शुक्रबार, चैत्र २१, २०७६

    अावास-निर्माण

    भूकम्पले छिन्नभिन्न पारेको सिन्धुपाल्चोक जिल्लाको आवास पुनःनिर्माणमा तीव्र गति

    मंगलवार, बैशाख ११, २०७५ साल
    मेलम्ची, ११ वैशाख गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ ।  जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिपीसी गरिसकेका छन् भने १४ हजार ७७३ ले निर्माण सकिसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त..

    द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने,हालसम्मको काम सन्तोषजनक

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई-मधेश द्रुतमार्ग’ को निर्माण कार्य प्रभावकारी बनाई समयमै सक्न नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउने भएको छ ।  रक्षामन्त्री ईश्वर पोखरेलले राज्यको प्राथमिकता र समृद्धिसँग जोडिएको सोे आयोजनामा नेपाली सेनालाई सघाउन उक्त संयन्त्र शुरुमै बन्नुपर्नेमा त्यस्तो हुन नसकेकाले मन्त्रिपरिषद्मा सोबारे आवश्यक निर्णय गर्न प्रस्ताव लगिने जानकारी दिए ।  चौमासिक रुपमा हुने मन्त्रालयस्तरीय विकास समस्या..

    महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख विसं २०७२ को भूकम्पबाट क्षति पुर्याइएको नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ भएको छ ।  नेपालको कला तथा संस्कृतिको उजागर गर्ने एउटा महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानभित्रका मुख्य प्रेक्षालय तथा अन्य कक्ष चर्किएका कारण त्यसको मर्मतसम्भार गर्न थालिएको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले राससलाई जानकारी दिए ।  उनले भने, “नेपाल एकेडेमीको आत्मसौन्दर्य जोगाउँदै आधुनिक प्रविधि सम्पन्न हुने गरी प्रज्ञा भवनको जीर्णोद्धार गरिने छ ।”..

    एकदशकदेखि अलपत्र कालीगण्डकी करिडोरको निर्माण कार्य तीव्र

    शनिबार, बैशाख ८, २०७५ साल
    फलेवास, पर्वत, ८ वैशाख : झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ ।  राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।  करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ..

    आगामी वर्षको असारसम्ममा निजी आवास निर्माणका सबै काम सम्पन्न हुने

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताए छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले शुक्रबार ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको तस्वीर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधाभन्दा बढी काम सकिएको गर्दै भने, “भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनःनिर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ, हामीले..

    नुवाकोटमा अपाङ्गतामैत्री सुविधासम्पन्न पुस्तकालय निर्माण, करिब एक करोड ७५ लाख लगानी !

    बिहिवार, बैशाख ६, २०७५ साल
    त्रिशूली (नुवाकोट), ६ वैशाख भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ ।  बेलकोटगढी नपा–२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र रु एक करोड ७५ लाखमा बनेको हो । रिड नेपाल र एएसबीको आर्थिक तथा प्राविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्युनीकरण परियोजनाअन्तर्गत भवन निर्माण गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराजा..

    मुख्यमन्त्री राईद्वारा बाढीबाट घरबारविहीन लाई आवास हस्तान्तरण

    बुधबार, बैशाख ५, २०७५ साल
    इटहरी, ५ वैशाख  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी पुर्याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने कुरामा जोड दिएका छन्।  मुख्यमन्त्री राईले आज बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न पुगेका ३७ घरपरिवारका लागि निर्माण भएको आवास..

    भारतको सहयोगमा २३ हजार घर बनाउन पुनःनिर्माण परियोजना शुरु

    सोमबार, बैशाख ३, २०७५ साल
    नुवाकोट, ३ वैशाख भारत सरकारको सहयोगमा तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । वि.सं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको  आवास पुनःनिर्माण प्राविधिक तथा सामाजिक सहयोग पुर्याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिए ।   “तोकिएको स्थानीय निकायभित्र रहेका कूल २३ हजार ८८..

    भारत सरकारको सहयोगमा तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

    सोमबार, बैशाख ३, २०७५ साल
    नुवाकोट, ३ वैशाख भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ ।  विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पुर्याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिए ।  “तोकिएको स्थानीय निकायभित्र रहेका कूल २३ हजार ८८..

    ‘काठमाडौँबासीलाई पानी उपहार दियौं, तर खोला आसपासका हाम्रा खेतीहरु बाँजो हुनेभए’

    शनिबार, बैशाख १, २०७५ साल
    मेलम्ची, १ वैशाख  ‘काठमाण्डुका जनतालाई पानी खुवाउनु हाम्रो सौभाग्य हो र यो गौरबको विषय पनि हो’ करेसाको मेलम्ची खोलामा बगेको कलकल पानीतर्फ नजर तेस्याउँदै गहकिलो भावमा स्थानीय चन्द्रबहादुर थापाले भने । मेलम्चीको पानी पिउने उत्कृष्ट अभिलासामा रहेका काठमाण्डु उपत्यकावासी जति लालाहित छन्, उत्तिकै गर्व गर्छन् पानी पठाउन पाएकोमा मेलम्चीवासी । पुर्खादेखिको सांस्कृतिक रहनसहन र जीवनयापनसँग जोडिएको प्रकृतिको अनुपम उपहार मेलम्ची खोलाको कञ्चन पानी..

    मेलम्ची आयोजना : सुरुङको ‘ब्रेक थ्रु’, भदौसम्ममा पानी खसालिने !

    बिहिवार, चैत्र २९, २०७४ साल
    मेलम्ची, २९ चैत बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । बिहिबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका हुन् । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थ्रु भएको हो । ब्रेक थु्र भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति थिए । उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि..

    महेन्द्रनगरमा सिटी हल निर्माण अन्तिम चरणमा, ९५ प्रतिशत काम पूरा

    बिहिवार, चैत्र २९, २०७४ साल
    कञ्चनपुर, २९ चैत : महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।  एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।  श्यामसुन्दर गौरी पार्वती जेभीले..

    भूकम्प गएको वर्षौ पछी नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु

    बुधबार, चैत्र २८, २०७४ साल
    गोरखा, २८ चैत :  सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु भएको छ ।  विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी)ले सामाजिक तथा प्राविधिक सहजीकरण गर्नेछ ।  परियोजना सम्झौता भएको लामो समयसम्म सुरु नभएको भन्दै गोरखाका बासिन्दाले भारत..

    अन्तत: मेलम्चीको सुरुङ खन्ने काम सम्पन्न, दशैँअगावै काठमाडौँवासीको धारामा पानी

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य मंगलबार सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का..

    २०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनःनिर्माणको जनस्तरबाट माग

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको जनाएको छ ।  भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक,मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै शुरु भएको छैन  । अभियानले काष्ठमण्डप पुनःनिर्माणका लागि २०७२ साल  जेठमा नै सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै विश्व सम्पदा संरक्षण मापदण्डअनुरुप समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने सो अभियानका अध्यक्ष बैकुण्ठ मानन्धरले आइतबार..

    चितवनको रत्ननगरमा सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

    सोमबार, चैत्र २६, २०७४ साल
    रत्ननगर, चितवन, २६ चैत : चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ ।  रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए ।  सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र..

    रुपन्देहीका इँट्टा उद्योगमा पोल्न तयार पारेको काँचो इँट्टा वर्षाले गर्दा नष्ट

    सोमबार, चैत्र २६, २०७४ साल
    लुम्बिनी, २६ चैत :  चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ ।  लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएका हुन् । झरीका कारणले..

    अन्नपूर्ण गाउँपालिका घराम्दीका बासिन्दाद्वारा चन्दा जुटाएर एक करोडमा सडक निर्माण !

    आईतवार, चैत्र २५, २०७४ साल
    काठमाण्डु, १५ चैत अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले रु एक करोड भन्दा बढी चन्दा जुटाएर सडक निर्माण गरेका छन् । घराम्दीका बासिन्दाले चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल जोड्ने सडक निर्माण गरेका हुन् । स्थानीयवासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट चन्दा जुटाएर दश किलोमिटर सडक निर्माण भएको महभिर घराम्दी पेरीभारानी सडक निर्माण समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले जानकारी..

    केन्द्रीय आयोजना कार्यान्वयन एकाइ चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् । मुलुक संघीय संरचनामा गएपछि सरकारका विभिन्न तहको संगठनहरुबीच समायोजन गरिँदै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत २८ गतेदेखि अधिकांश जिल्लास्तरीय कार्यालय नरहने भएकाले केन्द्रीय तथा जिल्लास्तरीय एकाइलाई प्राधिकरण मातहत राख्न लागिएको हो । प्रधानमन्त्री केपी..

    सेनाले चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो, सवारी आवागमन सहज

    बिहिवार, चैत्र २२, २०७४ साल
    लिबाङ, रोल्पा, २२ चैत : वर्षांैदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ ।  लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानमा सहजरुपमा सवारी..

    गाउँपालिकाको निर्देशनमा अव्यवस्थित घरटहरा भत्काइदै

    बुधबार, चैत्र २१, २०७४ साल
    तेह्रथुम, २१ चैत : गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् ।  बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको थियो । गाउँपालिकाको निर्देशनपछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाएका छन् । यस्तै ध्रुव खुलाल, देशबहादुर कार्की, सुमन खुलाल, उमेश पोखरेल,..

    भूकम्पपीडितलाई दोस्रो किस्ता असारसम्म, अशक्त र अपाङ्गतायुक्तलाई प्राथमिकता दिइने

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यही चैत मसान्तसम्म दिइने निर्णय भए पनि भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म आवास निर्माणका लागि..

    गाईघाट—दिक्तेल सडकमा २३ वर्षपछि कालोपत्रे शुरु, स्थानीय हर्षित

    मंगलवार, चैत्र २०, २०७४ साल
    गाईघाट, उदयपुर, २० चैत : उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ ।  तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट—दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र..

    उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान, चुनढुङ्गा उत्खननका लागि धेरै मात्रामा आवेदन

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ चैत खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ..

    क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई चितवनमा जग्गा !

    सोमबार, चैत्र १९, २०७४ साल
    रत्ननगर, चितवन, १९ चैत : भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।  फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् ।  “भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, रेणु दाहालले आज यहाँ पत्रकारसँग भनिन्, क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग..

    धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा भक्तपुरमा बन्नेभो अन्तर्राष्ट्रिय क्रिकेट मैदान !

    आईतवार, चैत्र १८, २०७४ साल
    भक्तपुर, १८ चैत : प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित शनिबार भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गरेका छन् ।  मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरेका हुन् ।  धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा ३ नं. प्रदेश सरकारले..

    समयमा काम पूरा नगर्ने सात ठेकेदारमाथि कारवाही, निर्माण कम्पनीमाथि निगरानी बढाईने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    लहान, १६ चैत सम्झौता गरेर पनि समयमा सडक निर्माणको काम पूरा नगर्ने विभिन्न निर्माण कम्पनीमाथि डिभिजन सडक कार्यालय लहानले कारवाही शुरु गरेको छ । सिरहा, सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन १२ वटा सडकको निर्माणका लागि सम्झौता गरे पनि समयमा सो कार्य सम्पन्न नगर्ने सात वटा निर्माण कम्पनीमाथि कारवाही प्रक्रिया शुरु गरेको डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देवले जानकारी दिए। यस्तै सप्तरीको रुपनी..

    अर्बौ रुपैयाँ बराबरको ७ सय ६८ रोपनी सार्वजनिक जग्गा फिर्ता आयो

    बिहिवार, चैत्र १५, २०७४ साल
    पोखरा, १५ चैत : पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।  व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।  पोखरा लेखनाथ महानगरपालिका,..

    अबदेखि स्थानीय तहले नै कानून बनाएर घरबहाल कर लिने, दोहोर कर तिर्नुपर्ने झन्झट टर्यो

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : काठमाडौँ महानगरपालिकाको घर बहाल करसम्बन्धी विवाद अन्त्य भएसँगै दोहोर कर तिर्नुपर्ने झन्झटबाट नागरिक मुक्त भएका छन् ।  केन्द्र सरकारले घरबहाल कर असुलीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेसँगै महानगरको बहाल करसम्बन्धी विवाद अन्त्य भएको कामपाका निर्देशक नवराज ढकालले जानकारी दिए ।  ढकालले भने –“विवादमा रहेको विषय अन्त्य हुनु राम्रो पक्ष हो तर यो संविधानले व्यवस्था गरेकाले कुनै नौलो भने होइन,..

    नारायणगढ–मुग्लिन सडक खण्ड आगामी जेठभित्रै सम्पन्न हुन्छ : मन्त्री महासेठ

    सोमबार, चैत्र १२, २०७४ साल
    चितवन, ११ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताएका छन् ।  सो सडकको आइतबार अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताए ।  उनले भने, “हिजो के भयो त्यतातिर जान चाहदिन, ढुक्क हुनुहोस् अब समयमै सम्पन्न हुन्छ ।” समयमा सम्पन्न नभए कारबाही..
    Results 919: You are at page 28 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast