बिहिवार, चैत्र २७, २०७६

    अावास-निर्माण

    रंगशाला बनाउने खर्च जुटाउन धुर्मुसले खोले ठेला पसल

    मंगलवार, पौष १, २०७६ साल
    काठमाडौं, १ पुस । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च जुटाउन धुर्मुस-सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ ।  ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल 'धुर्मुस' ले बताए । आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ ।  ठेलाबाट धेरै पैसा संकलन हुने अपेक्षा भने धुर्मुसलाई छैन..

    बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग

    आईतवार, मंसिर २९, २०७६ साल
    गोरखा, २९ मङ्सिर प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताउनुभएको छ ।  भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  सांसद अधिकारीले भन्नुभयो, “विद्युत् उत्पादन मात्र नभई अब आयोजना वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने..

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा

    आईतवार, मंसिर २९, २०७६ साल
    काठमाडौँ, २९ मंसिर ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम..

    द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना

    शनिबार, मंसिर २८, २०७६ साल
    निजगढ (बारा), २८ मङ्सिर तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ ।  सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुत मार्ग निर्माणलाई प्रत्यक्ष..

    भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै

    शनिबार, मंसिर २८, २०७६ साल
    बेझाड, २८ मङ्सिर पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु भएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइ प्रमुख रमेशराज पौडेलले बताउनुभयो । जिल्लामा यसभन्दा अगाडि निर्माणकार्य शुरु भएका भूकम्प प्रभावित विद्यालय भवनको पुनःनिर्माणकार्य लगभग ७० प्रतिशत सकिइसकेको छ । आव २०७३÷७४ मा ३२ निर्माण..

    त्रिपुरेश्वर–नागढुङ्गा सडकको झण्झट सकियो, निर्माण फटाफट

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, २७ मङ्सिर  काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्काे तहको कालोपत्र भइरहेको छ ।   बाइस मिटर चौडाइ कायम गर्ने गरी सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि सडकसँगैका घरधनीले घर भत्काउन र जग्गा छाड्न नमान्दा सडक निर्माणको काम लामो..

    नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो ।  ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन लागेको बताउनुभयो । “नयाँ बसपार्कमा ‘पिक..

    मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।  स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको..

    नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु, सतुंगलमा फ्लाइओभर बन्दै

    बुधबार, मंसिर २५, २०७६ साल
    काठमाडौँ, २५ मङ्सिर काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ ।  सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो ।  सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।  उहाँका..

    नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

    बुधबार, मंसिर २५, २०७६ साल
    काठमाडौँ, २५ मङ्सिर काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।  आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो ।  डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता..

    बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो, सहयोग जुट्दै

    बुधबार, मंसिर २५, २०७६ साल
    चितवन, २५ मङ्सिर । रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।   विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने..

    नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र

    मंगलवार, मंसिर २४, २०७६ साल
    बाँके, २४ मङ्सिर सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ । जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको..

    सुनकोशी–मरिन डाइभर्सन : स्रोत सुनिश्चित गरिदिन आग्रह

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर   चालु आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि स्रोत सुनिश्चित गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।    हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकताको आयोजनाका रुपमा समेत सुनकोशी मरिन डाइभर्सन आयोजनालाई लिइएको छ । आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ..

    'फास्ट ट्रयाक' पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर   नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताउनुभयो ।   द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेकाले अब..

    खाल्डाखुल्डी तत्काल पुर्न मन्त्री नेम्माङको निर्देशन

    आईतवार, मंसिर २२, २०७६ साल
    भरतपुर, २२ मङ्सिर    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिनुभएको छ । आज सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले मुख्य राजमार्गको आवागमन सहज बनाउन खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिनुभयो । उहाँले राजधानी जोड्ने मुख्य सडक भएकाले जिम्मेवारपूर्वक तीव्र गतिमा काम गर्नुपर्ने बताउनुभयो ।    उहाँले भन्नुभयो, “सबै जिम्मेवार भएर लागे कामले गति लिन्छ,..

    नारायणगढ–बुटवल सडकखण्ड समयमै सकिन्छ : मन्त्री नेम्वाङ

    आईतवार, मंसिर २२, २०७६ साल
    कावासोती, २२ मङ्सिर भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड समयमा नै सक्ने गरी अगाडि बढ्ने बताउनुभएको छ ।  उहाँले पूर्वपश्चिम राजमार्ग विस्तारको पहिलो खण्डका रुपमा रहेको नारायणगढ– बुटवल सडकखण्डलाई विषेश प्राथामिकता दिएर निर्माणको काम समयमा नै सक्ने गरी कार्य अगाडि बढाउने बताउनुभयो । नवलपरासी पूर्वनवलपुरको सदरमुकाम निर्माणस्थलको अवलोकनका क्रममा मन्त्री नेम्वाङले योजनाले गति लिन केही ढिलाइ भएको भए..

    कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने

    आईतवार, मंसिर २२, २०७६ साल
    भोजपुर, २२ मङ्सिर भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ ।  शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।  समयमा काम  सकिने आशा बढेको छ ।   वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी..

    नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोटका ३ हजार रुख काटिने

    शनिबार, मंसिर २१, २०७६ साल
    नवलपुर, २१ मङ्सिर  पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो ।  सव डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको..

    ४ वर्षपछि शुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर  गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ ।   सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर र  निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर लिने गरी आजदेखि काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।  “स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार शुरु गरेका हौ । नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति..

    खाडीचौर–चरिकोट सडकखण्ड निर्माण द्रुतगतिमा गर्ने सहमति

    शुक्रबार, मंसिर २०, २०७६ साल
    दोलखा, २० मङ्सिर ।  ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ । सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो । लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई..

    सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो ।   मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री,..

    रानीपोखरीको जिर्णोद्धार तथा पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनाको प्रशंसा

    बिहिवार, मंसिर १९, २०७६ साल
    भक्तपुर, १९ मङ्सिर   नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिनुभएको छ ।    नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने, कलात्मक मयूर झ्याल उपहार दिनुभएको हो ।    भक्तपुरको नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक..

    सार्वजनिक खरीद ऐन नियम संशोधन गर्नुपर्ने

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन एवं नियमावलीमा भएका त्रुटी संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।   त्रुटी सच्याउन सरकार सकारात्मक भएको पाइएको महासङ्घका अध्यक्ष रवि सिंहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग संशोधनका विषयमा तीनपटक वार्ता भइसकेको पनि उहाँले सुनाउनुभयो ।  “संशोधनका विषयमा अर्थमन्त्री डा..

    कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम शुरु हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख..

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुनसकेन

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन । निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो ।  धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार सुरुङमार्ग निर्माणस्थलमा जग्गाको पूर्जा भएका व्यक्ति मुआब्जा लिइरहेका छन् भने पूर्जा..

    आयोजना चाँडो पूरा गर्न मन्त्री पुनको निर्देशन

    मंगलवार, मंसिर १७, २०७६ साल
    जाजरकोट, १७ मङ्सिर   ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा निर्माणाधिन आयोजना चाँडो पूरा गर्न निर्देशन दिनुभएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) करिबकरिब सकिन लाग्दा मन्त्रीद्वयले डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना र नलगाड जलविद्युत् आयोजनाको हवाई अनुगमन गरेपछि आयोजना निर्माण कार्य चाँडो सक्न निर्देशन दिनुभएको हो ।    मन्त्री बस्नेतले आयोजना निर्माण हुँदा जनताको भावनाको सम्मान..

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण : ४ हजार लाभग्राही थप

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ ।  त्यसैगरी ३५..

    सार्थक बन्दैछ सुरुङमार्गको सपना, १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर  सिद्धबाबा नाम सुन्ने वित्तिकै  बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन ।  महासचिव विष्णुप्रसाद पौडेल  “पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । हामीले विभिन्न उपाय पनि अपनायांै,..

    गुनासो सम्बोधनबाट ४ हजार ६४४ लाभग्राही थपिए

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौं, १६ मङ्सिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पीडितको ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ ।  प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० लाई सम्भावित लाभग्राही र दुई हजार ६०९ लाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । ३५ हजार..

    कुन सडकमा कसले ढल निर्माण गर्ने !

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर   ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ? स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय ? यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् ।     नेपाल सरकारका तीन मन्त्रालय र स्थानीय सरकार सबैले एकार्कालाई देखाएर पन्छँदा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका शहरी क्षेत्रमा उचित ढल व्यवस्थापन हुन सकेको छैन । ढल..
    Results 919: You are at page 2 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast