सोमबार, मंसिर २, २०७६

    कृषि-उर्जा

    उद्घाटन हुँदै ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना

    सोमबार, मंसिर २, २०७६ साल
    २ मंसिर, काठमाडौं ।  माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन  औपचारिक रुपमा सोमवार हुने भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सोमबार उद्घाटन हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्ले नै पुगेर उद्घाटन गर्ने कार्यक्रम..

    सोमबार उद्घाटन हुँदै माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर  कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो । त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’ । प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो ।  गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय..

    राष्ट्रिय चिया तथा कफी विकास बोर्ड : तोकियो नयाँ मुल्य

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौं, १ मंसिर ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिको मूल्यमा परिमार्जन गर्दै आर्थिक वर्ष ०७६/७७ मा कृषकबाट उत्पादित काँचो कफीको न्यूनतम मूल्य तोकेको हो । हरेक वर्ष कफीको न्यूनतम मूल्य तोक्दै आएको बोर्डले न्यूनतम मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ ।  १५ औं राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य तोकेको बोर्डले जनाएको छ । बोर्डले फ्रेस..

    किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगले सहजता

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    लमही, २९ कात्तिक पछिल्लो समयमा खेतीका लागि कृषि उपकरणको प्रयोग हुन थालेको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ । जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग..

    ‘तराई मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्याइने’

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले ऊर्जा क्षेत्रसँगै कृषिउपजको अभिवृद्धिका लागि सिँचाइतर्फ पनि उल्लेख्य ध्यान दिएको बताउनुभएको छ ।    उहाँले भन्नुभयो, “सरकारले सिँचाइतर्फ ठूला आयोजना अघि बढाइरहेको छ, तराई मधेशमा बाहै्र महिना सिँचाइ सुविधा उपलब्ध गराउने गरी योजना अगाडि बढेको र पहाडमा लिफ्ट सिँचाइका लागि काम भइरहेको छ ।” शिष्टाचार भेटका लागि पुगेको जापानको कृषि, वन तथा मत्स्यपालन..

    ऊर्जामा दीर्घकालीन सहकार्यतर्फ नेपाल र बङ्गलादेश

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक   नेपाल र बङ्गलादेशले दीर्घकालीन लक्ष्यसहित ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने भएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीदको लक्ष्यसहित सरकारी तथा निजीस्तरमा समेत संयुक्त लगानीको प्रस्ताव गरेको छ ।    ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बङ्गलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ । भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् बङ्गलादेशसम्म..

    सिक्टा सिँचाई समयमै सम्पन्न हुनुपर्छ : उपसभामुख तुम्बाहाम्फे

    शनिबार, कार्तिक २३, २०७६ साल
    राँझा, २३ कात्तिक  प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनु भएको छ ।  उपसभामुख तुम्बाहाम्फे सिक्टा सिँचाइ आयोजनाको ढकेरीदेखि अगैयासम्मको नहरको स्थलगत अनुगमनपश्चात् निर्धारित समयमै सम्पन्न गरी जनतालाई सिँचाइ सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।  सिक्टा सिँचाइ आयोजना २०७७ असार मसान्तभित्र काम सम्पन्न गर्ने म्याद रहेको छ । तर अहिलेसम्म ६० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको..

    गरिमा धानको स्थलगत अध्ययनबाट क्षतिपूर्तिको मूल्याङ्कन

    शनिबार, कार्तिक २३, २०७६ साल
    चितवन, २३ कात्तिक ।    जिल्लामा लगाइएको गरिमा जातको धानको क्षति मूल्याङ्कनका लागि स्थलगत अध्ययनको काम सम्पन्न भएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख एवं क्षतिपूर्ति मूल्याङ्कन समितिका संयोजक मदन थापाको नेतृत्वको पाँच सदस्यीय टोलीले जिल्लामा लगाइएको धानको क्षतिपूर्तिका लागि स्थलगत निरीक्षण गरेको हो ।    समितिका सदस्य सचिव एवं कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार पाँच दिन लगाएर धानखेती भएका सबै..

    रघुपति जुट मिललाई किस्ताबन्दीमा महसुल तिर्न प्राधिकरणको पत्र

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौँ, २२ कात्तिक   विगतमा डेडिकेटेड र ट्रङ्क लाइन लिएर तोकिएअनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न दिने नेपाल विद्युत् प्राधिकरणको निर्णय कार्यान्वयन गर्न थालिएको छ । प्राधिकरण सञ्चालक समितिको यही कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै उद्योगीलाई मर्का नपर्ने गरी किस्ता तय गरिएको छ ।    प्राधिकरणले सोही निर्णयअनुसार रघुपति जुट मिललाई ४४ किस्तामा महसुल तिर्ने गरी निर्णय..

    कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक छ : मन्त्री अर्याल

    बुधबार, कार्तिक २०, २०७६ साल
    बुलबुले, २० कात्तिक भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताउनुभएको छ ।  सहकारी विभाग काठमाडौँद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक अन्तक्र्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समग्र कृषिको विकासमा व्यवसायीकरण गर्न सहकारी आवश्यक भएको बताउनुभएको हो ।  समृद्धिको अभियानमा महत्वपूर्ण खम्बा भनेको सहकारी भएको भन्दै मन्त्री अर्यालले नेपालको..

    चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदीको सुरुङ खोल्ने काम सम्पन्न

    बुधबार, कार्तिक २०, २०७६ साल
    पर्वत, २० कात्तिक ।  मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो ।   सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १००  मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम..

    असिनापानीले अन्नबाली नष्ट, राहतका लागि पहल

    मंगलवार, कार्तिक १९, २०७६ साल
    मार्तडी, १९ कात्तिक बाजुराको बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको छ । स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ः००  बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पु¥याएको छ । उहाँले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार १०० कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली..

    दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण तीव्र

    सोमबार, कार्तिक १८, २०७६ साल
    दैलेख, १८ कात्तिक ।  नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ ।  अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ । अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न..

    महबाट मनग्य आम्दानी

    शनिबार, कार्तिक १६, २०७६ साल
    गलेश्वर, १६ कात्तिक   झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाल्नुभएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल हुनुभएको छ ।    म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल हुनुभएको हो । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उहाँले त्यहाँ..

    कृषिउपज केन्द्रको डिपिआर तयार

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    बुटवल, १५ कात्तिक   रुपन्देहीको सेमलारमा सैनामैना नगरपालिकासमेतलाई समेटेर बन्न लागेको आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।   बुटवल उपमहानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को क्षेत्रमा पर्ने डहरगाउँ र कर्साघाट क्षेत्रमा रहेको ३० बिघा क्षेत्रफलमा आधुनिक कृषि केन्द्र बन्ने भएको हो । उक्त कृषि प्रवद्र्धन केन्द्र निर्माणका लागि रु दुई अर्ब चार करोड ४३ लाख लागत अनुमान..

    ‘सुनकोशी–तेस्रो’जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु

    आईतवार, कार्तिक १०, २०७६ साल
    काभ्रेपलाञ्चोक, १० कात्तिक   ‘गौरवको आयोजना’को रुपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो ।   प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा..

    विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

    आईतवार, कार्तिक १०, २०७६ साल
    मेलम्ची, १० कात्तिक नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ । अचानक ट्रान्सफर्म ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिनुभयो । “अचानक ठूलो आवाजका साथ पड्कियो, त्यसपछि त राँको उठिहाल्यो”, उहाँले भन्नुभयो, “एक¬–दुई जनाले..

    ९ अर्ब घाटाको विद्युत् प्राधिकरण कुलमानले गर्दा ७ अर्ब नाफामा !

    शनिबार, कार्तिक ९, २०७६ साल
    बनेपा, ९ कात्तिक   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ ।   धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । आगामी वर्ष दश अर्ब..

    ब्यापारीले झुक्याउदा किसान मारमा ! गरिमा जात धानको बीउ बेच्नेबाटै क्षतिपूर्ति भराइँने

    शनिबार, कार्तिक ९, २०७६ साल
    चितवन, ९ कात्तिक   नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ ।    कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी..

    विश्वमै उत्कृष्ट ब्राण्ड नेपाली कफीको उत्पादनमा कमी

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    अर्घाखाँची, ८ कात्तिक ।  बजारको सुनिश्चित, मनग्य आम्दानी  र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी..

    फलेन गरिमा धान, किसानलाई वर्षभरि हातमुख जोर्न धौ–धौ

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    बाँके, ८ कात्तिक थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् । बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते बीउ राखेर असार ७..

    उपत्यकाका खम्बामा टाँगिएका तार भूमिगत गरिने

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर  झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने गरेका छन् ।   सवारीसाधन तथा दैनिक जीवन यापनमा समेत अव्यवस्थित तारले हैरान पारेको छ । शहरी सौन्दर्यसमेत बिग्रिएको छ । संसारका धेरैजसो देशमा अस्तव्यस्त..

    बजारभरि झिलिमिली बत्ति, सीएफएल थन्कियो गोदाममा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, कार्तिक ७ ।  बजारमा तिहारका लागि झिलिमिली बत्ति किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । उपभोक्ताहरुको आकर्षण र गुणस्तरलाई मध्यनजर गर्दै इलेक्ट्रिक व्यापारीले न्यूनतम १०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म मूल्य पर्ने झिलिमिली बत्ति बजारमा आएको छ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट बिक्रीमा छन् । नेपालमा २ वर्ष अगाडि मात्र एलईडी लाइट भित्रिएका हुन् ।..

    सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

    बिहिवार, कार्तिक ७, २०७६ साल
    बाजुरा, ७ कात्तिक कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो ।  मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो ।..

    तनहुँको ग्रामीण क्षेत्रको ३ सय ८८ घरधुरीमा बत्ती बल्यो

    बुधबार, कार्तिक ६, २०७६ साल
    दमौली, ६ कात्तिक   तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित ऋषिङ गाउँपालिका–४ भिरकोट र घिरिङ गाउँपालिका–४ को ३८८ घरधुरीमा बत्ती बलेको छ । हालसम्म पनि बिजुलीको सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बत्ती बलेसँगै स्थानीयवासीको उज्यालोमा बस्ने रहर पूरा भएको छ ।   ऋषिङ गाउँपालिका–४ को ३५१ र घिरिङ गाउँपालिका–४ को ३७ घरधुरीमा सम्बन्धित गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको सहयोगमा विद्युत् सेवा..

    तिहारमा विद्युतको माग १३ सय मेगावाट, प्राधिकरण भन्छ - 'टेन्सन' छैन

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक ।  यसवर्षको तिहारमा १ हजार ३०० मेगावाट बराबरको विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ । तिहारमा विद्युत माग व्यवस्थापनका लागि प्राधिकरणले सव–स्टेसन तथा अन्य संरचनालाई पनि मर्मत सम्भार गरी तन्दुरुस्त हालतमा राखेको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहलाई समेत सोही अवस्थामा राख्न ध्यानाकर्षण गराइसकेको छ । बत्ती नै बत्तीको पर्वका रुपमा रहेको तिहारमा कुनै..

    कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक । दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन..

    चितवनमा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने

    मंगलवार, कार्तिक ५, २०७६ साल
    भरतपुर, ५ कात्तिक चितवनको राप्ती नगरपालिकामा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने भएको छ । केन्द्रको आज प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले शिलान्यास गर्नुभयो । मन्त्री लामाले प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी निर्माण हुन लागेको तालीम केन्द्रबाट किसानका समस्या समाधान गर्न मद्दत पुग्ने बताउनुभयो । रु १० करोड एक लाख ६३ हजारको लागतमा १४..

    एक फलफूलको बोट : १० को नोट

    मंगलवार, कार्तिक ५, २०७६ साल
    मुग्लिन, ५ कात्तिक । चितवनको एक मात्र गाउँपालिका  ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा  दश रुपैयाँ  दिने भएको छ  । गाउँपालिकाले यस आर्थिक  वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो,..

    जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

    मंगलवार, कार्तिक ५, २०७६ साल
    खलङ्गा, ५ कात्तिक ।    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।   आर्थिक वर्ष २०७४-७५ मा रु १६ करोड र आव २०७५-७६ मा रु १७ करोड बराबरको स्याउ..
    Results 1038: You are at page 1 of 35
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast