सोमबार, चैत्र १७, २०७६

    अावास-निर्माण

    फाष्ट ट्रयाक प्रदेश सरकारले आफै बनाउछ : मुख्यमन्त्री भट्ट

    आईतवार, मंसिर १५, २०७६ साल
    डोटी, १५ मङ्सिर सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक प्रदेश सरकार आफैले बनाउने बताउनुभएको छ ।  जोरायल गाउँपालीका वडा नं ५ गडसेरामा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्न गड्सेरा पुग्नुभएका मुख्यमन्त्री भट्टले रासससँग कुराकानी गर्दै खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक प्रदेशको गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने बताउनुभएको हो । मुख्यमन्त्री भट्टले केही विकास विरोधीले फाष्ट ट्रयाकलाई..

    छ महिनाभित्र सञ्चालनको लक्ष्यसहित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुृतगतिमा

    आईतवार, मंसिर १५, २०७६ साल
    काठमाडौं, १५ मङ्सिर   कुनै अप्रत्याशित एवं अकल्पनीय घटना नभए आगामी छ महिनाभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको छ ।    भवितव्य नभएमा यो विमानस्थलमा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् जसले नेपालको नागरिक उड्डयनको क्षेत्रमा नयाँ इतिहास रचना गर्नेछ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भरपर्दो विकल्प बन्नेछ ।    एशियाली विकास बैंक (एडिबी)को ऋण..

    नेपालगञ्ज विमानस्थल : दोब्बर ठूलो बनाउने तयारी

    शनिबार, मंसिर १४, २०७६ साल
    नेपालगञ्ज, मङ्सिर १४ ।  नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ । विमानस्थलबाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा..

    मेलम्चीका पीडित कामदारलाई भुक्तानी

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर   मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो ।    उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी भएको थिएन । कम्पनी गएदेखि नै कामदारले आफू पीडित भएको भनी सरकारसँग ज्याला भुक्तानीको माग गरेको मन्त्रालयका प्रवक्ता..

    ढुक्क हुनुस्, निर्धारित समयमै सकिन्छ धरहरा पुनःनिर्माण

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर ।    एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ ।    भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ..

    प्राधिकरणद्वारा शर्तसहित भूकम्पपीडित अनुदान लिने समय थप

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान..

    सामाखुशी चोक–ग्रीनल्याण्डसम्म कालोपत्रे

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर सामाखुशी चोकदेखि मनोहर स्कूल हुँदै ग्रीनल्याण्डसम्मको सडकखण्ड कालोपत्रे गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक कालोपत्रे गरिएको हो ।  टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्रे  गरिएको हो । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ..

    विमानस्थल विस्तारको काम गुरुयोजनानुसार

    बुधबार, मंसिर ११, २०७६ साल
    नेपालगञ्ज, ११ मङ्सिर गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थल विस्तारको काम अहिले धमाधम भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलका अनुसार सो विमानस्थलमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी गुरुयोजनामा नक्साङ्कन र डिजाइन गरिएको छ ।  केही समयअघि नेपालगञ्ज आउनुभएका पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सरोकारवालासँगको छलफलमा भन्नुभएको थियो, “नेपालगञ्ज विमानस्थलको गुरुयोजना कार्यान्वयनमा आइसकेकाले समयमै काम सम्पन्न गर्न बजेटमा पनि कुनै प्रकारको कमी हुन..

    काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यताबारे स्थलगत अध्ययन

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली आज लुम्बिनीतर्फ लागेकोे छ ।  चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारीले सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार छलफल भएको थियो । चिनियाँ टोलीले मङ्गलबार नै मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन..

    आगामी वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण तीब्र

    बुधबार, मंसिर ११, २०७६ साल
    काठमाडौँ, ११ मङ्सिर ।  आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो ।  निर्धारित समयमै सक्नेगरी..

    १३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका सबै पूर्वाधार तयार

    मंगलवार, मंसिर १०, २०७६ साल
    कास्की, १० मङ्सिर ।  दक्षिण एशियाली राष्ट्रहरुबीचको  खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागअन्तर्गत आठ खेल पोखरामा खेलाइने तय भए पनि महिला फुटबल, क्रिकेट र बिच भलिबलको खेलस्थल तयार भइसकेको छैन । यसअघि पोखरामा नौ..

    विकासको गति : ‘ट्रयाक’ खुलेको २४ वर्षपछि कालोपत्रे सुरु

    सोमबार, मंसिर ९, २०७६ साल
    दमौली, ९ मङ्सिर ‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे शुरु भएको छ ।  गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे शुरु भएको हो । विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत..

    नागढुंगा–नौबीसे सुरुङमार्गको निर्माण अघि ‘प्रि–कन्स्ट्रक्सन सर्भे’

    सोमबार, मंसिर ९, २०७६ साल
    काठमाडौं, ९ मंसिर  नागढुंगा सुरुङमार्ग निर्माण को खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’बाट प्रस्ट हुने आयोजनाले जनाएको छ । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ । कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो। कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ। आयोजनाले ४२ महिनाभित्र सुरुङ निर्माणको काम..

    सहमति जुटे पनि जोरपाटी–सुन्दरीजल सडकको काम अनिश्चित

    शनिबार, मंसिर ७, २०७६ साल
    काठमाडौँ, ७ मङ्सिर जोरपाटी–सुन्दरीजल सडक सार्वजनिक जग्गा भएको स्थानमा २२ र निजी जग्गा भएका स्थानमा १४ मिटरमा कालोपत्र गर्ने सहमति जनप्रतिनिधिबीच जुटेपनि तत्काल काम भने नहुने भएको छ ।  काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णय नभएसम्म सहमति जुटेअनुसार काम अघि बढ्न नसक्ने जनाएको हो । आयोजना प्रमुख अर्जुन अर्यालले यसअघि २२ मिटर सडक बनाउन ठेक्का भएकाले कतै १४ मिटर..

    मुख्यमन्त्री पौडेलद्वारा सडक अनुगमन, समयमै काम सक्न निर्देशन

    शनिबार, मंसिर ७, २०७६ साल
    हेटौँडा, ७ मङ्सिर ।  प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी–इपा सडक तथा निजगढ काठमाडौँ द्रुत मार्गको अवलोकन तथा अनुगमन गर्नुभएको छ ।  अवलोकनका लागि उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपापञ्चकन्या लगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको समेत निरीक्षण गर्नुभयो ।  भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो..

    ४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ । उहाँले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गर्नुभयो ।  भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा  राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताउनुभयो । “काठमाडौँसहित सात प्रदेश र विदेशी..

    जिएमआर सम्झौतामै अल्झिँदा अघि बढ्यो अरुण तेस्रो

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर   भारतको निजी क्षेत्रको कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम शुरु हुन नसकेको बेला सतलज विद्युत् निगमले जिम्मा लिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रगति भने आशातीत रुपमा राम्रो देखिएको छ ।    कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको हालसम्म २४ प्रतिशत भौतिक प्रगति भएको र निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम..

    भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुनःनिर्माण

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर ।  भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको बैठकमा प्राधिकरणले चार लाख ७९ हजार ५४५ घर निर्माण सम्पन्न भएको जानकारी दिएको हो । भूकम्पले आठ लाख १६ हजार ५२२ घरमा क्षति पुगेको थियो । क्षति पुगेका यी घर लाभग्राही..

    धरहरा पुनर्निर्माण ३२ प्रतिशत सम्पन्न, प्रत्येक २ हप्तामा एक तला ढलान

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर धरहरा पुननिर्माणले गति लिएको छ । भूकम्पबाट ध्वस्त भएको धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको छ ।  हालसम्म तेस्रो तलाको ढलान सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले धरहराको तेस्रो तलाको ढलान सम्पन्न भएको बताए । उनले धरहरा निर्माणको कामले गति लिइरहेको बताउँदै सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय..

    सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी

    बुधबार, मंसिर ४, २०७६ साल
    रामपुर, ४ मङ्सिर बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् ।  राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि रु १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको करिब एक किलोमिटर ७००..

    नब्बे प्रतिशत सकियो दरबार हाई स्कूल पुनर्निर्माण

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको पुनर्निर्माण ९० प्रतिशत सकिएको छ । आगामी फागुन १५ गतेसम्ममा सक्नेगरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । समग्रमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले रङ लगाउने, शौचालय निर्माण गर्ने काम भइरहेको जनाइएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको छ ।..

    कुर्था–जयनगर रेल सञ्चालनका लागि सेट आगामी पुससम्ममा आइपुग्ने

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद गर्न लागिएको होे ।  रेल सेट निर्माणसँगै रेलमार्ग निर्माण र रेलको विनियमावली बनाउने काम भइरहेको रेल विभागका प्रवक्ता (वरिष्ठ डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताउनुभयो । उहाँका अनुसार वर्षाको समयमा बाढीका कारण कमला नदीको तटबन्ध भत्काउँदा..

    कर्णालीको पर्यटन विकासमा पूर्वाधार मुख्य बाधक

    मंगलवार, मंसिर ३, २०७६ साल
    सुर्खेत, ३ मङ्सिर   कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन तथा विकास हुन नसक्नुमा पूर्वाधार मुख्य बाधक भएको औँल्याइएको छ । कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको अध्यक्षतामा आज बसेको बैठकमा समितिका सदस्यहरुले यहाँको पर्यटन विकासले अपेक्षित गति लिन नसक्नुमा पूर्वाधार प्रमुख चुनौती भएको बताए ।    “कर्णालीमा न सडक राम्रो छ नत हवाईसेवा नै नियमित” समितिका..

    सिद्धबाबामा सुरुङमार्ग, अर्थले छुट्यायो १० अर्ब बजेट

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर   मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ ।    पटकपटक सरकार फेरिए, मन्त्री फेरिए, आयोजनाका प्रमुख फेरिए, सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । स्थानीयवासी सधैँ समस्यामा नै परिरहे । पहिरामा..

    काठमाडौँ–तराई–मधेश द्रूतमार्गलाई थप व्यवस्थित बनाइने

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर ।   राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनाले द्रूत मार्ग सडक निर्माणकोे आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाका आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने जनाएको हो ।   सेनाले उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न सरकारको..

    गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तीव्र गतिमा, ८० जना मजदुर निरन्तर खटिँदै

    आईतवार, मंसिर १, २०७६ साल
    नवलपुर, १ मंसिर । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले तीव्रता पाएको छ । क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । रंगशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । रंगशालाको निर्माणका लागि आफू दिनरात खटिएको बताएका छन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म..

    २० करोडमा विहारको पुन:निर्माण

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    काठमाडौँ, २९ कात्तिक    काठमाडौँ महानगरपालिका–१५ स्थित आनन्दकुटी विहारको पुनःनिर्माण रु २० करोडको लागतमा सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले केही भाग भत्किएको उक्त विहार सरकारको प्राविधिक सहयोगका साथै श्रीलङ्का सरकारको रु २० करोडको लागतमा सम्पन्न भएको हो । करीब ती वर्षको समयअवधिमा निर्माण गरिएको विहारमा भिक्षु आवासगृह, सभाहल, भिक्षु वर्गका विभिन्न धार्मिक गतिविधि गर्ने कक्ष, भोजन हल गरी ३०..

    मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्य

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    काठमाडौँ, २९ कात्तिक राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ ।  गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताउनुभयो । उहाँका अनुसार..

    नेपाली सेनाद्वारा मस्यौदा चुहावट गर्नेलाई सचेत

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौँ, २७ कात्तिक    नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको मूल्याङ्कन विधिको मस्यौदा चुहावट गरेको ठहर गर्दै तत्कालीन आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडसहित मूल्याङ्कन बोर्डका सदस्यलाई सचेत गराएको छ ।   उक्त आयोजना सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट गर्ने कार्यमा भएको मस्यौदा चुहावट सम्बन्धमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको सिफारिसमा तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मूल्याङ्कन बोर्डका सदस्यलाई सैनिक सचिव विभागबाट सचेत गराइएको..

    सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा : १४ वर्षमा ६० प्रतिशतमात्रै

    मंगलवार, कार्तिक २६, २०७६ साल
    राँझा, २६ कात्तिक बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।  सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका..
    Results 919: You are at page 3 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast