बिहिवार, भाद्र ५, २०७६

    अावास-निर्माण

    भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न

    मंगलवार, भाद्र २६, २०७५ साल
    चौतारा, २६ भदौ  विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।  उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताए । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा..

    १ अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण !

    सोमबार, भाद्र २५, २०७५ साल
    हेटौँडा, २५ भदौ  प्रदेश नं ३ ले रु एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ ।  प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न तथा प्रहरीलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन प्रहरीचौकी भवन निर्माण गर्न लागिएको बताए । उनले आज आफ्नो कार्यकक्षमा रासससँग संक्षिप्त कुराकानी गर्दै..

    सार्वजनिक शौचालय निर्माणको लागि नमूना तयार गर्न नसक्दा निर्माण कार्य अघि बढेन

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ सार्वजनिक शौचालय निर्माणको लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन ।  अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो । कामपाको निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलेका अनुसार चालु आर्थिक वर्षको पहिले महिनामै दश स्थानमा काम शुरु..

    म्याग्दीखण्डमा कालीगण्डकी नदीमाथि ३ मोटरेबल पुलनिर्माण शुरु

    आईतवार, भाद्र २४, २०७५ साल
    म्याग्दी, २४ भदौ  बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ ।  बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।  भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको पुल महाशाखा पश्चिम सेक्टरले महभिर र पोखरेबगर तथा बेनी–जोमसोम–कोरला..

    निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई दिने प्राधिकरणको निर्णय

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौँ, २१ भदौ  राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबार सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो ।  बैठकले कामको प्रमाणीकरण र निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कार्यालयबाट गरिने निर्णय गरेको छ ।  स्थानीय तहका जनप्रतिनिधिको बहाली भइसकेको सन्दर्भमा पुनःनिर्माणको कामलाई स्थानीय तहबाटै..

    एकै पटक ५ सय सवारी अट्ने ‘स्मार्ट पार्किङ’ न्यूरोडमा बन्दै ! यस्ता हुनेछन् सुविधा ...

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।  महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल..

    असारे विकासले जोखिम निम्त्यायो, कच्ची सडकले बाढी र पहिरोको जोखिम बढायो

    बुधबार, भाद्र २०, २०७५ साल
    बैतडी, २० भदौ  लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो ।  स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् । बजेट सिध्याउने नाममा असारमा आएर विकास..

    विकासमा जनसहभागिता : कतैको योगदान शून्य, कतै ६ महिनासम्म श्रमदान

    मंगलवार, भाद्र १९, २०७५ साल
    बेनी, १९ भदौ  बेनी–अर्थुङ्गे–पछै–जगन्नाथ–टोड्के पदमार्ग निर्माण योजनामा उपभोक्ताको योगदान शून्य रह्यो । पर्यटन विभागबाट विनियोजन भएको रु ३० लाख बजेटबाट बेनीको हुलाकचोक माथिबाट आँपरुखसम्म निर्माण भएको उक्त पदमार्ग योजनामा स्थानीयवासीले रु ५ लाख ७० हजार ५६६ बेहोर्नुपर्ने थियो । उपभोक्ता समितिले जनसहभागिताका लागि आह्वान गरे पनि योजनामा कसैबाट पनि जनसहभागिता बापतको सहयोग प्राप्त नभएको अध्यक्ष अमर बानियाँले बताए ।  “शहरी क्षेत्रमा जनश्रमदान..

    पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने भौतिक पूर्वाधारमन्त्री महासेठको भनाई

    सोमबार, भाद्र १८, २०७५ साल
    विराटनगर, १८ भदौ    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन् ।    उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जानकारी दिए ।   पाँच प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख..

    नवौँ पटक आर्थिक प्रस्ताव ! अब २२ तलाको बन्ने भयो धरहरा, लागत झन्डै ४ अर्ब ४५ करोड रुपैयाँ

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ  भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित आईतबार खुला गरिएको छ ।  धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायी मात्र पास भएको थियो । पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव..

    तुलसीपुर जिल्लामा पहिलो पटक मह प्रशोधन गृह निर्माण

    शुक्रबार, भाद्र १५, २०७५ साल
    तुलसीपुर, १५ भदौ जिल्लामा पहिलो पटक मह प्रशोधन गृह निर्माण गरिएको छ ।  साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो । एक सय ९ मेट्रिक टन मह सङ्कलन गर्न सकिने सो प्रशोधन गृहको लागत रु एक करोड ९३ लाख २१ हजार रहेको निर्माण कम्पनी स्वर्गद्वारी..

    सम्पदा पुन:निर्माण सम्बन्धी नीति एकातिर, काम अर्काेतिर, दिगो पुन:निर्माण कहिले ?

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौँ, १४ भदौ  ‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनःनिर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनःनिर्माणसम्बन्धी आधारभूत निर्देशिका–२०७२ को बुँदा नं १३ मा उल्लेख गरिएको यो वाक्यांश अनुसार काम भएको भए सम्पदाप्रति नयाँ पुस्ताको अपनत्व बढ्ने थियो । तर व्यवहारमा यसको अभ्यास भएन । यो व्यवस्था कागजमा देखाउनकै..

    बिम्स्टेक चौथो सम्मेलनको अवसरमा पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ   उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको हो । सडक विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा रु तीन अर्ब ५० करोडको..

    रुपन्देहीको सिसै किसुली सडक खण्डको घमाहा खोलामा पक्की पुल निर्माण हुने !

    मंगलवार, भाद्र १२, २०७५ साल
    बुटवल, १२ भदौ रुपन्देहीको शुद्धोदन गाउँपालिका–१ स्थित सिसै किसुली सडक खण्डको घमाहा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।  विश्व बैङ्कको रु सात करोड १५ लाख ३८ हजार ४५१को सहयोगमा उक्त गाँउपालिका–ं १ र २ हुँदै सैनामैना नगरपालिका जोडने ५० मिटर लामो सो पुल निर्माण गर्न लागिएको हो । एक वर्षभित्र पुल निर्माण कार्यसक्ने गरी रायमाझी दया निर्माण सेवा प्रालिले गत..

    अब प्रदेश सरकारले नै कुलेखानी-काठमाडौँ सुरुङमार्ग बनाउने मुख्यमन्त्री पौडेलको भनाई

    सोमबार, भाद्र ११, २०७५ साल
    हेटौँडा,११ भदौ देश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् ।   उन सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गरे ।  मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन..

    खोलामा झोलुङ्गे पुल निर्माण नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दालाई सास्ती

    सोमबार, भाद्र ११, २०७५ साल
    दुल्लु, दैलेख, ११ भदौ खोलामा झोलुङ्गे पुल नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नु परेको छ ।  भगवतीमाई– ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन् । दुई वडालाई जोड्ने घुम्ने धारा खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको छ । पानीको परिमाण कम भएका बेला मात्र खोला तर्न सकिन्छ । “बर्खामा जोखिम मोलेर खोला तर्नुको..

    राजविराज नगरपालिकाद्वारा विभिन्न ६ स्थानमा सार्वजनिक शौचालय निर्माण

    आईतवार, भाद्र १०, २०७५ साल
    राजविराज, १० भदौ  सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।  सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४÷७५ को नगर सभाबाट रु पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए  ।  सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु..

    बर्दिया जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण, कर्णाली र बबई नदीको पानीबाट खेत सञ्चित

    बिहिवार, भाद्र ७, २०७५ साल
    बर्दिया, ७ भदौ  जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ ।  अहिले ६ हजार हेक्टरमा मात्र खेती गरिएको छ ।..

    महिला बन्दीगृह निर्माणमा पर्याप्त रकम निकासा नहुँदा १ दशकदेखि अलपत्र

    बिहिवार, भाद्र ७, २०७५ साल
    पर्वत, ७ भदौ  जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ ।  निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु १४ लाखमात्र निकासा भएको थियो । पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि..

    यी तीन जिल्लामा ५ एकीकृत बस्ती बन्ने, जिम्मेवारी जिल्ला आयोजना कार्यान्वयन एकाइलाई दिइने

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाका पाँच एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बुधबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत बस्तीमा पूर्वाधारका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्राधिकरण कार्यकारी समिति सदस्य ध्रुवप्रसाद..

    कलंकीको अण्डरपास सञ्चालन आजबाट बन्द, निर्माणको काम अझै बाकी

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौं, ६ भदौ  कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बुधबार बिहानदेखि बन्द भएको छ । निर्माण पुरा नभएका कारण अण्डरपास सञ्चालन बन्द गर्नुपरेको चक्रपथ सुधार आयोजना समितिले बताएको छ । कलंकी ट्रफिक प्रहरी निरीक्षक विमल थापाका अनु्सार केही दिन अघि सन्चाल गरीएको यो अण्डरपास परिक्षणकालागि सन्चालन गरिएको थियो । अब केही दिनमा निर्माण सम्पन्न गरेपछि मात्र निरन्तर सन्चालन गरिने थापाले बताएका..

    भूकम्प गएको ३ वर्ष बित्दासमेत कोत भवनको पुनःनिर्माण अन्योलमा

    बुधबार, भाद्र ६, २०७५ साल
    ललितपुर, ६ भदौ  पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन ।  भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थियो । भारतीय दूतावासले विभिन्न स्मारकसँगै कोतपाटी निर्माणको नेपाल सरकारसँग सम्झौता गरेको थियो । उनले भने, “दूतावासले अहिलेसम्म निर्माणको..

    धरहरा निर्माण : छैटौंपटक पनि आर्थिक प्रस्ताव स्थगित, पुनःनिर्माण कार्य अन्योलमा

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ ।  गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो ।  पाँच निर्माण..

    माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना ३ वर्षमा सम्पन्न हुने, यस्तो छ शेयर व्यवस्था

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।  सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण..

    रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न अभियानकर्मीको माग

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो । ‘रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि..

    काम कछुवा गतिमा ! भूकम्पपीडितको २७ प्रतिशत मात्र घर निर्माण, पूरा हुन अझै २ वर्ष लाग्ने

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् ।  ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले  आव २०७५-०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६-०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भने ।  उनले भूकम्पपीडितले मापदण्ड..

    जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै, स्थानीयवासी खुशी

    सोमबार, भाद्र ४, २०७५ साल
    इनरुवा, ४ भदौ  सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ ।  जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताए ।  गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि..

    असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने, सुरुङको काम सम्पन्न गर्न अझै समय लाग्ने

    आईतवार, भाद्र ३, २०७५ साल
    सुन्दरीजल, काठमाडौँ, ३ भदौ उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।  चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को..

    भोलिदेखि कलङ्की अन्डरपास सञ्चालनमा आउने, सडक जाम कम हुने अपेक्षा

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौं, ३१ साउन  पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो र चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास बिहिबारदेखि संचालनमा आउने भएको छ ।  सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए ।  उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक..

    चितवनको पुलचोक–गोन्द्राङ सडकखण्डलाई ६ लेन बनाइने, धमाधम रुख काटिँदै

    बुधबार, श्रावन ३०, २०७५ साल
    चितवन, ३० साउन  पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्य खण्डमा पर्ने चितवनको नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउने गरी सर्भे सुरु भएको छ । सडक विस्तारका लागि सर्भेको काम मंगलबारबाट सुरु भएको छ भने, डीपीआर बनाउने काम भइरहेको छ । यो हप्ताभित्र नै सडकको डीपीआर बनेर सडक विभागमा पेस गर्ने तयारी भएको डिभिजन प्रमुखले बताए । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी..
    Results 751: You are at page 17 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast