बिहिवार, भाद्र ५, २०७६

    अावास-निर्माण

    तङ्ग्रीयो बारपाक ! गोरखामा ४९ हजार घरको पुनःनिर्माण

    बिहिवार, बैशाख १२, २०७६ साल
    गोरखा, १२ वैशाख २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।  भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा  लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिनुभयो ।   भूकम्पपछि निजी..

    तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ १२ वैशाख ।   इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ ।  कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि बिहिबार पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।   इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः अन्तर्राष्ट्रिय बोलपत्र..

    धनगढी विमानस्थल १ महिना बन्द हुँदै, धावनमार्गमा थप कालोपत्रे गरिने

    बिहिवार, बैशाख १२, २०७६ साल
    कैलाली, १२ वैशाख ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि लामो धावन मार्ग रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ ।  नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ । १७ करोड ८८ लाखमा अब धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ । विमानस्थलमा..

    भूकम्प गएको ४ वर्ष पुरा, ३० प्रतिशत घर मात्र निर्माण

    बिहिवार, बैशाख १२, २०७६ साल
    चितवन, १२ वैशाख ।   भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन् ।    भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन..

    ४ वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ जनाको अझै सनाखत भएन

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख २०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो ।  डा. श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत गदाए पनि ३४ शवको..

    ४ हजार भूकम्पपीडित बेपत्ता : घर निर्माण सीमा असारमा !

    बुधबार, बैशाख ११, २०७६ साल
    विदुर, ११ वैशाख  चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म भूकम्पले क्षतिग्रस्त घरमध्ये ३९ प्रतिशत घर निर्माण हुन बाँकी छ । यहाँ ७६ हजार पाँच सय ५१..

    काष्ठमण्डप पुनःनिर्माण - धरहरा र रानीपोखरीले लियो गति

    बुधबार, बैशाख ११, २०७६ साल
    काठमाडौँ, ११ वैशाख    भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि  काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ ।  भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो ।  विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा  यी..

    भूकम्प गएको ४ वर्ष : रसुवामा ९ हजार आवास निर्माण

    बुधबार, बैशाख ११, २०७६ साल
    रसुवा, ११ वैशाख भूकम्प गएको चार वर्ष बित्दा पनि रसुवा जिल्लाको निजी आवास निर्माणको कामले अझै पूर्णता पाउन सकेको छैन  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ रसुवाका अनुसार वि.सं. २०७२ वैशाखको भूकम्पका कारण क्षति भएका कूल १२ हजार ४९२ निजी घरमध्ये हालसम्म तेस्रो किस्तासम्म अनुदान लगी घर निर्माण नौ हजार ६७३  मात्र  भएको छ ।   जिल्लामा बसोबास गर्ने ग्रामीणवासीकोे बसोबास..

    सबै निदाएका बेला त्रिभुवन विमानस्थलमा चहलपहल ! सुधार काम धमाधम [फोटोफिचर]

    बुधबार, बैशाख ११, २०७६ साल
    काठमाडौं, ११ वैशाख । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन' (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ ।  सुरुको चरणमा धावनमार्गको मध्यभागमा रहेका कमजोर भागहरु कुल मिलिङ मेसिनले १० सेन्टिमीटर उप्काउन सुरु गर्छ । मिलिङ मेसिनले उप्काएको पीचबाट निस्केका गेग्रान सिधै टिपरमा हालिन्छ । यहाँ चारवटा मिलिङ मेसिनले धावनमार्गको मध्यभाग दायाँ १० मिटर र बायाँ..

    रानीपोखरी निर्माणमा महानगरपालिकाको २ करोड स्वाहा !

    बुधबार, बैशाख ११, २०७६ साल
    काठमाडौं, ११ वैशाख रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । काम सुरु गर्न महानगरले दुई करोड तीन लाख भुक्तानी गरेको थियो । तर, पुरातत्व विभागले परम्परागत शैलीमा  बनाउन निर्देशन दिएपछि करिब दुई वर्षपछि १२ पुस ०७४ मा..

    पुनर्निर्माणका लागि अझै ४ खर्ब रकम आवश्यक, उपलब्धि सार्वजनिक

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौं, १० वैशाख ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अझै ४ खर्ब भन्दा धेरै रकम थप आवश्यक पर्ने अनुमान गरेको छ। प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप आवश्यक पर्ने अनुमान गरिएको जानकारी गराएको हो । भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका उपलब्धिबारे जानकारी दिन सिंहदरबारमा मंगलबार आयोजित पत्रकार..

    ठेकेदारको लापरवाहीका कारण मध्य भोटेकोशी समस्यामा

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ ।   निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत्..

    एउटै सडकमा ३ सरकारको लगानी, कालोपत्रे र निर्माणको काम धमाधम

    मंगलवार, बैशाख १०, २०७६ साल
    दमौली, १० वैशाख । एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक-एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त..

    उचित स्थान नपाएपछि सेनाले छोड्यो १८ वर्षपछि कोल्टी !

    मंगलवार, बैशाख १०, २०७६ साल
    बाजुरा, १० वैशाख ।   नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो ।    ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि..

    कालाेपत्रे गरेकाे एक साता नपुग्दै घाँस उम्रिएपछि ...

    मंगलवार, बैशाख १०, २०७६ साल
    धनगढी, वैशाख १० निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ ।  उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।  आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । निरीक्षण गर्दा..

    माथिल्लो तामाकोशीमा पेनस्टक पाइप जडान हुँदै, यस्तो छ तयारी !

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको छ ।  ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने विषयमा समस्या भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत्को समयसीमा समेत पर सर्दै गएको थियो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको यही वैशाख २२ गतेभित्र पेनस्टक पाइप जडान हुने भएको छ..

    सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।     गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक..

    भेरी बबई डाइभर्सन : २ वटा प्रदेशबीच आपसी मतभेद

    सोमबार, बैशाख ९, २०७६ साल
    सुर्खेत, ९ वैशाख  राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं–११ हात्तीखोलस्थित बबईमा भेरीको..

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

    आईतवार, बैशाख ८, २०७६ साल
    चितवन, ८ वैशाख  रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टृेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी..

    काठमाडौँको भ्यू टावर निर्माणका लागि समय थप

    आईतवार, बैशाख ८, २०७६ साल
    काठमाडौँ, ८ वैशाख  काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।  निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि  हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ ।   निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम..

    विभिन्न आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय [नामसहित]

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख  सरकारले विभिन्न जलविद्युत् आयोजना र उद्योगको कच्चा पदार्थ उत्खननका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।  यही वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले १५.३३ मेगावाट क्षमताको कालङ्गगाड जलविद्युत् आयोजना, ३८.४६० मेगावाट क्षमताको माथिल्लो कालङ्गागाड जलविद्युत् आयोजना र ४.९८ मेगावाट क्षमताको रिचेत खोला साना जलविद्युत् अयोजना तथा मारुती सिमेन्ट लिमिटेड र सत्यसाई कोल उद्योग प्रालिका लागि..

    भूकम्प प्रभावित सूचीमा छुटेकाको सूचीकरण गर्ने काममा तीव्रता

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख  काठमाडौँ महानगरपालिकाले भूकम्प प्रभावित सूचीमा छुटेकाको पहिचान र सूचीकरण गर्ने कामलाई तीव्रता दिएको छ ।  विसं २०७२ को भूकम्पका कारण काठमाडौँ उपत्यकासहित मुलुकका १४ जिल्ला अति प्रभावित भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गएको कात्तिक १९ गते स्वीकृत गरेको ‘छुट तथा पुनःजाँच सर्वेक्षण कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७५’ बमोजिम छुटेका प्रभावितको सूचीकरण गर्न कामपाले तीव्रता दिएको हो । यसरी छुटेकाको..

    माथिल्लो चमेलिया निर्माण शुरु हुँदै, ४० मेगावाट विद्युत् उत्पादन गर्ने

    बिहिवार, बैशाख ५, २०७६ साल
    दार्चुला, ५ वैशाख   अपि पावर कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका–२ स्थित घट्टेगाडमा माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर चमेलिया जलविद्युत् आयोजना यो तेस्रो हो ।   यसअघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विगत तीन वर्षदेखि निरन्तररूपमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह..

    कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख  लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका..

    पहिलो पटक टिबिएम प्रविधि ! भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

    मंगलवार, बैशाख ३, २०७६ साल
    सुर्खेत, ३ वैशाख    प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।   सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ..

    मुग्लिनको ‘आर्क ब्रिज’ यही जेठदेखि सञ्चालनमा आउने

    मंगलवार, बैशाख ३, २०७६ साल
    मुग्लिन, ३ वैशाख  चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ ।  अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।  ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा..

    प्रधानमन्त्री ओलीबाट मङ्गलबार सुरुङको ‘ब्रेक थ्रु’ हुने

    सोमबार, बैशाख २, २०७६ साल
    सुर्खेत, २ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ ।  सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ..

    ५ ठूला खानेपानी आयोजना अगाडि बढाउने तयारीमा सरकार

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मन्त्रालयले नारायणी थोक वितरण, कर्णाली–बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनालाई अगाडि बढाउन लागेको हो । मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने..

    महिला पुरुष मिलेर लाग्दा सम्पन्न भयो माझीबस्ती पुनःनिर्माण

    शनिबार, चैत्र ३०, २०७५ साल
    सिन्धुपाल्चोक, ३० चैत विन्दा माझीले सानैदेखि छोरीमान्छेले घर निर्माण गर्नु हुँदैन र सक्दैनन् भन्ने सुन्नुभएको थियो । आमा र हजुरआमाले गरेका कुरामा उहाँको पनि विश्वास थियो ।  विसं. २०७२ को भूकम्पले उहाँलगायत ५६ घरपरिवार बस्दै आएको इन्द्रावती गाउँपालिका–९ स्थित बिस्देउटार वस्ती भत्किएपछि उहाँ आफ्नो मात्रै होइन्, छिमेकी र आफन्तको समेत घर निर्माणमा जुट्नुभएको थियो । आगामी दिनमा सामग्री उपलब्ध हुँदा अरुका घर..

    पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी, ३ महीनाभित्र काम सम्पन्न

    सोमबार, चैत्र २५, २०७५ साल
    वीरगञ्ज, २५ चैत ।   नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ ।  मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ । सो..
    Results 751: You are at page 8 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast