भएको भेटवार्ताका क्रममा उक्त सबस्टेशनको क्षमता अभिवृद्धिका विषयमा छलफल भएको हो ।  हाल सो सबस्टेशनमा ५० एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ । थप ५० एमभिएको ट्रान्सफर्मर थप गरेर टनकपुर हुँदै नेपालमा..

    अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम, के गर्दै छ सरकार ?

    सोमबार, माघ २८, २०७५ साल
    बेझाड, पाल्पा, २८ माघ  विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन गर्यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको फलस्वरुप विदेश जान खोज्ने र विदेशबाट फर्केर आएका युवा व्यावसायिक तरकारी खेती गर्न हौसिए पनि ।  अनुदान रकम पाएर उत्साहित धेरै युवाले वैदेशिक रोजगारीमा जान बनाएका राहदानी एक कुनामा थन्काए । एक समयमा..

    बाँझो जग्गा भाडामा लिई तरकारी खेती​, १ वर्षमै २५ लाख आम्दानी

    सोमबार, माघ २८, २०७५ साल
    परशुराम, २८ माघ  डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा रु २५ लाख आम्दानी गरेका छन् ।  स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले..

    माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास

    आईतवार, माघ २७, २०७५ साल
    नुवाकोट, २७ माघ  माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको हो ।  कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुने..

    पूरै गाउँको आयस्रोत केराखेती

    शुक्रबार, माघ २५, २०७५ साल
    म्याग्दी, २५ माघ वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ ।  खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । खेती लगाएर लगानी पनि नउठ्ने..

    वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका गुटुवासीले पाए सौर्य विद्युत्

    बिहिवार, माघ २४, २०७५ साल
    सुर्खेत, २४ माघ वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका पश्चिम सुर्खेतस्थित गुटुवासीले अब सौर्य विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।  केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको यहाँका ३०० घरधुरीलाई आगामी चैतदेखि विद्युत् सेवा उपलब्ध गराउन लागिएको हो । चौकुने गाउँपालिका–८ मा स्थापना हुन लागेको सोलार प्लान्टले १०० किलोवाटको विद्युत् उत्पादन गर्दैछ । गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले नेपालमा सोलारबाट १०० किलोवाटको बिजुली उत्पादन गर्न..

    नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन

    बिहिवार, माघ २४, २०७५ साल
    दमौली, २४ माघ गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ ।  प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो ।  जसअनुसार भानु नगरपालिका–११ स्थित बाँसखर्क, आँबुखैरेनी गाउँपालिका–४..

    जाजरकोटको दुर्गम गाउँमा ६ वर्षपछि बिजुली !

    बिहिवार, माघ २४, २०७५ साल
    जाजरकोट, २४ माघ बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् ।  गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत..

    विद्युत चुहावटमा उल्लेख्य कमी - १० प्रतिशत नियन्त्रण, ७ अर्ब कमाई

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौं, २३ माघ  कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच महिनामा २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झारेको बताएको छ । घिसिङले भने, ‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा..

    किसानले लगाएको बन्दा खेतबारीमै जोतेर नष्ट, व्यापारीले सित्तैमा पनि लैजादैनन् किन ?

    मंगलवार, माघ २२, २०७५ साल
    चितवन, २२ माघ  किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।  पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी..

    कृषिको आधुनिकीकरण - प्रतिस्पर्धी क्षमताको विकास चुनौतीपूर्ण, अझै मनसुनमा मै निर्भर

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिकरण गर्दै कृषि उपजको बजार व्यवस्थापन, प्रतिस्पर्धी क्षमताको विकास तथा उत्पादकत्वमा सुधार गरी आकर्षण बढाउने विषय प्रमुख चुनौतीका रूपमा रहेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले गरेको ‘आर्थिक गतिविधि अध्ययन’ अनुसार जग्गामा भइरहेको अनियन्त्रित खण्डीकरणले खेतीयोग्य जमीन घट्न गई कृषि उत्पादन घट्दै गएकाले पनि उत्पादकत्व घटेको हो ।  कृषि क्षेत्रमा आउन सक्ने समस्यालाई समाधान गर्न..

    खानेपानीको समस्या झेल्दै आएका पर्वतका बासिन्दालाई खुशीको खबर, गाउँमै आयोजना शुरु

    आईतवार, माघ २०, २०७५ साल
    पर्वत, २० माघ लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ ।  कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना शुरु भएको हो । मोदीखोलाको किनारमा रहेको सिल्मीको छिपछिपे मूलको पानी ट्याङ्कीमा सङ्कलन गरी गाउँसम्म लिफ्टमार्फत तान्ने तयारीस्वरुप आयोजनाको निर्माण कार्य शुरु गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन..

    डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन, ४ सय कृषक व्यवसायमा आबद्ध

    शनिबार, माघ १९, २०७५ साल
    अमरगढी, १९ माघ  डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।  साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सरदर १५ देखि २० मेट्रिक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फ कृषक लागिरहे पनि पछिल्लो समय मौरीका चरन क्षेत्र विस्तार भएका र मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त भएकाले मह उत्पादन बढ्दै गएको अमरगढी..

    गरीबी न्यूनीकरणमा केन्द्रित भूमि नीति ल्याइँदै, यस्ता छन् भूमि सुधार कार्यक्रम :

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ ।  भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि भूमिसम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्न उक्त नीति मन्त्रिपरिषद्मा छलफलका..

    छोडुवा गाईबाट शुरु गाईपालन व्यावसाय, गोठमा ७० गाई, राम्रो छ धर्मको कमाई !

    शुक्रबार, माघ १८, २०७५ साल
    पोखरा, १८ माघ  झट्ट सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गर्नुभएको हो ।  झण्डै दुई वर्षदेखि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई २०६६ चैतमा समातेर बाँधेका आचार्यको गोठमा अहिले भने ५४ छन् । गोठमा गाईका साथै एक भैँसी, तीन पाडा, एक बहर र एक राँगो पनि छन्..

    कृषि उत्पादनमा लागत घटाएर प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने : अर्थमन्त्री

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ  अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गर्नुभएको छ ।  नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उहाँले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । उहाँले कृषिजन्य पदार्थमा पाँच प्रतिशतभन्दा बढी भन्सार कर लगाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो..

    प्रतिकिलो आठ ! उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान

    बुधबार, माघ १६, २०७५ साल
    बनेपा, १६ माघ  व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि वस्तुभाउलाई खुवाउन बाध्य भएका हुन् । काउली बेच्ने समयमा बजारभाउ कम भएपछि आफूहरूले उत्पादन गरेको काउली बारीमा नै छोडेको र फूल फुलेर पहेँलपुर..

    अख्तियार आयोगको ठहर : विद्युत् प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ ।  आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा आर्थिक वर्ष २०६७/६८ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण समेटेको छ ।  आयोगले जलविद्युत् आयोजना, प्रसारण लाइन निर्माणका लागि रु ३८ अर्ब ४३ करोड बराबरका..

    जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’विरुद्ध आन्दोलन, सरकारले खोज्दै समाधान

    आईतवार, माघ १३, २०७५ साल
    स्याङ्जा, १३ माघ  नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।  बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरुले राखेका छन्..
    Results 1103: You are at page 17 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast