बिहिवार, भाद्र ५, २०७६

    अावास-निर्माण

    नेपालमै ६० किलोमिटर लामो ‘ग्रेटवाल’ बन्दै

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । अब नेपालमै ६० किलोमिटर लामो ‘ग्रेटवाल’ बन्ने भएको छ। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘नेपाली ग्रेटवाल’ बन्न लागेको हो।सिन्धुपाल्चोकमा ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएसंगै यस पर्खाललाई ‘नेपाली ग्रेटवाल’को संज्ञा दिइएको छ। पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चीनको ग्रेटवाल हेर्न पुग्दा..

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता ! ठाडो सुरुङमा पेनस्टक पाइप जडान

    बिहिवार, आषाढ १२, २०७६ साल
    जिरी, १२ असार  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुर्याएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो । मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन..

    धनगढीको मोहनापुलदेखि अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक निर्माण सुस्त

    बुधबार, आषाढ ११, २०७६ साल
    धनगढी, ११ असार   धनगढीको मोहनापुलदेखि अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने दुई वर्षको अवधिमा ४२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।    सडक आयोजनाका प्रमुख होमबहादुर एसीले निर्माण सम्पन्न गरिसक्नुपर्ने समय दुई वर्षको अवधिमा भौतिक प्रगति करीब ४२ प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशत भएको जानकारी दिनुभयो । निर्माण कम्पनीसँग दुई वर्षमा उक्त सडक निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको..

    ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीमा ठाडो सुरुङको पाइप जडान धमाधम

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार    ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ ।    राष्ट्रियरुपमा नै रणनीतिक प्रभाव पार्ने आयोजनालाई..

    पर्यटन विकासका लागि गाउँ तथा नगरपालिकामा भौतिक संरचना निर्माण

    बुधबार, आषाढ ११, २०७६ साल
    जाजरकोट, ११ असार पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ । पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी नगरपालिका–१ को बडालेख–झ्याकुरे टाकुरामा पदमार्गको निर्माणकार्य सम्पन्न..

    स्थानीय र ठेकेदारबिच २ बुँदे सहमति, मेलम्ची आयोजनाको काम सञ्चालन हुँदै

    मंगलवार, आषाढ १०, २०७६ साल
    मेलम्ची, १० असार । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।   इटालेली कम्पनी सिएमसी भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । मेलम्ची खानेपानी आयोजनाको..

    भेरी बबईबाट २१ हेक्टर जमीन डुबानमा पर्ने, आयोजनाबाट ११ घर प्रभावित

    सोमबार, आषाढ ९, २०७६ साल
    सुर्खेत, ९ असार राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ ।  पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो । पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको..

    पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न, यसै महीनाको अन्त्यसम्ममा सञ्चालन हुँदै

    सोमबार, आषाढ ९, २०७६ साल
    वीरगञ्ज, ९ असार ।    नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ ।    भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महीनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन् । परीक्षणको क्रममा नेपाल आयल निगम..

    पूर्वसर्त र सम्झौता अनुसार द्रुतमार्ग निर्माण नसकिने, समय एक वर्ष थप्न सेनाको प्रस्ताव

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १ खर्ब रुपैया लागत अनुमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पन्न हुनेगरी सरकारले दुई वर्षअघि सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । तर पूर्वसर्त र सम्झौता अनुसार निर्माण कार्य कठिन रहेको औंल्याउँदै सेनाले एक वर्ष म्याद थप्न प्रस्ताव गरेको हो। टनेल, ब्रिजलगायत निर्माणमा..

    त्रिभुवन विमानस्थलको पिच गर्ने काम पानी परेपछि प्रभावित, एक सातामा सकिने

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौं, ८ असार ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको काम मनसुनले प्रभावित गरेको छ । मर्मत अन्तिम चरणमा पुग्न सुरु भएको मनसुले काम दुई दिन अवरोध भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले असार २४ गतेदेखि विमानस्थल नियमित २१ घण्टा संचालनमा ल्याउने योजना बनाएर काम गरिरहेको थियो ।  हाल दुई वटा चरणको पिच थप्ने काम पुरा भएर तेस्रो चरणको पीच १६ सय मिटर..

    सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा बगैँचा र पोखरीसहितको भिआइपी कोलोनी

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका..

    चर्चा चलेको ४४ वर्ष बित्दा पनि सिक्टा सिँचाइ अझै अलमलमा

    शुक्रबार, आषाढ ६, २०७६ साल
    बाँके, ६ असार  बाँकेमा सिँचाइ गर्न सकिने हजारौं हेक्टर जमीन छ । स्थानीय जनशक्ति पर्याप्त छ । यसो हो भने सिँचाइका लागि पानी किन उपयोग नगर्ने ? यो विषय २०३० सालतिरै उठेको थियो । बाँकेका हजारौं हेक्टर जमीन सिँचाइ हुन नसकेर बाँझै हुन्छन् । सिक्टा सिँचाइ निर्माणको चर्चा चलेको झण्डै ४४ वर्ष भएछ ।  पश्चिम राप्ती नदीको पानीबाट बाँकेमा सिँचाइ पु¥याएर कृषि..

    रसुवागढी सुरुङ मार्गमा फसेका कामदार सकुशल निस्किए

    शुक्रबार, आषाढ ६, २०७६ साल
    रसुवा, ६ असार ।  रसुवागढी जलविद्युत् आयोजनाको सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएपछि सुरुङभित्र फसेका कामदार शुक्रबार बिहान बाहिर निस्केका छन् ।  बिहिबार साँझ साढे ८ बजे रसुवागढी जलविद्युत् आयाेजनाकाे सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएकोथियाे।सुरुङभित्र रहेका सबै कामदार सकुशल बाहिर निस्केको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए।  पहिरोले पहुँच मार्ग अवरुद्ध भएपछि सुरुङभित्र रहेका कामदारहरु बाहिर निस्कन सकेका..

    रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौं, ५ असार ।  रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन् । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो । उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ भने स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना..

    अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार   इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरु गरेको छ ।   आयोजनाका सुरुङभित्र गरिने ‘भेन्टिलेसन साफ्ट’को कामलाई..

    स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई, भने - 'पहिला दाम अनि मात्र काम'

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।    मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।   सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो..

    काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण कसले गर्छ ?

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।  सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल..

    ख्याल गर्नुहोस् भूकम्पपीडित अनुदान सूचीबाट नाम हट्ला

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  सम्झौता गरेर पहिलो किस्ता नबुझी बसेका भूकम्पपीडित सरकारी सहुलियत अनुदानबाट बञ्चित हुने भएका छन् ।सरकारले असार मसान्तसम्म पहिलो किस्ता नलिने भूकम्पपीडितको नामावली लाभग्राही सूचीबाट हटाउने जनाएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ६० हजारभन्दा बढी लाभग्राही सूचीमा परेका भूकम्पपीडितले अनुदान सम्झौता गर्न बाँकी नै छ । असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता नलिए उनीहरू सुविधाबाटै बञ्चित हुने भएका..

    ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल

    बुधबार, आषाढ ४, २०७६ साल
    जाजरकोट, ४ असार    भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि  करीब रु ३३ करोडको लागतमा नयाँ भवन  निर्माणका  लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेको थियो । विसं२०३३ मा..

    निर्माण शुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित व्यासमूर्तिको डिपिआर सार्वजनिक

    मंगलवार, आषाढ ३, २०७६ साल
    दमौली, ३ असार   तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ ।    व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले आज दमौलीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो ।   प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १०८ फिटको व्यासमूर्तिसहित सबै संरचना निर्माणका लागि रु ६२..

    नियामक निकाय गुठी हुँदा नै बन्यो गुठीकै जग्गामा १५ तले छाया सेन्टर

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका..

    काठमाडौँ–केरुङ रेलमार्ग : द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नुभएको छ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ ।  रेल विभागका..

    देशभरका पालिकाको केन्द्रसम्मको सडक कालोपत्र गरिने, सम्पन्न गर्न २ खर्ब

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो ।  सरकारले आर्थिक वर्ष २०७६\७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न रु पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले..

    माथिल्लो तामाकोसी सम्पन्न हुने दिशातर्फ, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

    सोमबार, आषाढ २, २०७६ साल
    २ असार, काठमाडौं  सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ ।    चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो । भूकम्प, भारतको नाकाबन्दी अन्य प्राकृतिक विपत्तीको मारमा माथिल्लो तामाकोशीलगायतका आयोजना परे..

    पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न : अब सञ्चालन हुने

    सोमबार, आषाढ २, २०७६ साल
    वीरगञ्ज, २ असार नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।   नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ । दक्षिण एशियाको पहिलो क्रसबोर्डरका रुपमा रहेको..

    जनता आवास : अन्तिम किस्ता पाएसँगै घर निर्माण

    सोमबार, आषाढ २, २०७६ साल
    जाजरकोट, २ असार । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता आवास कार्यक्रमबाट साविकका दुनै, जुफा, त्रिपुराकोट, पाहाडा, लहाँ,..

    मेलम्ची आयोजनाको दोस्रो खण्डको काम शुरु, पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा

    सोमबार, आषाढ २, २०७६ साल
    मेलम्ची, २ असार । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७-१७ करोड लिटर पानी..

    पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकियो, असारदेखि पाइपबाटै तेल आयात

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    बारा, जेठ ३२  भारतको मोतिहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकिएको छ । प्राविधिक कामसमेत यसै साता सकिने जनाइएको छ । पाइप बिच्छाउने काम सम्पन्न भएसँगै वेल्डिङ गरेर जोडिएको पाइपलाई रेडियोग्राफी, जोडिएको विन्दुमा एक्सरे, स्क्यान प्लास्ट गरेर पाइप वेल्डिङकाक्रममा आएका खिया हटाएर चिल्लो स्टिल बनाउने काम यसै साता सकिने भएको हो । नेपाल आयल निगमका विज्ञ इन्जिनियर शरद पौडेलले सबै पाइप बिच्छ्याउने..

    निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो, निर्माणकार्य रोक्न निर्देशन

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ ।  सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर  रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ ।  प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्यार्याक..

    भारतीय पक्षले चासो नदिँदा सुक्खा बन्दरगाह निर्माण अन्योलमा

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    बाँके, ३० जेठ ।   भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ ।   बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँचमार्ग पनि नेपाल सरकारले निर्माण गरिसकेको छ । अन्य भौतिक संरचना निर्माणमा..
    Results 751: You are at page 4 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast