सोमबार, चैत्र १७, २०७६

    अावास-निर्माण

    भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता : लमही–तुलसीपुर सडक ४ लेनको बन्ने

    आईतवार, पौष ८, २०७५ साल
    लमही, ८ पुस दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ ।  उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।  दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन रु एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि रु एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताउनुभयो..

    सांसदको १ टोलीद्वारा द्रुतमार्ग निरीक्षण, प्रगति सन्तोषजनक, स्थानीय जनता खुशी

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस   राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई-मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ ।  शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।  समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र..

    लाइसेन्स लिएको दशक बित्यो, प्रगति शून्य ! चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा

    शनिबार, पौष ७, २०७५ साल
    सुर्खेत, ७ पुस  इजाजत अनुमतिपत्र(लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ ।  पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले अझै आयोजना अघि बढाउन सकेको छैन् । दुई वर्षदेखि कम्पनीका कर्मचारी आयोजना स्थलमा छैनन् ।  गुटुदेखि चौकुने डा“डासम्म सडक निर्माण गरी कम्पनीले..

    प्रदेश सरकारले पूर्वी चितवनमा १५ शय्याका २ अस्पताल बनाउंदै

    शनिबार, पौष ७, २०७५ साल
    चितवन, ७ पुस प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो ।  ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि उपकरण खरीद गर्न..

    अन्तत: अन्योलकाबिच बन्ने भयो मेलम्ची, लागत नबढ्ने गरी काम सुचारु गर्न अर्थ समितिकाे निर्देशन

    शुक्रबार, पौष ६, २०७५ साल
    काठमाडौँ, ६ पुस संसद्को अर्थ समितिले मेलम्ची खानेपानीमा देखिएको अन्योल तत्काल अन्त्य गरी काम सुचारु गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै खानेपानी मन्त्री विना मगर । बिहीबार बसेको समितिको बैठकले आयोजनाको लागत नबढ्ने गरी काम सुचारु गर्न निर्देशन दिएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालले तत्काल सुचारु गर्न निर्देशन दिएका हुन् । ‘जसरी..

    हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त, १६ किलोमिटर मात्रै स्तरोन्नति

    शुक्रबार, पौष ६, २०७५ साल
    काभ्रेपलाञ्चोक, ६ पुस  आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ ।  काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।  एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने उक्त पाँचखाल–मेलम्ची सडक एक वर्षको अवधिमा ३० प्रतिशत..

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप १२ किलोमिटर ओछ्याउन बाँकी, ३ महीनाभित्र सम्पन्न हुँदै

    बिहिवार, पौष ५, २०७५ साल
    वीरगञ्ज, ५ पुस  नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।  “तीव्र गतिमा बाँकी काम भइरहेको छ”, परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले  भने, “बाधा अवरोध नभए..

    युकेमा कार्यरत तेह्रथुमेद्धारा म्याङलुङ क्याम्पस भवन निर्माण

    बिहिवार, पौष ५, २०७५ साल
    तेह्रथुम, ५ पुस तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो ।   कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउनु हुने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश..

    बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञको ठहर : सिक्टाको घुलनशील माटोमै समस्या !

    बिहिवार, पौष ५, २०७५ साल
    बाँके, ५ पुस : सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् ।  विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भन्नुभयो, “उहाँहरूले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण..

    निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन, आवश्यक स्थानका रुख मात्र कटान गरीने

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ, ४ पुस  सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।  समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो..

    प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदबीच छलफल, बजेट विनियोजनका लागि पहल

    बुधबार, पौष ४, २०७५ साल
    भरतपुर, ४ पुस प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ ।  प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको..

    भारतीय पक्षको बेवास्ताका कारण एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अलपत्र

    मंगलवार, पौष ३, २०७५ साल
    बाँके, ३ पुस भारतीय पक्षको बेवास्ताका कारण पश्चिम तराईको प्रमुख नाका नेपालगञ्जमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणकार्य वर्षौदेखि अधुरो रहेको छ । समयमा निर्माणकार्य शुरु नहुँदा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरको निर्माण क्षेत्र पशुचौपायाको चरणस्थल बन्न थालेको छ ।  समयमा निर्माण शुरु नहुँदा यहाँ रहेका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । आइसिपी निर्माण गर्न जग्गा अधिग्रहण र बाहिरी पूर्वाधार निर्माणको काम नेपाल..

    मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

    सोमबार, पौष २, २०७५ साल
    भक्तपुर, २ पुस मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरेका छन् । मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उनले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल..

    झापामा आजदेखि बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध, निर्णय कार्यान्वयन गर्न आग्रह

    आईतवार, पौष १, २०७५ साल
    बनियानी, १ पुस : झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।  सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय..

    रामपुरमा विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

    शुक्रबार, मंसिर २८, २०७५ साल
    बेझाड, २८ मङ्सिर रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ ।  रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अनुमानित रु तीन करोडको लागतमा विद्युतीय लिफ्ट जडान सहितको बहुउद्देशीय व्यावसायिक भवन निर्माण गर्न लागेको सहकारीका सचिव लेखनाथ शर्मा मरासिनीले बताए ।  एक रोपनी क्षेत्रफलमा आगामी तीन वर्षभित्रमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भवन निर्माणको प्रक्रिया..

    “हामी अर्काको भूमि मिच्दैनौ, आफ्नो १ इन्च पनि जमीन गुमाउँदैनौ, आफ्नो भूमिमा आफै सडक कालोपत्रे गर्छौ”

    बिहिवार, मंसिर २७, २०७५ साल
    कञ्चनपुर, २७ मङ्सिर :  भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ । यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव बजारसम्मको सडक कालोपत्रे गर्न लागेकोे थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिकाले आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो ।  टनकपुर बाँधको पूर्वपट्टिको एफ्लेक्स बण्डमा ५७७ मिटर नेपाली भूमि..

    भूकम्पपीडितको निजी आवास निर्माण - ४ हजारले पहिलो किस्ता लिन बाँकी

    बुधबार, मंसिर २६, २०७५ साल
    ललितपुर, २६ मङ्सिर  जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ ।  जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन बाँकी रहेको एकाइका आयोजना प्रमुख बीरबहादुर रावलले बताए ।  पहिला किस्ता लिनेभन्दा दोस्रो..

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण : बहुस्वामित्व भएका घरमा परिवारपिच्छे अनुदान दिने

    मंगलवार, मंसिर २५, २०७५ साल
    ललितपुर, २५ मङ्सिर   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ ।  काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरुमा पुनःनिर्माण अघि बढ्न नसकेपछि कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।  यसअघि प्राधिकरणले एउटा घरमा जति वटा परिवारको बसोबास भए पनि एक जनासँग मात्रै अनुदान सम्झौता गर्दै आएको थियो । यो निर्णयपछि एउटा..

    छोरो होस् त यस्तो !! बुबाको सम्झनामा कृत्रिम ताल निर्माण

    सोमबार, मंसिर २४, २०७५ साल
    बेझाड, २४ मङ्सिर रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल निर्माण गरेका छन् ।  भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेका हुन् ।  “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले ताल निर्माण गरिएको हो”, उनले भने । पर्याप्त सिँचाइ सुविधा पुगेको तीन..

    झापामा किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण

    आईतवार, मंसिर २३, २०७५ साल
    बनियानी, २३ मङ्सिर झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको हो । रु १४ लाखको लागतमा पाँच फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।  सालिक..

    बर्खाले निकै क्षति पुर्याएको साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

    शुक्रबार, मंसिर २१, २०७५ साल
    बाजुरा, २१ मङ्सिर बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पुर्याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ ।  साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्यार्एको थियो । बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला..

    भरतपुर–माडी–ठोरी हुलाकी सडकको स्तरोन्नति, चितवनमा ४३ करोडको तटबन्धन

    बिहिवार, मंसिर २०, २०७५ साल
    चितवन, २० मङ्सिर  भरतपुर–माडी–ठोरी हुलाकी सडकको मुख्य क्षेत्र पकौडी चोकदेखि जगतपुरको राप्ती पुलसम्मको सडक स्तरोन्नति हुने भएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सो सडकको स्तरोन्नति हुन लागेको हो । पटिहानीको पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले रु नौ करोड ७५ लाख निकासा गरेको भरतपुर..

    छोसेर–कोरला सडक स्तरोन्नति, नाका खुलाउनका लागि चीन सरकारसँग कूटनीतिक पहल जारी

    बुधबार, मंसिर १९, २०७५ साल
    ठिनी (मुस्ताङ), १९ मङ्सिर  मुस्ताङको सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ ।  कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।  जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका..

    कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन कामपाका मेयर विद्यासुन्दर शाक्य राजी

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मंसिर काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका हुन् । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिए । सङ्घीय संसद् सदस्य गगन थापाले..

    चापाकोटमा लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायको सङ्ग्रहालय निर्माण हुँदै

    सोमबार, मंसिर १७, २०७५ साल
    वालिङ, १७ मङ्सिर एकता कुमाल समाज चापाकोट– ८ दामाचौरले कुमाल सङ्ग्रहालय निर्माण थालेको छ ।लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायका कला, संस्कृति, वेशभूषा, माटाका भाँडा, पोशाक उक्त सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिने उक्त समाजकी अध्यक्ष मथुरा कुमालले बताए ।  “माटोका विभिन्न भाँडाकुँडा बनाउने पेशा अँगालेको यो समुदाय पछिल्लो समय परम्पारागत पेशाबाट विस्थापित हुँदै गएको छ”, अध्यक्ष कुमालले भने, “परम्परादेखि चलिआएको पेशाप्रति आजभोलिका युवा आकर्षित..

    रानीपोखरी पुनःनिर्माण : प्राविधिक क्षमता परीक्षण हुँदै, काष्ठमण्डप पुनर्निर्माणका लागि नक्सा प्रदर्शन

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्हो-इनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध..

    कमल दह छेउमै पाहुना घर निर्माण, रुकुमकोटमा आवतजावत बाक्लिएपछि चहलपहलमा वृद्धि

    शुक्रबार, मंसिर १४, २०७५ साल
    रुकुम (पूर्व), १४ मङ्सिर जिल्ला छुट्टिएपछि रुकुमकोटमा आवतजावत बाक्लिएको छ ।  प्रशासनिक तथा न्यायिक कार्य यहीबाट भइरहेको छ । घुम्न आउनेको विश्राम थलो रुकुमकोट भएको छ । यहाँ पुगेपछि मात्र घुम्न जाने अन्य थुप्रै गन्तव्य भेटिन्छन् । चहलपहलमा वृद्धि भएपछि व्यवस्थापन शुरु गरिएको छ । अहिले खाने बस्नेसहितको सुविधा सम्पन्न पाहुना घर निर्माण भइरहेको छ । सिस्ने गाउँपालिका–५ को कमल दह नजिकै पाहुना..

    इनरुवामा सुविधा सम्पन्न बसपार्क बनाइँदै, निर्माणकार्य अन्तिम चरणमा

    बिहिवार, मंसिर १३, २०७५ साल
    इटहरी, १३ मङ्सिर सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  इनरुवा नगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भइरहेको बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने..

    मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण अन्तिम चरणमा

    बुधबार, मंसिर १२, २०७५ साल
    वीरगंज, १२ मङ्सिर  नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।  तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइप..

    जापानले सुरू गर्‍यो कोटेश्वरको जाम हटाउन सुरूङको अध्ययन, तत्कालका लागि पुल बनाइने

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौं, १२ मंसिर  काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये पर्यटकीय, सांस्कृतिक र धार्मीक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्ला भक्तपुरको लागि काठमाडौं, ललितपुर तथा अन्य जिल्लाको लागि कोटेश्वरको मार्ग प्रयोग नगरी सुखै छैन । पछिल्लो समय सवारी साधनमा देखिएको उच्च चाप, जनसंख्या बृद्धि र बीपी राजमार्ग भई पूवी नेपालबाट समेत सवारी साधन चल्न थालेपछि झन् जाम र सास्ती बढ्न थालेकाले भक्तपुर अहिले पर्यटकीय जिल्ला भन्दा..
    Results 919: You are at page 19 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast