सोमबार, कार्तिक ४, २०७६

    अावास-निर्माण

    कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख  लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका..

    पहिलो पटक टिबिएम प्रविधि ! भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

    मंगलवार, बैशाख ३, २०७६ साल
    सुर्खेत, ३ वैशाख    प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।   सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ..

    मुग्लिनको ‘आर्क ब्रिज’ यही जेठदेखि सञ्चालनमा आउने

    मंगलवार, बैशाख ३, २०७६ साल
    मुग्लिन, ३ वैशाख  चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ ।  अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।  ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा..

    प्रधानमन्त्री ओलीबाट मङ्गलबार सुरुङको ‘ब्रेक थ्रु’ हुने

    सोमबार, बैशाख २, २०७६ साल
    सुर्खेत, २ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ ।  सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ..

    ५ ठूला खानेपानी आयोजना अगाडि बढाउने तयारीमा सरकार

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मन्त्रालयले नारायणी थोक वितरण, कर्णाली–बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनालाई अगाडि बढाउन लागेको हो । मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने..

    महिला पुरुष मिलेर लाग्दा सम्पन्न भयो माझीबस्ती पुनःनिर्माण

    शनिबार, चैत्र ३०, २०७५ साल
    सिन्धुपाल्चोक, ३० चैत विन्दा माझीले सानैदेखि छोरीमान्छेले घर निर्माण गर्नु हुँदैन र सक्दैनन् भन्ने सुन्नुभएको थियो । आमा र हजुरआमाले गरेका कुरामा उहाँको पनि विश्वास थियो ।  विसं. २०७२ को भूकम्पले उहाँलगायत ५६ घरपरिवार बस्दै आएको इन्द्रावती गाउँपालिका–९ स्थित बिस्देउटार वस्ती भत्किएपछि उहाँ आफ्नो मात्रै होइन्, छिमेकी र आफन्तको समेत घर निर्माणमा जुट्नुभएको थियो । आगामी दिनमा सामग्री उपलब्ध हुँदा अरुका घर..

    पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी, ३ महीनाभित्र काम सम्पन्न

    सोमबार, चैत्र २५, २०७५ साल
    वीरगञ्ज, २५ चैत ।   नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ ।  मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ । सो..

    समस्यामा फसेको कोशी करिडारको काम शुरु

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक-पटक आग्रह गर्दै आएको थियो ।  कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारणलाइन निर्माण गर्ने विषयमा सहमति जुटेपछि निर्माण व्यवसायीले यही चैत..

    सिद्धार्थ राजमार्ग चौडा गर्दै वालिङ नगरपालिका

    आईतवार, चैत्र २४, २०७५ साल
    स्याङ्जा, २३ चैत    वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गरेको छ ।   जिल्लाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यको शुरुवात गरेको हो ।    स्मार्ट वालिङ बनाउने अभियानका साथ अगाडि बढेको नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनको बनाउने उद्देश्यका साथ सडक चौडा गर्ने अभियानमा लागेको छ । करीब..

    पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी

    शुक्रबार, चैत्र २२, २०७५ साल
    बेझाड, २२ चैत  कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य दु्रत गतिमा भइरहेकाले रामपुर र चापाकोट क्षेत्रका स्थानीयवासी खुशी भएका छन् ।  पाल्पा रामपुर नगरपालिका ६ र स्याङ्जा चापाकोट नगरपालिका–७ जोड्ने यो पुल जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।  तीन वर्षमा सम्पन्न गर्ने गरी सो पुल विसं २०७२ फागुन १६ गते शिलान्यास भएको थियो । १७४ मिटर लम्बाइ,..

    बारा–पर्सा आँधी : प्रभावितले पाउनेभए ४ कोठे घर !

    बुधबार, चैत्र २०, २०७५ साल
    बारा, २० चैत प्रदेश सरकारले पूर्णरुपले घर क्षतिग्रस्त भएका परिवारलाई नयाँ घर बनाइदिने भएको छ । प्रदेश सरकारले बनाउने घरमा भन्सा र ३ वटा कोठा गरी चार कोठा हुनेछ । प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै देशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बर्षा अगाबै सबैको घर बनिसक्ने बताए । संघीय सरकारसँग समन्वय गरेर घर बनाउन थाल्ने उनले बताए । बुधबार प्रदेशसभा बैठकलाई..

    आठौँ राष्ट्रिय खेलकूदको तयारी, ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु

    बुधबार, चैत्र २०, २०७५ साल
    लमही, २० चैत  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ ।  चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताउनुभयो । उहाँका अनुसार १८० मिटर लम्बाइ र १२० मिटर चौडाइमा सिन्थेटिक ट्र्याक निर्माण गरिने भएको हो । आठाँै राष्ट्रिय खेलकूदको समय नजिकिँदै गर्दा..

    रक्सौल–अमलेखगन्ज पेट्रोलियम परियोजना निर्माणमा तीव्रता, वैशाखमा सञ्चालन

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत   बहुप्रतिक्षित रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणलाई तीव्रता दिइएसँगै आगामी वैशाख अन्तिमसम्मबाट सञ्चालनमा आउने निश्चित भएको छ । परियोजना निर्माणका क्रममा देखिएका समस्याको समाधान, विभिन्न नीतिगत अस्पष्टता हल गरिएसँगै आयोजनाको निर्माणले तीव्रता पाएको छ । नेपाल आयल निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै..

    तातोपानीस्थित लार्चाको बन्दरगाह निर्माण सम्पन्न, यस्तो छ सुविधा !

    मंगलवार, चैत्र १९, २०७५ साल
    चौतारा, १९ चैत  सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । भवनलगायत सम्पूर्ण संरचनासहित भोटेकोशी नदीमा निर्माण भएको पक्की पुलको ढलान पनि सम्पन्न भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेले जानकारी दिनुभयो । चिनियाँ रेलवे कन्सट्रक्सन कम्पनी सिआरसिटी फोटिन ब्यूरोद्वारा रु दुई अर्ब ३५ करोडमा एक वर्षअघि सो सुख्खा बन्दरगाह निर्माण कार्य शुरु भएको थियो । इन्टर मोडल यातायात विकास..

    देशभर ८० प्रतिशत पुल निर्माण समयमै सम्पन्न

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । चालू आवमा १२० पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा गत फागुनसम्ममा ९४ पुल निर्माण सम्पन्न भएका छन् ।  निर्माणाधीन सडक, पुल तोकिएको अवधिमा नै सम्पन्न हुने भौतिक योजना तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । विभिन्न राजमार्गमा र स्थानीय सडकमा पुलको निर्माण भइरहेको..

    दाङको लमहीमा प्रदेशस्तरीय ट्रमा सेन्टर बन्ने

    सोमबार, चैत्र १८, २०७५ साल
    नारायणपुर, १८ चैत प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना गर्न थालिएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिनुभयो ।  दाङ देउखुरी क्षेत्रमा दैनिक सडक दुर्घटना हुने घाइतेलाई उपचारका लागि नेपालगञ्ज वा बुटवल लैजानुपर्ने बाध्यता छ । त्यो समस्यालाई समाधान गर्न ट्रमा सेन्टरको आवश्यकता..

    केरुङ–काठमाडौँ रेलमार्ग : ६ महीनाभित्र डिपिआरको टुङ्गो लाग्ने

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत  सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको छ ।  पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै..

    माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

    शुक्रबार, चैत्र १५, २०७५ साल
    नुवाकोट, १५ चैत  रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ ।  आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । बाँधस्थलका..

    पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाखमा, बेइजिङमा सम्झौता

    बुधबार, चैत्र १३, २०७५ साल
    दैलेख, १३ चैत  पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ ।  चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि विसं २०७२ मङ्सिर..

    कर्णाली प्रदेशको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण

    मंगलवार, चैत्र १२, २०७५ साल
    सुर्खेत, १२ चैत  कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो ।  जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । उत्खनन स्थलमा विभागले २०६१ सालमै शिखर शैलीको मन्दिर..

    ठेकेदारको चरम लापरबाही, ९ वटा झोलुङ्गे पुल अलपत्र

    सोमबार, चैत्र ११, २०७५ साल
    हुम्ला, ११ चैत  जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन ।  सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार..

    छुट भएका भूकम्प पीडितको चैत १५ देखि पुनः सर्वेक्षण

    सोमबार, चैत्र ११, २०७५ साल
    बेत्रावती, ११ चैत  भूकम्पपछिको पुनःनिर्माणको लागि रु तीन लाख अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ ।  लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) नुवाकोटका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा दुई–दुई जना इञ्जिनीयर..

    माथिल्लो तामाकोशी हरेक घरको चासो : ३१ अर्ब ऋणको २० अर्ब ब्याज !

    आईतवार, चैत्र १०, २०७५ साल
    लामाबगर (दोलखा), १० चैत  कुनै समय स्वदेशी लगानीमा निर्माण गर्न हुन्न, विदेशी लगानी खोज्नु पर्छ भन्दै निर्माणमा लैजान नै ढिलाइ गरिएको माथिल्लो तामाकोशी करीब सम्पन्न हुने चरणमा पुगेको छ ।  विद्युत् उत्पादन शुरु नै नभई आयोजनाको काम त अन्तिम हुँदैन । भौतिक निर्माणका आधारमा हेर्दा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी करीब ९८ प्रतिशत निर्माण सकिएको छ ।  आयोजनाका केही महत्वपूर्ण काम..

    स्वास्थ्य चौकी भवन निर्माण

    आईतवार, चैत्र १०, २०७५ साल
    बागलुङ, १० चैत  शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–१ अमरभूमिमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको छ । रु. एक करोड ३१ लाखको लागतमा निर्मित उक्त भवनको शनिबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।  जुम्ली आचार्य जेवी तिलक निर्माण सेवाले सम्झौतामा तोकिएको अवधिभन्दा सात महिनाअघि नै भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी..

    विकास निर्माणमा इमान्दार हुन निर्देशन, गडबड गर्नेलाई चेतावनी !

    शनिबार, चैत्र ९, २०७५ साल
    सुर्खेत, ९ चैत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी र स्थानीय समुदायलाई निर्देशन दिनुभएको हो ।  “पछिल्लो समयमा उपभाक्ता समितिका नाममा अनियमित हुन थालेका घटना बाहिर आइरहेका छन्,” मन्त्री खत्रीले भन्नुभयो,“यसले विकास र सामाजिक..

    मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’

    शनिबार, चैत्र ९, २०७५ साल
    काठमाडौँ, ८ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसँग समन्वय र राष्ट्रिय गौरवका आयोजनाको अवलोकनका लागि ‘एक्सन रुम’ बनाउन थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तल्लो तलामा एक्सन रुम बनाउन लागिएको हो ।  प्रधाामन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न र ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नका लागि एक्सन रुम बनाउन थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।  बोलपत्र..

    बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने

    शुक्रबार, चैत्र ८, २०७५ साल
    बुटवल, ८ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी..

    कामपाले वागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत काठमाडौँ महानगरपालिकाले वागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो । वागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो ।  उक्त..

    जमुनहा–हिल्सा द्रुतमार्ग : कर्णालीको समृद्धिमा कोशेढुङ्गा

    बिहिवार, चैत्र ७, २०७५ साल
    सुर्खेत, ७ चैत  कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग ।  नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पूरा भइसकेको छ ।  चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्बे इञ्जिनीयरिङ कम्पनीले पहिलो चरणमा सुर्खेत–हिल्साको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । २०७५ वैशाख १ गते रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनको पूर्व सन्ध्यामा रारामा सम्पन्न..

    रुपन्देहीस्थित २ ठूला आयोजनाको भोलि प्रधानमन्त्रीबाट उद्घाटन हुदै

    बिहिवार, चैत्र ७, २०७५ साल
    बुटवल, ७ चैत  प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्नुभएको हो ।  प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा..
    Results 818: You are at page 11 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast