बिहिवार, फागुन ८, २०७६

    अावास-निर्माण

    खोलाखोल्सीमा बनेका पुल निर्माण अलपत्र बन्दै, सेवाग्राही मर्कामा

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    इटहरी, ८ जेठ सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ ।  सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीअन्तर्गत ठेक्का लगाइएका अधिकांश पक्की पुलमध्ये अधिकांश अधूरो नै छाडिएको जनताको गुनासो छ । पुल निर्माण आयोजनाका अनुसार यी दुई जिल्लामा पर्ने स्थानीय..

    नीति तथा कार्यक्रम: आगामी एक वर्षभित्रमा गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने

    सोमबार, जेष्ठ ७, २०७५ साल
    काठमाडौँ, ७ जेठ : सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख छ ।  हाल सो विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख..

    अबको दुई वर्षमा सबै विद्यालय निर्माण गरिसक्ने: शिक्षामन्त्री पोखरेल

    सोमबार, जेष्ठ ७, २०७५ साल
    काठमाडौँ, ७ जेठ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताए ।  सोमबार यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने बताएका हुन् ।  मन्त्री पोखरेलले भने, “दरबार हाइस्कूल पुरानो हो, अन्य विद्यालयभन्दा फरक र आकर्षण हुनुपर्छ सोही अनुरुप निर्माण..

    दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न बोरिङ मेशिन प्रयोग गरिने

    सोमबार, जेष्ठ ७, २०७५ साल
    काठमाडौँ, ७ जेठ भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ ।  भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम ल्याउन लागिएको हो ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १३.५ किलोमिटर सुरुङ खन्न टिबिएम प्रयोग गर्न लागिएको..

    स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प

    आईतवार, जेष्ठ ६, २०७५ साल
    ताप्लेजुङ, ६ जेठ स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ । यसअघि बस्तीबाट बाटो घुमाउँदा उठिबास हुने भन्दै..

    नागढुंगा–धुलिखेल मेट्रो रेल निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब २ खर्ब

    मंगलवार, जेष्ठ ८, २०७५ साल
     काठमाडौँ, ५ जेठ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।  प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।  लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । आगामी चार साताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि..

    नुवाकोटमा क्रसर उद्योग बन्द हुँदा पुनःनिर्माणमा कठिनाइ !

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    नुवाकोट, ४ जेठ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रहरीले बिहीबारदेखि बन्द गराएको छ । जिल्लाभित्र क्रसर उद्योग अवैधरुपमा सञ्चालनमा रहेका र यसबाट वातावरणीय क्षति पुगेको भन्दै बेलकोटगढी–८ का राजेन्द्र चित्रकारले माग गरेको उत्प्रेषण परमादेशअनुसार सर्वोच्चले बन्द गराउन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले जिल्लाको त्रिशूली, तादीलगायत नदीबाट उत्खनन..

    स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन, निर्माणको काम अघि नबढ्दा स्थानीयवासी निराश

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    पाँचथर, ३ जेठ फिदिम नगरपालिका–८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २०० मिटर लम्बाइ र २८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाईमैदान समितिका सदस्य सूर्य अधिकारीले जानकारी दिए । यसअघि सो स्थानमा..

    भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माण छिटो हुन्छ : मन्त्री रवीन्द्र अधिकारी

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन् । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले बुधबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त गरे । ऐतिहासिक सम्पदास्थल काष्ठमण्डपको पुनःनिर्माण शुरु भइसकेको जानकारी दिँदै..

    चीनको चमत्कार, २० विलियनको लागतमा बनायो ५५ किलोमिटर लामो समुद्री पुल

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौं, ३० वैशाख चीनले ५५ किलोमिटर लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले हङकङ–झाहाई–मकाउ जोड्ने समुद्री पुल बनाएको हो । हङकङ–झुहाई–मकाउ पुल परियोजनाका सहायक निर्देक गुओ जिङलिनले निकै कठिन परिस्थितीको समाना गरेर पुल निर्माण गरेको बताए । यो विश्वको सबैभन्दा लामो समुद्र पार गर्ने पुल हो । यो समरमा सर्वसाधरणका लागि खुला गरिने यो पुलले तीन देश चीन, हङकङ..

    म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस !

    शुक्रबार, बैशाख २८, २०७५ साल
    म्याग्दी, २८ वैशाख पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो । अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी, तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी, मौवाफाँट–पात्लेखेतमा निर्माण हुने लामो पुलको..

    ओमशान्ति तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका लागि रु ३३ लाख संकलन

    शुक्रबार, बैशाख २८, २०७५ साल
    रामपुर, पाल्पा, २८ वैशाख पाल्पाको रामपुर नगरपालिकामा ओमशान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्रको भवन निर्माणका लागि रु ३३ लाख रकम संकलन भएको छ ।  यहाँका स्थानीयवासीले भवन निर्माणका लागि रु चार लाख बराबरको जिन्सी सहयोग गरेको रामपुर शाखाका प्रमुख ब्रह्मकुमारी सरस्वतीले बताइन ।  रामपुरवासीको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय रामपुर शाखाको आयोजनामा रु एक करोडको लागत अनुमानमा भवन निर्माण कार्य भइरहेको छ । एक हल,..

    धरहरा परिसरमा नयाँ संरचना बनाउन रोक, निर्माणाधीन संरचना समेत रोक्का

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ वैशाख : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराको पुनःनिर्माणमा सुन्दरतालाई असर पार्नसक्ने भन्दै यस्तो निर्णय गरेको हो । अर्काे सूचना जारी नभएसम्मका लागि धरहरा परिसरमा निर्माण..

    चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा नेपाल–चीन ट्रान्सबोर्डर रेलमार्ग

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २४ वैशाख : नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ ।  दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ ।  चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्त्रालयका प्रवक्ता..

    पाल्पाका विभिन्न स्थानबाट अन्य जिल्ला जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

    आईतवार, बैशाख २३, २०७५ साल
    रामपुर, पाल्पा, २३ वैशाख पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् ।  सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हुगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि..

    केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारीहरू आउँदै

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २२ वैशाख : केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् ।  रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् ।  रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका..

    नगरपालिकाले गर्यो अतिक्रमित घर टहरा भत्काउन सुरु, स्थानीय भने बिरोधमा

    शुक्रबार, बैशाख २१, २०७५ साल
    कपिलवस्तु २१ बैशाख :  कपिलवस्तुको पुरानो तथा सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिकाले सडक अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । घर टहरा भत्काउन शुरु गरेको पहिलो चरणमा कपिलवस्तु नगरपालिका वडा नं १ स्थित जमुवार क्षेत्रबाट घर, टहरा, पसलहरू भत्काईएका छन् । सदरमुकामलाई व्यवस्थित गर्दै सडक दुर्घटना न्युनीकरण गर्ने उदेश्यअनुरूप घर, टहरा, पसलहरू भत्काइएको नगर प्रमुख किरण सिंहले जानकारी दिए..

    काभ्रेमा बन्ने भयो विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने !

    बुधबार, बैशाख १९, २०७५ साल
    धुलिखेल, काभ्रे, १८ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ ।  आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समयसम्म पनि विमानस्थलले गति..

    चितवन र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बन्ने

    आईतवार, बैशाख १६, २०७५ साल
    चितवन, १६ वैशाख पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ ।  विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो ।  सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम दिन शुरु गरिसकेका छन् । महाशाखाले देशका विभिन्न १०..

    महत्वपूर्ण सिँचाइ आयोजनाको मूल नहर नै बनेन, समयमा निर्माण नहुँदा लागत बढ्ने पक्का !

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भइरहेको ढिलाइप्रति महालेखा नियन्त्रक कार्यालयले आपत्ति जनाएको छ । आयोजना सम्पन्न हुने समय नजिक आइपुग्दासमेत मूल नहर नै निर्माण नहुँदा लागत र समय बढ्ने भन्दै महालेखाले किन त्यस्तो भएको हो, जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । उक्त आयोजना आर्थिक वर्ष २०५९/६० मा शुरु भएको हो । निर्माण..

    नारायणगढ–मुग्लिन सडक खण्डको लागत बढ्यो, रु ३ अर्ब बढी लाग्ने

    शनिबार, बैशाख १५, २०७५ साल
    चितवन, १४ वैशाख :  नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सो सडकको लागत मूल्य बढेसँगै रु तीन अर्ब..

    भवन निर्माणका लागि नयाँ ऐन कानून नभई नहुने : मुख्यमन्त्री पौडेल

    शुक्रबार, बैशाख १४, २०७५ साल
    हेटौँडा, १४ वैशाख : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्मेवार हुनेछ भने ।  मुख्यमन्त्री पौडेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काठमाडौँद्वारा शुक्रबार यहाँ आयोजित प्रदेश नं ३ स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल भवन..

    आवास निर्माण नगरे पहिलो किस्ताबाफत पाइएको रु ५० हजार फिर्ता गर्नुपर्ने

    बिहिवार, बैशाख १३, २०७५ साल
    दोलखा, १३ वैशाख  : भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको रु ५० हजार फिर्ता गर्न थालेका हुन्..

    भूकम्पको ३ वर्ष पुरा, दोलखामा पुनःनिर्माणको काम तीव्र, हजारौँ निजी आवास निर्माण

    बुधबार, बैशाख १२, २०७५ साल
    दोलखा, १२ वैशाख : भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ ।  २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएका थिए जसको निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दा हालसम्म सो संख्यमा घर निर्माण भइसकेका हुन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण..

    भूकम्पपछिको पुनःनिर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च मात्र १.२ खर्ब

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौँ, ११ वैशाख भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ । पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । ‘भूकम्पपछिको विपद् व्यवस्थापन प्रतिवेदन’मा भूकम्पबाट भएका क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा रु..

    भूकम्पले छिन्नभिन्न पारेको सिन्धुपाल्चोक जिल्लाको आवास पुनःनिर्माणमा तीव्र गति

    मंगलवार, बैशाख ११, २०७५ साल
    मेलम्ची, ११ वैशाख गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ ।  जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिपीसी गरिसकेका छन् भने १४ हजार ७७३ ले निर्माण सकिसकेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त..

    द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने,हालसम्मको काम सन्तोषजनक

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई-मधेश द्रुतमार्ग’ को निर्माण कार्य प्रभावकारी बनाई समयमै सक्न नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउने भएको छ ।  रक्षामन्त्री ईश्वर पोखरेलले राज्यको प्राथमिकता र समृद्धिसँग जोडिएको सोे आयोजनामा नेपाली सेनालाई सघाउन उक्त संयन्त्र शुरुमै बन्नुपर्नेमा त्यस्तो हुन नसकेकाले मन्त्रिपरिषद्मा सोबारे आवश्यक निर्णय गर्न प्रस्ताव लगिने जानकारी दिए ।  चौमासिक रुपमा हुने मन्त्रालयस्तरीय विकास समस्या..

    महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख विसं २०७२ को भूकम्पबाट क्षति पुर्याइएको नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ भएको छ ।  नेपालको कला तथा संस्कृतिको उजागर गर्ने एउटा महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानभित्रका मुख्य प्रेक्षालय तथा अन्य कक्ष चर्किएका कारण त्यसको मर्मतसम्भार गर्न थालिएको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले राससलाई जानकारी दिए ।  उनले भने, “नेपाल एकेडेमीको आत्मसौन्दर्य जोगाउँदै आधुनिक प्रविधि सम्पन्न हुने गरी प्रज्ञा भवनको जीर्णोद्धार गरिने छ ।”..

    एकदशकदेखि अलपत्र कालीगण्डकी करिडोरको निर्माण कार्य तीव्र

    शनिबार, बैशाख ८, २०७५ साल
    फलेवास, पर्वत, ८ वैशाख : झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ ।  राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।  करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ..

    आगामी वर्षको असारसम्ममा निजी आवास निर्माणका सबै काम सम्पन्न हुने

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताए छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले शुक्रबार ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको तस्वीर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधाभन्दा बढी काम सकिएको गर्दै भने, “भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनःनिर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ, हामीले..
    Results 914: You are at page 27 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast