बुधबार, चैत्र १९, २०७६

    अावास-निर्माण

    १८ वर्षदेखि पुनःनिर्माणको पर्खाइमा बार्जुकोट दरबार, कुँडीकोट संरक्षणको अभाव

    शनिबार, आषाढ २१, २०७६ साल
    मार्तडी २१, असार जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबार भग्नावशेषका रुपमा रहेको छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कार्यकर्ताले दरबार आगजनी गरेको १८ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको दरबार हकवाला राजेन्द्रबहादुर शाह बताउनुहुन्छ ।  विसं २०५७ भदौ २२ गते माओवादीका कार्यकर्ता आएर आगजनी गरेको लामो समय बित्दा पनि पुनःनिर्माण हुन नसकेको शाहको भनाइ..

    मध्य–पहाडी लोकमार्गमा व्यवस्थित शहरका लागि प्रक्रिया अघि बढ्यो

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार : सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।  राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा शहरी विकास मन्त्रालय सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले  अघिल्लो वर्ष घोषित मेगा सिटी, स्मार्ट सिटी निर्माण तथा शहरीकरणको मापदण्ड तयार गरेर आवश्यक प्रक्रिया अघि बढेको उल्लेख..

    ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

    शुक्रबार, आषाढ २०, २०७६ साल
    गलेश्वर, २० असार  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ ।  आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताउनुभयो । उहाँका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेण्डर बेसिनलगायत विद्युत् उत्पादनका लागि..

    फुसे्रखोलाको तुइन हटाइने

    बिहिवार, आषाढ १९, २०७६ साल
    पोखरा, १९ असार   पोखरा महानगरपालिकाको वडा नं १७ र २१ को बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आइएको तुइन हटाइने भएको छ ।   बङ्गुरका दाना लगायतका सामग्री ढुवानीका लागि भनिएपनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तबरबाट ओहोरदोहर गरेको पाइएपछि उक्त तुइन हटाउन प्रशासनले निर्देशन दिएको हो । मङ्गलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्बीर राष्ट्रिय समाचार समितिबाट सम्प्रेषित भएसँगै यस..

    नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार    काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ ।    प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आजको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताउनुभयो । उहाँका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको छ । जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम..

    कमलपोखरीको पुनर्निर्माण सुरु, १ वर्षमा यस्तो बन्नेछ

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ऐतिहासिक कमलपोखरीको पुनर्निर्माण सुरु भएको छ ।बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको शिलान्यास गरे ।  सम्पदा संरक्षणलाई महानगरले उच्च प्राथमिकतामा राखेको भन्दै उनले लामो समयदेखि स्थानीयले संरक्षण गरेको कमलपोखरीलाई पुनर्निर्माण गरेर थप आयु दिइने बताए । कार्यक्रममा कांग्रेस सांसद गगनकुमार थापाले कमलपोखरी पुनर्निर्माण समयमै सम्पन्न गर्न महानगर चनाखो हुनुपर्ने बताए । ‘कमलपोखरी अहिले पनि संरक्षित छ, यो स्थानीयको..

    मेलम्चीमा एक अर्ब घोटालाः डेढ अर्बमा सकिने काम, बिनाप्रतिस्पर्धा दुई अर्ब ६३ करोड रुपैयाँको ठेक्का

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको पाइएको छ। आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषद्बाट बिनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको हो। तीन प्रतिशत कामका लागि आयोजनाले मन्त्रिपरिषद्बाट दुई अर्ब ६३ करोड रुपैयाँमा बिनाप्रतिस्पर्धा ठेक्का दिने निर्णय गरेको थियो। जबकि सीएमसीले त्यही काम एक अर्ब..

    निजी घर निर्माणको सिमा तोकियो

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण माघसम्म सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका सार्वजनिक गरेको छ । प्राधिकरणको गत ३१ जेठमा बसेको निर्णयअनुसार भूकम्पपीडितलाई कार्यतालिकाअनुसार समयमै काम सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । तालिकाअनुसार निजी आवास पुनर्निर्माणअन्तर्गत असार मसान्तसम्म पहिलो र माघ मसान्तसम्म तेस्रो किस्ता लिइसकेको हुनुपर्नेछ । लाभग्राही सूचीमा समावेश भएकाले आगामी शनिबारसम्म अनुदान सम्झौता गरिसक्नुपर्ने..

    कुलेखानी तेस्रो जलविद्युत् निर्माण, साउनदेखि विद्युत् उत्पादन गर्ने

    बुधबार, आषाढ १८, २०७६ साल
    हेटौँडा, १८ असार  उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि  विद्युत् उत्पादन गर्ने भएको छ ।  विद्युत्गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । भँैसेस्थित कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट..

    भूकम्प पीडितका पहिले बनेका घरलाई सरकारले तीन लाख दिने

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरू खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपियाँ उपलब्ध गराउने भएको छ । यो निर्णयबाट कम्तीमा १२ हजार घरधनी लाभान्वित हुने भएका छन् । यो सङ्ख्या बढ्न सक्ने सम्भावना पनि रहेको छ ।  प्राधिकरणको कार्यकारी समितिको मङ्गलबारको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरूलाई निजी आवास पुनःनिर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि..

    अर्थविद्हरु भन्छन् - राष्ट्रिय रोग असारे विकासलाई बलियो सरकारले अन्त्य गर्नुपर्छ

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार    अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।    रिपोर्टस् क्लब नेपालमा मंगलबार आयोजित साक्षात्कारमा उनीहरूले विगतका दिनमा स्थायी सरकार निर्माण हुन नसकेको अवस्थामा मौलाउँदै आएको असारे विकासको प्रवृत्तिलाई अहिले  निरन्तरता दिन आवश्यक नभएको बताएका हुन् ।   कार्यसम्पादनमा आधारित भएर बजेट विनियोजन हुनुपर्ने, आयोजना, कार्यक्रम तथा बजेट खर्चको अनुगमन..

    कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन हुने

    मंगलवार, आषाढ १७, २०७६ साल
    हेटौँडा, १७ असार । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ । भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युत्गृहमा परीक्षण उत्पादन गरिसकिएकोे..

    त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन हुने

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाण्डाै, १५ असार गएकाे चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घन्टा खुल्ने भएको छ । विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि  राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम भैरहेको थियो । ‘उनीहरुले रन वे को काम लगभग सकेका छन्, २-३ सय मिटर बाँकी छ,..

    १५ सय भूकम्पपीडितले नयाँ घर पाए

    आईतवार, आषाढ १५, २०७६ साल
    भोजपुर, १५ असार जिल्लामा भूकम्पबाट क्षति भएका एक हजार पाँच सय घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्क अनुसार एक हजार पाँच सय ६९ जनाले निर्माणकार्य सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम समेत बुझेका छन् ।   त्यस्तै दुई हजार ८९ घर सकिने अवस्थामा पुगेका कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १४२..

    मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी ३ वर्षभित्रमा सम्पन्न हुने

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार    सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ ।    राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको बाँकी कामको बोलपत्र गरिने बताउनुभएको थियो ।..

    निजगढ विमानस्थलको काम अन्योल हुँदा सांसद आक्रोशित, भन्छन् - छलफलमै २३ वर्ष बित्यो

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको विकल्पमा २३ वर्षअघि यकिन गरिएको निजगढ विमानस्थल कुन ढाँचामा बनाउने भन्ने विषय अझै अन्योल रहेको सुनेपछि सांसदहरुले आक्रोश व्यक्त गर्नुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट आयोजनाबारे ब्रिफ्रिङ सुनेपछि सांसद जीवन बुढाले “त्यहाँ विमानस्थल बनाउनुपर्छ, गर्नुपर्छ भन्नेमा सबैको एकमत छ, बजेट छ, ठाँउ छ तर पनि काम..

    ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सञ्चालन

    शुक्रबार, आषाढ १३, २०७६ साल
    म्याग्दी, १३ असार    ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ ।    नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो । पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो ।    प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश..

    सडक विस्तार तत्काल रोक्न अदालतको आदेश

    बिहिवार, आषाढ १२, २०७६ साल
    तनहुँ, १२ असार । तनहुको पिप्लेदेखि बन्दीपुरसम्म निमार्ण भइरहेको सडकको काम तत्काल रोक्न तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। अदालतले सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो। गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गरेको रिटउपर बुधबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश दीपक ढकालले सडक..

    नेपालमै ६० किलोमिटर लामो ‘ग्रेटवाल’ बन्दै

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । अब नेपालमै ६० किलोमिटर लामो ‘ग्रेटवाल’ बन्ने भएको छ। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘नेपाली ग्रेटवाल’ बन्न लागेको हो।सिन्धुपाल्चोकमा ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएसंगै यस पर्खाललाई ‘नेपाली ग्रेटवाल’को संज्ञा दिइएको छ। पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चीनको ग्रेटवाल हेर्न पुग्दा..

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता ! ठाडो सुरुङमा पेनस्टक पाइप जडान

    बिहिवार, आषाढ १२, २०७६ साल
    जिरी, १२ असार  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुर्याएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो । मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन..

    धनगढीको मोहनापुलदेखि अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक निर्माण सुस्त

    बुधबार, आषाढ ११, २०७६ साल
    धनगढी, ११ असार   धनगढीको मोहनापुलदेखि अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने दुई वर्षको अवधिमा ४२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।    सडक आयोजनाका प्रमुख होमबहादुर एसीले निर्माण सम्पन्न गरिसक्नुपर्ने समय दुई वर्षको अवधिमा भौतिक प्रगति करीब ४२ प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशत भएको जानकारी दिनुभयो । निर्माण कम्पनीसँग दुई वर्षमा उक्त सडक निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको..

    ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीमा ठाडो सुरुङको पाइप जडान धमाधम

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार    ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ ।    राष्ट्रियरुपमा नै रणनीतिक प्रभाव पार्ने आयोजनालाई..

    पर्यटन विकासका लागि गाउँ तथा नगरपालिकामा भौतिक संरचना निर्माण

    बुधबार, आषाढ ११, २०७६ साल
    जाजरकोट, ११ असार पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ । पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी नगरपालिका–१ को बडालेख–झ्याकुरे टाकुरामा पदमार्गको निर्माणकार्य सम्पन्न..

    स्थानीय र ठेकेदारबिच २ बुँदे सहमति, मेलम्ची आयोजनाको काम सञ्चालन हुँदै

    मंगलवार, आषाढ १०, २०७६ साल
    मेलम्ची, १० असार । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।   इटालेली कम्पनी सिएमसी भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । मेलम्ची खानेपानी आयोजनाको..

    भेरी बबईबाट २१ हेक्टर जमीन डुबानमा पर्ने, आयोजनाबाट ११ घर प्रभावित

    सोमबार, आषाढ ९, २०७६ साल
    सुर्खेत, ९ असार राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ ।  पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो । पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको..

    पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न, यसै महीनाको अन्त्यसम्ममा सञ्चालन हुँदै

    सोमबार, आषाढ ९, २०७६ साल
    वीरगञ्ज, ९ असार ।    नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ ।    भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महीनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन् । परीक्षणको क्रममा नेपाल आयल निगम..

    पूर्वसर्त र सम्झौता अनुसार द्रुतमार्ग निर्माण नसकिने, समय एक वर्ष थप्न सेनाको प्रस्ताव

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १ खर्ब रुपैया लागत अनुमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पन्न हुनेगरी सरकारले दुई वर्षअघि सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । तर पूर्वसर्त र सम्झौता अनुसार निर्माण कार्य कठिन रहेको औंल्याउँदै सेनाले एक वर्ष म्याद थप्न प्रस्ताव गरेको हो। टनेल, ब्रिजलगायत निर्माणमा..

    त्रिभुवन विमानस्थलको पिच गर्ने काम पानी परेपछि प्रभावित, एक सातामा सकिने

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको काम मनसुनले प्रभावित गरेको छ । मर्मत अन्तिम चरणमा पुग्न सुरु भएको मनसुले काम दुई दिन अवरोध भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले असार २४ गतेदेखि विमानस्थल नियमित २१ घण्टा संचालनमा ल्याउने योजना बनाएर काम गरिरहेको थियो ।  हाल दुई वटा चरणको पिच थप्ने काम पुरा भएर तेस्रो चरणको पीच १६ सय मिटर..

    सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा बगैँचा र पोखरीसहितको भिआइपी कोलोनी

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका..

    चर्चा चलेको ४४ वर्ष बित्दा पनि सिक्टा सिँचाइ अझै अलमलमा

    शुक्रबार, आषाढ ६, २०७६ साल
    बाँके, ६ असार  बाँकेमा सिँचाइ गर्न सकिने हजारौं हेक्टर जमीन छ । स्थानीय जनशक्ति पर्याप्त छ । यसो हो भने सिँचाइका लागि पानी किन उपयोग नगर्ने ? यो विषय २०३० सालतिरै उठेको थियो । बाँकेका हजारौं हेक्टर जमीन सिँचाइ हुन नसकेर बाँझै हुन्छन् । सिक्टा सिँचाइ निर्माणको चर्चा चलेको झण्डै ४४ वर्ष भएछ ।  पश्चिम राप्ती नदीको पानीबाट बाँकेमा सिँचाइ पु¥याएर कृषि..
    Results 919: You are at page 9 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast