बुधबार, मंसिर २५, २०७६

    कृषि-उर्जा

    वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका गुटुवासीले पाए सौर्य विद्युत्

    बिहिवार, माघ २४, २०७५ साल
    सुर्खेत, २४ माघ वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका पश्चिम सुर्खेतस्थित गुटुवासीले अब सौर्य विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।  केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको यहाँका ३०० घरधुरीलाई आगामी चैतदेखि विद्युत् सेवा उपलब्ध गराउन लागिएको हो । चौकुने गाउँपालिका–८ मा स्थापना हुन लागेको सोलार प्लान्टले १०० किलोवाटको विद्युत् उत्पादन गर्दैछ । गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले नेपालमा सोलारबाट १०० किलोवाटको बिजुली उत्पादन गर्न..

    नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन

    बिहिवार, माघ २४, २०७५ साल
    दमौली, २४ माघ गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ ।  प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो ।  जसअनुसार भानु नगरपालिका–११ स्थित बाँसखर्क, आँबुखैरेनी गाउँपालिका–४..

    जाजरकोटको दुर्गम गाउँमा ६ वर्षपछि बिजुली !

    बिहिवार, माघ २४, २०७५ साल
    जाजरकोट, २४ माघ बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् ।  गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत..

    विद्युत चुहावटमा उल्लेख्य कमी - १० प्रतिशत नियन्त्रण, ७ अर्ब कमाई

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौं, २३ माघ  कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच महिनामा २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झारेको बताएको छ । घिसिङले भने, ‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा..

    किसानले लगाएको बन्दा खेतबारीमै जोतेर नष्ट, व्यापारीले सित्तैमा पनि लैजादैनन् किन ?

    मंगलवार, माघ २२, २०७५ साल
    चितवन, २२ माघ  किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।  पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी..

    कृषिको आधुनिकीकरण - प्रतिस्पर्धी क्षमताको विकास चुनौतीपूर्ण, अझै मनसुनमा मै निर्भर

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिकरण गर्दै कृषि उपजको बजार व्यवस्थापन, प्रतिस्पर्धी क्षमताको विकास तथा उत्पादकत्वमा सुधार गरी आकर्षण बढाउने विषय प्रमुख चुनौतीका रूपमा रहेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले गरेको ‘आर्थिक गतिविधि अध्ययन’ अनुसार जग्गामा भइरहेको अनियन्त्रित खण्डीकरणले खेतीयोग्य जमीन घट्न गई कृषि उत्पादन घट्दै गएकाले पनि उत्पादकत्व घटेको हो ।  कृषि क्षेत्रमा आउन सक्ने समस्यालाई समाधान गर्न..

    खानेपानीको समस्या झेल्दै आएका पर्वतका बासिन्दालाई खुशीको खबर, गाउँमै आयोजना शुरु

    आईतवार, माघ २०, २०७५ साल
    पर्वत, २० माघ लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ ।  कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना शुरु भएको हो । मोदीखोलाको किनारमा रहेको सिल्मीको छिपछिपे मूलको पानी ट्याङ्कीमा सङ्कलन गरी गाउँसम्म लिफ्टमार्फत तान्ने तयारीस्वरुप आयोजनाको निर्माण कार्य शुरु गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन..

    डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन, ४ सय कृषक व्यवसायमा आबद्ध

    शनिबार, माघ १९, २०७५ साल
    अमरगढी, १९ माघ  डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।  साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सरदर १५ देखि २० मेट्रिक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फ कृषक लागिरहे पनि पछिल्लो समय मौरीका चरन क्षेत्र विस्तार भएका र मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त भएकाले मह उत्पादन बढ्दै गएको अमरगढी..

    गरीबी न्यूनीकरणमा केन्द्रित भूमि नीति ल्याइँदै, यस्ता छन् भूमि सुधार कार्यक्रम :

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ ।  भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि भूमिसम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्न उक्त नीति मन्त्रिपरिषद्मा छलफलका..

    छोडुवा गाईबाट शुरु गाईपालन व्यावसाय, गोठमा ७० गाई, राम्रो छ धर्मको कमाई !

    शुक्रबार, माघ १८, २०७५ साल
    पोखरा, १८ माघ  झट्ट सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गर्नुभएको हो ।  झण्डै दुई वर्षदेखि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई २०६६ चैतमा समातेर बाँधेका आचार्यको गोठमा अहिले भने ५४ छन् । गोठमा गाईका साथै एक भैँसी, तीन पाडा, एक बहर र एक राँगो पनि छन्..

    कृषि उत्पादनमा लागत घटाएर प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने : अर्थमन्त्री

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ  अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गर्नुभएको छ ।  नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उहाँले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । उहाँले कृषिजन्य पदार्थमा पाँच प्रतिशतभन्दा बढी भन्सार कर लगाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो..

    प्रतिकिलो आठ ! उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान

    बुधबार, माघ १६, २०७५ साल
    बनेपा, १६ माघ  व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि वस्तुभाउलाई खुवाउन बाध्य भएका हुन् । काउली बेच्ने समयमा बजारभाउ कम भएपछि आफूहरूले उत्पादन गरेको काउली बारीमा नै छोडेको र फूल फुलेर पहेँलपुर..

    अख्तियार आयोगको ठहर : विद्युत् प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ ।  आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा आर्थिक वर्ष २०६७/६८ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण समेटेको छ ।  आयोगले जलविद्युत् आयोजना, प्रसारण लाइन निर्माणका लागि रु ३८ अर्ब ४३ करोड बराबरका..

    जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’विरुद्ध आन्दोलन, सरकारले खोज्दै समाधान

    आईतवार, माघ १३, २०७५ साल
    स्याङ्जा, १३ माघ  नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।  बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरुले राखेका छन्..

    नगरपालिकाद्वारा हाइब्रिड जातको लहरे तरकारीको बीउ वितरण

    आईतवार, माघ १३, २०७५ साल
    कञ्चनपुर, १३ माघ  कञ्चनपुरको बेलौरी नगरपालिकाको कृषि विकास शाखाले किसानलाई व्यावसायिक खेतीतर्फ डोर्याउन ५० प्रतिशत अनुदानमा वसन्ते वर्णशङ्कर(हाइब्रिड) जातको लहरे तरकारीको बीउ वितरण गरेको छ ।  नगरपालिकाको १० वटै वडाका २०५ किसानलाई करेला, लौका, तनेबोडी, तरभुजा, फर्सीलगायत बीउ वितरण गरिएको हो । बीउका लागि नगरपालिकाले रु एक लाख ९५ हजार र किसानले सोहीअनुसारको रकम खर्चेका छन् ।  वितरण गरिएका बीउ बगरमा १० हेक्टर..

    किबी खेतीतर्फ कृषक आकर्षित, ४२ घरधुरीलाई निःशुल्क बिरुवा वितरण

    शुक्रबार, माघ ११, २०७५ साल
    म्याग्दी, ११ माघ व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ । केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय– ३ ले त्यहाँका ४२ घरधुरी कृषकलाई ८१५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि..

    नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई ऊर्जामन्त्री पुनको आग्रह

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ ।  नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त..

    सुन्तला खरीद गर्न व्यवसायी घरघरै, किसानले ८० देखि १ सय सम्ममा बिक्री गर्दै

    बुधबार, माघ ९, २०७५ साल
    पर्वत, ९ माघ बोटमा  सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् ।  सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गर्नुभयो । विगतका वर्षमा पुसको तेस्रो सातासम्म..

    माछा गाउँमा नपुग्दा किसान चिन्तीत, सरकारको कृषि परियोजना खोई ?

    सोमबार, माघ ७, २०७५ साल
    बारा , ७ माघ बाराको कोल्हबी नगरपालिका वडा नं.५ बोधवनमा पालीएका माछा सुपरजोन योजनामा नपुग्दा किसानहरु चिन्तीत बनेका छन् । माछा गाउँको रुपमा छुट्टै ईतिहास र पहिचान बनाई सकेको यस क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई सुपरजोन बाराको योजनाले समेट्न नसक्दा यस क्षेत्रका किसान चिन्तीत बनेका हुँन् ।  मुलुकको विभिन्न स्थान लगायत राजधानी काठमाण्डौंमा जिउँदो माछाकोे समेत विक्री वितरण गर्दै आएका र..

    राष्ट्रिय गौरवको परियोजना : अरुण तेस्रोको १५ % काम सम्पन्न, २०६५ कामदारले काम गर्दै

    सोमबार, माघ ७, २०७५ साल
    सङ्खुवासभा, ६ माघ : राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ ।  आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार..

    रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा, किसानको दैनिकीजीवनमा असर

    आईतवार, माघ ६, २०७५ साल
    रत्ननगर, ६ माघ  सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।  यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो ।  भारत सरकारले सन् २०२०..

    मनग्य आम्दानी हुनथालेपछि उखुखेती छोडेर ३५ प्रतिशत किसान केराखेतीतर्फ आकर्षित

    शुक्रबार, माघ ४, २०७५ साल
    परासी, ४ माघ सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु २५ लाखसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।  उखुखेती छोडेर केराखेती थाल्नुभएकी उहाँले उखुको तुलनामा केराखेतीबाट दोब्बर बढी फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केराखेती नगदेवाली र छिटो हातमा..

    नेपाललाई आत्मनिर्भर बनाउन गुणस्तरीय बीउ उत्पादनमा जोड दिन आवश्यक

    बिहिवार, माघ ३, २०७५ साल
    भरतपुर, ३ माघ  प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले नेपालभित्रै बसेर कृषिको विज्ञता हासिल गर्न सकिने बताउनुभएको छ ।  नेपाल बीउ व्यवसायी सङ्घले बिहिबार यहाँ आयोजना गरेको ‘बीउ प्रविधि प्रसार’ अन्तरक्रियामा उहाँले अन्नबाली र तरकारीमात्र नभई उत्पादनमुखी फलफूल जुनार, किबी, चिउरीलगायतका बीउमा पनि ध्यान केन्द्रित गर्न प्राविधिकलाई निर्देशन दिनुभयो ।  प्रदेशसभा, स्वास्थ्य, शिक्षा तथा कृषि समितिका सभापति..

    नेपालका खेतीयोग्य भूमि बाँझो राखे ३ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, माघ २ । सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन प्रस्ताव गरेको छ । संसद्‌मा दर्ता भएको 'भू-उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' जस्ताको त्यस्तै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्ने हुन्छ । तर कडा प्रावधानहरू राखिएको उक्त विधेयक पारित भएको खण्डमा कार्यान्वयन भने चुनौतीपूर्ण हुने कतिपय..

    सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित, गत वर्षको तुलनामा ५०% कम

    सोमबार, पौष ३०, २०७५ साल
    भोजपुर, ३० पुस  सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् ।  यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी उत्पादमा कमी आएको छ..

    विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोरमा समस्या, समाधान गर्न कार्यदल

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस  पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसमक्ष पेश गर्नेछ । कार्यदलमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इञ्जिनीयर,..

    दूध उत्पादक किसानसामु समस्यै–समस्या, सरकारको नीति 'ब्यथिती' !

    शुक्रबार, पौष २७, २०७५ साल
    तेह्रथुम, २७ पुस तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको..

    कुखुरामा रानीखेत रोगको प्रकोप, व्यवसायीलाई लाखौको क्षति

    शुक्रबार, पौष २७, २०७५ साल
    डोटी, २७ पुस  कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखौंको क्षति भएको छ ।  जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।  कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता..

    प्राधिकरणको नयाँ व्यवस्था : ७ दिनभित्रै नयाँ मिटर हरघरमा, दुःख नदिन निर्देशन

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन ।  प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।  प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि..

    बारीभरि लटरम्म फलेको सुन्तला बोटबाटै बिक्री, किसान हतारमा

    बुधबार, पौष २५, २०७५ साल
    बलेवा, २५ पुस  बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।  बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला..
    Results 1057: You are at page 16 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast