सोमबार, कार्तिक ४, २०७६

    अावास-निर्माण

    चौसठ्ठी वर्षदेखिको ‘सटके पहिरो’ नियन्त्रणमा, अब पहिरो क्षेत्रमा हरियाली, स्थानीयलाई हाइसञ्चो

    मंगलवार, पौष २४, २०७५ साल
    पशुपतिनगर, २४ पुस : इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो ।  स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९÷७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९/७०..

    गौतमबुद्ध विमानस्थलको ६० प्रतिशत निर्माण सकियो, दोस्रो चरणको काम धमाधम

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ ।  धावनमार्गको कालोपत्रको काम सम्पन्न भएपछि विमानस्थलको भौतिक निर्माण प्रगति ७५ प्रतिशत माथि पुग्नेछ । आगामी दुई महीनाभित्र कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । संस्कृति..

    कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकियो

    आईतवार, पौष २२, २०७५ साल
    ललितपुर, २२ पुस  कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ ।  चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।  अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टि..

    वर्षातको पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु !

    शुक्रबार, पौष २०, २०७५ साल
    ललितपुर, २० पुस ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षात्को पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना भएको छ ।  ललितपुर महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटीलगायत स्थानमा फोहर पानी जम्न नदिनका लागि आयोजना सञ्चालनको योजना बनाएका हुन् । कूल रु ४८ करोड लागत रहेको आयोजनाको काम आगामी चैतदेखि शुरु गर्ने योजना रहेको महानगरपालिकाका..

    त्रिशूली जलविद्युत् गृहमा साँझ लागेको आगोले पुर्याएको क्षतिको मर्मत शुरु

    शुक्रबार, पौष २०, २०७५ साल
    बेत्रावती, २० पुस  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पुर्याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ ।  मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पुर्याइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।  उहाँका अनुसार उत्पादन गृहमा आगोले पुर्याएको क्षतिको..

    भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस : खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले उक्त स्थानमा रङ्गशाला बनाउननहुने भन्दै जानकारी गराएको उल्लेख गर्दै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्न नहुने बताउनुभयो ।  बुधबार सिंहदरवारस्थित युवा..

    विकट हिमाली क्षेत्रमा मोवाइल टावर निर्माण हुँदै, स्थानीयवासीको वर्षौंदेखिको सपना साकार

    बुधबार, पौष १८, २०७५ साल
    डोल्पा, १८ पुस  विकट हिमाली जिल्ला डोल्पाको उत्तरी सीमा क्षेत्रमा पर्ने से–फोक्सुन्डो गाउँपालिकाका स्थानीयवासीको वर्षौंदेखिको मोबाइल फोनमा कुरा गर्ने सपना साकार हुने भएको छ ।  गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ३ साल्दाङ र वडा नं ८ मा पर्ने रिग्मो गाउँमा जिएसएम मोबाइल टावर बन्ने भएपछि स्थानीयवासीको मोबाइलमा कुराकानी गर्ने सपना साकार हुने भएको हो । टावर निर्माण भएपछि यसक्षेत्रका चार हजार जनसङ्ख्या..

    रानीपोखरी पुनः निर्माण विषय अझै अन्योलमा, कामपाद्वारा बोलपत्र आह्वानको तयारी

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ ।  भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको हो ।  भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गर्नुभए पनि निर्माण कार्यले अहिलेसम्म गति लिन सकेको छैन । कामपाले पहिलो पटक बोलपत्र आह्वान..

    स्थानीय तहले पूर्वाधार विकासमा गति लिदैं, चेपाङ बस्ती जोड्ने गोरेटा ८ मिटरसम्म फराकिलो

    मंगलवार, पौष १७, २०७५ साल
    रत्ननगर, १७ पुस  केही वर्षअघि चिवतनको चेपाङ बस्ती पुग्न गोरेटो बाटो हिँड्नुपर्ने हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । स्थानीय तहको निर्वाचन भएसँगै यहाँको पूर्वाधार विकासले गति लिएको छ । चेपाङ बस्ती जोड्ने साँघुरा, गोरेटा बाटो अहिले छ देखि आठ मिटरसम्म ग्राबेल भएका छन् ।  चेपाङको बाहुल्य रहेको कालीकानगरपालिका–११ मा वडातहको अधिकांश बजेट सडक निर्माणमा लगानी भएको छ । यसले कोराक, सिद्धीलगायतका..

    पुनःनिर्माणसम्बन्धी अधिकार स्थानीय तहलाई, १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर

    मंगलवार, पौष १७, २०७५ साल
    बेत्रावती, १७ पुस  विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्थानीय तहबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  विदुरमा सम्पन्न दुईदिने पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले जारी रहेको पुनःनिर्माणलाई तीव्रता दिएर तोकिएको समयमा कार्य सम्पन्न गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय) र यहाँका १२ स्थानीय तहबीच सोमबार..

    जोखिममा रहेका बस्तीको पुनः प्राविधिक अध्ययन गर्न माग, स्थानान्तरणमा समस्या

    सोमबार, पौष १६, २०७५ साल
    नुवाकोट, १६ पुस  भूकम्पको कारण जोखिममा रहेका जिल्लाका बस्तीको पुनः प्राविधिक अध्ययन गर्न माग गरिएको छ ।  विदुरमा सोमबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको बैठकमा सहभागीले जोखिममा रहेका बस्तीको पुनः प्राविधिक अध्ययन गर्न माग गरेका हुन् । म्यागङको किम्ताङ, दुप्चेश्वरको घ्याङफेदी, किस्पाङको साल्मे, महाकालीको कल्लेरी, मुलाबारी, कटुन्जे ढकालथोक, पञ्चकन्याको थप्रेक, लिखु–३ को भलाद्मी डाँडालगायत बस्तीको पुनः प्राविधिक अध्ययन गर्न सरकारलाई अनुरोध..

    विराटनगर विमानस्थललाई विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण, ढिला नगर्न मुख्यमन्त्रीको जोड

    सोमबार, पौष १६, २०७५ साल
    विराटनगर, १६ पुस  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ ।  उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिनुभयो..

    जनतालाई आवातजावतमा सहज बनाउने उदेश्यका साथ हुलाकी सडकको कालोपत्रे शुरु

    आईतवार, पौष १५, २०७५ साल
    विराटनगर, १५ पुस  मोरङ–सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।  पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर– देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ ।  विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने..

    भूकम्पले भत्किएका अढाइ सय सरकारी भवनको पुनःनिर्माण सम्पन्न

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।  हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको..

    विपद् व्यवस्थापनका लागि म्याग्दीमा १ महीनामै ५ हेलिप्याड निर्माण

    बिहिवार, पौष १२, २०७५ साल
    गलेश्वर, १२ पुस  आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।  दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी..

    अन्तत: भूकम्पले भत्किएका २ सय १ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन ।  रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु..

    भूकम्पले क्षतिग्रस्त ५२ विद्यालय भवन निर्माण शुरु, २३ करोड बजेट विनियोजन

    बुधबार, पौष ११, २०७५ साल
    दमौली, ११ पुस    भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको नयाँ भवन निर्माण शुरु भएको हो ।    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जिल्लाका ५२ क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि रु २३ करोड चार हजार ४९६ बजेट विनियोजन गरेको छ..

    सडक बनेपछि खच्चडको ठाउँमा गाडी, स्थानीय भन्छन् 'कहालिलाग्दो अवस्था हट्यो'

    सोमबार, पौष ९, २०७५ साल
    तेह्रथुम, ९ पुस तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो ।  वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त..

    भूकम्पको शिकार बनेको नुवाकोटको ऐतिहासिक ७ तले दरबार अब पुनःनिर्माण हुने, चीनले सहयोग गर्ने

    आईतवार, पौष ८, २०७५ साल
    नुवाकोट, पुस ८ नुवाकोटको ऐतिहासिक साततले दरबार भूकम्पको सिकारमा परेको कारण नै टेकोको भरमा आफनो अस्तित्व जोगाईरहेको छ । दुई वर्षअघि नै यसको पुनःनिर्माण हुने भनिए तापनि साढे तीन वर्षदेखि यो दरबार धराप र जीर्ण अवस्थामा यसैगरी टेकोको भरमा उभिरहेको छ । नेपाल एकीकरणको अभियानको क्रममा नुवाकोट विजयपछि वि।सं। १८१९ मा नौ तले दरबारको निर्माण गरिएका्े थियो । तर, १९९० सालको भूकम्पका बेला..

    भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता : लमही–तुलसीपुर सडक ४ लेनको बन्ने

    आईतवार, पौष ८, २०७५ साल
    लमही, ८ पुस दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ ।  उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।  दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन रु एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि रु एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताउनुभयो..

    सांसदको १ टोलीद्वारा द्रुतमार्ग निरीक्षण, प्रगति सन्तोषजनक, स्थानीय जनता खुशी

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस   राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई-मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ ।  शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।  समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र..

    लाइसेन्स लिएको दशक बित्यो, प्रगति शून्य ! चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा

    शनिबार, पौष ७, २०७५ साल
    सुर्खेत, ७ पुस  इजाजत अनुमतिपत्र(लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ ।  पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले अझै आयोजना अघि बढाउन सकेको छैन् । दुई वर्षदेखि कम्पनीका कर्मचारी आयोजना स्थलमा छैनन् ।  गुटुदेखि चौकुने डा“डासम्म सडक निर्माण गरी कम्पनीले..

    प्रदेश सरकारले पूर्वी चितवनमा १५ शय्याका २ अस्पताल बनाउंदै

    शनिबार, पौष ७, २०७५ साल
    चितवन, ७ पुस प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो ।  ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि उपकरण खरीद गर्न..

    अन्तत: अन्योलकाबिच बन्ने भयो मेलम्ची, लागत नबढ्ने गरी काम सुचारु गर्न अर्थ समितिकाे निर्देशन

    शुक्रबार, पौष ६, २०७५ साल
    काठमाडौँ, ६ पुस संसद्को अर्थ समितिले मेलम्ची खानेपानीमा देखिएको अन्योल तत्काल अन्त्य गरी काम सुचारु गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै खानेपानी मन्त्री विना मगर । बिहीबार बसेको समितिको बैठकले आयोजनाको लागत नबढ्ने गरी काम सुचारु गर्न निर्देशन दिएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालले तत्काल सुचारु गर्न निर्देशन दिएका हुन् । ‘जसरी..

    हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त, १६ किलोमिटर मात्रै स्तरोन्नति

    शुक्रबार, पौष ६, २०७५ साल
    काभ्रेपलाञ्चोक, ६ पुस  आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ ।  काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।  एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने उक्त पाँचखाल–मेलम्ची सडक एक वर्षको अवधिमा ३० प्रतिशत..

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप १२ किलोमिटर ओछ्याउन बाँकी, ३ महीनाभित्र सम्पन्न हुँदै

    बिहिवार, पौष ५, २०७५ साल
    वीरगञ्ज, ५ पुस  नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।  “तीव्र गतिमा बाँकी काम भइरहेको छ”, परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले  भने, “बाधा अवरोध नभए..

    युकेमा कार्यरत तेह्रथुमेद्धारा म्याङलुङ क्याम्पस भवन निर्माण

    बिहिवार, पौष ५, २०७५ साल
    तेह्रथुम, ५ पुस तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो ।   कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउनु हुने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश..

    बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञको ठहर : सिक्टाको घुलनशील माटोमै समस्या !

    बिहिवार, पौष ५, २०७५ साल
    बाँके, ५ पुस : सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् ।  विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भन्नुभयो, “उहाँहरूले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण..

    निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन, आवश्यक स्थानका रुख मात्र कटान गरीने

    बुधबार, पौष ४, २०७५ साल
    काठमाडौँ, ४ पुस  सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।  समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो..

    प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदबीच छलफल, बजेट विनियोजनका लागि पहल

    बुधबार, पौष ४, २०७५ साल
    भरतपुर, ४ पुस प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ ।  प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको..
    Results 818: You are at page 15 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast