सोमबार, कार्तिक ४, २०७६

    अावास-निर्माण

    भूकम्पले क्षति पुगेको विद्यालयको भवन पुनःनिर्माण हुँदै

    बिहिवार, फागुन १६, २०७५ साल
    बेझाड, १६ फागुन भूकम्पले क्षति पुगेको रामपुर नगरपालिका–१ स्थित छम्के आधारभूत विद्यालयको चार कोठे पक्की भवनको निर्माण कार्य शुरु भएको छ । २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त सो विद्यालयको भवन पुनःनिर्माणमा कसैको ध्यान पुगेको थिएन । लामो समयदेखि भूकम्पले क्षति पुगेको भवनभित्रै जोखिमरुपमा विद्यालय सञ्चालन हुँदै आएको छ ।  अहिले पुनःनिर्माण प्राधिकरणको अनुमानित रु ७० लाखको अनुदान सहयोगमा चारकोठे पक्की भवन निर्माण..

    धादिङमा दक्षिण एशियाकै ठूलो सिमेन्ट उद्योग सञ्चालन हुँदै

    बुधबार, फागुन १५, २०७५ साल
    धादिङ, १५ फागुन दक्षिण धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।  ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल तय गरी..

    पर्वतको विकट गाउँमा पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

    बुधबार, फागुन १५, २०७५ साल
    पर्वत, १५ फागुन यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।  साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी..

    “बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ”

    बुधबार, फागुन १५, २०७५ साल
    गोरखा १५, फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ ।  “म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो, केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।” गोरखाको गण्डकी..

    सुनकोटको लेकसम्म पुग्न तीन किलोमिटर सिँढी बन्दै

    मंगलवार, फागुन १४, २०७५ साल
    घोराही, १४ फागुन ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पाण्डवेश्वर महादेव मन्दिरबाट सुनकोटको लेक पुग्ने सिँढी बनाइने भएको छ ।  धार्मिक एवं प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको सुनकोटको लेक(डाँडा) पुग्नका लागि पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले पाण्डवेश्वर धाम र सुनकोटको लेकलाई सिँढीमार्फत जोड्ने योजना ल्याएको हो ।  समितिले उक्त विषयलाई विशेष प्राथमिकतामा राखेर काम थालिएको छ । घोराही उपमहानगरपालिका–५ स्थित उक्त लेक पुग्नका..

    रानीपोखरी पुनर्निर्माणको विधि तय, यस्तो हुने भो र्निर्माण प्रक्रिया !

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आईतबार बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने टुङ्गो लगाएको हो ।  रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करीब एक फिट तलसम्म खनी घाँस हटाइनेछ । त्यहाँको सबै बालुवा निकाली माटो नमिसिने गरी जम्मा गरिनेछ । पोखरीको कालीमाटी रहेको..

    जावलाखेल - जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन  जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण भइरहेको छ ।  आगामी एक महीनामा निर्माणको काम सम्पन्न गरी नयाँ घरमा जीवजनावरलाई..

    गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० %, भदौदेखि व्यावसायिक उडान

    शनिबार, फागुन ११, २०७५ साल
    काठमाडौँ, ११ फागुन  सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत..

    पेट्रोलियम पाइपलाइन विस्तार अन्तिम चरणमा

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।  करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ ।  उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र..

    ​पेप्सीकोला–सल्लाघारी सडक विस्तार अघि बढेन

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।  मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार..

    कुन सरकारले कस्ता सडक निर्माण गर्ने, बजेट विनियोजन !

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन ।  देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो लागि नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । पहिले अधिकांश सडकको जिम्मेवारी सङ्घको भए पनि देशको नयाँ संरचनाअनुसार सडक निर्माण र सुधार प्रदेश र स्थानीय..

    अन्तत: अलपत्र छाडिएको कुशहा–बेल्ही सडक निर्माण शुरु

    बिहिवार, फागुन ९, २०७५ साल
    लहान, ९ फागुन लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु गरेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो ।  सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएपनि ठेकेदार कम्पनीले काम अलपत्र छाडेर सम्पर्कविहीन भएको भन्दै राससमा समाचार प्रयोग भएको थियो । सो समाचार विभिन्न सञ्चारमाध्यममा छापिएपछि..

    सिद्धार्थ राजमार्ग चौडा बनाउन शुरु, स्मार्ट सिटीको लक्ष्य

    बुधबार, फागुन ८, २०७५ साल
    वालिङ, ८ फागुन  स्याङ्जाको वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गसहित नगरभित्रका अन्य सडकलाई चौडा बनाउन शुरु गरेको छ ।  नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी सोमबारदेखि गरेको हो । नगरपालिकाले यसअघि सडक विभागको डोजरको सहायता तथा नगरपालिकाको इन्धन र अन्य टिपरको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको भाग १२ किलोमिटर चौडा गरिसकेको छ ।  “‘स्मार्ट सिटी’ निर्माणका..

    विदेशी लगानीमा विद्यालय भवन निर्माण

    बुधबार, फागुन ८, २०७५ साल
    लमही, ८ फागुन विदेशी लगानीमा दाङको एक सामुदायिक विद्यालयको भवन निर्माण पूरा भएको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको हो ।  क्यानडा सरकारका कर्मचारी नै खटिएर निर्धारित समयभन्दा अघि नै काम पूरा गरेका हुन् । १४ विदेशी र छ जना सिपी नेपालका प्राविधिक पनि..

    निर्माण हुँदै गरेको पुल भत्किन शुरु भएपछि ...

    मंगलवार, फागुन ७, २०७५ साल
    गाईघाट, ७ फागुन  सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ ।  हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताउनुभयो । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ । सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनीयर बचन भण्डारीले पुल..

    हेटौँडाको सडक ४ लेनको बनाइने, दायाँ–बायाँ सुन्दर बगैँचा

    सोमबार, फागुन ६, २०७५ साल
    हेटौँडा, ६ फागुन : प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतबारको बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो बनाउने र अतिरिक्त मार्ग पनि निर्माण गर्ने निर्णय गरेको हो । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडाको बजार क्षेत्रमा पर्ने सडकखण्ड र त्रिभुवन राजपथअन्तर्गतको सडकखण्डलाई दायाँबायाँ १६ –१६ मिटर कायम गर्ने..

    अवैध क्रसर उद्योग बन्द गरिँदै, थप स्थलगत अनुगमन !

    आईतवार, फागुन ५, २०७५ साल
    बर्दिवास, ५ फागुन : जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ ।  जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ्चालनमा रहेका क्रसर उद्योगले ती ठाउँमा अनियन्त्रित दोहन गरेर प्राकृतिक..

    चितवन राष्ट्रिय निकुञ्जभित्र बाटो नबनाउन सर्वोच्चको परमादेश

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, २ फागुन : सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले आज सो क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।  फैसलामा भनिएको छ, “निकुञ्जको कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र..

    मेलम्ची आयोजना अलपत्र : फेरी सिएमसी कम्पनी कुर्दै सरकार

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानूनीरुपमा कहीँ कतै पनि नचुकेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको अर्थ समितिको बिहिबारको बैठकमा उहाँले इटलीको सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानूनी बाध्यता रहेकाले सोहीअनुसार गरिएको बताउनुभयो । ठेक्का तोड्दा नेपाल सरकारलाई घाटा भने नभएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सिएमसी र हामीले दुवैतर्फबाट मेलम्चीको ठेक्का तोड्ने..

    बैतडीवासीद्वारा झुलाघाटमा पक्की पुल निर्माणको माग

    बिहिवार, फागुन २, २०७५ साल
    बैतडी, २ फागुन भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।  केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।  झुलाघाट नाकामा करीब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत भइरहेकाले सो ठाउँमा पक्की पुल निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष..

    विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

    बुधबार, फागुन १, २०७५ साल
    वीरगञ्ज, १ फागुन बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ ।  विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी..

    खेलमैदान व्यवस्थित गर्न २५ लाख थप, यस्तो छ योजना !

    बुधबार, फागुन १, २०७५ साल
    दमौली, १ फागुन तनहुँको दमौलीमा निर्माण हुने खेलमैदानका लागि व्यास नगरपालिकाले रु २५ लाख थप बजेट विनियोजन गरेको छ ।  गत आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको नगरपालिकाले मङ्गलबार सम्पन्न चौथो नगरसभाबाट थप रु २५ लाख बजेट विनियोजन गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यवस्थित र सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विपी वनवाटिकाको मैदानलाई..

    नख्खु–बुङ्गमती सडकको काम २५ प्रतिशत मात्रै !

    मंगलवार, माघ २९, २०७५ साल
    ललितपुर, २९ माघ ठेक्का सम्झौता शुरु भएको दुईवर्ष नाघिसक्दा नख्खु खोलाबाट भँैसेपाटी हुँदै बुङ्गमतीसम्म सडक २५ प्रतिशत मात्रै काम भएको छ ।  ठेक्का सम्झौताको म्याद आगामी साउनसम्म रहेको तर भौतिक प्रगति भने ज्यादै कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गर्न ढिलाइ गरेकाले कार्यान्वयनमा ढिलाइ भएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार..

    प्रदेश नं ४ को भाग्यरेखा बेनी–जोमसोम सडक, कालोपत्र हुँदै

    आईतवार, माघ २७, २०७५ साल
    गलेश्वर, २७ माघ  दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ ।  प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत..

    उपयुक्त विकल्प नआए सरकारले नै निजगढ विमानस्थल बनाउने

    शनिबार, माघ २६, २०७५ साल
    काठमाडौँ, २६ माघ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ ।  नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार..

    त्रिपुरेश्वरस्थित महादेव मन्दिर थाइल्याण्ड सरकारले बनाईदिने ! रानीपोखरी पुनःनिर्माण अन्यौलमै !!

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गर्नुभएको हो ।  मन्दिर निर्माणमा करीब रु २८ करोड निर्माण लागत लाग्ने अनुमान गरिएको छ । थाइल्याण्ड सरकारले रु १७ करोड सहयोग गरिसकेको मन्दिर पुनःनिर्माण समितिका सदस्य सचिव डा लोचन रिजालले जानकारी दिनुभयो ।  भूकम्पअघि मल्लकालीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर..

    पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा, लागत १ खर्ब ५० अर्ब

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ  लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेको हो ।  कतारका लगानीकर्ताले सो आयोजनामा..

    ४ पटकको टेण्डरमा पनि भेटिएन ठेकेदार, अब प्राधिकरण आफैंले बनाउदै रानीपोखरी

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ ।  २०७२ वैशाखमा भूकम्पले पाखरीबीचको बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीमा क्षति पुर्याएको थियो । उक्त मितियता रानीपोखरी पुनर्निर्माणका लागि महानगरपालिकाले चार पटक बोलपत्र आह्वान गरिसकेको छ । रानीपोखरी पुनर्निर्माणमा खासगरी दुई विवाद देखिन्छन्। पहिलो, कसरी लामो समय पानी टिकाइराख्ने। र, दोस्रो, पोखरी बीचको बालगोपालेश्वर मन्दिर, त्यहाँसम्म जाने पुल, पोखरीको डिल र वरिपरि मान्छे हिँड्ने गोरेटो निर्माण। पोखरीलाई आधुनिक स्वरुप दिई पानीको फौवारा बनाउने..

    नदी किनारमा माछा मार्दै गुजारा गर्ने मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण

    आईतवार, माघ २०, २०७५ साल
    धम्बोझी, २० माघ खोला र नदी किनारमा छाप्रो बनाएर बसेर माछा मार्दै गुजारा गर्ने बर्दियाको गुलरिया नगरपालिका– १० मा मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण गरिएको छ ।  कारितास नेपालले नगरपालिकासँगको सहकार्यमा बाढी र भूकम्पप्रतिरोधी १०३ नयाँ घर निर्माण गरेको हो । चार वटा कोठासहित बनाइएका घरमा दुईसुत्ने कोठा, भान्सा र शौचालय छन् । बाढीबाट हुने जोखिम कम गर्न न्यून लागतमा..

    ​सडकमा उड्ने धुलोले बेहाल, स्तरोन्नतिको माग गर्दै स्थानीयवासी आन्दोलित

    आईतवार, माघ २०, २०७५ साल
    कञ्चनपुर, २० माघ : कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।  वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छर्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयवासी उत्तरदेव भट्टले बताउनुभयो ।  दुई दिनअघिदेखि सडक कालोपत्रको माग अघि सार्दै पाँच घण्टासम्म सडकमा चक्काजाम गर्दै आएका छौँ, उहाँले भन्नुभयो, “भोलिसम्म..
    Results 818: You are at page 13 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast