आईतवार, चैत्र २३, २०७६

    अावास-निर्माण

    मर्मतको अभावमा कास्कीमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

    बुधबार, माघ १७, २०७४ साल
    पोखरा, १७ माघ ।  कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ ।  कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति गर्ने क्रममा मुहानदेखि मुलटंकी र त्यहाँबाट वितरित अन्य पाइपलाइन क्षति हुँदा खानेपानी आपूर्ति बन्द हुने अवस्थामा पुगेको हो ।  भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी तथा..

    सरकारी निकायको सहयोगबिनै म्याग्दीमा सामुदायिक भवन निर्माण

    मंगलवार, माघ १६, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १६ माघ  म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै लाखौँको लगानीमा सामुदायिक भवन निर्माण गरेका छन् ।  भेला, बैठक, छलफल, तालीम, विवाह, छेवार, किरियाजस्ता कार्यक्रम गर्न समस्या भएपछि सरकारी निकायको सहयोगबिनै थकाली सेवा समाज दरवाङ क्षेत्रले रु २७ लाखभन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् ।  थकाली समाजले भवन निर्माण गरेपनि अन्य समुदायको दुःख, सुख र सामाजिक काममा भवनको..

    इलामको विभिन्न स्थानमा एकै पटक दश वटा झोलुंगे पुल निर्माण हुँदै

    सोमबार, माघ १५, २०७४ साल
    मंगलबारे, इलाम, १५ माघ ।   इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।    जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ ।    सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका..

    ३ सय शैया भएको कर्णालीको अस्पतालको भवन निर्माण कार्य सम्पन्न

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तीन सय शैया भएको भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्यको जिम्मा लिएको रसुवा कन्सट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेपछि प्रतिष्ठानलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।  रसुवा कन्स्ट्रक्सन प्रालि परियोजनाका व्यवस्थापक डिल्ली ढकालल भन्नुभयो, ‘प्रष्ठिानलाई  माघ २० गते सम्ममा हामी हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ ।’ ढकालका अनसार यो भवन..

    म्याग्दीको बाबियाचौरमा आमा समूहद्वारा सामुदायिक भवन निर्माण शुरु

    आईतवार, माघ १४, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १४ माघ  ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् ।  रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिविधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोगविहीन बनेको भरिया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्की सामुदायिक भवन बनाएका हुन् । रु चार लाख ५१ हजार ५६० को लागतमा एककोठे भवन निर्माण भएपछि..

    पर्वतमा नहर मर्मत नहुँदा सिँचाइको अभावमा खेत बाँझै

    बिहिवार, माघ ११, २०७४ साल
    फलेवास, पर्वत, ११ माघ ।  जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ ।  गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।  कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको..

    घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी पाउन सकिन्छ है !

    बिहिवार, माघ ११, २०७४ साल
    काठमाडौँ, ११ माघ : काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ..

    जयनगरदेखि जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र

    बुधबार, माघ १०, २०७४ साल
    वीरगञ्ज, १० माघ : छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ ।  जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।  सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार गर्ने योजना बनाए..

    प्राधिकरण द्वारा लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौँ, ९ माघ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  भूकम्पबाट क्षतिग्रस्त भई विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न सोमबार बोलाइएको कार्यशाला गोष्ठीमा यस्तो निर्देशन दिइएको हो ।  प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुनःनिर्माण..

    खोटाङको वंशिलाघाटमा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र

    मंगलवार, माघ ९, २०७४ साल
    खोटाङ, ९ माघ  ।  छिमेकी जिल्ला उदयपुर जोड्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ ।  बराह पोखरी गाउँपालिका–५, पौवासेरा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी जोड्ने झोलुङ्गे पुल ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको हो । निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्ने गरी ठेक्का लिएको झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।  रु एक करोड..

    दाङको घोराहीमा एघार वटा वडा कार्यालय भवन निर्माण हुँदै

    सोमबार, माघ ८, २०७४ साल
    दाङ, ८ माघ  ।  घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरिद तथा निर्माण कार्यका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ ।  आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो । जसअन्तर्गत वडा नं १ मा कम्पाउण्ड पर्खाल सहितको भवन..

    महानगरलाई विज्ञको सुझाव :रानीपोखरी पुरानै शैलीमा नै निर्माण गरौं

    आईतवार, माघ ७, २०७४ साल
    काठमाडौँ, ७ माघ (रासस)। रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र..

    सुख्खा ग्रस्त पाँचथरमा तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

    शुक्रबार, माघ ५, २०७४ साल
    पाँचथर, माघ ५ । सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ ।  आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अघि  बढाइएको छ भने मुख्य पाइपलाइनको कामको हालसम्म ४५ प्रतिशत सकिएको छ । दोस्रो चरणको वितरण लाइनको २९ प्रतिशत काम सम्पन भएको निर्माण कम्पनीले जनाएको छ ।  आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले..

    बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीका पाँच ट्याङ्की निर्माण

    बिहिवार, माघ ४, २०७४ साल
    बाजुरा, ४ माघ । बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ ।  सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ ।  मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासीले समयमै खानेपानी नआउने..

    पुर्वान्चलमा बाढी पीडितको सहयोगार्थ ४९९ टहरा निर्माण

    सोमबार, माघ १, २०७४ साल
    पथरी, मोरङ, १ माघ ।  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ ।  झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिए  ।  अधिकारीका अनुसार..

    देशभर २ हजार ९ वटा पुल निर्माणाधीन, ७७ अर्ब आवश्यक, ३ अर्ब मात्रै निकासा

    शनिबार, पौष २९, २०७४ साल
    काठमाडौँ, २९ पुस (रासस) : बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ ।  चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् ।  महाशाखाले रु ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम..

    रसुवामा भुकम्प प्रतिरोधी आवास निर्माणका लागि १९ सय जनशक्ति तयार

    शुक्रबार, पौष २८, २०७४ साल
    रसुवा, पौष २८ ।  रसुवामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि अहिलेसम्म एक हजार नौ सय सय भन्दा बढी जनशक्ति तयार भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्पपछि पुनर्निमाण कार्यमा दक्ष जनशक्ति उत्पादन गरि निजी आवास निमार्ण गर्न पुनर्निमाण कार्यालय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत तालिम संचालन गरिएको हो । सञ्चालन गरिएको कार्यक्रमबाट जिल्लाका १ हजार ९ सय ४२..

    दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा, म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात

    सोमबार, पौष २४, २०७४ साल
    तेह्रथुम, २४ पुस : तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् ।  सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् ।  यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म..

    झापामा भत्किएका नहर संरचना तदारुकताका साथ मर्मत सम्भार हुँदै

    शुक्रबार, पौष २१, २०७४ साल
    भद्रपुर, २१ पुस ।  चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ ।  झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७ मा बनाइएको नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्षेत्रका जनता सिँचाइबाट बञ्चित भएका थिए ।  गौरीगञ्ज र जुरोपानी क्षेत्रका करिब एक हजार ५०० हेक्टर जग्गामा सिँचाइ हुने सो नहरको हेडवक्र्स..

    विदेसिएका नेपाली युवा बैतडीमा पत्ताल भुमेश्वरमा मूलगेट बनाउँदै

    शुक्रबार, पौष २१, २०७४ साल
    बैतडी, २१ पुस ।  बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा बिहीबार मूल गेटको शिलान्यास गरिएको छ ।  सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले संयुक्तरुपमा शिलान्यास गरेका हुन्  ।  प्रवासमा रहेका बैतडीका युवाले सामाजिक सञ्जालबाट संकलन गरेको रकमबाट उक्त गेट निर्माण हुन लागेको हो । प्रवासमा रहेका..

    आगामी मनसुनसम्म ६० प्रतिशत घर निर्माण गरिने प्रमुख भुसालको भनाई

    बुधबार, पौष १९, २०७४ साल
    गुल्मी, १९ पुस ।  भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन्  ।  भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत अनुगमनका क्रममा प्राधिकरणको एक टोलीसहित एकसाता लामो जिल्ला भ्रमणमा निस्केका  कार्यकारी अधिकृत भुसालले गुल्मीमा लाभग्राही, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सञ्चार माध्यमसँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन्  ।  सबै गाउँपालिका..

    सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण कार्य तीव्र, निर्माण सामग्रीको अभाव

    बुधबार, पौष १९, २०७४ साल
    चौतारा, १९ पुस : भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ ।सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् ।  भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामांङको घरको शिलान्यास गरी..

    भूकम्पद्वारा क्षति ग्रस्त ९०४ खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माण

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौँ, १७ पुस ।  भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो । हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।  यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका..

    कागेश्वरी मनहरा नगरपालिकाको ‘एक वडा एक पार्क’ नीति

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, पुस १४ गते ।  काठमाडौं उपत्यकामा पर्ने कागेश्वरी मनहरा नगरपालिकाले ‘एक वडा एक पार्क’ नीति अघि सारेको छ । हालै बसेको नगरसभाले नगरपालिकालाई आधुनिक र व्यवस्थित सहरकारुपमा विकास गर्नका लागि प्रत्येक वडामा एक–एक वटा पार्क निर्माण गर्ने निर्णय गरेको बताइएको छ । कुल ९ वटा वडा रहेको यस नगरपालिकामा चालु आर्थिक वर्षमा २ वडामा र त्यसपछि आगामी वर्षमा ७ वटा वडामा..

    झापामा तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत निर्माण पुरा

    शुक्रबार, पौष १४, २०७४ साल
    भद्रपुर, १४ पुस ।  दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।  मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल..

    ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ४६ हजार भवन निर्माण हुँदै

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौँ, १३ पुस । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत समुदायका लागि शहरी विकास मन्त्रालयको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ४६ हजार आवास निर्माण भइरहेका छन् ।  सो कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६६÷६७ देखि सिराहा, सप्तरी र कपिलवस्तु जिल्लामा एक÷एक हजार गरी तीन हजार आवास निर्माण गरिएको थियो भने अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक ७२ जिल्लामा ४६ हजार भवनको निर्माण कार्य भइरहेको छ..

    काभ्रेमा कामदार नपाएपछि पुनःनिर्माणका लागि आफैँ जुटे गाउँले

    बिहिवार, पौष १३, २०७४ साल
    धुलिखेल, १३ पुस ।  भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफँै घर बनाउन जुटेका छन् ।  सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा नं ५ सिमलडाँडाका भूकम्प लाभग्राही सबैजना मिलेर आलोपालो गरी घर निर्माण गर्न जुटेका हुन् ।  त्यहाँका सात घरपरिवारले..

    जाइकाद्वारा पालुङटारमा नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस । जापानी सहयोग नियोग जाइकाले गोरखाको पालुङटारमा प्रहरी कार्याल'निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरेको छ । २०७२ वैशाखको भुकम्पमा कार्यलयको पूरानो भवन क्षतिग्रस्त भएको थियो । नवनिर्मित ३ भवनहरु अपांगमैत्री र भुकम्प प्रतिरोधात्मक रहेका छन् । भवनमा कैदीबन्दीको लागि कोठा सहित महिला पुरुषको लागि ब्यारेक, सभा हल भान्सा लगायतको व्यवस्था छ ।..

    तुल्सीपुरको पातुखोलामा झोलुङ्गे पुल निर्माण, स्थानीयहरु निकै हर्षित

    मंगलवार, पौष ११, २०७४ साल
    दाङ, ११ पुस : तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् ।  पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् ।  जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ ।  “वर्षौंको..

    मोरङ धनपालथानका ५१ बाढी पीडित परिवारले पाए नयाँ आवास

    मंगलवार, पौष ११, २०७४ साल
    मोरङ  १० पुस ।  मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ । अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ ।  धनपाल–६ स्थित बालुवाबाडी, दादर टोल, खयर टोलका घरबारविहीन भएका ५१ परिवारलाई समाजले घर बनाइदिएको सो संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनले बताए । सोरेनले भने, “रु ३० हजारको लगानीमा..
    Results 919: You are at page 30 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast