सोमबार, मंसिर २३, २०७६

    कृषि-उर्जा

    बढी लाभ लिने उद्देश्यले तरकारीमा विषादीको जथाभावी प्रयोग

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    पर्वत, २४ जेठ  जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् ।  छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् । जलजला–८ फर्सेका अगुवा किसान राजन सापकोटाका अनुसार विषादीको प्रयोगबारे अधिकांशलाई थाहा छैन भने..

    रोजगारी व्यवस्थाको माग गर्दै मोदीखोला जलविद्युत् ३ दिनदेखि तालाबन्दी

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    पर्वत, २४ जेठ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण..

    ‘प्रि–मनसुन’ सक्रिय भएपछि जेठमै रोपाइँको चटारो, वर्षाले किसानलाई राहत

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ । यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट नगरपालिका–७ का विनोद खड्काले भन्नुभयो..

    सामुदायिक वनको अनुदानले ६० घरमा गोबरग्यास प्लान्ट

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    जीतपुर, २३ जेठ ।  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले बताउनुभयो ।..

    सामूहिक फूल खेती गरि गाउँको माग पूर्ति गर्दै आमा समूह

    बुधबार, जेष्ठ २२, २०७६ साल
    पोखरा, २२ जेठ ।  गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँ आमा समूहले थप आयआर्जनका साथै आगन्तुक..

    भौतिक पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण, एकै दिन ३ सबस्टेशन सञ्चालनमा

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।   सहज रुपमा विद्युत्को  पुहँच पुर्याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले सबस्टेशन निर्माण तथा क्षमता विस्तारलाई प्राथमिकता दिएको हो । प्राधिकरणले  विद्युत्को पहुँच बढाउँदै विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेशनका काम..

    १ सय ५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गरिने

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ । रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ ।  कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । आयोजना मार्फत यस वर्ष बीजवृद्धि कृषि..

    विद्युत कर्मचारीको मनपरीले जनकपुरको एक वडा ७ दिनदेखि अन्धकारमय

    सोमबार, जेष्ठ २०, २०७६ साल
    जनकपुरधाम, २० जेठ नेपाल बिद्युत प्राधिकरण जनकपुर बितरण शाखाका कर्मचारी तथा कार्यालय प्रमुखको मनपरीले जनकपुरधाम  उपमहानगरपालिका वडा नं. १८ विगत एकसातादेखि अन्धकारमय छ । तर पनि नत बिद्युत कर्मचारी नत स्थानीय जनप्रतिनिधिले चासो लिएको छ जसले वडावासीले निकै सास्ती भोग्नु परेको छ ।  जनकपुरधामसँग टाँसिएर रहेको यस वडामा बिद्युत अबरुद्धको समस्या पटक–पटक दोहोरिने गरेको छ ।  पछिल्लो पटक शनिवार साँझ आएको हावाहुरीको..

    जेठ १२ गतेदेखि बन्द भएको मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

    सोमबार, जेष्ठ २०, २०७६ साल
    पर्वत, २० जेठ प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।  चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त..

    “रासायनिक विषादी विनाको तरकारी २ रुपैयाँ महङ्गोमा बेचे पनि लिनेको लाइन लाग्छ”

    आईतवार, जेष्ठ १९, २०७६ साल
    लम्की, १९ जेठ । कैलालीका कृषकहरु मानव स्वास्थ्यका लागि खतरनाक मानिएको रासायनिक विषादीको प्रयोग कम गर्न थालेका छन् । उनीहरुले रासायनिक विषादीको सट्टा जैविक (घरेलु) विषादी तथा झोल मलको प्रयोग गर्न थालेका हुन् । रासायनिक विषादी र मलको प्रयोगमा न्यूनीकरण, शत्रुजीव नियन्त्रण तथा मित्रजीव संरक्षण गरी स्वस्थ बाली उत्पादन गर्न उनीहरु लागिपरेका हुन् । टीकापुर नगरपालिकामा २०५ कृषक समूह छन् जसमा १७५ वटा..

    दुग्ध दिवसमा कृषक र पत्रकार सम्मानित, बाच्छाबाच्छी हुर्काउनेलाई १० हजार अनुदान

    आईतवार, जेष्ठ १९, २०७६ साल
    कास्की, १९ जेठ । विश्व दुग्ध दिवसको अवसरमा पोखरामा शनिबार कृषक र सञ्चारकर्मी सम्मानित भएका छन् ।  राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले पोखरामा क्रियाशील युवा पत्रकार सन्देश श्रेष्ठलाई नगद रु ११ हजार १११ तथा सम्मानपत्रसहित सम्मान गरेको हो ।  नागरिक दैनिकमा कार्यरत श्रेष्ठले किसानको पक्षमा कलम चलाएर कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गरेकाले सम्मान गरिएको समाजका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले बताउनुभयो..

    डिजिटल प्रविधिमा तरकारीको मूल्यसूची

    शनिबार, जेष्ठ १८, २०७६ साल
    लम्की १८, जेठ कैलालीको टीकापुरकी पुनम मगर तरकारी किन्न हाटबजार जानुभयो । उहाँको नजर ताजाताजा तरकारीतिर होइन, हाटबजारमा राखिएको डिजिटल मूल्यसूचीमा गयो । उहाँले पाँच मिनेट तरकारीको मूल्यसूची हेर्नुभयो, अनि लाग्नुभयो ताजा तरकारी छान्न । टीकापुरमा हरेक साताको बुधबार र शनिबार तरकारी हाटबजार लाग्छ । हाटबजारमा आउने उपभोक्ता तथा ग्राहकलाई किनमेलमा सहजता होस् भनी सबैले देख्न सक्ने गरी डिजिटल प्रविधिमा तरकारी मूल्यसूची..

    हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसान मस्त छहारीमुनि !

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    बलेवा, १७ जेठ हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो रूखको छहारीमुनि बित्ने गरेको हो ।  वर्षा शुरु हुनुपूर्व पाखोबारीको सबै आलु उकेर्ने दमेकको नेपानेका भीमबहादुर थापा क्षेत्रीलाई अहिले भने फुर्सद नै फुर्सद छ । उहाँ जस्तै उहाँको परिवारका..

    अलैँचीको भाउ नभएर भाउ कुर्दै अलैँची किसान

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    फिक्कल, १७ वैशाख इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेच्नुभएको छैन । करीव चार मन अलैँची उत्पादन गर्नुभएका उहाँले भाउ बढ्ने आशामा अलैँची नबेच्नुभएको हो । अलैँची रोप्दाको समयमा पाँच वर्ष अघि प्रतिमन अलैँचीको मूल्य करीव एक लाख रुपैयाँ थियो ।  हुन त हाल पनि अलैँचीको भाउ नभएको भने हैन । तर पहिलाको तुलनामा एक चौथाइ..

    भारतबाट विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    लहान, १६ जेठ आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।  भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार,..

    नदीको किनारमा बाँझो रहेको जग्गाको सदुपयोग गर्दै समूहमार्फत तरकारी खेती

    बुधबार, जेष्ठ १५, २०७६ साल
    दमौली, १५ जेठ ।   तनहुँको ब्यास नगरपालिका–५ का कृषकले समूहमार्फत मादी नदी किनारमा तरकारी खेती गरेका छन् । छुट्टाछुट्टै भन्दा समूहमा खेती गर्न सहज हुने भएपछि यहाँका कृषकहरुले सामूहिक रुपमा बगर खेती शुरु गरेका हुन् ।   मादी नदीको किनारमा बाँझो रहेको जग्गाको सदुपयोग गर्दै तीन वर्षदेखि बगर खेती गरिएको कृषक एकराज अधिकारीले जानकारी दिनुभयो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रेरणा र..

    विश्वकै अग्लो छुमचौरमा धान रोपाइँ महोत्सव, के छ चर्चित मार्सीको इतिहास ?

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    जुम्ला, १४ जेठ  सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो (खेतहरु) मा कृषकले मार्सी रोपेका छन् । पछिल्लो समय बजारमा..

    वर्षा हुनाका साथै हिउँ पग्लिएसँगै जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि

    सोमबार, जेष्ठ १३, २०७६ साल
    लमजुङ, १३ जेठ ।  जलविद्युत् आयोजनाको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लामा सञ्चालित उत्पादन थालेका आयोजनाहरुमा विद्युत् उत्पादन बढेको छ । बेलाबेला वर्षा हुनाका साथै धेरै हिउँ पग्लिएसँगै नदीमा पानीको बहाव बढ्न थालेपछि उत्पादन थालेका आयोजनाहरुमा विद्युत् उत्पादन बढ्न थालेको हो ।  बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । ७० मेगावाट क्षमताको उक्त आयोजनाबाट केही दिनअघि..

    कर्णालीका ७३ प्रतिशत जनसङ्ख्यामा अझै पुगेन विद्युत्, यस्तो छ विभिन्न प्रदेशको अवस्था

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ  । कर्णाली प्रदेशका ७३ प्रतिशत जनसङ्ख्याले अझै पनि विद्युत् सेवा प्राप्त गर्न सकेका छैनन् । जलविद्युत्को अपार सम्भावना भए पनि सो प्रदेशका नागरिकले सहजरूपमा विद्युत् सेवा पाउन नसकेको पाइएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्म कर्णाली प्रदेशका २७ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको पाइएको हो ।  मुलुकको कूल जनसङ्ख्या..

    रंगशाला निर्माणका लागि धुर्मुसद्वारा घिसिङसँग सहयोगको माग

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौं, १३ जेठ  ।  चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गरेका छन् । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गरेका थिए । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताए । उनले क्रिकेट रंगशाला..

    व्यावसायिक तरकारी खेती र पशुपालनबाट मनग्य आम्दानी

    आईतवार, जेष्ठ १२, २०७६ साल
    पोखरा, १२ जेठ  परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् । पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो । भाडामा लिएको १६ रोपनी जग्गामा निर्माण गरिएका हाइटेक (ग्रीनहाउस) भित्र मौसमी एवं..

    ८८ किलोमिटर लामो कालीगण्डकी प्रसारण आयोजनाको ४५ प्रतिशत काम पूरा

    आईतवार, जेष्ठ १२, २०७६ साल
    नवलपरासी, १२ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निमार्र्णकार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती (न्यू बुटवल २२०-१३२ केभी सवस्टेशन) आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना लाग्ने आयोजनाले जनाएको छ । २२०-१३२-३३-११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण..

    केही दिनदेखि लगातार परेको असिनापानीले करोडौं मूल्यका बाली नष्ट

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    दमौली, १० जेठ   केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् ।   तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिनुभयो । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताउनुभयो ।..

    चितवन दूधमा आत्मनिर्भर, ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा निर्यात

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    भरतपुर, १० जेठ  चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिनुभयो ।  विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर..

    सानो लगानी प्रशस्त आम्दानी : कुखुरापालन व्यवसायमा रमाउँदै युवा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    बेझाड, ९ जेठ  वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहुँदै  पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ । पाल्पा रामपुरका तीन युवाहरुले..

    असिनापानी र प्रतिकूल मौसमका कारण आलुको उत्पादनमा ह्रास

    बुधबार, जेष्ठ ८, २०७६ साल
    नेपालगञ्ज, ८ जेठ । गत फागुन महीनामा परेको असिनापानी र प्रतिकूल मौसमका कारण यो वर्ष बाँके जिल्लामा आलुको उत्पादनमा ह्रास आएको छ । असिनापानीले खन्ने अवस्थाको सबै आलुका बोट कुहिएकाले उत्पादन ५० प्रतिशतले घटेको बाँके हिरमिनियाका कृषक कृपाराम मौर्यले बताउनुभयो ।  कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत शम्भुनाथ योगीका अनुसार असिना पानीका कारण बाँकेमा यो वर्ष ६० प्रतिशत आलुको उत्पादनमा ह्रास आएको छ..

    कुलमानको चमत्कार : यहि वर्षादेखि २ सय मेगावाट विद्युत भारतलाई बेच्ने

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ ।  नेपाल विद्युत प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ ।  विद्युत प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ ।  अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि..

    हावाबाट १ हजार २ सय वाट विद्युत् उत्पादन, सेवा प्रभावकारी

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    रामपुर, ७ जेठ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ ।  शुरुमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुक्किको भरमा बस्नुभन्दा यही ठीक भएको स्थानीयले बताएका छन् । बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ बजार क्षेत्रमा सेवा दिइएको छ । पिडा..

    नेपाल रेडक्रस सोसाइटीले चितवनका कृषकहरुलाई गाई बाँड्दै

    मंगलवार, जेष्ठ ७, २०७६ साल
     चितवन, ७ जेठ ।  नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि  वितरण गरिएको छ ।  शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १०  गाई वितरण..

    त्रिशूली थ्री ‘ए’बाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    बेत्रावती, ६ जेठ । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।  गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को..
    Results 1055: You are at page 10 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast