बुधबार, आषाढ २४, २०७७

    अावास-निर्माण

    सम्पदा पुन:निर्माण सम्बन्धी नीति एकातिर, काम अर्काेतिर, दिगो पुन:निर्माण कहिले ?

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौँ, १४ भदौ  ‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनःनिर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनःनिर्माणसम्बन्धी आधारभूत निर्देशिका–२०७२ को बुँदा नं १३ मा उल्लेख गरिएको यो वाक्यांश अनुसार काम भएको भए सम्पदाप्रति नयाँ पुस्ताको अपनत्व बढ्ने थियो । तर व्यवहारमा यसको अभ्यास भएन । यो व्यवस्था कागजमा देखाउनकै..

    बिम्स्टेक चौथो सम्मेलनको अवसरमा पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ   उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा रु तीन अर्ब ५० करोडको..

    रुपन्देहीको सिसै किसुली सडक खण्डको घमाहा खोलामा पक्की पुल निर्माण हुने !

    मंगलवार, भाद्र १२, २०७५ साल
    बुटवल, १२ भदौ रुपन्देहीको शुद्धोदन गाउँपालिका–१ स्थित सिसै किसुली सडक खण्डको घमाहा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।  विश्व बैङ्कको रु सात करोड १५ लाख ३८ हजार ४५१को सहयोगमा उक्त गाँउपालिका–ं १ र २ हुँदै सैनामैना नगरपालिका जोडने ५० मिटर लामो सो पुल निर्माण गर्न लागिएको हो । एक वर्षभित्र पुल निर्माण कार्यसक्ने गरी रायमाझी दया निर्माण सेवा प्रालिले गत..

    अब प्रदेश सरकारले नै कुलेखानी-काठमाडौँ सुरुङमार्ग बनाउने मुख्यमन्त्री पौडेलको भनाई

    सोमबार, भाद्र ११, २०७५ साल
    हेटौँडा,११ भदौ देश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् ।   उन सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गरे ।  मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन..

    खोलामा झोलुङ्गे पुल निर्माण नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दालाई सास्ती

    सोमबार, भाद्र ११, २०७५ साल
    दुल्लु, दैलेख, ११ भदौ खोलामा झोलुङ्गे पुल नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नु परेको छ ।  भगवतीमाई– ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन् । दुई वडालाई जोड्ने घुम्ने धारा खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको छ । पानीको परिमाण कम भएका बेला मात्र खोला तर्न सकिन्छ । “बर्खामा जोखिम मोलेर खोला तर्नुको..

    राजविराज नगरपालिकाद्वारा विभिन्न ६ स्थानमा सार्वजनिक शौचालय निर्माण

    आईतवार, भाद्र १०, २०७५ साल
    राजविराज, १० भदौ  सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।  सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४÷७५ को नगर सभाबाट रु पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए  ।  सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु..

    बर्दिया जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण, कर्णाली र बबई नदीको पानीबाट खेत सञ्चित

    बिहिवार, भाद्र ७, २०७५ साल
    बर्दिया, ७ भदौ  जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ ।  अहिले ६ हजार हेक्टरमा मात्र खेती गरिएको छ ।..

    महिला बन्दीगृह निर्माणमा पर्याप्त रकम निकासा नहुँदा १ दशकदेखि अलपत्र

    बिहिवार, भाद्र ७, २०७५ साल
    पर्वत, ७ भदौ  जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ ।  निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु १४ लाखमात्र निकासा भएको थियो । पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि..

    यी तीन जिल्लामा ५ एकीकृत बस्ती बन्ने, जिम्मेवारी जिल्ला आयोजना कार्यान्वयन एकाइलाई दिइने

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाका पाँच एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बुधबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत बस्तीमा पूर्वाधारका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्राधिकरण कार्यकारी समिति सदस्य ध्रुवप्रसाद..

    कलंकीको अण्डरपास सञ्चालन आजबाट बन्द, निर्माणको काम अझै बाकी

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौं, ६ भदौ  कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बुधबार बिहानदेखि बन्द भएको छ । निर्माण पुरा नभएका कारण अण्डरपास सञ्चालन बन्द गर्नुपरेको चक्रपथ सुधार आयोजना समितिले बताएको छ । कलंकी ट्रफिक प्रहरी निरीक्षक विमल थापाका अनु्सार केही दिन अघि सन्चाल गरीएको यो अण्डरपास परिक्षणकालागि सन्चालन गरिएको थियो । अब केही दिनमा निर्माण सम्पन्न गरेपछि मात्र निरन्तर सन्चालन गरिने थापाले बताएका..

    भूकम्प गएको ३ वर्ष बित्दासमेत कोत भवनको पुनःनिर्माण अन्योलमा

    बुधबार, भाद्र ६, २०७५ साल
    ललितपुर, ६ भदौ  पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन ।  भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थियो । भारतीय दूतावासले विभिन्न स्मारकसँगै कोतपाटी निर्माणको नेपाल सरकारसँग सम्झौता गरेको थियो । उनले भने, “दूतावासले अहिलेसम्म निर्माणको..

    धरहरा निर्माण : छैटौंपटक पनि आर्थिक प्रस्ताव स्थगित, पुनःनिर्माण कार्य अन्योलमा

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ ।  गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो ।  पाँच निर्माण..

    माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना ३ वर्षमा सम्पन्न हुने, यस्तो छ शेयर व्यवस्था

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।  सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण..

    रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न अभियानकर्मीको माग

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो । ‘रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि..

    काम कछुवा गतिमा ! भूकम्पपीडितको २७ प्रतिशत मात्र घर निर्माण, पूरा हुन अझै २ वर्ष लाग्ने

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् ।  ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले  आव २०७५-०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६-०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भने ।  उनले भूकम्पपीडितले मापदण्ड..

    जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै, स्थानीयवासी खुशी

    सोमबार, भाद्र ४, २०७५ साल
    इनरुवा, ४ भदौ  सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ ।  जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताए ।  गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि..

    असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने, सुरुङको काम सम्पन्न गर्न अझै समय लाग्ने

    आईतवार, भाद्र ३, २०७५ साल
    सुन्दरीजल, काठमाडौँ, ३ भदौ उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।  चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को..

    भोलिदेखि कलङ्की अन्डरपास सञ्चालनमा आउने, सडक जाम कम हुने अपेक्षा

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौं, ३१ साउन  पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो र चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास बिहिबारदेखि संचालनमा आउने भएको छ ।  सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए ।  उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक..

    चितवनको पुलचोक–गोन्द्राङ सडकखण्डलाई ६ लेन बनाइने, धमाधम रुख काटिँदै

    बुधबार, श्रावन ३०, २०७५ साल
    चितवन, ३० साउन  पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्य खण्डमा पर्ने चितवनको नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउने गरी सर्भे सुरु भएको छ । सडक विस्तारका लागि सर्भेको काम मंगलबारबाट सुरु भएको छ भने, डीपीआर बनाउने काम भइरहेको छ । यो हप्ताभित्र नै सडकको डीपीआर बनेर सडक विभागमा पेस गर्ने तयारी भएको डिभिजन प्रमुखले बताए । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी..

    पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा, समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित

    बुधबार, श्रावन ३०, २०७५ साल
    नवलपरासी, ३० साउन पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हुँदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् ।  दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका..

    के तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? अब कुनै झण्झट उठाउनुपर्दैन, ढुक्क हुनुहोस् ...

    मंगलवार, श्रावन २९, २०७५ साल
    बुटवल, २९ साउन तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट उठाउनुपर्दैन, ढुक्क हुनुहोस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ ।  बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैं बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई सुविधा पुग्ने भएको..

    रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुल उच्च जोखिममा !

    मंगलवार, श्रावन २९, २०७५ साल
    जाजरकोट, २९ साउन  नलगाड नगरपालिका–१२ ठूलाबगरमा मंगलबार बिहान पहिराले दुई घर पुरिएको छ ।  स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए ।  पहिराले रुकुमको गोतामकोट र..

    सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा !

    सोमबार, श्रावन २८, २०७५ साल
    विराटनगर, २८ साउन सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाण्डु उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा सोमबार सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने..

    भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासको अनुरोध

    सोमबार, श्रावन २८, २०७५ साल
    बैतडी, २८ साउन : भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको यसअघी नै जानकारी दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित जनाएको थियो । सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।  बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले..

    कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा, हप्ता दिनमा नै अण्डर पास सञ्चालनमा आउने जानकारी

    आईतवार, श्रावन २७, २०७५ साल
    ललितपुर, २७ साउन  नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।  सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको..

    रानीपोखरी पुनःनिर्माण कार्य बिचल्ली ! ‘सेनालाई दिइने कुरो साँचो होइन’

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ ।  कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा..

    चाडपर्वलाई मध्यनजर गर्दै नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।  भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।  हातहतियार, लागू औषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न..

    शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले स्थानीयवासीको पहलमा आवासीय विद्यालय

    शुक्रबार, श्रावन २५, २०७५ साल
    म्याग्दी, २५ साउन  विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित हिमालयन आधारभूत विद्यालयलाई आवासीय बनाइएको छ ।  स्थानीयवासीले देउसीभैलो खेलेर जम्मा पारेको रकम तथा प्रवासी नेपालीबाट प्राप्त आर्थिक सहयोगमा विद्यालयमै छात्रावास सञ्चालनमा ल्याइएपछि बिहान बेलुकीको समय त्यहाँ रहेका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुँदै आएकाले अध्ययन–अध्यापनमा सुधार आएको प्रअ रामप्रसाद तिवारीले बताए ।  आवासीय रूपमा सञ्चालन..

    सडक निर्माण सुस्तगतिमा, यात्रु मर्कामा, सम्बन्धित निकाय मौन भएको आरोप

    बिहिवार, श्रावन २४, २०७५ साल
    दाङ, २४ साउन  तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ ।  सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो..

    रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य स्थगित, किन ?

    बुधबार, श्रावन २३, २०७५ साल
    रसुवा, २३ साउन  निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ ।  आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो ।  पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ..
    Results 920: You are at page 23 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast