सोमबार, कार्तिक ४, २०७६

    अावास-निर्माण

    घोराही उपमहानगरपालिकाको झोलुङ्गे पुल निर्माण, पुल बनेपछि स्थानीयवासी हर्षित

    मंगलवार, आषाढ १९, २०७५ साल
    तुलसीपुर, दाङ, १९ असार    घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ ।    झण्डै रु २४ लाखको लागतमा वडा नं १३ लापेदेखि वडा नं १९ को धोक्रे जोड्ने पुल निर्माणको जिम्मा सेवा प्रतिष्ठान तुलसीपुरको थियो । सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुल उद्घाटन गर्र्दै पुललाई सम्पत्तिका रुपमा संरक्षण गर्न आग्रह गरे..

    बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासीद्वारा विद्यालय निर्माण

    सोमबार, आषाढ १८, २०७५ साल
    बागलुङ, १८ असार   बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ ।  गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन बनेको हो । रु २५ लाखको लागतमा निर्मित चार कोठे पक्की भवनको आइतबार गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले उद्घाटन गरे ।  उद्घाटनपछि उक्त भवन समाजका तर्फबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको..

    पर्यटकीय स्थलको रुपमा विकास गर्न थामकोटमा भ्यु टावर निर्माण शुरु

    आईतवार, आषाढ १७, २०७५ साल
    बाबियाचौर, म्याग्दी १७ असार   रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ ।  रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउन भ्यु टावर निर्माण शुरु गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए ।  गाउँपालिकाले विनियोजन गरेको १५ लाख..

    पम्फा भुसालको माग : मधेश जोड्ने द्रुत मार्ग बनाउँदा बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउनु पर्ने !

    आईतवार, आषाढ १७, २०७५ साल
    काठमाडौँ, १७ असार  प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गरेकी छिन् । उनले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक ल्याउन सरकारसित माग गर्दै आफ्नो पार्टी सदन छाडेर नबाहिरिने स्पष्ट पारिन् । सांसद अमृता अग्रहरिले..

    पर्वतकै ठूलो सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी योजनाको ४० प्रतिशत काम सम्पन्न

    आईतवार, आषाढ १७, २०७५ साल
    फलेवास, पर्वत, १७ असार  उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ ।  खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत वर्षदेखि शुरु भएको हो । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जिल्ला खानेपानी..

    भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण

    शुक्रबार, आषाढ १५, २०७५ साल
    त्रिशुली, नुवाकोट, १५ असार   भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।  ‘सुन्दर बस्ती’ नाम दिइएको उक्त नयाँ बस्तीमा भूकम्प पीडितहरु बिहीबारदेखि बस्न थालेका छन् । यहाँ एकै थलोमा १७ घर निर्माण गरिएको छ ।  बस्तीकै घरहरुमध्ये सुमना तामाङको घरमा ‘गृह प्रवेश’ गरेर नयाँ घरमा स्थानीयहरु बस्न थालेका..

    काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटाको गुणस्तर परीक्षण

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार   काष्ठमण्डप पुनः निर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ ।  आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले राससलाई जानकारी दिए ।  उनका अनुसार विसं २०७२ को भूकम्पले..

    मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान दशरथ रगंशाला आउँदो फागुनभित्र बनिसक्ने

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ ।  गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो ।  रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र एशियन खेलको..

    भूकम्पले क्षतिग्रस्त बनेको विद्यालयमा गोर्खा वेल्फेयरको सहयोगले पक्की भवन निर्माण

    बुधबार, आषाढ १३, २०७५ साल
    म्याग्दी, १३ असार  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ ।  २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यस विद्यालयमा वेल्फेयरले रु एक करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो ।  भूकम्प प्रतिरोधी भवन निर्माण गरी वेलफेयरले हालै विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले जानकारी दिए ।  “तीन वर्षअघिको..

    ऐतिहासिक सम्पदा पुनःनिर्माणसहित पूर्वाधार विकासमा कामपाको प्राथमिकता

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ ।  विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका बेला कामपाले ती सम्पदाको पुनःनिर्माणसहित आर्थिक वर्ष २०७५-७६ का लागि बजेट विनियोजन गर्ने क्रममा बसैभन्दा बढी पूर्वाधार विकासका लागि रु तीन अर्ब छ करोड २५ लाख बजेट विनियोजन गरेको..

    धरानमा विमानस्थल बन्ने अनिश्चित, खर्चिलो भएकाले औचित्य नरहने स्पष्ट

    सोमबार, आषाढ ११, २०७५ साल
    इटहरी, ११ असार   नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ ।  विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले रासससँगको कुराकानीमा बताए ।  नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने र पहिला निर्माण भई सञ्चालनमा रहेका..

    सडकमा ठगठाग ! मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

    आईतवार, आषाढ १०, २०७५ साल
    उर्लाबारी मोरङ, १० असार   मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।  उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।  चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट रु तीन लाख विनियोजन भएको थियो । उक्त कार्यका लागि..

    लामो समयदेखि उब्जिएको प्रश्न : के नेपालमा चिनियाँ रेल कुद्ला ?

    शनिबार, आषाढ ९, २०७५ साल
    काठमाडौँ, ९ असार : के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो ।  विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले भन्नुभएको थियो—निकै ठूलो..

    काठमाडौँ महानगरवासीका लागि मौका ! नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पास हुने

    शनिबार, आषाढ ९, २०७५ साल
    काठमाडौँ, ९ असार : काठमाडौँ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ ।  निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको कामपाले जानकारी दिएको छ ।  कामपाका इन्जिनियर राम थापाका अनुसार कामपाका धेरै घर नक्सा पास गरेर निर्माण भएका छैनन्, यसरी..

    कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ८ असार   म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको सो..

    सातौं घरजग्गा मेला सम्पन्न, ग्राहकहरुको उल्लेख्य सहभागिता

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौं, असार ७ ।  असार १ देखि ५ गतेसम्म भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना भएको सातौं घरजग्गा मेला सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले मेला आयोजना गरेको हो ।  जम्मा पाँच दिनसम्म चलेको मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट जग्गा योजना तथा विकास, निर्माण सामग्रीको उत्पादन तथा बिक्रेता, इञ्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी भएका..

    आलेख : पशुपति क्षेत्रका सम्पदा पुन:निर्माण गर्न चाहनेले पनि पाएनन् !

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार   विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ ।’  यो मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको मनमा जाग्छ । पशुपति र गुह्येश्वरीबीचको मृगस्थली जंगलमा रहेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति..

    जनता आवास कार्यक्रममा बजेट अभाव, घर निर्माणमा ढिलाइ

    बुधबार, आषाढ ६, २०७५ साल
    तेह्रथुम, ६ असार  बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ ।  आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न थालिएको हो । सो कार्यक्रमअन्तर्गत जिल्लामा यो वर्ष ५० वटा घर बनाउने बताइएको छ ।  जनता आवास जिल्ला समन्वय समितिले ५० वटा घर निर्माणका लागि जिल्लाका सबै स्थानीय तहमा एक–एक..

    आन्तरिक पर्यटकको रोजाइँमा परेको हाँडीकोटमा पूर्वाधार निर्माण शुरू

    मंगलवार, आषाढ ५, २०७५ साल
    बागलुङ, ५ असार, जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट जाने पदमार्ग निर्माण शुरू भएको छ ।  धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले पदमार्ग बनाउन लागेको हो । हाँडीकोट नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङ्खानीको सिमानामा अवस्थित छ । व्याड्थलादेखि हाँडीकोटको धुरीमा पुग्न करीब तीन किलोमिटर पदमार्ग निर्माण गरिने नगरपालिकाले जनाएको छ ।  चालु आवमा विनियोजित रु दुई लाख बजेटबाट एक..

    डोल्पालीको सपना पूरा हुँदै, भेरी करिडोर निर्माणसँगै खुल्ने भयो त्रिदेशीय नाका

    मंगलवार, आषाढ ५, २०७५ साल
    जाजरकोट, ५ असार दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् । जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो । भेरी करिडोरअन्तर्गत..

    गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट नाली तथा सामुदायिक भवन निर्माण

    मंगलवार, आषाढ ५, २०७५ साल
    बाबियाचौर म्याग्दी, ५ असार  म्याग्दीे मालिका गाउँपालिका– ७ बिम तल्लो गाउँमा ढल निकासका लागि नाली निर्माण भएको छ ।  गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय बासिन्दाको श्रमदान बाट रु पाँच लाख ५० हजार ९१७ को लागतमा ११० मिटर पक्की नाली निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सनमान जुक्जालीले बताए ।  ७० सेन्टिमिटर गहिरो र ५० सेन्टिमिटर चौडाइ भएको नालीमाथि पक्की ढकनी पनि राखिएको छ ।..

    सिन्धुपाल्चोकमा भूकम्प पीडितका १० प्रतिशत आवास अझै निर्माण हुन सकेन

    सोमबार, आषाढ ४, २०७५ साल
    चौतारा, ४ असार गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् ।  कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा दर्ता भएर निर्णय भइसकेका समेत ८५ हजार ४६३ लाभग्राहीसँग आवास निर्माणको सम्झौता भइसकेको छ..

    नुवाकोटमा भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण, १ करोड ८५ लाखको लगानी

    सोमबार, आषाढ ४, २०७५ साल
    नुवाकोट, ४ असार तीन वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुगेको यहाँको सूर्यगढी गाउँपालिका–२ कुवापानीस्थित मंगलादेवी आधारभूत विद्यालय पुनःनिर्माण गरिएको छ ।  ‘अन्तर्राष्ट्रिय राहत कार्यक्रम’ मार्फत नौकोठे भवनसहितको संरचना र भौतिक सामग्री समेत जुटाइ विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको भवन निर्माण गर्ने समारिटेन्स पर्सका राष्ट्रिय निर्देशक मेलोडी मोस्कोस्कीले जानकारी दिए ।  उनका अनुसार उक्त संस्थाले रु एक करोड ८५ लाखको लगानीमा भूकम्पलगायतका विपद् प्रतिरोधी भवन, छकोठे..

    नारच्याङवासीले सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दा पुरै ऋणमा डुबें

    सोमबार, आषाढ ४, २०७५ साल
    बेनी, म्याग्दी, ४ असार  म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिएका थिए ।  निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङवासी नेताले गरेका प्रतिबद्धता पूरा नभएपछि ऋणमा चुर्लुम्मै..

    अरुण तेस्रो सुरुङ खन्ने क्रममा ढिस्को झरेर ४ जनाको मृत्यु

    शनिबार, आषाढ २, २०७५ साल
    संखुवासभा, २ असार  अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ ।  नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताए ।  ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही,..

    साल्मेडाँडामा पाँच डिब्बे रेलसहित बन्दै गरेको गोरखा स्मारकको २० प्रतिशत काम सम्पन्न

    शुक्रबार, आषाढ १, २०७५ साल
    साल्मेडाँडा, स्याङजा, १ असार कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ ।  स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको हो ।  तीनसय रोपनी जग्गामा निर्माण गरिने..

    भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न !

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    दाङ, ३१ जेठ  प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ ।  चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए ।  टिविएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको..

    चरम लापरबाही ! ठेकेदार सम्पर्कविहीन भएपछि नगरपालिकाको भवन अलपत्र

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    बनेपा, ३१ जेठ  निर्माण कार्यको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ ।  निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको छ ।  नगरपालिकाले भवनको तला थप गर्नका लागि एसएमआर-इजी जेभी, काभ्रेका प्रोप्राइटर गणेश बाँस्कोटासँग गत २०७४..

    चन्द्रागिरिको अग्लो थुम्कोमा कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उनको पूर्णकदको शालिक निर्माण गरिने भएको छ ।  आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।  उनको पूर्णकदको शालिक निर्माण गरी त्यस क्षेत्रलाई..

    मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म १२ कि.मि मा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    वीरगञ्ज, २९ जेठ  बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ ।  गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी—अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्तरुपमा शिलान्यास गरेपछि यसको निर्माण कार्यले गति लिएको थियो ।  भारतको..
    Results 818: You are at page 22 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast