बिहिवार, आषाढ १८, २०७७

    अावास-निर्माण

    प्रधानमन्त्रीबाट भवन शिलान्यास, लागत ९७ करोड

    सोमबार, असोज १३, २०७६ साल
    ललितपुर, १३ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । ‘केसी समान्तर..

    यस्तो बन्दै छ भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका आवासीय कार्यालय

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौँ, १३ असोज । सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको सैंबु भैंसेपाटीमा बनाउन लागेको आवासीय सुविधासहितको सम्पर्क कार्यालय भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् ।    २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा ७ वटा ब्लकमा १४ कोलोनी बन्नेछन् । प्रत्येक भवन साढे दुई तलाका हुने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । मुख्यमन्त्री र..

    मेलम्चीको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौं, १२ असोज ।  मेलम्ची खानेपानी आयोजनाको चिनियाँ कम्पनी सिनो हाइड्रो र मेलम्ची खानेपानी आयोजनाबीच बाँकी काम गर्नेबारे सम्झौता भएको छ । आइतबार एक कार्यक्रमबीच आयोजना र सिनोबीच बाँकी काम सम्पन्न गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजनातर्फबाट आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र कम्पनीकातर्फबाट वाङ हुआले हस्ताक्षर गरेका छन् । सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम सुरु गर्ने आयोजनाले बताएको छ ।..

    सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने : मन्त्री पण्डित

    शनिबार, असोज ११, २०७६ साल
    ललितपुर, ११ असोज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताउनुभएको छ । आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७आँै वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन..

    सिसडोलमा पहिरो गएपछि रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थलको निर्माणकार्य

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको  दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ ।  लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।..

    ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु

    मंगलवार, असोज ७, २०७६ साल
    ललितपुर, ७ असोज । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।  भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो ।  श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस मन्दिर २०७५ साल फागुन अघि तीन ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएका थिए । गतवर्ष फागुनको पहिलो हप्तासम्म यी कम्पनीले काम गर्न नसकेपछि थेगिसलाई हटाएर पेरा..

    निजगढ विमानस्थल जुरिच एयरपोर्टले बनाउने, बाहिरी चक्रपथका लागि चाइना कम्युनिकेसन कन्सट्रक्सन

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज ।  बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्विस कम्पनी जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)ले बनाउने भएको छ । लगानी बोर्डले विमानस्थल निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्टसँग विस्तृत प्रतिवेदन प्रस्ताव माग गरेको छ ।  गत चैतमा सम्पन्न लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका विभिन्न परियोजनामध्ये निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सातवटा प्रस्ताव परेका थिए । त्यसबेला आशय प्रस्ताव पेस गर्ने विभिन्न कम्पनीमध्येबाट जुरिच..

    नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आज सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पाेरेशनले ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।  मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार सो रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा..

    नागढुंगा-नाैबिसे सुरुङमार्गकाे ठेक्का सम्झौता आज हुँदै, यस्तो बन्दै बाटो

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडाैँ, ६ असोज ।  बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले सोमबार जापानी निर्माण कम्पनीसँ सम्झौता गर्दै छ । जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्ग हाज्मा-आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा निर्माण गर्नेछ । जापानकाे निर्माण कम्पनी हाज्मा-आन्द्रो जेभीले साे सुरुङ मार्ग निर्माणकाे ठेक्का पाएकाे छ । जापान सरकारकै सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हाे । जापानले यस परियाेजनाका..

    मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिनुभयो । सो सडक विस्तारका लागि..

    देवघाटमा वृद्धग्राम बनाइने, प्रतिनिधिसभाका सदस्यहरु सकारात्मक

    आईतवार, असोज ५, २०७६ साल
    नवलपुर, ५ असोज   देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलकाअनुसार वृद्धाश्रमलाई वृद्धग्राम बनाउनका लागि नवलपुरको गैँडाकोट नगरपालिका, तनहूँको देवघाट गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका तथा तीनवटै जिल्लाका प्रतिनिधिसभा सदस्य सकारात्मक देखिएका छन् ।    अध्यक्ष पौडेलले वृद्धाश्रम सुन्दर, सफा र रमणीय हुनुपर्छ भनेर काम अगाडि बढाइएको बताउनुभयो ।..

    उद्योगीलाई मागेअनुसार विद्युत् दिन युद्धस्तरमा काम, सक्रिय कुलमान

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ ।  प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । प्राधिकरणका अनुसार..

    मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

    आईतवार, असोज ५, २०७६ साल
    गोरखा, ५ असोज । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् ।  गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्काल मुआब्जा निर्धारण गरी वितरण गर्न नसके रोक्का..

    तीन करोड लागतमा बन्यो लोकमार्गमा पुल

    शनिबार, असोज ४, २०७६ साल
    गलकोट, ४ असोज    मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।    बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।    बर्खाका निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महीना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी..

    'चिटिक्क' बन्दै प्रधानमन्त्री निवास, दुई वर्षमा सक्ने योजना

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज ।  मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ ।  शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो । निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा..

    नारायणगढ-मुग्लिन सडकखण्डमा १५ पुल बन्ने

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असाेज । नारायणगढदेखि मुग्लिनसम्म १५ वटा पुल निर्माण हुने भएका छन् । सडकभन्दा पुलको आकार साँघुरो भएकाले सवारी आवागमन असहज भएपछि सडककै आकारमा पुलको चौडाइ हुने गरी सडक विभागले पुल निर्माण गर्ने भएको हो । यसका लागि विभागले ठेक्का लगाउने प्रक्रिया सुरु गरेको छ । हाल सडकभन्दा पुलको आकार साँघुरो भएकाले सवारी आवागमनमा अप्ठ््यारो भएपछि विभागले पुलको आकार बढाउने भएको हो..

    ५ अर्ब २६ करोडमा यस्तो बन्दैछ ससद्को आफ्नै भवन

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।  सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ। आधुनिक र प्रविधिमैत्री संसद् भवन १..

    तनहुँ जलविद्युत् आयोजना : ४४ प्रतिशत वित्तीय प्रगति

    मंगलवार, भाद्र ३१, २०७६ साल
    दमौली, ३१ भदौ ।   कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५-७६ मा विनियोजित रु पाँच अर्बमध्ये रु दुई अर्ब २२ करोड ९२ लाख ८२ हजार मात्रै खर्च भएको छ ।   आयोजनाको पूँजीगततर्फ विनियोजित रकममध्ये रु दुई अर्ब ७७ करोड ७ लाख १८ हजार खर्च हुन नसकेको..

    काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न, ३ वर्षभित्र सक्ने लक्ष्य

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौँ, ३० भदौ ।  काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ ।  निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।  निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।  शुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा..

    पर्यटन वर्ष २०२० : नारायणी नदीमा दशैँ अघि क्रुजको परीक्षण

    आईतवार, भाद्र २९, २०७६ साल
    चितवन, २९ भदौ  सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।  क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने छ..

    अब हट्ने भए सास्तीका दिन, सुरुङमार्गको सम्झौता हुँदै

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ ।  थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुनेभएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो ।   थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जानकारी दिँदै निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताउनुभयो । बैङ्क..

    सरकार निर्माणको महाअभियानमा व्यस्त : मन्त्री बाँस्कोटा

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काभ्रेपलाञ्चोक, २७ भदौ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताउनुभएको छ ।  आज पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताउनुभयो । उहाँले..

    काष्ठमण्डप पुनर्निर्माण : भुइँतलाको थाम राखियो

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ । गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।  स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः  पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि ‘फिनिसिङ’को काम भइरहेको छ ।  काठमाडौँ महानगरपालिकाको..

    इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

    बिहिवार, भाद्र २६, २०७६ साल
    भक्तपुर, २६ भदौ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताउनु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यक्रम सम्बन्धी गोष्ठीमा  उहाँले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने दोहोर्याउनुभयो ।  तेस्रो किस्ता आगामी..

    दिक्तेल–खानीडाँडा कालोपत्र ४५ प्रतिशत सम्पन्न

    बुधबार, भाद्र २५, २०७६ साल
    खोटाङ, २५ भदौ कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो । करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताउनुभयो..

    पाँचथरमा नेपालकै अग्लो बुद्धको मूर्ति बनाइँदै

    मंगलवार, भाद्र २४, २०७६ साल
    मिक्लाजुङ, २४ भदौ पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको रु १५ लाखको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ । झण्डै रु आठ करोडको लगानीमा निर्माण हुनलागेको उक्त बुद्धको मूर्तिसहितको पार्कका..

    नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार

    मंगलवार, भाद्र २४, २०७६ साल
    राँझा, २४ भदौ नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र हामीले सञ्चालनमा ल्याउने छौँ”, नगरप्रमुख राणाले भन्नुभयो, “सबै बसलाई बसपार्कभित्रै..

    पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन गरिने

    सोमबार, भाद्र २३, २०७६ साल
    वीरगञ्ज, २३ भदौ ।   दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नु हुनेछ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले..

    हाउजिङको चरम हेलचेक्र्याइ

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौं, २२ भदौ । हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले काठमाडौंको मूलपानीमा निर्माण गरेको घर मंगलबार राति भत्किएपछि निर्माण कम्पनीको क्षमता र गाम्भीर्यमाथि उपभोक्ताहरूले प्रश्न उठाएका छन्। ‘ग्रिनहिल सिटी आवास निर्माण कम्पनीको चरम लापरबाही हो यो, मानिसले जीवनभर बस्नुपर्ने र सुरक्षित भएको अनुभव गर्न पाउनुपर्ने घर पिँध नभएको लोटाजस्तो पिल्टिक्क ढल्यो।’ स्थानीय विष्णु गुरागाईंले गुनासो पोख्नुभयो। ‘स्थलगत अध्ययन गर्दा घरका लागि बनेको सपोर्टिङ वाल..

    केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौँ, २१ भदौ   मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।    केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिनुभयो । “सबै अदालतमा..
    Results 919: You are at page 5 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast