बिहिवार, भाद्र ५, २०७६

    अावास-निर्माण

    कोलकातामा रु १७ करोडको ‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’ भवन बनाउन आह्वान

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौँ, ९ फागुन ।  भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ ।  मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहेका छन्  ।  त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन विभाग प्रमुखमा नारायणप्रसाद होमागार्इं, आर्थिक व्यवस्थापन तथा भवन निर्माण विभागमा केशव अधिकारी, क्षेत्रीय सम्पर्क..

    नवलपरासीमा विपन्न समुदायका १५ घरधुरीकालागि घर निर्माण

    आईतवार, फागुन ६, २०७४ साल
    नवलपरासी, ६ फागुन ।  नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ ।  कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि घर निर्माण गरिएको हो ।  नगरपालिकाका तर्फबाट गरिब विपन्न आवास कार्यक्रमअन्तर्गत १० र डब्लुडब्लुएफको भूपरिधि..

    जाजरकोटमा तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

    शुक्रबार, फागुन ४, २०७४ साल
    जाजरकोट, ४ फागुन।  रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।  स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट..

    जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन सम्पन्न

    बिहिवार, फागुन ३, २०७४ साल
    मंगलबारे, इलाम, ३ फागुन  ।  जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गरेका हुन्  ।  विसं २०७२-७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको..

    नगरपालिकाद्वारा प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

    बिहिवार, फागुन ३, २०७४ साल
    भक्तपुर, ३ फागुन ।  मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ ।  स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालीम भवन निर्माण गर्दा नगरपालिकासंग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारीसमेत नगराई भवन निर्माण गरेको भन्दै नगरपालिकाले बुधबार अपराह्न सिलबन्दी गरेको हो ।  प्राधिकरणले करिब रु सात करोडको लागतमा निर्माण..

    धमाधम भत्काइदै ऐतिहासिक गोरखा दरबार, जान्नुहोस् के रहेछ कारण !

    बुधबार, फागुन २, २०७४ साल
    गोरखा, २ फागुन।  भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ ।  करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो ।  विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो ।..

    विश्वसम्पदा 'जैसीदेवल' को पुनःनिर्माण अपारदर्शी भएको स्थानीयको गुनासो

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ  ।  विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण अपारदर्शी रुपमा शुरु गरिएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखिएको काठमाडौँ  महानगरपालिका–२१ का पूर्ववडाअध्यक्ष जुजुकाजी तण्डुकारले बताए  ।  “नेपाल संवत्..

    राष्ट्रपतिबाट रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण (फोटोफिचर)

    मंगलवार, माघ २३, २०७४ साल
    रौतहट, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताएकी छिन् ।  रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना..

    मोरङको चिसाङ खोलामा रु ४ करोड ५० लाखको लागतमा तटबन्धन निर्माण

    मंगलवार, माघ २३, २०७४ साल
    उर्लाबारी, मोरङ, २३ माघ  ।  बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ ।  वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु..

    धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने

    सोमबार, माघ २२, २०७४ साल
    रौतहट, २२ माघ रासस । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ ।  कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।  गत असोज ४ गते शिलान्यास गरिएको सो..

    कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग निर्माण गरिने

    आईतवार, माघ २१, २०७४ साल
    भक्तपुर, २० माघ : दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।  प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक,..

    गोरखामा २ सय ८१ विद्यालय पुनःनिर्माण, १ सय ६१ विद्यालय निर्माण हुन बाँकी

    बिहिवार, माघ १८, २०७४ साल
    गोरखा, १८ माघ (रासस) ।  भूकम्पले भत्केका गोरखाका ४ सय ४२ वटा विद्यालय भवनमध्ये २८१ वटा पुनःनिर्माण भएका छन् । भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ ।  एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । गोरखा नपामा ४० वटा र गण्डकी गाउँपालिकामा ३७ वटा भवन निर्माण भएका छन् ।  भीमसेन थापा गाउँपालिकामा..

    मर्मतको अभावमा कास्कीमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

    बुधबार, माघ १७, २०७४ साल
    पोखरा, १७ माघ ।  कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ ।  कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति गर्ने क्रममा मुहानदेखि मुलटंकी र त्यहाँबाट वितरित अन्य पाइपलाइन क्षति हुँदा खानेपानी आपूर्ति बन्द हुने अवस्थामा पुगेको हो ।  भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी तथा..

    सरकारी निकायको सहयोगबिनै म्याग्दीमा सामुदायिक भवन निर्माण

    मंगलवार, माघ १६, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १६ माघ  म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै लाखौँको लगानीमा सामुदायिक भवन निर्माण गरेका छन् ।  भेला, बैठक, छलफल, तालीम, विवाह, छेवार, किरियाजस्ता कार्यक्रम गर्न समस्या भएपछि सरकारी निकायको सहयोगबिनै थकाली सेवा समाज दरवाङ क्षेत्रले रु २७ लाखभन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् ।  थकाली समाजले भवन निर्माण गरेपनि अन्य समुदायको दुःख, सुख र सामाजिक काममा भवनको..

    इलामको विभिन्न स्थानमा एकै पटक दश वटा झोलुंगे पुल निर्माण हुँदै

    सोमबार, माघ १५, २०७४ साल
    मंगलबारे, इलाम, १५ माघ ।   इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।    जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ ।    सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका..

    ३ सय शैया भएको कर्णालीको अस्पतालको भवन निर्माण कार्य सम्पन्न

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तीन सय शैया भएको भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्यको जिम्मा लिएको रसुवा कन्सट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेपछि प्रतिष्ठानलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।  रसुवा कन्स्ट्रक्सन प्रालि परियोजनाका व्यवस्थापक डिल्ली ढकालल भन्नुभयो, ‘प्रष्ठिानलाई  माघ २० गते सम्ममा हामी हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ ।’ ढकालका अनसार यो भवन..

    म्याग्दीको बाबियाचौरमा आमा समूहद्वारा सामुदायिक भवन निर्माण शुरु

    आईतवार, माघ १४, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १४ माघ  ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् ।  रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिविधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोगविहीन बनेको भरिया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्की सामुदायिक भवन बनाएका हुन् । रु चार लाख ५१ हजार ५६० को लागतमा एककोठे भवन निर्माण भएपछि..

    पर्वतमा नहर मर्मत नहुँदा सिँचाइको अभावमा खेत बाँझै

    बिहिवार, माघ ११, २०७४ साल
    फलेवास, पर्वत, ११ माघ ।  जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ ।  गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।  कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको..

    घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी पाउन सकिन्छ है !

    बिहिवार, माघ ११, २०७४ साल
    काठमाडौँ, ११ माघ : काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ..

    जयनगरदेखि जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र

    बुधबार, माघ १०, २०७४ साल
    वीरगञ्ज, १० माघ : छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ ।  जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।  सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार गर्ने योजना बनाए..

    प्राधिकरण द्वारा लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौँ, ९ माघ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  भूकम्पबाट क्षतिग्रस्त भई विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न सोमबार बोलाइएको कार्यशाला गोष्ठीमा यस्तो निर्देशन दिइएको हो ।  प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुनःनिर्माण..

    खोटाङको वंशिलाघाटमा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र

    मंगलवार, माघ ९, २०७४ साल
    खोटाङ, ९ माघ  ।  छिमेकी जिल्ला उदयपुर जोड्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ ।  बराह पोखरी गाउँपालिका–५, पौवासेरा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी जोड्ने झोलुङ्गे पुल ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको हो । निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्ने गरी ठेक्का लिएको झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।  रु एक करोड..

    दाङको घोराहीमा एघार वटा वडा कार्यालय भवन निर्माण हुँदै

    सोमबार, माघ ८, २०७४ साल
    दाङ, ८ माघ  ।  घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरिद तथा निर्माण कार्यका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ ।  आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो । जसअन्तर्गत वडा नं १ मा कम्पाउण्ड पर्खाल सहितको भवन..

    महानगरलाई विज्ञको सुझाव :रानीपोखरी पुरानै शैलीमा नै निर्माण गरौं

    आईतवार, माघ ७, २०७४ साल
    काठमाडौँ, ७ माघ (रासस)। रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र..

    सुख्खा ग्रस्त पाँचथरमा तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

    शुक्रबार, माघ ५, २०७४ साल
    पाँचथर, माघ ५ । सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ ।  आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अघि  बढाइएको छ भने मुख्य पाइपलाइनको कामको हालसम्म ४५ प्रतिशत सकिएको छ । दोस्रो चरणको वितरण लाइनको २९ प्रतिशत काम सम्पन भएको निर्माण कम्पनीले जनाएको छ ।  आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले..

    बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीका पाँच ट्याङ्की निर्माण

    बिहिवार, माघ ४, २०७४ साल
    बाजुरा, ४ माघ । बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ ।  सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ ।  मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासीले समयमै खानेपानी नआउने..

    पुर्वान्चलमा बाढी पीडितको सहयोगार्थ ४९९ टहरा निर्माण

    सोमबार, माघ १, २०७४ साल
    पथरी, मोरङ, १ माघ ।  साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ ।  झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिए  ।  अधिकारीका अनुसार..

    देशभर २ हजार ९ वटा पुल निर्माणाधीन, ७७ अर्ब आवश्यक, ३ अर्ब मात्रै निकासा

    शनिबार, पौष २९, २०७४ साल
    काठमाडौँ, २९ पुस (रासस) : बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ ।  चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् ।  महाशाखाले रु ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम..

    रसुवामा भुकम्प प्रतिरोधी आवास निर्माणका लागि १९ सय जनशक्ति तयार

    शुक्रबार, पौष २८, २०७४ साल
    रसुवा, पौष २८ ।  रसुवामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि अहिलेसम्म एक हजार नौ सय सय भन्दा बढी जनशक्ति तयार भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्पपछि पुनर्निमाण कार्यमा दक्ष जनशक्ति उत्पादन गरि निजी आवास निमार्ण गर्न पुनर्निमाण कार्यालय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत तालिम संचालन गरिएको हो । सञ्चालन गरिएको कार्यक्रमबाट जिल्लाका १ हजार ९ सय ४२..

    दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा, म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात

    सोमबार, पौष २४, २०७४ साल
    तेह्रथुम, २४ पुस : तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् ।  सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् ।  यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म..
    Results 751: You are at page 24 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast