बिहिवार, भाद्र ५, २०७६

    अावास-निर्माण

    निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकियो

    आईतवार, बैशाख २९, २०७६ साल
    भैरहवा, २९ वैशाख ।  निर्माणधिन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको छ । निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले समयमा नै पैसा भुक्तानी नपाएको भन्दै आइतबारदेखि निर्माणको काम रोकेको छ । लामो समयदेखि नदीजन्य पदार्थको अभाव झेल्दै आएको उक्त विमानस्थलको निर्माणकार्यमाथि फेरि अर्को समस्या थपिएको छ..

    लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

    आईतवार, बैशाख २९, २०७६ साल
    म्याग्दी  २९ वैशाख ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको  लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू  एक लाख ५० हाजारमा  सो काम पूरा गरेका हुन् ।मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको..

    चापागाउँ–सातदोबाटोको धुलाम्य सडक १ हप्ताभित्रै मर्मत हुने

    शुक्रबार, बैशाख २७, २०७६ साल
    ललितपुर, २७ बैशाख ।  तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक  अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ ।  लामो समयदेखि धुवाँधुलो र हिलाले आजित  चापागाउँबासीले बिहीबार र शुक्रबार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।  विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको..

    बागलुङस्थित अर्नाकोटमा विमानस्थल बनाउन ‘डिपिआर’ तयार

    शुक्रबार, बैशाख २७, २०७६ साल
    बलेवा, २७ वैशाख  बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताउनुभयो..

    एक सरकारी निकायद्वारा अर्को निकायसँग रुख कटानीको क्षतिपूर्ति माग

    बिहिवार, बैशाख २६, २०७६ साल
    धनगढी, २६ वैशाख  सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ । डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक(द्रुत सडक मार्ग) निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्वबमोजिम क्षतिपूर्ति माग गरेको हो ।  प्रमुख न्यायधिवक्तासँगको कानूनी परामर्शपछि सडक विभागसँग क्षतिपूर्ति माग गरिएको हालै सरुवा भएर जानुभएका डिभिजन वन कार्यालयका प्रमुख अमर बुलनले बताउनुभयो । द्रुत मार्ग..

    जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु

    बिहिवार, बैशाख २६, २०७६ साल
    ठिनी, २६ वैशाख  पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।  आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “ग्रेड नमिलेकाले जमीन काटेर लेभल (तह) मिलाउन लागेका हाँै”, पौडेलले भन्नुभयो, “विमानस्थलमा..

    तातोपानी नाका आगामी जेठ महिनादेखि पुनःसञ्चालन हुने

    बुधबार, बैशाख २५, २०७६ साल
    सिन्धुपाल्चोक, २५ वैशाख परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् ।   प्रतिनिधिसभा,  अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए । तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले..

    बर्दिवासमा घरविहीनलाई पक्कीघर बन्दै

    बुधबार, बैशाख २५, २०७६ साल
    बर्दिवास, २५ वैशाख  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् ।    जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५\७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख..

    नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ ।  करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय..

    असारभित्र कालीगण्डकी करिडोरमा स्तरोन्नतिको काम सकिने सेनाको दाबी

    सोमबार, बैशाख २३, २०७६ साल
    बागलुङ, २३ वैशाख । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । “युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका..

    जङ्गलका झुपडी छाडेर पक्की घर बनाउँदै राउटे समुदाय

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख   कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् ।   भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।   कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास..

    ललितपुरमा आगलागीबाट हुने आपत्कालीन अवस्था बाट बच्न रिजर्भ ट्यांकी बनाइने

    आईतवार, बैशाख २२, २०७६ साल
    ललितपुर, २२ वैशाख ।  ललितपुर महानगरपालिकाले आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारको पर्यटक शौचालय क्षेत्र नजीकै पानी जम्मा गर्ने (रिजर्भ टयांकी) निर्माण गर्ने भएको छ । उक्त ट्यांकीबाट काठमाडौँ उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा पानीको उपभोग गर्ने सुविधा पाउनेछन् ।   महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको रु १० करोडमध्ये यो एउटा सानो ७० देखि ७५ लाखको योजना भएको ललितपुर – १२..

    १० वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ ।    दोस्रो खण्डको निर्माण  बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका..

    गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख ।  लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए । मन्दिर संरक्षणका लागि..

    ‘झुट बोल्ने र अल्मल्याउने काममा सरकार लाग्दैन’

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २१ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढङ्गले अगाडि बढ्न चाहेको बताउनुभएको छ ।  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६-७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री..

    बारा-पर्सामा एकैसाथ आवास निर्माण शुरु, ३ हजार सैनिक खटिदै

    शनिबार, बैशाख २१, २०७६ साल
    पर्सा, २१ वैशाख । सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई–७..

    हाटबजारका लागि नयाँ भवन निर्माण हँदै

    शुक्रबार, बैशाख २०, २०७६ साल
    राजविराज, २० वैशाख ।  गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा  नयाँ  भवन निर्माण  भइरहेको  छ ।  करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।  उक्त नगरपालिकामा अवस्थित  हाटबजारलाई व्यवस्थित गर्न  नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना..

    पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण

    बिहिवार, बैशाख १९, २०७६ साल
    म्याग्दी, १९ वैशाख ।  अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित  पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो । पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँपालिकाले दुई चरणमा विनियोजन..

    कामपाले तत्काल २ स्थानमा आकाशे पुल निर्माण गर्ने

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौँ, १८ वैशाख । काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन ।  विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न..

    परराष्ट्रमन्त्री ज्ञवालीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण

    बुधबार, बैशाख १८, २०७६ साल
    ल्हासा, १८ बैशाख ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गर्नुभयो । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री ज्ञवालीलाई चीन सरकारको स्वामित्व भएको र नेपाली नियोगले सन् २०७५ सम्मका लागि लिजमा लिएको करीब १३ रोपनी ९८३७५ वर्गमिटर०..

    बारापर्सामा हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण कार्य थालनी

    सोमबार, बैशाख १६, २०७६ साल
    बारा, १६ वैशाख उपप्रधानमन्त्री ईश्वर पोखरेलले  सङ्घीय  सरकारले  गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने  बताउनुभएको छ ।  बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न अआउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै नेपाल सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।  “हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको..

    उत्तरगंगामा 'DPR'को तयारी : नदीको प्राकृतिक बहाव परिवर्तन नगर्न माग

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख । उत्तरगंगा पावर कम्पनीले निर्माण गर्न लागेको उत्तर गंगा जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक रुपमा नै नदी बहाव हुने गरी निर्माण गर्न आग्रह गरिएको छ । पूर्वी रुकुमका राजनीतिक नेतृत्व तथा सरोकार समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र बुझाई नदीको प्राकृतिक बहावलाई तलमाथि नपार्न आग्रह गरेका छन् ।  नदीलाई बहाव क्षेत्रतिर नै बग्न दिई ढोरपाटन..

    अब ४ किलोमिटर मात्र 'पाइपलाइन' बिच्छ्याउन बाँकी, काम १५ दिनमा सकिने

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको काम सकिँदै गएको छ। नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब ४ किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले बताए। भारतीय चुनावले पाइपलाइनको काममा ढिलो हुन्छ कि भनेर धेरैले आँकलन गरे पनि काममा कुनै असर नगरेको उनले बताए। ‘भारतीय चुनावले पाइपलाइनको काम ढिलो हुने शंका थियो, तर काम द्रुत गतिमा अघि बढिरहेको..

    ‘BRI’को नेपाली मोडल : रेलमा अनुदान, अरुमा ऋण

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौं, १५ वैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज भेटवार्ता हुँदैछ । चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि जीनपिङको उपस्थितिमा बेइजिङमा दुईपक्षीय वार्ता हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा भाषण गरेको र चिनियाँ राष्ट्रपति सीसँग हात मिलाएको चर्चासँग मात्रै उपलब्धि सीमित छैन । विश्वका शीर्ष नेताहरुको बैठक ‘लिडर्स राउन्ड टेबल’ पछि जारी ३८..

    बारा-पर्सामा घर बनाउन खटाइदै सेना, १४ सय ५३ घर बन्दै

    शनिबार, बैशाख १४, २०७६ साल
    काठमाडौँ, १४ वैशाख ।  बारा र पर्सामा आएको हावाहुरी  बाट भत्किएका घरको पुनर्निर्माण नेपाली सेनाले वैशाख अन्तिमबाट थाल्ने भएको छ ।  निर्माण जिम्मा पाएको नेपाली सेनाले शनिबार त्यसतर्फ टोली पठाएको छ । १२ वटा समूह (क्लस्टर) बनाएर काम सुरु गरिने छ । जसमा बारामा ३ र पर्सामा ९ वटा क्लस्टर रहने छ । दुई जिल्लामा १ हजार ४ सय ५३ घर पूर्ण रुपमा..

    पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अब ५ किमि मात्र बाँकी

    शनिबार, बैशाख १४, २०७६ साल
    वीरगञ्ज, १४ वैशाख  दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।      बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।       नेपालको लाइफलाइनको रुपमा रहेको ७० किलोमिटर लम्बाइको..

    भूकम्पबाट क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भएन

    शनिबार, बैशाख १४, २०७६ साल
    चौतारा, १४ वैशाख  चार वर्षअघिको विनाशकारी भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका क्षतिग्रस्त प्राचिन गुम्बाको पुनःनिर्माण अझै गरिएको छैन । भूकम्प गएको ४ वर्ष पूरा भएपनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणलाई तेस्रो प्राथमिकतामा राखेकाले जिल्लाका १९० गुम्बाअझैसम्म  पुनःनिर्माण हुन नसकेको हो । गोरखा भूकम्पका कारण सिन्धुपाल्चोक अति प्रभावितमा परेको थियो । भूकम्पमा परी देशभर आठ हजार६७१को मृत्यु भएकामा यहाँ ४० प्रतिशत (तीन हजार५७३को मृत्यु..

    खुलामञ्च अतिक्रमण : रातारात सटर बनाएर पसल सञ्चालन, महानगर मौन

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौँ, १३ वैशाख खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ ।  अनुमति नदिएको बताउने महानगरले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन । काठमाडौँ भ्युटावर बनाउन ठेक्का लिएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो ।  कम्पनीले ५२..

    विज्ञको वयान - ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्षसम्म पराकम्प !

    बिहिवार, बैशाख १२, २०७६ साल
    चितवन, १२ वैशाख :   भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो ।    पौडेलका अनुसार जमीनमुनि इण्डियन र तिब्बतियन प्लेट निरन्तर ठोक्किइरहन्छ । इन्डीयन प्लेट तिब्बतीयन प्लेटको मुनि पस्नेक्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने शक्ति सञ्चय..

    हावाहुरी प्रभावितको घर निर्माणका लागि सरकारद्वारा सेनालाई ८५ करोड !

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौं, १२ वैशाख बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । वैशाख ५ र १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने..
    Results 751: You are at page 7 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast