शुक्रबार, माघ १०, २०७६

    अावास-निर्माण

    मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

    आईतवार, जेष्ठ ५, २०७६ साल
    ताप्लेजुङ, ५ जेठ ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत िलएिको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो ।  निर्माण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण..

    उदयपुर जिल्लामा क्याम्पस भवन उद्घाटन,जिल्ला बासिमा छायो खुसीयाली

    आईतवार, जेष्ठ ५, २०७६ साल
    गाईघाट, ५ जेठ  । उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भारतीय दूतावासको रु दुई करोड ९० लाखको  सहयोगमा सो दुईतले १८ कोठे नयाँ भवनको   निर्माण भएको हो ।  विसं २०७३ को भदौबाट औपचारिकरूपमा..

    नारायणगढ–मुग्लिन सडकका पुल वर्षात्अघि तोकिएको समयअघि नै सम्पन्न हुँदै

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    चितवन, ३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणहुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै सम्पन्न हुने भएका छन् । एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार दासढुङ्गा, खानी र मौरी खोलाको पुलको निर्माणकार्य ८१ प्रतिशत सम्पन्न भएको छ । दासढुङ्गाको १५ मिटर, खानीको २५ मिटर र मौरीको पुल..

    पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी, काम तीव्रगतिमा

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    वीरगञ्ज, ३ जेठ । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।   बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२..

    पुनःनिर्माणका लागि ९० हजार क्युफिट काठ वितरण

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ   टिम्बर कर्पोरेशनले काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ ।    विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो ।  महाप्रबन्धक राजु लौडारीले पुनःनिर्माणका लागि माग भएअनुसार कर्पोरेशनले चिरान काठ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।    “घर..

    सर्वसाधारणले यातायात नै अवरुद्ध पारेपछि बौद्ध सडकमा कालोपत्र शुरु

    बिहिवार, जेष्ठ २, २०७६ साल
    साँखु, २ जेठ । लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको..

    तातोपानी नाका सञ्चालनकाे तयारी, दैनिक ५ सय मजदुर खटिँदै

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ । ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका १७ जेठबाट सञ्चालनमा आउने भएको छ । सिन्धुपाल्चोकस्थित नेपाल र चीनबीचको मुख्य तातोपानी नाका १७ जेठबाट सञ्चालनमा आउने भएको छ । सिन्धुपाल्चोकस्थित नेपाल र चीनबीचको मुख्य तातोपानीको लिपिङस्थित मितेरी पुलको उद्घाटनसँगै १७ जेठबाट तातोपानी नाका सञ्चालनको तयारी भएको हो । १२ वैशाख ०७२ को भूकम्प र भोटेकोसीमा आएको वाढीले क्षतिग्रस्त भएको मितेरी पुल पुनर्निर्माणको..

    तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ को काम धमाधम

    बुधबार, जेष्ठ १, २०७६ साल
    दमौली, १ जेठ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण शुरु गरेको हो । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक अच्युतबाबु घिमिरेले दोस्रो प्याकेजअन्तर्गतको कामका लागि पूर्वाधार निर्माण तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “पहिलो..

    ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि गौतम बुद्ध विमानस्थलको काम रोकियो

    मंगलवार, बैशाख ३१, २०७६ साल
    भैरहवा, ३१ वैशाख ।   गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको आयोजना मध्येकै एक हो । यसको निर्माण कार्य रोकिएको जानकरी प्राप्त भएको छ । गिटी-बालुवा अभाव र ठेकेदार कम्पनीले कामबापतको भुक्तानी नपाएपछि निर्माणको काम रोकिएको हो ।  उपमहानगरपालिकाको असहयोग बुटवल उपमहानगरपालिकाले मूल्य बढाउन भन्दै ठेकेदार कम्पनीलाई गिटी बालुवा लान नदिएपछि असारमा सक्ने भनिएको विमानस्थलको काम रोकिएको हो ।  सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनु..

    नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनः निमार्ण

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख भूकम्प गएको ४ वर्ष बित्दा पनि नागार्जुन नगरपालिकामा ५० प्रतिशत मात्र निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले घर निर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिएका छन् ।  नगरपालिकामा पुनःनिर्माणका जम्मा लाभग्राही सङ्ख्या चार हजार २८८ रहेकामा एक हजार एक ५५ लाभग्राहीले मात्र निजी आवास पुनःनिर्माण गरेका छन् । नगरपालिकाका बरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीका अनुसार नगरक्षेत्रमा..

    अनुदान लिनबाट वञ्चित लाभग्राहीको क्षतिग्रस्त घरको पुनःजाँच शुरु

    सोमबार, बैशाख ३०, २०७६ साल
    खोटाङ, ३० वैशाख । जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो ।  दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको..

    राष्ट्रिय गौरवकै आयोजनाका निर्माणको गति शून्य, यस्तो छ अवस्था !

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, २९ वैशाख । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ ।   समितिको आईतबारको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–मधेश द्रूतमार्ग र जनता आवास कार्यक्रमका बारेमा सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय सभापति दिलकुमारी रावलले जानकारी दिनुभयो । सदस्यहरुले मुलुकका..

    निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकियो

    आईतवार, बैशाख २९, २०७६ साल
    भैरहवा, २९ वैशाख ।  निर्माणधिन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको छ । निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले समयमा नै पैसा भुक्तानी नपाएको भन्दै आइतबारदेखि निर्माणको काम रोकेको छ । लामो समयदेखि नदीजन्य पदार्थको अभाव झेल्दै आएको उक्त विमानस्थलको निर्माणकार्यमाथि फेरि अर्को समस्या थपिएको छ..

    लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

    आईतवार, बैशाख २९, २०७६ साल
    म्याग्दी  २९ वैशाख ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको  लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू  एक लाख ५० हाजारमा  सो काम पूरा गरेका हुन् ।मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको..

    चापागाउँ–सातदोबाटोको धुलाम्य सडक १ हप्ताभित्रै मर्मत हुने

    शुक्रबार, बैशाख २७, २०७६ साल
    ललितपुर, २७ बैशाख ।  तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक  अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ ।  लामो समयदेखि धुवाँधुलो र हिलाले आजित  चापागाउँबासीले बिहीबार र शुक्रबार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।  विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको..

    बागलुङस्थित अर्नाकोटमा विमानस्थल बनाउन ‘डिपिआर’ तयार

    शुक्रबार, बैशाख २७, २०७६ साल
    बलेवा, २७ वैशाख  बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताउनुभयो..

    एक सरकारी निकायद्वारा अर्को निकायसँग रुख कटानीको क्षतिपूर्ति माग

    बिहिवार, बैशाख २६, २०७६ साल
    धनगढी, २६ वैशाख  सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ । डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक(द्रुत सडक मार्ग) निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्वबमोजिम क्षतिपूर्ति माग गरेको हो ।  प्रमुख न्यायधिवक्तासँगको कानूनी परामर्शपछि सडक विभागसँग क्षतिपूर्ति माग गरिएको हालै सरुवा भएर जानुभएका डिभिजन वन कार्यालयका प्रमुख अमर बुलनले बताउनुभयो । द्रुत मार्ग..

    जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु

    बिहिवार, बैशाख २६, २०७६ साल
    ठिनी, २६ वैशाख  पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।  आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “ग्रेड नमिलेकाले जमीन काटेर लेभल (तह) मिलाउन लागेका हाँै”, पौडेलले भन्नुभयो, “विमानस्थलमा..

    तातोपानी नाका आगामी जेठ महिनादेखि पुनःसञ्चालन हुने

    बुधबार, बैशाख २५, २०७६ साल
    सिन्धुपाल्चोक, २५ वैशाख परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् ।   प्रतिनिधिसभा,  अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए । तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले..

    बर्दिवासमा घरविहीनलाई पक्कीघर बन्दै

    बुधबार, बैशाख २५, २०७६ साल
    बर्दिवास, २५ वैशाख  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् ।    जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५\७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख..

    नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ ।  करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय..

    असारभित्र कालीगण्डकी करिडोरमा स्तरोन्नतिको काम सकिने सेनाको दाबी

    सोमबार, बैशाख २३, २०७६ साल
    बागलुङ, २३ वैशाख । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । “युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका..

    जङ्गलका झुपडी छाडेर पक्की घर बनाउँदै राउटे समुदाय

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख   कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् ।   भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।   कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास..

    ललितपुरमा आगलागीबाट हुने आपत्कालीन अवस्था बाट बच्न रिजर्भ ट्यांकी बनाइने

    आईतवार, बैशाख २२, २०७६ साल
    ललितपुर, २२ वैशाख ।  ललितपुर महानगरपालिकाले आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारको पर्यटक शौचालय क्षेत्र नजीकै पानी जम्मा गर्ने (रिजर्भ टयांकी) निर्माण गर्ने भएको छ । उक्त ट्यांकीबाट काठमाडौँ उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा पानीको उपभोग गर्ने सुविधा पाउनेछन् ।   महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको रु १० करोडमध्ये यो एउटा सानो ७० देखि ७५ लाखको योजना भएको ललितपुर – १२..

    १० वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ ।    दोस्रो खण्डको निर्माण  बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका..

    गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख ।  लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए । मन्दिर संरक्षणका लागि..

    ‘झुट बोल्ने र अल्मल्याउने काममा सरकार लाग्दैन’

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २१ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढङ्गले अगाडि बढ्न चाहेको बताउनुभएको छ ।  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६-७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री..

    बारा-पर्सामा एकैसाथ आवास निर्माण शुरु, ३ हजार सैनिक खटिदै

    शनिबार, बैशाख २१, २०७६ साल
    पर्सा, २१ वैशाख । सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई–७..

    हाटबजारका लागि नयाँ भवन निर्माण हँदै

    शुक्रबार, बैशाख २०, २०७६ साल
    राजविराज, २० वैशाख ।  गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा  नयाँ  भवन निर्माण  भइरहेको  छ ।  करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।  उक्त नगरपालिकामा अवस्थित  हाटबजारलाई व्यवस्थित गर्न  नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना..

    पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण

    बिहिवार, बैशाख १९, २०७६ साल
    म्याग्दी, १९ वैशाख ।  अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित  पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो । पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँपालिकाले दुई चरणमा विनियोजन..
    Results 913: You are at page 12 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast