बिहिवार, भाद्र ५, २०७६

    अावास-निर्माण

    छोरो होस् त यस्तो !! बुबाको सम्झनामा कृत्रिम ताल निर्माण

    सोमबार, मंसिर २४, २०७५ साल
    बेझाड, २४ मङ्सिर रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल निर्माण गरेका छन् ।  भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेका हुन् ।  “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले ताल निर्माण गरिएको हो”, उनले भने । पर्याप्त सिँचाइ सुविधा पुगेको तीन..

    झापामा किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण

    आईतवार, मंसिर २३, २०७५ साल
    बनियानी, २३ मङ्सिर झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको हो । रु १४ लाखको लागतमा पाँच फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।  सालिक..

    बर्खाले निकै क्षति पुर्याएको साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

    शुक्रबार, मंसिर २१, २०७५ साल
    बाजुरा, २१ मङ्सिर बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पुर्याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ ।  साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्यार्एको थियो । बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला..

    भरतपुर–माडी–ठोरी हुलाकी सडकको स्तरोन्नति, चितवनमा ४३ करोडको तटबन्धन

    बिहिवार, मंसिर २०, २०७५ साल
    चितवन, २० मङ्सिर  भरतपुर–माडी–ठोरी हुलाकी सडकको मुख्य क्षेत्र पकौडी चोकदेखि जगतपुरको राप्ती पुलसम्मको सडक स्तरोन्नति हुने भएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सो सडकको स्तरोन्नति हुन लागेको हो । पटिहानीको पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले रु नौ करोड ७५ लाख निकासा गरेको भरतपुर..

    छोसेर–कोरला सडक स्तरोन्नति, नाका खुलाउनका लागि चीन सरकारसँग कूटनीतिक पहल जारी

    बुधबार, मंसिर १९, २०७५ साल
    ठिनी (मुस्ताङ), १९ मङ्सिर  मुस्ताङको सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ ।  कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।  जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका..

    कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन कामपाका मेयर विद्यासुन्दर शाक्य राजी

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मंसिर काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका हुन् । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिए । सङ्घीय संसद् सदस्य गगन थापाले..

    चापाकोटमा लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायको सङ्ग्रहालय निर्माण हुँदै

    सोमबार, मंसिर १७, २०७५ साल
    वालिङ, १७ मङ्सिर एकता कुमाल समाज चापाकोट– ८ दामाचौरले कुमाल सङ्ग्रहालय निर्माण थालेको छ ।लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायका कला, संस्कृति, वेशभूषा, माटाका भाँडा, पोशाक उक्त सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिने उक्त समाजकी अध्यक्ष मथुरा कुमालले बताए ।  “माटोका विभिन्न भाँडाकुँडा बनाउने पेशा अँगालेको यो समुदाय पछिल्लो समय परम्पारागत पेशाबाट विस्थापित हुँदै गएको छ”, अध्यक्ष कुमालले भने, “परम्परादेखि चलिआएको पेशाप्रति आजभोलिका युवा आकर्षित..

    रानीपोखरी पुनःनिर्माण : प्राविधिक क्षमता परीक्षण हुँदै, काष्ठमण्डप पुनर्निर्माणका लागि नक्सा प्रदर्शन

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्हो-इनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध..

    कमल दह छेउमै पाहुना घर निर्माण, रुकुमकोटमा आवतजावत बाक्लिएपछि चहलपहलमा वृद्धि

    शुक्रबार, मंसिर १४, २०७५ साल
    रुकुम (पूर्व), १४ मङ्सिर जिल्ला छुट्टिएपछि रुकुमकोटमा आवतजावत बाक्लिएको छ ।  प्रशासनिक तथा न्यायिक कार्य यहीबाट भइरहेको छ । घुम्न आउनेको विश्राम थलो रुकुमकोट भएको छ । यहाँ पुगेपछि मात्र घुम्न जाने अन्य थुप्रै गन्तव्य भेटिन्छन् । चहलपहलमा वृद्धि भएपछि व्यवस्थापन शुरु गरिएको छ । अहिले खाने बस्नेसहितको सुविधा सम्पन्न पाहुना घर निर्माण भइरहेको छ । सिस्ने गाउँपालिका–५ को कमल दह नजिकै पाहुना..

    इनरुवामा सुविधा सम्पन्न बसपार्क बनाइँदै, निर्माणकार्य अन्तिम चरणमा

    बिहिवार, मंसिर १३, २०७५ साल
    इटहरी, १३ मङ्सिर सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  इनरुवा नगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भइरहेको बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने..

    मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण अन्तिम चरणमा

    बुधबार, मंसिर १२, २०७५ साल
    वीरगंज, १२ मङ्सिर  नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।  तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइप..

    जापानले सुरू गर्‍यो कोटेश्वरको जाम हटाउन सुरूङको अध्ययन, तत्कालका लागि पुल बनाइने

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौं, १२ मंसिर  काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये पर्यटकीय, सांस्कृतिक र धार्मीक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्ला भक्तपुरको लागि काठमाडौं, ललितपुर तथा अन्य जिल्लाको लागि कोटेश्वरको मार्ग प्रयोग नगरी सुखै छैन । पछिल्लो समय सवारी साधनमा देखिएको उच्च चाप, जनसंख्या बृद्धि र बीपी राजमार्ग भई पूवी नेपालबाट समेत सवारी साधन चल्न थालेपछि झन् जाम र सास्ती बढ्न थालेकाले भक्तपुर अहिले पर्यटकीय जिल्ला भन्दा..

    हनुमन्ते करिडोर शिलान्यास, आगामी २ वर्षभित्रमा निर्माण गरिसक्ने आयोजनाको लक्ष्य

    मंगलवार, मंसिर ११, २०७५ साल
    भक्तपुर, ११ मङ्सिर भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा मंगलबार करिडोर निर्माणको शिलान्यास गरे ।  पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिए ।  हनुमन्ते खोलाको चौडाइ..

    पर्यटकीय गन्तव्य पटिहानीमा ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माणको काम सुरु

    सोमबार, मंसिर १०, २०७५ साल
    चितवन, १० मङ्सिर  सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पटिहानीमा सूर्यास्त दृश्यावलोकनसहित पर्यटक रमाउनका लागि सप्तरङ्गी छाता राख्ने ठाउँ निर्माणको काम शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ ले ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माणको काम सुरु गरेको हो ।  चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारको घडगाईमा छ कठ्ठा जग्गामा रु. २ करोड..

    कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुँदै

    आईतवार, मंसिर ९, २०७५ साल
    बेझाड, ९ मङ्सिर कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।  युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता भएको..

    पैदल यात्रुलाई सहज बनाउन कोटेश्वर–कलङ्की सडकमा थप ६ आकाशे पुल बन्ने पक्का

    शुक्रबार, मंसिर ७, २०७५ साल
    ललितपुर, ७ मङ्सिर  कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ ।  चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत..

    मध्य मेवाखोला जलविद्युत् आयोजना बन्ने, ५ वर्षभित्रै गरिसक्ने गरी कार्य थालनी

    शुक्रबार, मंसिर ७, २०७५ साल
    ताप्लेजुङ, ७ मङ्सिर  मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करीब नौ अर्बको लागत अनुमान गरिएको आयोजना निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन..

    सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने, ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

    बिहिवार, मंसिर ६, २०७५ साल
    काठमाडौँ, ६ मङ्सिर  एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ ।  करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच बिहिबार विद्युत् खरीद सम्झौता भएको छ ।  प्राधिकरणमा बिहिबार आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका..

    जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को सहयोगमा विद्यालय भवन पुनःनिर्माण

    बिहिवार, मंसिर ६, २०७५ साल
    बेत्रावती, ६ मङ्सिर भूकम्पले क्षतिग्रस्त नुवाकोटको म्यागङ गाउँपालिका–२ स्थित देउराली माध्यमिक विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत निर्माण गरिएको सो विद्यालयको बुधबार सांसद बहादुरसिंह लामाले समुदायलाई हस्तान्तरण गर्दै नयाँ भवनले गुणस्तरीय शिक्षा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । भूकम्पले विद्यालयको सबै कक्षाकोठा क्षति पुगेपछि टहरामा अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई अब सुरक्षित..

    कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै, हिनामिना गरेको आरोप

    बुधबार, मंसिर ५, २०७५ साल
    बेत्रावती, ५ मङ्सिर नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ । स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८÷६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द छ ।  नुवाकोटको नामाकरण गरिएका नौ कोटमध्ये १ नं कालिकाकोटमा निर्माण शुरु गरिएको ३३ फिट अग्लो भ्यूटावर बनाउन छुट्याएको रकमबारे नगरपालिका, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच विवाद भएको..

    मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, अब हुम्ला कहिले जोडिएला ?

    बुधबार, मंसिर ५, २०७५ साल
    त्रिपुरासुन्दरी, ५ मङ्सिर : भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ ।  एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको..

    चालू आवमै सुनकोशी मरिन डाइभर्सनको काम शुरु हुने, डिपिआर तयार भएपछि ठेक्का अगाडि बढाएने

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर  लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ ।  तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।  सो आयोजनाबाट प्रदेश..

    बाहिरी चक्रपथ निर्माण गर्न पूरै जग्गा रोक्का राख्ने तयारी, अयोजनाको प्रस्ताव मन्त्रालयमा पेस

    आईतवार, मंसिर २, २०७५ साल
    काठमाडौं, २ मङ्सिर सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न पूरै (६६.५८ किमी) खण्डमा जग्गा रोक्का गर्ने तयारी भएको छ । उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथमा पहिलोखण्ड चोभार–सतुंगल (६.६ किमि) काम अघि बढाउने सहरी विकास सचिव रमेशप्रसाद सिंहले जानकारी दिए। उनका अनुसार पूरै खण्डका लागि जग्गा रोक्का राख्ने गरी अयोजनाले प्रस्ताव तयार गरी मन्त्रालय पेस गरेको छ। प्राधिकरण आफैंले..

    मोरङ क्षेत्र नम्बर १ : ४ करोडका १९ वटा योजना छनोट, कस्तो छ यिनको बनोट ?

    शनिबार, मंसिर १, २०७५ साल
    उर्लाबारी, १ मङ्सिर  सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ ।  क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारका योजना छनोट गरिएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । छनोटमा परेका योजनामा केराबारी गाउँपालिकामा केराबारी– सिन्दूरे समला पार्टी गाउँ सडक स्तरोन्नतिका लागि रु ५० लाख, फाइवा– फुर्केटार सडक निर्माणका..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ नयाँ ‘पार्किङ–वे’ थपिँदै, ५ महीनामा निर्माण कार्य सकिने जानकारी

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।  विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच-पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । अबको पाँच महीनामा निर्माण कार्य सकिने विमानस्थलले जनाएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को रु एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण..

    पन्ध्र महीनामा सक्ने भनिएको नेपालगञ्ज बसपार्कको निर्माण ३ वर्ष पुग्दा पनि सम्पन्न भएन !

    बिहिवार, कार्तिक २९, २०७५ साल
    नेपालगञ्ज, २९ कात्तिक पन्ध्र महीनामा सक्ने भनिएको नेपालगञ्ज बसपार्कको निर्माण कार्य तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन ।  पन्ध्र महीनाभित्र निर्माण सक्ने गरी नेपालगञ्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्सबीच सन् २०१६ मार्चमा सम्झौता भएको थियो । निर्माण शुरु भएको अहिले तीन वर्ष बितिसक्दा झण्डै ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।  ठेकेदार कम्पनीका कारण निर्माण कार्यमा ढिलाइ भएको नेपालगञ्ज..

    दातृ संस्था र आन्तरिक स्रोत सङ्कलन गरी स्वयम्भूमा १९ सम्पदाको मर्मत सम्पन्न

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक  स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ ।  शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो मर्मत तथा जीर्णोद्धार गरेको हो । महासमितिले विभिन्न दातृ संस्था र आन्तरिक स्रोत सङ्कलन गरी मर्मत कार्य पुरा गरेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । त्यस..

    ठेकेदार कम्पनीले काम पूरा नगरेपछि रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा ढिलाइ

    मंगलवार, कार्तिक २७, २०७५ साल
    ललितपुर, २७ कात्तिक  तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ ।  विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको शुरुआत यहीँबाट गरेका थिए । मन्दिरको पुनःनिर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो । निर्माणमा प्रयोग भएको इँटामा अङ्ग्रेजी..

    तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले प्रतीक्षालय निर्माण !

    सोमबार, कार्तिक २६, २०७५ साल
    बागलुङ, २६ कात्तिक तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले बागलुङ जिल्लाको बडीगाड गाउँपालिका–२ खर्वाङ बजारमा रु एक लाख १५ हजारमा प्रतीक्षालय निर्माण गरिएको छ ।  ‘रिभर साइड गल्स’ समूह बडीगाड–२ खर्वाङले गत वर्ष र यस वर्ष खेलेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन गरेको रकमले सो प्रतीक्षालय निर्माण गरिएको हो । समूहले गत वर्षको देउसीभैलोबाट सङ्कलित रु ५० हजार र ६५ हजार ऋणबाट सो प्रतीक्षालय बनाइएको..

    कामपाले माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल निर्माण गर्दै

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक  काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ ।  कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए ।  यी दुई बाहेक अरु कुन स्थानमा आकाशे..
    Results 751: You are at page 14 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast