सोमबार, भाद्र २, २०७६

    अावास-निर्माण

    भूकम्पद्वारा क्षति ग्रस्त ९०४ खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माण

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौँ, १७ पुस ।  भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो । हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।  यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका..

    कागेश्वरी मनहरा नगरपालिकाको ‘एक वडा एक पार्क’ नीति

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, पुस १४ गते ।  काठमाडौं उपत्यकामा पर्ने कागेश्वरी मनहरा नगरपालिकाले ‘एक वडा एक पार्क’ नीति अघि सारेको छ । हालै बसेको नगरसभाले नगरपालिकालाई आधुनिक र व्यवस्थित सहरकारुपमा विकास गर्नका लागि प्रत्येक वडामा एक–एक वटा पार्क निर्माण गर्ने निर्णय गरेको बताइएको छ । कुल ९ वटा वडा रहेको यस नगरपालिकामा चालु आर्थिक वर्षमा २ वडामा र त्यसपछि आगामी वर्षमा ७ वटा वडामा..

    झापामा तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत निर्माण पुरा

    शुक्रबार, पौष १४, २०७४ साल
    भद्रपुर, १४ पुस ।  दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।  मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल..

    ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ४६ हजार भवन निर्माण हुँदै

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौँ, १३ पुस । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत समुदायका लागि शहरी विकास मन्त्रालयको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ४६ हजार आवास निर्माण भइरहेका छन् ।  सो कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६६÷६७ देखि सिराहा, सप्तरी र कपिलवस्तु जिल्लामा एक÷एक हजार गरी तीन हजार आवास निर्माण गरिएको थियो भने अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक ७२ जिल्लामा ४६ हजार भवनको निर्माण कार्य भइरहेको छ..

    काभ्रेमा कामदार नपाएपछि पुनःनिर्माणका लागि आफैँ जुटे गाउँले

    बिहिवार, पौष १३, २०७४ साल
    धुलिखेल, १३ पुस ।  भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफँै घर बनाउन जुटेका छन् ।  सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा नं ५ सिमलडाँडाका भूकम्प लाभग्राही सबैजना मिलेर आलोपालो गरी घर निर्माण गर्न जुटेका हुन् ।  त्यहाँका सात घरपरिवारले..

    जाइकाद्वारा पालुङटारमा नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस । जापानी सहयोग नियोग जाइकाले गोरखाको पालुङटारमा प्रहरी कार्याल'निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरेको छ । २०७२ वैशाखको भुकम्पमा कार्यलयको पूरानो भवन क्षतिग्रस्त भएको थियो । नवनिर्मित ३ भवनहरु अपांगमैत्री र भुकम्प प्रतिरोधात्मक रहेका छन् । भवनमा कैदीबन्दीको लागि कोठा सहित महिला पुरुषको लागि ब्यारेक, सभा हल भान्सा लगायतको व्यवस्था छ ।..

    तुल्सीपुरको पातुखोलामा झोलुङ्गे पुल निर्माण, स्थानीयहरु निकै हर्षित

    मंगलवार, पौष ११, २०७४ साल
    दाङ, ११ पुस : तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् ।  पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् ।  जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ ।  “वर्षौंको..

    मोरङ धनपालथानका ५१ बाढी पीडित परिवारले पाए नयाँ आवास

    मंगलवार, पौष ११, २०७४ साल
    मोरङ  १० पुस ।  मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ । अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ ।  धनपाल–६ स्थित बालुवाबाडी, दादर टोल, खयर टोलका घरबारविहीन भएका ५१ परिवारलाई समाजले घर बनाइदिएको सो संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनले बताए । सोरेनले भने, “रु ३० हजारको लगानीमा..

    काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण, दुई हजार निवेदन अध्ययन हुँदै

    बिहिवार, पौष ६, २०७४ साल
    बनेपा, ६ पुस ।  काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिए ।  पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको छ..

    नुवाकोटको एक गापालाई रु एक करोड ६१ लाखको जग्गा निःशुल्क

    बिहिवार, पौष ६, २०७४ साल
    नुवाकोट, ६ पुस । जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले रु एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।  शिवपुरी गाँउपालिका–६, समुन्द्रादेवीका समाजसेवी नरेश महत र दिनेश महतले वडा नंं ५, महाकालीको शेराबगरस्थित मध्यपहाडी लोकमार्गसँग जोडिएको स्थानमा दुई रोपनी तीन आना जग्गा गाँउपालिकालाई उपलब्ध गराएका छन् ।  उक्त स्थानको जग्गा..

    ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

    सोमबार, पौष ३, २०७४ साल
    जुम्ला, ३ पुस ।  विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ ।  कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले ‘ट्रेनिङ सेन्टर’..

    खोटाङस्थित दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा

    आईतवार, पौष २, २०७४ साल
    खोटाङ, २ पुस  ।  दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्र्याक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो ।  रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ । सडक मर्मत गरेपछि दोर्पा चिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सो बाटोको उद्घाटन गरे..

    ९ हजार जनालाई निःशुल्क डकर्मी तालिम दिने सरकारको तयारी

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २९ । सरकारले करिब ९ हजार जनालाई निःशुल्क डकर्मी तालिम दिने भएको छ । तालिममा काठमाडौंका लागि १ हजार जना, कास्कीका लागि ८ सय जना, भक्तपुरका लागि ५ सय जनाको कोटा छुट्याइएको छ । यस्तै धादिङ, बाग्लुङ, स्याङजा र तनहुँका ४-४ सय जनाको कोटा छुट्याइएको उद्योग मन्त्रालयले जनाएको   छ । यस्तै गुल्मी, गोरखा, धनकुटा, भोजपुर खोटाङ, अर्घाखाँची, दोलखा, सिन्धुली र..

    घरबाहल सम्बन्धी नयाँ कानुन बन्यो, आगामी भदौदेखि लागु हुने

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौं, मंसिर १८। घरबाहल सम्बन्धी नयाँ कानुन बनेको छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबाहल सम्बन्धी नयाँ व्यवस्था गरिएको हो । नयाँ कानुन अनुसार  घर मालिकले घर खालि गराउन लिखित सूचना दिनुपर्ने हुन्छ । लिखित सूचना दिएको ३५ दिनभित्र बाहालमा रहेकाले घर छाड्न सक्ने व्यवस्था कानुनले गरेको छ । यदि घरमालिक आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् ।..

    राष्ट्रिय गौरवका विमानस्थल निर्माणमा बिशेष प्राथमिकता : प्राधिकरण

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौँ, मंसिर १२ : नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ ।  चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, नीति र कार्यक्रमबारे जानकारी दिन सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक संजीव गौतमले निर्माणाधीन गौतमवुद्ध विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक बजेट निर्धारण गरिएको बताए । यी विमानस्थल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन्..

    धनगढीको हवाई मैदानमा मुक्त कमैयाले पक्की घर निर्माण गर्दै

    सोमबार, मंसिर ४, २०७४ साल
    धनगढी, ४ मंसिर ।  धनगढी स्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गा धनी प्रमाणपत्र नपाउँदै त्यहाँ पक्की घर निर्माण गर्न थालेका छन् ।  नगर विकास समितिले आफूहरुलाई पाँच ÷पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् । समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर निर्माण गरिएको पूर्व कमैया होरीलाल चौधरीले बताए..

    ‘चुनाव लगत्तै बहुप्रतिक्षित बाहिरी चक्रपथको शिलान्यास’

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौं, २९ कात्तिक ।  काठमाडौं उपत्यकाबासीले निकै लामो समयदेखि प्रतिक्षा गरेको बाहिरी चक्रपथ सडकको शिलान्यास मंसिरको चुनाव सकिए लगत्तै गरिने भएको छ । सडक निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शहरी विकासमन्त्री दिलनाथ गिरीले बताएका हुन् ।  बुधबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री गिरीले बाहिरी चक्रपथ निर्माण हुनेमा शंका नगर्न आग्रह गरेका थिए । सो क्रममा उनले भने, ‘ढुक्क हुनुस्..

    भोजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीम शुरु

    बुधबार, कार्तिक १५, २०७४ साल
    भोजपुर, १५ कात्तिक (रासस) :  प्राविधिक ज्ञानको कमीले भूकम्पपीडितले घर निर्माण गर्न नसकिरहेको बेला भोजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सातदिने डकर्मी तालीम शुरु भएको छ ।  शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि भोजपुरका विभिन्न स्थानमा तालीम सञ्चालन भइरहेको हो ।  भोजपुर जिल्लाको भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी ९० जना कालीगढलाई तालीम दिने..

    कैलाली र कञ्चनपुरमा एकै पटक ६० भन्दा बढी पुल निर्माण हुँदै

    मंगलवार, कार्तिक ७, २०७४ साल
    भीमदत्तनगर। पछिल्लो समय कञ्चनपुरमा भौतिक पूर्वाधार क्षेत्रमा सडक, पुल लगायतका निर्माण कार्यले विगतका वर्षभन्दा तेब्बरले गति लिएको छ।   गत आर्थिक वर्षमा कञ्चनपुरमा सबैभन्दा बढी पक्की सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया भई काम शुरु भएका छन्। डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै कञ्चनपुरमा ४२ वटा पुल निर्माणको ठेक्का भएको छ। “अघिल्ला वर्षमा यहाँ बढीमा छवटा पुल वर्षमा बनेको..

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा 'युवराज भुसाल' नियुक्त

    सोमबार, कार्तिक ६, २०७४ साल
    काठमाडौं, ६ कात्तिक ।  सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा  युवराज भुसाललाई नियुक्त गरेको छ ।  विक्रम संवत् २०३७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका भुसालको जन्म गुल्मी जिल्लाको बाँझकटेरीमा भएको थियो । मानविकी सेवामा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका भुसाल अर्थ प्रशासनमा बढी जानकार कर्मचारीकारुपमा समेत चिनिन्छन् ।  गृह मन्त्रालयअन्तर्गत विशेष प्रहरी विभागबाट आफ्नो सेवा सुरु गरेका भुसाल त्यसपछि २०४३ मा..

    नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु, डेढअर्ब रुपैयाँ लागत

    आईतवार, असोज २९, २०७४ साल
    काठमाडौँ।  नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ । झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो । डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ । जिलिङ्गको..

    'स्थानीय तहको निर्वाचनपछि उपत्यकामा घरजग्गाको कारोबार घट्यो'

    मंगलवार, असोज १०, २०७४ साल
    काठमाडौं । उपत्यकाका विभिन्न मालपोत कार्यालयको तथ्यांकअनुसार गत भदौ महिनामा उपत्यकाका घरजग्गा कारोबारमा गिरावट आएको छ । उता घरजग्गा व्यवसायीहरु पनि उपत्यकामा घर–जग्गाको कारोबार घट्दै गएको बताउन थालेका छन् । विभिन्न प्राकृतिक प्रकोप एवम् स्थानीय तहको निर्वाचनपछि उपत्यकाको जग्गाको कारोबारमा कमी आएको उनीहरु बताउँछन् ।  तथ्यांक अनुसार भदौ महिनामा ललितपुर मालपोत कार्यालयले १६ करोड ४ लाख रुपैयाँ, डिल्लीबजार मालपोत कार्यालयले ८ करोड..

    नेपालका ६ शहरलाई ‘स्मार्ट सिटी’ बनाउन कोरियाको सहयोग

    बिहिवार, असोज ५, २०७४ साल
    काठमाडौं, असोज । नेपालका विभिन्न उत्कृष्ट स्थानीय तहलाई दक्षिण कोरियाले ‘स्मार्ट सिटी’ बनाउनमा सहयोग गर्ने भएको छ । कोरियाले काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि सहयोग गर्ने भएको हो । ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीकोरुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको हो । जसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय..

    हाउजिङ–अपार्टमेन्टले ल्याए दशैंतिहार अफर, लाखौं छुटको बहार

    शुक्रबार, भाद्र ३०, २०७४ साल
    काठमाडौं । नेपालीहरुको महान चाड दशैँ–तिहार नजिकिएसँगै विभिन्न हाउजिङ कम्पनीहरु आकर्षक छुटको योजना लिएर प्रस्तुत भएका छन् ।  पर्वकै अवसर पारेर ललितुरको सातदोबाटो, खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टले दशैं तिहारमा नयाँ अपार्टमेन्ट किन्नेहरुका लागि नगद ५ लाख रुपैयाँसम्म छुट दिने योजना अघि सारेको मार्केटिङ प्रमुख शुष्मा राईले बताइन् ।  आफूहरुले बजारमा नयाँ योजना ल्याएसँगै ग्राहकहरु समेत त्यसप्रति आकर्षित हुँदै गएको राईको भनाई छ । कम्पनीले..

    मोरङ र सुनसरीमा ७५७ वटा जनता आवास निर्माण

    बुधबार, भाद्र २८, २०७४ साल
    मोरङ । जनता आवास कार्यक्रमअन्तर्गत मोरङ र सुनसरीमा ७५७ वटा आवास निर्माण सम्पन्न भएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले मोरङ र सुनसरीमा एक हजार ४९० आवास निर्माण गरिरहेका मध्येबाट ७५७ वटा अावास निर्माणको काम सकिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले मोरङ र सुनसरीमा एक हजार ४९० आवास निर्माण..

    चीनको घरजग्गा विक्री बृद्धि मध्यम

    बुधबार, भाद्र २१, २०७४ साल
    पेइचिङ (चीन) । आगामी १२ महिनामा चीनको घरजग्गा व्यवसाय मध्यम दरले बढ्ने अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मूडिजद्वारा सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । अर्थतन्त्र उकास्न सरकारले चालेका कदमले सकारात्मक प्रभाव देखाउन थालेकाले घरजग्गा व्यवसाय मध्यम स्तरले बढ्ने अनुमान गरिएको हो । ‘सन् २०१४ मा ७ दशमलव ८ प्रतिशतले घटेको घरजग्गा विक्री आगामी १२ महीनामा भने ५ प्रतिशतले बढ्ने अनुमान छ,’ मूडिजका..

    अब घरजग्गा किनबेच गर्न ‘गुड फर पेमेन्ट चेक’ आवश्यक

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौं । गत श्रावण १ गतेदेखि नगद कारोबारको सीमा १० लाख रुपैयाँमा झारिएपछि मालपोत कार्यालयहरुले जग्गा नामसारीमा कडाइ गर्न थालेका छन् । नगद कारोबारमा निश्चित सीमा तोकिएपछि अब मालपोत कार्यालयहरुले गुड फर पेमेन्ट चेकको रसिदका आधारमा मात्रै जग्गा नामसारी थालेका हुन् । नयाँ ब्यवस्था लागू भएसँगै सम्पति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था भएकाले राष्ट्र बैंकले कारोबारमा कडाइ गर्न मालपोत कार्यालयहरुलाई पनि सर्कुलर गरेको हो..
    Results 747: You are at page 25 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25
    Weather Forecast