बिहिवार, आषाढ २५, २०७७

    अावास-निर्माण

    केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौँ, २१ भदौ   मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।    केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिनुभयो । “सबै अदालतमा..

    पुनःनिर्माण सन्तोषजनकरूपमा हुन सकेन : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताउनुभएको छ ।  नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उहाँले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभएको हो । “सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका..

    कञ्चनपुरमा ठूला आयोजना : प्रगति निराशाजनक

    शुक्रबार, भाद्र २०, २०७६ साल
    भीमदत्तनगर, २० भदौ कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छन् । सन् २०२२ मा १५२ किलोमिटर लक्ष्य अनुसारको मूल नहर निर्माण सक्ने लक्ष्य लिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको गतिले किसानमा आशाभन्दा निराशा बढी..

    एक सय ८५ नगरपालिकाको सहरी पूर्वाधार अध्ययनमा ढिलाइ

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौं, २० भदौ । सरकारले एक सय ८५ नगरपालिकामा सहरी पूर्वाधार विकास गर्न थालेको अध्ययन ढिलाइ भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सहरी पूर्वाधार विकास शाखाले १५ महिना अगाडि गरको सम्झौताअनुसार परामर्शदाताले काम नगर्दा अध्ययन ढिलो भएको हो। सहरी पूर्वाधार विकास शाखाका सीडीई सुरेन्द्रमोहन श्रेष्ठले सरकारले सबै नगरपालिकाको सहरी पूर्वाधारको अवस्था अध्ययन गरिरहेको जानकारी दिए। विभागले एक सय ८५..

    यता देखियो सरकार ! ८६९ हुरीपीडितलाई सरकारले दियो घर

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौं, १९ भदौ । बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो अवधिमा सरकारनिर्मित आवास पाएको यो पहिलो अवसर हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो । नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र..

    सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण

    बुधबार, भाद्र १८, २०७६ साल
    वीरगञ्ज, १८ भदौ । हावाहुरी  तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज यहाँ आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गर्नुभयो ।  जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण..

    पुनःनिर्माणमा राजधानी नै कमजोर, यस्तो छ अवस्था !

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गर्नुभयो ।   काठमाडौँका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर..

    माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने, काम धमाधम

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।  आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान..

    सेनाले बारा र पर्सामा बनाएको घर हस्तान्तरण गर्ने

    शनिबार, भाद्र १४, २०७६ साल
    काठमाडौँ, १४ भदौ हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर यसैसाता हस्तान्तरण गरिने भएको छ ।   कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।   गत चैत १७ गते साँझ आएको उक्त चक्रपातबाट २७ जनाको मृत्यु हुनका साथै..

    दुई सय ५५ विपन्न परिवारलाई घर निर्माण

    शनिबार, भाद्र १४, २०७६ साल
    सुरुङ्गा १४ भदौ   बाढी प्रभावित क्षेत्र, सीमान्तकृत र विपन्न समुदायका २५५ परिवारले नयाँ घर पाएका छन् । सामुदायिक आवास कार्यक्रमअन्तर्गत ह्याविट्याट नेपाल र सहारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग अनि स्थानीय तहको सहकार्यमा झापाका सात स्थानीय तहमा २५५ घर निर्माण गरिएका हुन् ।   घर निर्माणका लागि प्राविधिक सहयोगसहित ह्याविट्याड नेपालले प्रतिघर रु ५० हजार, सहारा नेपालले रु २५ हजार र स्थानीय तहले..

    त्रिभुवन विमानस्थल आइतबारदेखि पुन: ७ घन्टा बन्द हुँदै, बिचमा ३० मिनेट खोलिने !!

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल आगामी आइतबार (सेप्टेम्बर १)देखि दैनिक ७ घन्टा बन्द हुने अधिकारीहरूले बताएका छन् । आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने छ । तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ । नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई..

    ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बन्दै

    शुक्रबार, भाद्र १३, २०७६ साल
    ललितपुर, १३ भदौ ललितपुर महानगरभित्र पानी भण्डारणका लागि  ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । “ मङ्गलबजारस्थित वडा नं ११ मा ३० हजार लिटरको सो ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ”, उहाँले..

    ‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ ’

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।    बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण..

    अब आयोजना अघि बढाउन कुनै बाधा अड्चन छैन : नेपाली सेना

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ  नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडौँ–तराई-मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा डिपिआर, जनशक्ति र बजेटको सुनिश्चितता भइसकेकाले अव आयोजनालाई तँीव्रता प्रदान..

    पर्यटनमन्त्री भट्टराईद्वारा चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा घुमाउन आग्रह

    बुधबार, भाद्र ११, २०७६ साल
    पोखरा, ११ भदौ । पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले विमानस्थलको पछिल्लो भौतिक प्रगतिबारे जानकारी लिएका छन् । पोखरा क्षेत्रीय विमानस्थल निर्माणको लागि पूर्वमन्त्री रवीन्द्रले ठूलै कसरत र लविङ गरेका थिए । कतिसम्म भने एयरपोर्ट चाहियो भन्दै पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा छेडिएको आन्दोलनको क्रममा उनी रिले अनसनमा पनि सामेल भएका थिए । विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले हालसम्म ४५ प्रतिशत भौतिक संरचना..

    तनहुँ जलविद्युत् आयोजना निर्माणमा १ वर्ष ढिलाइ

    मंगलवार, भाद्र १०, २०७६ साल
    दमौली, १० भदौ एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका..

    नयाँ शहरको एक किमी सडक बन्न गाह्रो छ : मन्त्री राई

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ   शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले अध्ययन, योजना र मापदण्ड बिना नयाँ शहर घोषणा भएकाले कार्यान्वयनमा चुनौती खडा भइरहेको बताउनुभएको छ ।    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले बिना अध्ययन, बिना मापदण्ड र बिना तयारी नयाँ शहर बनाउन विगतमा एकपछि अर्काे गर्दै भएको घोषणा अहिले कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा प्रश्न उठेको..

    पुरातात्विकस्थल काङ्क्रेविहार पुनःनिमाणका क्रममा ढुङ्गाको गजुर राखियो

    शुक्रबार, भाद्र ६, २०७६ साल
    सुर्खेत, ६ भदौ वीरेन्द्रनगर–९ स्थित पुरातात्विकस्थल काङ्क्रेविहार पुनःनिमाणका क्रममा गजुर राखिएको छ । कलात्मकशैलीमा रहेको ढुङ्गाको गजुर राखिएसँगै काँक्रेविहार पुनःनिमाण कार्य अन्तिमचरणमा पुगेको छ । पुरातत्व विभागले २०७२ सालदेखि यस क्षेत्रमा रहेका भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनःनिमाण आयोजना सञ्चालन गरेको हो ।  गजुरसँगै काँक्रेविहारमा २१ मिटरअग्लो शिखर शैलीको ढुङ्गै–ढुङ्गाको मन्दिर निर्माण सम्पन्न भएको छ । अब ‘फिनिसिङ’को काम बाँकी रहेको ठेकेदार..

    खाडीचौर–मुढे सडकखण्डको कालोपत्र शुरु

    शुक्रबार, भाद्र ६, २०७६ साल
    चौतारा, ६ भदौ  ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ ।  विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले काम छाडेपछि अलपत्र अवस्थामा रहेकामा ठेकेदारलाई दबाब दिएपछि पुनः काम शुरु भएको हो । केही समयअघि सात किमी सडक कालोपत्र भएपछि रोकिएको उक्त काम पुनः शुरु भई हाल नौ किमीको काम..

    घरवास कार्यक्रमले पिप्रहरका समुदायमा आएको परिवर्तन

    बिहिवार, भाद्र ५, २०७६ साल
    नवलपुर, ५ भदौ   नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लामा सञ्चालन भएका घरवास (होमस्टे) पर्यटकीय दृष्टिकोणले सफल बन्दै गएको छ । स्थानीय स्रोतसाधनको प्रयोग र स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिँदै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालित होमस्टे आर्थिक रुपले पनि सबल देखिन थालेको छ ।   नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी पर्या–पर्यटन विकासमा होमस्टेले सहयोगी बनेको छ । जसले स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन थालेको..

    डिपिआर स्वीकृतसँगै आयोजनाको काम तीव्रता पाउने

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडाैं तराई मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ  कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।  एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धिकरसहित रु एक..

    निजगढ विमानस्थल निर्माण गर्न नेपालबाहेक पाँच कम्पनीबीच ठेक्का प्रतिस्पर्धा गराउने तयारी

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपालबाहेक पाँच कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको लगानी बोर्ड स्रोतले जनाएको छ । ‘यो विमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत, स्विट्जरल्यान्ड, फ्रान्सका एक/एक र चीनका २ कम्पनीहरू त्यो मापदण्डमा परे । त्यसकारण उनीहरूबीच नै..

    टोनी हेगनको नाममा पार्क बनाउँदै हेटौँडा उपमहानगर

    मंगलवार, भाद्र ३, २०७६ साल
    हेटौँडा, ३ भदौ हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ ।  हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडा शहरकोे परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको सल्लाह सुझावका साथ..

    पूर्वाधार निर्माणमा सरकारी कम्पनी !

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौँ, १ भदौ   सडक, पुल, भवनलगायत संरचना निर्माण गर्न सरकारी निर्माण व्यवसायी कम्पनीका रुपमा नेपाल पूर्वाधार निर्माण कम्पनी स्थापना गरिएको छ ।    पूर्वाधार निर्माणमा निजी कम्पनीले ढिलासुस्ती गर्ने, गुणस्तरीय काम नहुनेलगायत समस्या बढ्न थालेपछि सरकारले पूर्वाधार निर्माण कम्पनी स्थापना गरेको हो । कम्पनीमा अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयलाई संस्थापक शेयर दिइएको छ ।   कम्पनीको अधिकृत..

    कोटेश्वर–कलङ्की सडकमा निर्माणाधीन आकाशेपुल निर्माण सुस्त

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन  कोटेश्वर–कलङ्की सडकमा निर्माणाधीन छ आकाशे पुलमध्ये तीन पुलको निर्माण सुस्त छ । महालक्ष्मीस्थान, सानेपा र बल्खुमा आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो ।कोटेश्वर–कलङ्की सडक चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो सडक चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नु पहिले नै नेपाल सरकारले आकाशे पुल निर्माण शुरु गरेको सडक विभाग, चक्रपथ सुधार योजनाले जनाएको छ ।  दुई..

    थानकोट–नागढुङ्गा सुरुङमार्गको ठेक्का सम्झौता एक महिनाभित्रै

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ । सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो ।  धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ हुँदै आएको थियो..

    भौतिक पूर्वाधारमन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे।  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनी/एमके/लोहनी जेभी काठमाडौंले लिएको थियो।  गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ। २०७४ असार २८ गते सो निर्माण..

    सुन्धाराको नारा : झिल्के टावर चाहिँदैन ! नवनिर्माण होइन, पुनर्निर्माण गर

    बुधबार, श्रावन २९, २०७६ साल
    २९ साउन, काठमाडौं ।  धरहरा निर्माणको विरोध गर्दै राजधानीमा अभियन्ताहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी केहीबेर झडपसमेत भएको थियो । धरहरा पुनर्निर्माण रोक्न माग गर्दै प्रदर्शन भएको छ । सुन्धारा मासेर ‘झल्के टावर’ बनाउन खोजेको भन्दै स्थानीयबासीले प्रदर्शन गरेका हुन् । अहिले निर्माण भइरहेको धरहरा ऐतिहासिक धरहरा नभएको भन्दै उनीहरुले पुनर्निर्माण रोक्न माग गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल..

    बहुप्रतिक्षित 'फास्ट ट्रयाक' मा किन हुँदैछ ढिलाइ ?

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  बहुप्रतिक्षित काठमाडौं–तराई द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ। प्रस्थानबिन्दु, रेखांकन र डीपीआर टुंगो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ। सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ। भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो। सेनाले..

    ११ महीनाभित्र काठमाडौँलाई सुन्दर नगर बनाइने

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ महीनाभित्र काठमाडौँ उपत्यकालाई सुन्दर नगरका रुपमा विकास गर्ने बताउनुभयो ।  उहाँले काँकडभिट्टा–गड्डाचौकी–काठमाडौँ, भैरहवा तथा मुख्यमुख्य शहर जोड्ने रेलसेवा सञ्चालनका लागि डिपिआर तयार..
    Results 920: You are at page 6 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast