बुधबार, चैत्र १९, २०७६

    अावास-निर्माण

    चीन सरकारको सहयोगमा तयार हुँदै सुक्खा बन्दरगाह

    शुक्रबार, फागुन २४, २०७५ साल
    मेलम्ची, २४ फागुन  सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ ।  करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ । भवनमा अध्यागमन,..

    गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु

    शुक्रबार, फागुन २४, २०७५ साल
    गाईघाट, २४ फागुन उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार कार्य शुरु भएको छ ।  त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मिकस्थल रौतासम्म १९ किलोमिटर लामोदूरीमा रहेको धार्मिकस्थल रौतापोखरीसम्म केबलकार..

    पुनःनिर्माणको काम धमाधम शुरु, कस्तो बन्छ नयाँ धरहरा ?

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ ।  जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।  प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई..

    निर्माण भएको १४ वर्ष बितिसक्दा पनि सञ्चालन नभएको यो बसपार्क

    बिहिवार, फागुन २३, २०७५ साल
    लहान, २३ फागुन लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहँुदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् ।  सम्बन्धित निकायको उदासीनताका कारण गत २०६१ सालदेखि निर्माण शुरु गरिएको बसपार्कमा अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने बस मुख्य सडकमै पार्किङ गर्ने गरेका हुन् ।  बसपार्क सञ्चालन नहँुदा सडकमै..

    राणाकालीन भवन 'श्रीमहल'को पुनःनिर्माण वैशाखदेखि शुरु हुने

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।  स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग, डोलिडार भनिन्थ्यो) रहेको सो भवन विसं २०७२ को भूकम्पले..

    हिमपातका कारण विकास आयोजनाको काम प्रभावित

    मंगलवार, फागुन २१, २०७५ साल
    ठिनी, २१ फागुन प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।  यसवर्ष फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताउनुभयो । दाङ, धादिङ,..

    रानीपोखरी पुनर्निमाणका लागि खटिए कामदार, फेरिदै मुहार !

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए । उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन् । २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि..

    अन्तत: मल्लकालीन शैलीमा ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरु

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २० फागुन ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरू भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण सुरू गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए। उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्। रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको..

    गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाका लागि करोडौं रकम सङ्कलन

    आईतवार, फागुन १९, २०७५ साल
    चितवन, १९ फागुन : रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिनुभएको हो ।  धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान..

    चीन सरकारको सहयोगमा २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ ।  सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ,..

    खप्तड जोड्ने पुल बन्नलाग्दा स्थानीयवासी हर्षित

    शुक्रबार, फागुन १७, २०७५ साल
    बझाङ, १७ फागुन  जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।  चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो । धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने अनुमान स्थानीयवासी बताउँछन् ।  वर्षौंदेखि..

    भूकम्पले क्षति पुगेको विद्यालयको भवन पुनःनिर्माण हुँदै

    बिहिवार, फागुन १६, २०७५ साल
    बेझाड, १६ फागुन भूकम्पले क्षति पुगेको रामपुर नगरपालिका–१ स्थित छम्के आधारभूत विद्यालयको चार कोठे पक्की भवनको निर्माण कार्य शुरु भएको छ । २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त सो विद्यालयको भवन पुनःनिर्माणमा कसैको ध्यान पुगेको थिएन । लामो समयदेखि भूकम्पले क्षति पुगेको भवनभित्रै जोखिमरुपमा विद्यालय सञ्चालन हुँदै आएको छ ।  अहिले पुनःनिर्माण प्राधिकरणको अनुमानित रु ७० लाखको अनुदान सहयोगमा चारकोठे पक्की भवन निर्माण..

    धादिङमा दक्षिण एशियाकै ठूलो सिमेन्ट उद्योग सञ्चालन हुँदै

    बुधबार, फागुन १५, २०७५ साल
    धादिङ, १५ फागुन दक्षिण धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।  ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल तय गरी..

    पर्वतको विकट गाउँमा पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

    बुधबार, फागुन १५, २०७५ साल
    पर्वत, १५ फागुन यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।  साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी..

    “बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ”

    बुधबार, फागुन १५, २०७५ साल
    गोरखा १५, फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ ।  “म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो, केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।” गोरखाको गण्डकी..

    सुनकोटको लेकसम्म पुग्न तीन किलोमिटर सिँढी बन्दै

    मंगलवार, फागुन १४, २०७५ साल
    घोराही, १४ फागुन ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पाण्डवेश्वर महादेव मन्दिरबाट सुनकोटको लेक पुग्ने सिँढी बनाइने भएको छ ।  धार्मिक एवं प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको सुनकोटको लेक(डाँडा) पुग्नका लागि पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले पाण्डवेश्वर धाम र सुनकोटको लेकलाई सिँढीमार्फत जोड्ने योजना ल्याएको हो ।  समितिले उक्त विषयलाई विशेष प्राथमिकतामा राखेर काम थालिएको छ । घोराही उपमहानगरपालिका–५ स्थित उक्त लेक पुग्नका..

    रानीपोखरी पुनर्निर्माणको विधि तय, यस्तो हुने भो र्निर्माण प्रक्रिया !

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आईतबार बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने टुङ्गो लगाएको हो ।  रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करीब एक फिट तलसम्म खनी घाँस हटाइनेछ । त्यहाँको सबै बालुवा निकाली माटो नमिसिने गरी जम्मा गरिनेछ । पोखरीको कालीमाटी रहेको..

    जावलाखेल - जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन  जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण भइरहेको छ ।  आगामी एक महीनामा निर्माणको काम सम्पन्न गरी नयाँ घरमा जीवजनावरलाई..

    गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० %, भदौदेखि व्यावसायिक उडान

    शनिबार, फागुन ११, २०७५ साल
    काठमाडौँ, ११ फागुन  सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत..

    पेट्रोलियम पाइपलाइन विस्तार अन्तिम चरणमा

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।  करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ ।  उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र..

    ​पेप्सीकोला–सल्लाघारी सडक विस्तार अघि बढेन

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।  मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार..

    कुन सरकारले कस्ता सडक निर्माण गर्ने, बजेट विनियोजन !

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन ।  देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो लागि नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । पहिले अधिकांश सडकको जिम्मेवारी सङ्घको भए पनि देशको नयाँ संरचनाअनुसार सडक निर्माण र सुधार प्रदेश र स्थानीय..

    अन्तत: अलपत्र छाडिएको कुशहा–बेल्ही सडक निर्माण शुरु

    बिहिवार, फागुन ९, २०७५ साल
    लहान, ९ फागुन लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु गरेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो ।  सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएपनि ठेकेदार कम्पनीले काम अलपत्र छाडेर सम्पर्कविहीन भएको भन्दै राससमा समाचार प्रयोग भएको थियो । सो समाचार विभिन्न सञ्चारमाध्यममा छापिएपछि..

    सिद्धार्थ राजमार्ग चौडा बनाउन शुरु, स्मार्ट सिटीको लक्ष्य

    बुधबार, फागुन ८, २०७५ साल
    वालिङ, ८ फागुन  स्याङ्जाको वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गसहित नगरभित्रका अन्य सडकलाई चौडा बनाउन शुरु गरेको छ ।  नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी सोमबारदेखि गरेको हो । नगरपालिकाले यसअघि सडक विभागको डोजरको सहायता तथा नगरपालिकाको इन्धन र अन्य टिपरको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको भाग १२ किलोमिटर चौडा गरिसकेको छ ।  “‘स्मार्ट सिटी’ निर्माणका..

    विदेशी लगानीमा विद्यालय भवन निर्माण

    बुधबार, फागुन ८, २०७५ साल
    लमही, ८ फागुन विदेशी लगानीमा दाङको एक सामुदायिक विद्यालयको भवन निर्माण पूरा भएको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको हो ।  क्यानडा सरकारका कर्मचारी नै खटिएर निर्धारित समयभन्दा अघि नै काम पूरा गरेका हुन् । १४ विदेशी र छ जना सिपी नेपालका प्राविधिक पनि..

    निर्माण हुँदै गरेको पुल भत्किन शुरु भएपछि ...

    मंगलवार, फागुन ७, २०७५ साल
    गाईघाट, ७ फागुन  सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ ।  हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताउनुभयो । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ । सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनीयर बचन भण्डारीले पुल..

    हेटौँडाको सडक ४ लेनको बनाइने, दायाँ–बायाँ सुन्दर बगैँचा

    सोमबार, फागुन ६, २०७५ साल
    हेटौँडा, ६ फागुन : प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतबारको बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो बनाउने र अतिरिक्त मार्ग पनि निर्माण गर्ने निर्णय गरेको हो । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडाको बजार क्षेत्रमा पर्ने सडकखण्ड र त्रिभुवन राजपथअन्तर्गतको सडकखण्डलाई दायाँबायाँ १६ –१६ मिटर कायम गर्ने..

    अवैध क्रसर उद्योग बन्द गरिँदै, थप स्थलगत अनुगमन !

    आईतवार, फागुन ५, २०७५ साल
    बर्दिवास, ५ फागुन : जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ ।  जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ्चालनमा रहेका क्रसर उद्योगले ती ठाउँमा अनियन्त्रित दोहन गरेर प्राकृतिक..

    चितवन राष्ट्रिय निकुञ्जभित्र बाटो नबनाउन सर्वोच्चको परमादेश

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, २ फागुन : सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले आज सो क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।  फैसलामा भनिएको छ, “निकुञ्जको कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र..

    मेलम्ची आयोजना अलपत्र : फेरी सिएमसी कम्पनी कुर्दै सरकार

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानूनीरुपमा कहीँ कतै पनि नचुकेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको अर्थ समितिको बिहिबारको बैठकमा उहाँले इटलीको सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानूनी बाध्यता रहेकाले सोहीअनुसार गरिएको बताउनुभयो । ठेक्का तोड्दा नेपाल सरकारलाई घाटा भने नभएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सिएमसी र हामीले दुवैतर्फबाट मेलम्चीको ठेक्का तोड्ने..
    Results 919: You are at page 16 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast