सोमबार, कार्तिक ४, २०७६

    अावास-निर्माण

    माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना ३ वर्षमा सम्पन्न हुने, यस्तो छ शेयर व्यवस्था

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।  सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण..

    रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न अभियानकर्मीको माग

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो । ‘रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि..

    काम कछुवा गतिमा ! भूकम्पपीडितको २७ प्रतिशत मात्र घर निर्माण, पूरा हुन अझै २ वर्ष लाग्ने

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् ।  ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले  आव २०७५-०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६-०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भने ।  उनले भूकम्पपीडितले मापदण्ड..

    जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै, स्थानीयवासी खुशी

    सोमबार, भाद्र ४, २०७५ साल
    इनरुवा, ४ भदौ  सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ ।  जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताए ।  गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि..

    असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने, सुरुङको काम सम्पन्न गर्न अझै समय लाग्ने

    आईतवार, भाद्र ३, २०७५ साल
    सुन्दरीजल, काठमाडौँ, ३ भदौ उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।  चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को..

    भोलिदेखि कलङ्की अन्डरपास सञ्चालनमा आउने, सडक जाम कम हुने अपेक्षा

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौं, ३१ साउन  पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो र चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास बिहिबारदेखि संचालनमा आउने भएको छ ।  सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए ।  उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक..

    चितवनको पुलचोक–गोन्द्राङ सडकखण्डलाई ६ लेन बनाइने, धमाधम रुख काटिँदै

    बुधबार, श्रावन ३०, २०७५ साल
    चितवन, ३० साउन  पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्य खण्डमा पर्ने चितवनको नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउने गरी सर्भे सुरु भएको छ । सडक विस्तारका लागि सर्भेको काम मंगलबारबाट सुरु भएको छ भने, डीपीआर बनाउने काम भइरहेको छ । यो हप्ताभित्र नै सडकको डीपीआर बनेर सडक विभागमा पेस गर्ने तयारी भएको डिभिजन प्रमुखले बताए । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी..

    पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा, समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित

    बुधबार, श्रावन ३०, २०७५ साल
    नवलपरासी, ३० साउन पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हुँदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् ।  दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका..

    के तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? अब कुनै झण्झट उठाउनुपर्दैन, ढुक्क हुनुहोस् ...

    मंगलवार, श्रावन २९, २०७५ साल
    बुटवल, २९ साउन तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट उठाउनुपर्दैन, ढुक्क हुनुहोस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ ।  बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैं बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई सुविधा पुग्ने भएको..

    रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुल उच्च जोखिममा !

    मंगलवार, श्रावन २९, २०७५ साल
    जाजरकोट, २९ साउन  नलगाड नगरपालिका–१२ ठूलाबगरमा मंगलबार बिहान पहिराले दुई घर पुरिएको छ ।  स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए ।  पहिराले रुकुमको गोतामकोट र..

    सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा !

    सोमबार, श्रावन २८, २०७५ साल
    विराटनगर, २८ साउन सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाण्डु उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा सोमबार सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने..

    भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासको अनुरोध

    सोमबार, श्रावन २८, २०७५ साल
    बैतडी, २८ साउन : भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको यसअघी नै जानकारी दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित जनाएको थियो । सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।  बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले..

    कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा, हप्ता दिनमा नै अण्डर पास सञ्चालनमा आउने जानकारी

    आईतवार, श्रावन २७, २०७५ साल
    ललितपुर, २७ साउन  नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।  सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको..

    रानीपोखरी पुनःनिर्माण कार्य बिचल्ली ! ‘सेनालाई दिइने कुरो साँचो होइन’

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ ।  कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा..

    चाडपर्वलाई मध्यनजर गर्दै नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।  भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।  हातहतियार, लागू औषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न..

    शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले स्थानीयवासीको पहलमा आवासीय विद्यालय

    शुक्रबार, श्रावन २५, २०७५ साल
    म्याग्दी, २५ साउन  विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित हिमालयन आधारभूत विद्यालयलाई आवासीय बनाइएको छ ।  स्थानीयवासीले देउसीभैलो खेलेर जम्मा पारेको रकम तथा प्रवासी नेपालीबाट प्राप्त आर्थिक सहयोगमा विद्यालयमै छात्रावास सञ्चालनमा ल्याइएपछि बिहान बेलुकीको समय त्यहाँ रहेका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुँदै आएकाले अध्ययन–अध्यापनमा सुधार आएको प्रअ रामप्रसाद तिवारीले बताए ।  आवासीय रूपमा सञ्चालन..

    सडक निर्माण सुस्तगतिमा, यात्रु मर्कामा, सम्बन्धित निकाय मौन भएको आरोप

    बिहिवार, श्रावन २४, २०७५ साल
    दाङ, २४ साउन  तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ ।  सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो..

    रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य स्थगित, किन ?

    बुधबार, श्रावन २३, २०७५ साल
    रसुवा, २३ साउन  निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ ।  आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो ।  पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ..

    कामपाले पैदलयात्रुको चाप देखिएका स्थानमा ८ आकाशे पुल निर्माण गर्दै, विज्ञापन राख्न नपाइने !

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।  दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनीयर रामबहादुर थापाले भने, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रुको..

    पशुपतिका मूर्त अमूर्त सम्पदा संरक्षण गर्न भूउपयोगसहितको गुरुयोजना तयार

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको भूउपयोग नीतिसहितको गुरुयोजना निर्माण गर्न नक्शांकन शुरु गरेको छ ।  नापी विभागको सहकार्यमा सो क्षेत्रको नापी गरी भूउपयोगसहितको गुरुयोजना निर्माण शुरु भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । यसअघि मूल मन्दिर आसपासमात्र नापी गरी सीमाङ्कन भएको थियो । यसपटकको नापीमा समग्र पशुपति क्षेत्रको सीमाङ्कन..

    तीतो अनुभव बिर्सिएर अब गरौ सहज यात्रा ! मनाङमा पुल निर्माण भएपछि...

    मंगलवार, श्रावन २२, २०७५ साल
    मनाङ , २२ साउन   मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।  सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले रु दुई करोडमा सो पुल बनाएको हो । पुल बनेपछि मनाङ लमजुङको यात्रा सहज भएको छ । खोलामा बाढी आउने र यात्रु अलपत्र भएर बस्नुपर्ने समस्या हटेको छ ।  “अब त पुल बन्यो हाम्रो यात्रा सहज..

    वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोला राजमार्गको पुलमा मर्मत शुरु

    सोमबार, श्रावन २१, २०७५ साल
    रसुवा, २१ साउन  वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ ।  रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य शुरु गरिएको हो ।  ठाडो खोलामा पानीको बहाव ठूलो भएको र मेशिनसमेत लान नसकिने भएकाले मानिसद्वारा मर्मत कार्य अगाडि..

    कलंकीको ‘अण्डरपास’ : २ दिन घाममा गर्नुपर्ने काम नसकिँदा सञ्चालनमा आएन

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौँ, २० साउन  पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।  सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन ।  ‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने..

    खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न, काम तीव्र गतिमा

    आईतवार, श्रावन २०, २०७५ साल
    तेह्रथुम, २० साउन  साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ ।  आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार..

    त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु (तस्वीर सहित)

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन   प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको शुक्रबार यहाँ उद्घाटन गरे ।  सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ ।  प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस्पताल निर्माण भएको थियो ।  विसं २०७२ वैशाख १२..

    सिग्नेचर पुल बनाउन विश्व बैंकको १० अर्ब सहयोग, नारायणी सहित १० वटा पुलको डिजाइन धमाधम

    बिहिवार, श्रावन १७, २०७५ साल
    चितवन, १७ साउन  विश्व बैंकको सहयोगमा देशका बिभिन्न नदिहरुमा १० वटा कलात्मक सिग्नेचर पुल निर्माण हुने भएको छ । विश्व बैंकले त्यस्ता पुलहरुको निर्माणका लागि १० अर्ब रुपैंयाँ सहयोग गर्न लागेको हो । सो सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ । ‘सिग्नेचर पुल बनाउन विश्व बैंकले १० अर्ब सहयोग गर्दैछ, सहयोग सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ, २ महिनाभित्रै सम्झौता हुनेछ’,..

    अर्को वर्ष बन्छ भन्दाभन्दै ८ वर्ष बितिसक्यो, नेपालगञ्जमा कहिले बन्ला सुख्खा बन्दरगाह ?

    बुधबार, श्रावन १६, २०७५ साल
    नेपालगञ्ज, १६ साउन  बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको आठ वर्ष पुग्यो तर त्यसमा खासै प्रगति भएको पाइदैन ।  सुख्खा बन्दरगाह निर्माणको योजना तयार गरी काम शुरु गरियो तर जग्गा अधिग्रहण र तारबार बाहेक अन्य काम हुन सकेको छैन । ‘अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो, यस्तो पाराले बन्ने छाँट देखिदैन’—नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल..

    निर्माणाधीन गौतमबुद्ध विमानस्थल १० महिनाभित्रै सञ्चालनमा आउने, अहिलेसम्म ५५ % काम सम्पन्न

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन : सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको र ५५ प्रतिशत सम्पन्न भइसकेको बताएका हुन्  एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याई व्यवस्थापकीय पक्ष सुधारेपछि अहिले हवाई ट्राफिक व्यवस्थापन धेरै गुणा प्रभावकारी भएको..

    दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने, सेनाद्वारा काम जारी, स्थानीयवासी खुशीले दंग

    मंगलवार, श्रावन १५, २०७५ साल
    त्रिपुराकोट, डोल्पा, १५ साउन  विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ । अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ । सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनौ भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ ।  कूल लम्बाइ ११७ दशमलब सात किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जिरो..

    पूर्वपश्चिम राजमार्ग स्थित रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने

    सोमबार, श्रावन १४, २०७५ साल
    बर्दिवास, १४ साउन  पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ ।  २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौँले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल..
    Results 818: You are at page 20 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast