बुधबार, मंसिर २५, २०७६

    कृषि-उर्जा

    नेपाल रेडक्रस सोसाइटीले चितवनका कृषकहरुलाई गाई बाँड्दै

    मंगलवार, जेष्ठ ७, २०७६ साल
     चितवन, ७ जेठ ।  नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि  वितरण गरिएको छ ।  शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १०  गाई वितरण..

    त्रिशूली थ्री ‘ए’बाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    बेत्रावती, ६ जेठ । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।  गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को..

    जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

    सोमबार, जेष्ठ ६, २०७६ साल
    सिन्धुली, ६ जेठ जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् । ५० प्रतिशत अनुदानमा साना मेशिनरी तथा कृषि औजार उपकरण वितरण कार्यक्रममार्फत् जुनार सुपरजोनले कार्यक्रम लागू भएका स्थानका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा अहिले कृषि औजार वितरण भइरहेको जुनार सुपरजोनले जनाएको छ ।..

    गाउँमा झलमल्ल बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली

    सोमबार, जेष्ठ ६, २०७६ साल
    वालिङ, ६ जेठ । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो । चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको स्थानीय सन्तबहादुर..

    अटेरी चिनी मिल ! भुक्तानीको माग गर्दै उखु किसान रिले अनशनमा

    आईतवार, जेष्ठ ५, २०७६ साल
    सर्लाही, ५ जेठ ।  उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आईतबारदेखि मलंगवामा रिले अनशन शुरु गरेको छ ।  धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एण्ड जेनरल इण्डष्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महीनाको बाँकी राखेको रकम भुक्तानीको माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले आईतबारदेखि रिले अनशन शुरु गरेका हुन्..

    अर्गानिक कृषि उत्पादनसँगै होमस्टे सञ्चालन गर्दै गोमा !

    आईतवार, जेष्ठ ५, २०७६ साल
    पोखरा, ५ जेठ   बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने अर्गानिक कृषि उत्पादनलाई घरबास (होमस्टे)सँग जोड्न सफल हुनुभएको छ ।    देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो भिरोलो..

    अर्गानिक कृषि उत्पादनसँगै घरबास सञ्चालन

    आईतवार, जेष्ठ ५, २०७६ साल
    पोखरा, ५ जेठ  ।   बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने कृषि उत्पादनलाई घरबास (होमस्टे)सँग जोड्न सफल हुनुभएको छ ।    देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो भिरोलो..

    ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काठमाडौँ, ३ जेठ रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ । आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो ।  उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको..

    घरेलु फोहरको व्यवस्थापनगरी प्राङ्गारिक मल बनाउन गृहिणी इच्छुक

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    चिप्लेढुङ्गा, ३ जेठ । घरेलु फोहरको उचित व्यवस्थापन गर्न महिलाले मल बनाइने भाँडा ‘कम्पोष्ट मल बिन’ मन पराउन थालेका छन् । भान्छाको फोहरको उचित व्यवस्थापन हुने र  कुहिएर मल बन्ने भएपछि गृहिणी कम्पोष्ट मल बनाउन इच्छुक देखिएका हुन् ।  कौसी तथा करेसाबारीमा लगाइएको तरकारीलाई राम्रो मल हुने  भएपछि पछिल्लो समय  गृहिणिको रोजाइमा कम्पोष्ट मल बिन पर्न थालेको हो । प्राङ्गारिक मल बनाउन प्रयोग..

    ९ वर्षदेखि अल्झिएको माथिल्लो त्रिशूली थ्री ‘ए’ सञ्चालनमा, भारतबाट हुने बिजुली आयात घट्ने

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेष्ठ । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली 'थ्री ए' आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार बिहान स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ । ९ वर्षअघि निर्माण..

    लिची पाकेर बगानै रातै, स्वाद छानी–छानी खान पाइने

    बिहिवार, जेष्ठ २, २०७६ साल
    भद्रपुर, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गर्नुभएको छ । उहाँले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ ।  लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची फेस्टिबल’ गर्न लाग्नुभएको छ ।    श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म लिची महोत्सवको आयोजना गरिने कनकाई एजुकेशन..

    दार्चुलामा अब नेपालकै विजुली, मासिक २५ लाख जोगियो, भोल्टेजको समस्या सकियो

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ ।  गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ ।  नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन बुधबारदेखि जोडेको छ । जसका कारण गुणस्तरीय..

    कास्कीको ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

    बुधबार, जेष्ठ १, २०७६ साल
    पोखरा, १ जेठ   कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।   चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा..

    त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण शुरु

    बुधबार, जेष्ठ १, २०७६ साल
    बेत्रावती, १ जेठ त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधबारदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडाँैको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद..

    तिङ्ला सवस्टेशन निर्माण सम्पन्न, हर्जनाबाट जोगिने भयो प्राधिकरण

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाएका कारण एकपछि अर्को गर्दै सफलताका उदाहरण सार्वजनिक हुँदै आएका छन् । लामो समयसम्म समस्यामा फसेका रुग्ण आयोजना सम्पन्न भएका छन् भने प्रसारण लाइनको काम समेत निरन्तर अगाडि बढेका छन् ।  रुग्ण आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली थ्री ए ले परीक्षण उत्पादन गरिरहेको छ । नुवाकोट–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनसमेत..

    सालमुनि हाइड्रोपावर परियोजनाले गर्यो विद्युत् उत्पादन

    मंगलवार, बैशाख ३१, २०७६ साल
    डोटी, ३१ वैशाख जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो ।  परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्को सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष्यबमोजिम तोकिएकै समयमा..

    चिया उद्योगी र मजदुरबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता

    मंगलवार, बैशाख ३१, २०७६ साल
    भद्रपुर, ३१ वैशाख । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच..

    युवालाई कृषिमा आकर्षण गर्ने बजेट ल्याउनुपर्नेमा जोड

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, ३० वैशाख । राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा किसानको आर्थिक वृद्धिसँगै युवालाई कृषिमा आकर्षण गर्ने र महिलाको आय वृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।  सङ्घीय संसद्, राष्ट्रियसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आव २०७६-७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा भाग लिँदै सांसद अनिता देवकोटाले मन्त्री तथा प्रधानमन्त्रीको क्षेत्रमा मात्र बजेट विनियोजन..

    निर्माणमा लापरवाही गर्ने कम्पनीको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने घिसिङ चेतावनी

    आईतवार, बैशाख २९, २०७६ साल
    काठमाडौँ, २९ वैशाख ।   निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना..

    धान फल्ने खेतमा व्यावसायिक रुपमा केरा खेती

    आईतवार, बैशाख २९, २०७६ साल
    गलेश्वर, २९ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन्..

    सुपथ मूल्यमा कृषि उपजहरु उपलब्ध गराउने लक्ष्यले हाट बजारको निर्माण शुरु

    आईतवार, बैशाख २९, २०७६ साल
    गलकोट, २९ वैशाख ।   स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ ।   आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो ।    बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा..

    विद्युत् नियमन आयोगले आफ्नो काम थाल्यो, यस्तो छ लक्ष्य..

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौ, २६ बैशाख ।  विद्युत् नियमन आयोगले विहिबारदेखि विद्युत् विकास विभाग परिसर सानो गौचरनमा कार्यारम्भ गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने बताउनुभयो ।  साथै आयोगले विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण..

    ट्रङ्क लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौँ, २६ वैशाख नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी व्यवसायीले लिएका ६७ वटा ट्रङ्क लाइनको एक एक गरी अध्ययन गरी यर्थाथ पत्ता लगाउने भएको छ ।    उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च उद्योगी व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको विद्युत्को महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेको छ । केही उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च र उच्च अदालतसमेत पुगेका छन् ।  केही उद्योगी तथा..

    कृषिलाई प्राथमिकता दिने गरी बजेट ल्याउन सुझाव

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौँ, २६ वैशाख प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका सदस्यले कृषि क्षेत्रलाई पहिलो प्राथमितामा राखेर सन्तुलित विकास गर्ने गरी बजेट ल्याउन सुझाव दिनुभएका छन् ।  उहाँहरुले कृषिले मात्रै आर्थिक समृद्धिमा छिटो टेवा दिने भएकाले अनुदान र सहुलियतका कार्यक्रमसहित वैज्ञानिक कृषि प्रणाली, यन्त्रीकरण र आधुनिकीकरणमा बजेट जानुपर्नेमा जोड दिनुभएको थियो ।  सङ्घीय संसद्, प्रतिनिधिसभा अर्थसमितिद्वारा आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफल कार्यक्रममा सहभागी सांसदले समृद्धि नेपाल निर्माणका..

    युवाले शुरु गरे सामूहिक तरकारी खेती

    बिहिवार, बैशाख २६, २०७६ साल
    बेनी, २६ वैशाख म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ५ युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् ।  आठ रोपनी जग्गा भाडामा लिएर ५ युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा,..

    सप्तरीको अतिविकट गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी

    बिहिवार, बैशाख २६, २०७६ साल
    राजविराज, २६ वैशाख सप्तरीको अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करीब ३ सय घरमा बिजुली पुगेको छ । डाक्नेश्वरी नगरपालिका–६ औरहीका ३ सय घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुशी भएको सोही ठाउँका मिरदुल यादवले बताउनुभयो । सो क्षेत्रमा विद्युत् नभएपछि मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । विद्युत् सञ्चालन नभएका कारण यहाँका अधिकांश व्यक्ति..

    लमही–घोराही १ सय ३२ केभी लाइन सञ्चालन, वितरण शुरु

    बिहिवार, बैशाख २६, २०७६ साल
    लमही, २६ वैशाख । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उहाँले भन्नुभयो, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु..

    व्यावसायिक रुपमा सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख । पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ ।  कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको..

    गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै

    बुधबार, बैशाख २५, २०७६ साल
    मुग्लिन, २५ वैशाख  चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा  सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् ।   जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष..

    २७ वर्षपछि धान, मकै र गहुँको उत्पादन वृद्धि : तथ्याङ्क

    मंगलवार, बैशाख २४, २०७६ साल
    ललितपुर, २४ वैशाख   कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार  २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कुषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका बीउलाई किसानले उल्लेखनीय रुपमा प्रयोग..
    Results 1057: You are at page 11 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast