आईतवार, भाद्र १, २०७६

    कृषि-उर्जा

    कृषि सहकारी संस्थाद्वारा कुखुराका दाना जिल्लामै उत्पादन

    मंगलवार, मंसिर १८, २०७५ साल
    बाजुरा, १८ मङ्सिर    कुखुराले खाने दाना जिल्लामै उत्पादन गरिने भएको छ । जिल्ला बाहिरबाट ल्याउने गरिएको दाना बुढीनन्दा कृषि सहकारी संस्थाले मालिका दाना उद्योग सञ्चालन गरी जिल्लामै उत्पादन गर्ने भएको हो ।    मलेसियाबाट फर्किएका कृष्ण धामीसहितका चार युवाको स्वामित्व रहने गरी उद्योग मार्तडीमा सञ्चालन गर्ने तयारी भइरहेको सहकारी संस्थाका अध्यक्ष मथुराराज पण्डितले बताए । केही कच्चा पदार्थ जिल्ला बाहिरबाट ल्याएर दाना जिल्लामै..

    नेपाल-बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आजदेखि राजधानीमा शुरु

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर : नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ ।  बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठक सोमबार र मङ्गलबार दुई दिनसम्म चल्नेछ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको..

    बैतडीमा जडान गरेको दुई वर्षमै नबित्दै बिग्रिए सौर्य बत्ती, आपराधिक क्रियाकलाप बढ्ने खतरा

    आईतवार, मंसिर १६, २०७५ साल
    बैतडी, १६ मङ्सिर दुई वर्ष अगाडि दशरथ चन्द नगरपालिकाले बैतडी सदरमुकामस्थित बजार क्षेत्रमा जडान गरेका सडक सौर्य बत्ती बिग्रिदै जान थालेका छन् । नगर क्षेत्रमा रातिको समयमा सडकमा अध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सौर्य सडक बत्ती जडान गरिएको सडक सौर्य बत्ती बिग्रिदै जान थालेका हुन् ।  सदरमुकाम गढीमा आर्थिक वर्ष २०७३÷७४ मा जडान गरिएका सडक सौर्य..

    रासायनिक विषादीबाट मुक्त गराउने अभियान : जैविक विषादी बनाउन किसानलाई ड्रम

    आईतवार, मंसिर १६, २०७५ साल
    भद्रपुर, १६ मङ्सिर  अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ ।  नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ । कृषिका लागि छुट्याइएको चालु बजेटबाट किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २०० र ३०० लिटर क्षमताका प्लाष्टिकका ड्रम वितरण गरिएको..

    पोल गाडेको २१ वर्ष बितिसक्दा पनि बलेन बत्ति, पोल हेरेरै चित्त बुझाउंछन् नरैनापुरबासी

    शुक्रबार, मंसिर १४, २०७५ साल
    बाँके, १४ मंसिर  बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन । विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाडेका थिए । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ । ‘पोल गाडेको २१ वर्ष भयो, अहिलेसम्म बत्ती..

    केन्द्रबाट खटिएको टोलीद्वारा विद्युत् चोरी गर्ने २६ जना पक्राउ, २ लाख २६ हजार राजश्व सङ्कलन

    शुक्रबार, मंसिर १४, २०७५ साल
    लहान, १४ मङ्सिर  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।  वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।  पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत..

    ३ सय ८० किलोवाटको निर्माणाधीन ताराखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    बिहिवार, मंसिर १३, २०७५ साल
    बागलुङ, १३ मङ्सिर ताराखोला गाउँपालिकामा निर्माणाधीन ३ सय ८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताए ।  उनका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भने, “आउँदो चैतभित्रमा बिजुली बल्छ ।” विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत चीनबाट आइसकेको छ ।..

    सिन्धुलीको जुनार – किसानलाई बजारमा पुर्याउन अहिले भ्याइनभ्याइ, यात्रुको मुख्य कोसेली बन्दै

    मंगलवार, मंसिर ११, २०७५ साल
    खनियाँखर्क, सिन्धुली, ११ मङ्सिर  यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पुर्याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् ।  अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका कारण यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ । जिल्लाका रतनचुरा, जलकन्या,..

    विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि २३ प्रतिशत चुहावटमा कमी

    मंगलवार, मंसिर ११, २०७५ साल
    लहान, ११ मङ्सिर  विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो ।  विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिए । विसं २०७५ साउनदेखि कात्तिकसम्ममा..

    पाल्पाको पूर्वखोला गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा आलुको बीउ वितरण

    सोमबार, मंसिर १०, २०७५ साल
    बेझाड, १० मङ्सिर पाल्पाको पूर्वखोला गाउँपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो ।  छवटै वडा कार्यालयमार्फत कृषकको मागको आधारमा आलु बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । वडा नं १ मा २५ क्वीन्टल, २ मा ४० क्वीन्टल, ३ मा ५० क्वीन्टल, ४ मा ३० क्वीन्टल र..

    इलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया, धमाधम चिया उद्योग स्थापना

    आईतवार, मंसिर ९, २०७५ साल
    इलाम, ९ मङिसर चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।  किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ छ । उद्योग स्थापना गर्ने लहर चलेपछि अहिले एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका..

    पाल्पामा धान उत्पादन वृद्धि, यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन

    शुक्रबार, मंसिर ७, २०७५ साल
    बेझाड, ७ मङ्सिर  पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।  जिल्लामा आठ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार..

    चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर, वैशाख महीनादेखि गोठ लेकतिर लाने क्रम शुरू हुने

    बिहिवार, मंसिर ६, २०७५ साल
    मङ्गलबारे, ६ मङ्सिर  केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौँरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो ।  अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् । तिम्वुपोखरी क्षेत्रमा छार्के..

    सरकारले आयातमा कोटा सिस्टम लगाएपछि ४ महीनादेखि गोदाममै अड्कियो चिनी

    बुधबार, मंसिर ५, २०७५ साल
    वीरगञ्ज, ५ मङ्सिर सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।  हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको चिनी आयात गरेको..

    पोखरामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ११ मेट्रिक टन रासायनिक मल बिक्री

    मंगलवार, मंसिर ४, २०७५ साल
    पोखरा, ४ मङ्सिर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ११ दशमलब २०० मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।  कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिए ।  उनका अनुसार यस चौमासिकमा युरिया ४४१ दशमलब ८५० मेट्रिकटन,..

    कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती, बिहान ११ बजे देखि साँझ ५ बजेसम्म आपूर्ति अवरुद्ध

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर  सडक विस्तार कार्यलाई सहयोग पुर्याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले मंगलबार कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ ।  सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट..

    मिटरमा प्वाल पारी विद्युत् चुहावट गर्ने मिललाई २ लाख जरिवाना

    सोमबार, मंसिर ३, २०७५ साल
    लहान, ३ मंसिर  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग रु एक लाख ९६ हजार ७९७..

    किसानलाई उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध

    सोमबार, मंसिर ३, २०७५ साल
    कञ्चनपुर, ३ मङ्सिर  किसालाई व्यावसायिक खेतीतर्फ डोर्याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका २०५ कृषक समूहका पाँच हजार १२५ किसानलाई बीउ वितरण गरिएको हो ।  कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो रु ५० पर्ने आलुको बीउ किसानलाई रु २५ मा उपलब्ध गराइएको हो । बीउ खरीदका लागि कृषि..

    दाङको लमही नगरपालिकाद्वारा कृषकलाई अनुदानमा गहुँको बीउ वितरण

    आईतवार, मंसिर २, २०७५ साल
    नारायणपुर, २ मङ्सिर दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ । गहुँ उत्पादनको पकेट क्षेत्र मानिने देउखुरीमा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो ।  परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ४६ क्विन्टल विजय, आदित्य र गौतम जातका गहँुको बीउ अनुदानमा उपलब्ध गराइएको छ । “कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बीउ खरीद..

    विश्वबजारमा अत्याधिक माग रहेका कारण ठूला व्यवसायीलाई कफीखेतीतर्फ आकर्षित गरिँदै

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    पोखरा, ३० कात्तिक राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ ।  नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । “मागलाई..

    पर्यटकीय गाउँ भुजुङको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग

    बिहिवार, कार्तिक २९, २०७५ साल
    लमजुङ, २९ कात्तिक  लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।  डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन् । चियाखेती भुजुङ आउने पर्यटकको लागि..

    दुर-दुरमा बत्ती बलेको टुलुटुलु हेरेर बस्ने गड्यौलीटारका बासिन्दाले पाउने भए विद्युत !

    बुधबार, कार्तिक २८, २०७५ साल
    पोखरा, २८ कात्तिक गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग..

    बाँकेमा आलु उत्पादन राम्रो, ३८ हजार ४७५ मेट्रिक टन उत्पादन

    मंगलवार, कार्तिक २७, २०७५ साल
    नेपालगञ्ज, २७ कात्तिक  बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।  गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद..

    छठ पर्वलाई मध्यनजर गर्दै भारतबाट ४० लाखको केरा आयात !

    सोमबार, कार्तिक २६, २०७५ साल
    गौशाला, २६ कात्तिक महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।  अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए ।..

    अढाइ दशकदेखि माछाको व्यापार गर्दै यि व्यक्ति, मासिक १ लाखभन्दा बढीको कारोबार

    आईतवार, कार्तिक २५, २०७५ साल
    भीमदत्तनगर, २५ कात्तिक   नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आएका हुन् ।    पहिलो पटक मावली घर आएका गजुरेलले २०४१ सालमा करीब ४ वर्ष यहाँको महेन्द्रनगर उच्च माविमा कार्यालय सहयोगीको जागिर गरे । भीमदत्तनगर बजारको गल्ली नं ३ स्थित फड्मा माछाको व्यापार थाएका गजुरेलले अहिले मासिक रु एक लाखभन्दा बढीको कारोबार गर्दै आएको छ..

    त्यो ‘अँध्यारो’ युगमा कुुलमानको ‘उदय’ ! आजैको दिनदेखि कसरी भएको थियो लोडसेडिङको अन्त्य ?

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक कुनै दिन कुनै गढबढीले बिजुली गयो भने मान्छेहरू भन्थे– ‘आज कुलमान गयो ।’ बिजुली आयो भने भन्थे–‘लौ कुलमान आयो ।’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हाले लगत्तै उनको कुशल व्यवस्थापन र नेतृत्वमा लोडसेडिङ अन्त्य भयो । वर्षौंदेखि लोडसेडिङको मार खेप्दै अँध्यारोको सामना गर्दै आएका आम सर्वसाधारणको उज्यालो युग भेटे ।   आजभन्दा दुईवर्ष पहिले ०७३ को तिहारमा अच्चमै भयो..

    गहुँ खेतीको तयारीमा जुटेका कृषक मलको अभाव हुँदा समस्यामा

    मंगलवार, कार्तिक २०, २०७५ साल
    धनगढी, २० कात्तिक  धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।  सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो ।  मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन..

    ‘उज्यालो दैलेख’ अभियान, निर्वाचन क्षेत्र नंं १ का सबै टोल र बस्तीमा विद्युतीकरण गरिने

    मंगलवार, कार्तिक २०, २०७५ साल
    दुल्लु, २० कात्तिक दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद र स्थानीय तहमा निर्वाचित प्रमुखले ‘उज्यालो दैलेख’ अभियानमा जोड दिएका छन् । निर्वाचन क्षेत्र नंं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, पार्वती विसुन्के, प्रदेशसभा सदस्य धर्मराज रेग्मी, अम्मरबहादुर थापा, मीनासिंह रखाललगायत क्षेत्र नं १ का छवटै स्थानीय तहका प्रमुखले यस्तो अभियान थालनी गरेका हुन् ।  अभियानमार्फत् एक नगरपालिका र पाँचवटा..

    सरकारद्वारा १० हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक  सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ ।  सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा माथिका..

    मखमली फूलको खेती गर्दै आएका किसानलाई माला गाँस्न र बजार लैजान चटारो

    सोमबार, कार्तिक १९, २०७५ साल
    भक्तपुर, १९ कात्तिक वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।  उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन्..
    Results 918: You are at page 14 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast