आईतवार, चैत्र २३, २०७६

    अावास-निर्माण

    नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने, हालसम्म २७ करोड बढी खर्च

    शनिबार, चैत्र १०, २०७४ साल
    चितवन, १० चैत : नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ ।  एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव रु दुई अर्ब ८९ करोडमा तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको..

    डोल्पाको एक विद्यालयमा सेनाले सरस्वती मन्दिर बनायो

    बिहिवार, चैत्र ८, २०७४ साल
    दुनै, डोल्पा, ८ चैत  ।  सेनाले डोल्पाको एक विद्यालयमा मन्दिर निर्माण गरेको छ ।  सेनाले ठूलीभेरी नगरपालिका–३ अन्तर्गत सदरमुकाम दुनैमा रहेको सरस्वती माविमा सरस्वती देवीको मन्दिर निर्माण गरेको हो ।  विद्यालय, सुरक्षा गुल्म सेमु दुनै र कालीदत्त गुल्म सुलिगाडको संयुक्त प्रयासमा उक्त मन्दिर निर्माण गरिएको हो । उक्त मन्दिर सेनाका वाहिनीपति सहायक रथी कुमार लामाद्वारा मूर्ति राखेर पूजापाठ गरी अनावरण गरिएको थियो ।..

    अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान

    बिहिवार, चैत्र ८, २०७४ साल
    ललितपुर, ८ चैत  ।  अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् ।  आवास नहुँदा उनीहरुलाई एक-दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ बताउँछिन्  ।  स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे..

    पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा

    मंगलवार, चैत्र ६, २०७४ साल
    पोखरा, ६ चैत ।  युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन् ।  नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए  ।  खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।  पर्याप्त वातावरण नहुँदा पनि..

    स्तरोन्नतिका लागि बेनी–दरवाङको वैकल्पिक सडक प्रयोगमा ल्याइने, सडक दिउँसो बन्द गरेर काम गरिने

    मंगलवार, चैत्र ६, २०७४ साल
     बबियाचौर, म्याग्दी, ६ चैत : म्याग्दीको बेनी–दरवाङ सडक स्तरोन्नतिका लागि बेनीदेखि चुत्रेनी खण्डमा वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ ।  दिउँसोको समयमा सवारी सञ्चालनसँगै सडक फराकिलो बनाउने काम गर्दा जोखिम र काम प्रभावित बनेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सडक डिभिजन कार्यालय, यातायात व्यवसायी र निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाको सोमबार बसेको बैठकले मंगलबारदेखि नै बेनीदेखि चुत्रेनी खण्डको सडक दिउँसो..

    स्थानीयवासीद्वारा चन्दा उठाएर सडक निर्माण, जनप्रतिनिधि भने भ्रमणमा ब्यस्त

    सोमबार, चैत्र ५, २०७४ साल
    दैलेख ५ चैत दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ (साविकको भैरीकालिकाथुम–९ बाहाँचौर) का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडकअन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो । डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै पनि चासो नदेखाए पनि स्थानीयवासीले चन्दा उठाएरै सडक निर्माणको काम थालेका हुन् । स्थानीयबासी रामबहादुर विकका अनुसार १७ घरधुरीले रु ८१ हजार..

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुरुङ खन्दा पानीको मुहान सुक्यो

    शुक्रबार, चैत्र २, २०७४ साल
      बाबियाचौर, म्याग्दी, २ चैत ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ ।  बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए ।  मुहान सुकेपछि त्यस क्षेत्रमा खानेपानीको चर्को समस्या भएको..

    धरहरा पुनःनिर्माणका लागि छलफल शुरु गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ ।  नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी..

    बजेट अभावमा चितवनस्थित नारायणी लिफ्ट सिँचाइ आयोजनाको काम सुस्त बन्दै

    आईतवार, फागुन २७, २०७४ साल
    चितवन, २७ फागुन ।  भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ ।  सरकारले आव २०७१-७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । पञ्चवर्षीय योजना अन्तर्गत काम गर्नका लागि निर्धारण गरिएको बजेट निकासा नहुँदा समस्या भएको..

    कास्कीको माछापुच्छ्रेमा आठ लाखको खानेपानी ट्यांकी र पुस्तकालय निर्माण

    शुक्रबार, फागुन २५, २०७४ साल
    पोखरा, २५ फागुन ।  कास्की जिल्लाको माछापुच्छ्रे  गाउँपालिका–८ निवासी बमबहादुर घलेले आधारभूत विद्यालयमा रु आठ लाखको लागतमा पुस्तकालय स्थापनासहित खानेपानी ट्यांकी निर्माण गरिदिएका छन्  ।  लायन्स क्लब अफ पोखरा ग्रिन टाउनको सक्रियतामा रु पाँच लाखमा पुस्तकालय स्थापना गरिएको हो भने रु तीन लाखको लागतमा खानेपानी ट्यांकी निर्माण गरिएको क्लबका अध्यक्ष लक्ष्मीदेवी गुरुङले जानकारी दिए  ।  उनका अनुसार बेलायतमा रहेका सूर्य गुरुङको रु छ लाख..

    म्याग्दीको मालिका गाउँपालिकामा लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

    बिहिवार, फागुन २४, २०७४ साल
    बाबियाचौर, म्याग्दी, २४ फागुन। मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ ।  जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाइ आयोजना भने लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो ।  सिँचाइ विकास सब डिभिजन कार्यालयले ठेक्कामार्फत गत आर्थिक वर्षदेखि सो आयोजना निर्माण शुरु गरेको थियो । आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण..

    प्रदेश नं १ मा तटबन्धन निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    बिहिवार, फागुन २४, २०७४ साल
      उर्लाबारी, मोरङ, २४ फागुन  ।  वर्षेनी वर्षायाममा दुुःख दिने मोरङको बक्राहा खोलामा व्यवस्थित तटबन्धनको माग गर्दै स्थानीयवासीले बुधबार बेलुका १ नं प्रदेशका मुुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुुझाएका छन् ।  बक्राहा खोला नियन्त्रण तथा तराई मधेश चुरे संरक्षण विकास पहल समितिमार्फत सुनसरीको इटहरीमा मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । समितिका संयोजक मानबहादुुर श्रेष्ठ, मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सांसद कुुशल लिम्बू,..

    रोल्पाको विकास निर्माणमा सघाउँदै नेपाली सेना, जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य

    बुधबार, फागुन २३, २०७४ साल
    रोल्पा, २३ फागुन : जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी सँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ ।  सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गरिरहेको छ । विद्यार्थीलाई सामूहिक रुपमा हातधुने सुविधा सहितको अपांगमैत्री शौचालय निर्माण गरिरहेको नेपाली सेनाको खड्क दल..

    रसुवामा सडकमा हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा जाँच भवन निर्माण

    आईतवार, फागुन २०, २०७४ साल
    रसुवा, २० फागुन ।  सडकमार्गबाट हुन सक्ने अवैध कारोबार नियन्त्रणमा सहज बनाउन लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा धुन्चेमा सुरक्षा जाँच भवन निर्माण गरिएको छ ।  उक्त कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार रु २० लाखको लागतमा निर्मित दुईकोठे सो भवनको एक कार्यक्रमबीच रसुवाका प्रमुख जिल्ला अधिकारी  चोमेन्द्र न्यौपानेबाट शनिबार उद्घाटन भई पूर्ण रुपमा कार्य सञ्चालनमा आएको हो ।  लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ..

    रोल्पामा खानेपानी आयोजना सुरुसंगै सदरमुकामवासी हर्षित

    बुधबार, फागुन १६, २०७४ साल
    रोल्पा, १६ फागुन ।  उचित व्यवस्थापन हुन नसक्दा खानेपानीको समस्या खेप्दै आएका सदरमुकामवासी बृहत् खानेपानी आयोजना शुरु भएपछि हर्षित भएका छन् । रोल्पा सदरमुकाम लिवाङमा साना शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना शुरु भएसँगै सदरमुकामवासी खुशी भएका हुन् ।  सदरमुकाम लिवाङभित्र पर्ने रोल्पा नगरपालिका–१, २, ४, ६ र ७ मा सञ्चालन गर्ने गरी प्रस्ताव गरिएको सो आयोजनाको लागत बजेट करिब रु ३८ करोड..

    दाङमा रंगशाला निर्माणार्थ हालसम्मकै ठुलो बजेट विनियोजन

    बुधबार, फागुन १६, २०७४ साल
    दाङ, १६ फागुन  ।  बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ ।  भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो ।  जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले..

    पुनःनिर्माण प्राधिकरण काभ्रेमा भूकम्प सम्बन्धी प्रदर्शनी गर्दै

    मंगलवार, फागुन १५, २०७४ साल
    काभ्रे, १५ फागुन ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने भएको छ ।  विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो ।  पुनःनिर्माणसम्बन्धी जानकारी सबैलाई थाहा नभएकाले प्रदर्शनीको आयोजनाका विषयमा प्राधिकरण लागि..

    विभाग स्थापनाको ४५ वर्षमा तीन ढल मात्र निर्माण

    आईतवार, फागुन १३, २०७४ साल
    काठमाडौँ, १३ फागुन  ।  खानेपानी तथा ढल निकास विभागले आफ्नो स्थापनाको ४५ वर्षमा तीन वटा मात्र ढल निर्माण गरेको छ ।  नेपालभित्र खानेपानी र ढल निकासका लागि विसं २०२९ मा स्थापित विभागले हालसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर तीन ढल निर्माण गरेको छ । विभागका अनुसार हालसम्म मनकामना ढल निर्माण तथा प्रशोधन आयोजना गोरखा, चापागाउँ ढल निर्माण तथा प्रशोधन आयोजना ललितपुर र गोलढुंगा..

    कोलकातामा रु १७ करोडको ‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’ भवन बनाउन आह्वान

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौँ, ९ फागुन ।  भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ ।  मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहेका छन्  ।  त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन विभाग प्रमुखमा नारायणप्रसाद होमागार्इं, आर्थिक व्यवस्थापन तथा भवन निर्माण विभागमा केशव अधिकारी, क्षेत्रीय सम्पर्क..

    नवलपरासीमा विपन्न समुदायका १५ घरधुरीकालागि घर निर्माण

    आईतवार, फागुन ६, २०७४ साल
    नवलपरासी, ६ फागुन ।  नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ ।  कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि घर निर्माण गरिएको हो ।  नगरपालिकाका तर्फबाट गरिब विपन्न आवास कार्यक्रमअन्तर्गत १० र डब्लुडब्लुएफको भूपरिधि..

    जाजरकोटमा तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

    शुक्रबार, फागुन ४, २०७४ साल
    जाजरकोट, ४ फागुन।  रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।  स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट..

    जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन सम्पन्न

    बिहिवार, फागुन ३, २०७४ साल
    मंगलबारे, इलाम, ३ फागुन  ।  जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गरेका हुन्  ।  विसं २०७२-७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको..

    नगरपालिकाद्वारा प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

    बिहिवार, फागुन ३, २०७४ साल
    भक्तपुर, ३ फागुन ।  मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ ।  स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालीम भवन निर्माण गर्दा नगरपालिकासंग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारीसमेत नगराई भवन निर्माण गरेको भन्दै नगरपालिकाले बुधबार अपराह्न सिलबन्दी गरेको हो ।  प्राधिकरणले करिब रु सात करोडको लागतमा निर्माण..

    धमाधम भत्काइदै ऐतिहासिक गोरखा दरबार, जान्नुहोस् के रहेछ कारण !

    बुधबार, फागुन २, २०७४ साल
    गोरखा, २ फागुन।  भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ ।  करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो ।  विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो ।..

    विश्वसम्पदा 'जैसीदेवल' को पुनःनिर्माण अपारदर्शी भएको स्थानीयको गुनासो

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ  ।  विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण अपारदर्शी रुपमा शुरु गरिएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखिएको काठमाडौँ  महानगरपालिका–२१ का पूर्ववडाअध्यक्ष जुजुकाजी तण्डुकारले बताए  ।  “नेपाल संवत्..

    राष्ट्रपतिबाट रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण (फोटोफिचर)

    मंगलवार, माघ २३, २०७४ साल
    रौतहट, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताएकी छिन् ।  रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना..

    मोरङको चिसाङ खोलामा रु ४ करोड ५० लाखको लागतमा तटबन्धन निर्माण

    मंगलवार, माघ २३, २०७४ साल
    उर्लाबारी, मोरङ, २३ माघ  ।  बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ ।  वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु..

    धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने

    सोमबार, माघ २२, २०७४ साल
    रौतहट, २२ माघ रासस । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ ।  कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।  गत असोज ४ गते शिलान्यास गरिएको सो..

    कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग निर्माण गरिने

    आईतवार, माघ २१, २०७४ साल
    भक्तपुर, २० माघ : दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।  प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक,..

    गोरखामा २ सय ८१ विद्यालय पुनःनिर्माण, १ सय ६१ विद्यालय निर्माण हुन बाँकी

    बिहिवार, माघ १८, २०७४ साल
    गोरखा, १८ माघ (रासस) ।  भूकम्पले भत्केका गोरखाका ४ सय ४२ वटा विद्यालय भवनमध्ये २८१ वटा पुनःनिर्माण भएका छन् । भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ ।  एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । गोरखा नपामा ४० वटा र गण्डकी गाउँपालिकामा ३७ वटा भवन निर्माण भएका छन् ।  भीमसेन थापा गाउँपालिकामा..
    Results 919: You are at page 29 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast