बुधबार, कार्तिक ६, २०७६

    अावास-निर्माण

    काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो ।   उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म रु तीन करोड खर्च भएको छ । उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले रु साढे पाँच करोड दिएको थियो । हालसम्म निर्माणका लागि रकम अभाव..

    सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक   प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताउनुभएको छ ।    चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताउनुभयो ।    “टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङमार्ग पनि अध्ययनका क्रममा छन्, अब सुरुङमार्ग निर्माणको युग शुरु भएको छ, कहाँकहाँ सुरुङमार्ग..

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज हुँदै, ४२ महिनाभित्र बनिसक्ने

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौं, ४ कात्तिक ।   सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल)मा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् । शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, जाइकाका उच्च प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ..

    धरहरा पुनःनिर्माणले गति लिन सकेन, कति भयो काम ? कस्तो बन्दै छ ?

    आईतवार, कार्तिक ३, २०७६ साल
    काठमाडौँ, ३ कात्तिक । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको धरहराको  पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य  एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण  भएको छैन । दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा अबको पाँच वर्षमा समेत..

    प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग, तयारी तीव्र

    शनिबार, कार्तिक २, २०७६ साल
    हेटौँडा, २ कात्तिक । बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ ।  सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार..

    चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुशी, तातोपानी नाका थप व्यवस्थित

    शनिबार, कार्तिक २, २०७६ साल
    मेलम्ची, २ कात्तिक चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वभाविक पनि थिएन । विसं २०७२ वैशाख १२ गते आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोशी बाढीले सडकलगायतका भौतिक संरचना ध्वस्त भएपछि करीब चार वर्ष नाका पूर्णरुपले बन्द भएको यो..

    पुनःनिर्माणको दोस्रो किस्ता लिन आह्वान

    शुक्रबार, कार्तिक १, २०७६ साल
    काठमाडौँ, १ कात्तिक   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज यहाँ आयोजित कार्यक्रममा समयमा नै दोस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्न भूकम्प पीडितलाई आग्रह गर्नुभएको हो ।    प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको छ ।..

    निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता, २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

    शुक्रबार, कार्तिक १, २०७६ साल
    काठमाडौँ, १ कात्तिक   अन्यत्र जस्तै पछिल्लो समय निर्माण सामग्री ‘सप्लाई’ गर्ने व्यवसायीले उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । उनीहरुले गाडीमा ढुङ्गा, गिटी, बालुवा वा इँट्टा कम राख्न मिल्ने बनाएर उपभोक्तालाई ठगी गर्दै आएको पाइएको हो ।   सर्वसाधारणहरुलाई निर्माण सामग्री इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुङ्गा ढुवानी गर्ने मिनि ट्रकहरुमा परिमाण कम राख्न मिल्ने गरी पाँच इन्चसम्मको फलामे र काठको बक्स बनाइ..

    चिनियाँ राष्ट्रपति सी आउंदै सिङ्गारिएको ‘तीनकुने शान्तिमण्डल’ आकर्षक बनाईदै

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज ।    चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ । विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छ्रैन । यही असोज २५ र २६ गते राष्ट्रपति सीको नेपाल भ्रमणका लागि..

    नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

    बुधबार, असोज २९, २०७६ साल
    पर्वत, २९ असोज ।   सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् ।   भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको माग पूरा भएको..

    सरकारी अनुदानमा ठडिए भूकम्पले लडाएका घर

    मंगलवार, असोज २८, २०७६ साल
    बेत्रावती, २८ असोज । नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् ।पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा जिल्लाको..

    केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

    सोमबार, असोज २७, २०७६ साल
    काठमाडौँ, २७ असोज चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास बढेको हो ।  आफ्ना समकक्षीको सम्मानमा आयोजित..

    केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्ने चीनको प्रतिबद्धता

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौं, २५ असोज  नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्। शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा होटेल सोल्टी क्राउन प्लाजामा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। यसका साथै राष्ट्रपति सीले नेपाल भ्रमण वर्ष २०२० मा आफूले चिनियाँ पर्यटकलाई नेपालमा पठाउने प्रतिबद्धता समेत व्‍यक्त गरे। उनले भने, ‘नेपाल चीन सम्बन्धमा कुनै समस्या..

    देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज   विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ ।    चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ । सीमा जोडिएको रसुवा..

    चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण तीव्र गतिमा

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज   मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ ।    चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा..

    शिवपुरी राष्ट्रिय निकुञ्जमा बाघको मूर्ति निर्माण गरिने

    शुक्रबार, असोज २४, २०७६ साल
    भक्तपुर, २४ असोज काठमाडौँ उपत्यकाको पूर्वी उत्तरी क्षेत्र गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक हजार किलोको अष्टधातुको बाघको मूर्ति निर्माण गरिनेभएको छ । नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल उख्रेनी देउरालीस्थित बागद्वारमा बाघको मूर्ति निर्माण गर्न लागिएको हो ।  प्रदेश नं ३ भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विनियोजित रु १० लाख तथा स्थानीयवासीले प्रदान गरेको धातुबाट बाघको मूर्ति निर्माण गर्न..

    भूकम्पले क्षति पुगेका छपन्न हजार घर पुनःनिर्माण

    बिहिवार, असोज २३, २०७६ साल
    बेत्रावती, २३ असोज   नुवाकोटमा भूकम्पले क्षति पुगेका छपन्न हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुनःनिर्माण गरेका छन् ।   पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति लिएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्क..

    नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिँदै

    शनिबार, असोज १८, २०७६ साल
    चितवन, १८ असोज   उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो ।    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको  ठाउँमा भरेर कालोपत्रे..

    मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधि : दक्ष बन्दै नेपाली कामदार

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज । सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ ।  दश वर्षमा १५ हजार मेगावाट विद्युत्  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच..

    विद्यालय पुनर्निर्माणका लागि नर्वेले ८० लाख सहयोग दिने

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौं, १५ असोज । नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन दूतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस ९यूनओपिएस० बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति..

    प्रधानमन्त्रीबाट भवन शिलान्यास, लागत ९७ करोड

    सोमबार, असोज १३, २०७६ साल
    ललितपुर, १३ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । ‘केसी समान्तर..

    यस्तो बन्दै छ भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका आवासीय कार्यालय

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौँ, १३ असोज । सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको सैंबु भैंसेपाटीमा बनाउन लागेको आवासीय सुविधासहितको सम्पर्क कार्यालय भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् ।    २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा ७ वटा ब्लकमा १४ कोलोनी बन्नेछन् । प्रत्येक भवन साढे दुई तलाका हुने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । मुख्यमन्त्री र..

    मेलम्चीको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौं, १२ असोज ।  मेलम्ची खानेपानी आयोजनाको चिनियाँ कम्पनी सिनो हाइड्रो र मेलम्ची खानेपानी आयोजनाबीच बाँकी काम गर्नेबारे सम्झौता भएको छ । आइतबार एक कार्यक्रमबीच आयोजना र सिनोबीच बाँकी काम सम्पन्न गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजनातर्फबाट आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र कम्पनीकातर्फबाट वाङ हुआले हस्ताक्षर गरेका छन् । सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम सुरु गर्ने आयोजनाले बताएको छ ।..

    सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने : मन्त्री पण्डित

    शनिबार, असोज ११, २०७६ साल
    ललितपुर, ११ असोज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताउनुभएको छ । आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७आँै वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन..

    सिसडोलमा पहिरो गएपछि रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थलको निर्माणकार्य

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको  दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ ।  लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।..

    ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु

    मंगलवार, असोज ७, २०७६ साल
    ललितपुर, ७ असोज । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।  भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो ।  श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस मन्दिर २०७५ साल फागुन अघि तीन ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएका थिए । गतवर्ष फागुनको पहिलो हप्तासम्म यी कम्पनीले काम गर्न नसकेपछि थेगिसलाई हटाएर पेरा..

    निजगढ विमानस्थल जुरिच एयरपोर्टले बनाउने, बाहिरी चक्रपथका लागि चाइना कम्युनिकेसन कन्सट्रक्सन

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज ।  बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्विस कम्पनी जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)ले बनाउने भएको छ । लगानी बोर्डले विमानस्थल निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्टसँग विस्तृत प्रतिवेदन प्रस्ताव माग गरेको छ ।  गत चैतमा सम्पन्न लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका विभिन्न परियोजनामध्ये निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सातवटा प्रस्ताव परेका थिए । त्यसबेला आशय प्रस्ताव पेस गर्ने विभिन्न कम्पनीमध्येबाट जुरिच..

    नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आज सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पाेरेशनले ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।  मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार सो रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा..

    नागढुंगा-नाैबिसे सुरुङमार्गकाे ठेक्का सम्झौता आज हुँदै, यस्तो बन्दै बाटो

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडाैँ, ६ असोज ।  बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले सोमबार जापानी निर्माण कम्पनीसँ सम्झौता गर्दै छ । जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्ग हाज्मा-आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा निर्माण गर्नेछ । जापानकाे निर्माण कम्पनी हाज्मा-आन्द्रो जेभीले साे सुरुङ मार्ग निर्माणकाे ठेक्का पाएकाे छ । जापान सरकारकै सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हाे । जापानले यस परियाेजनाका..

    मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिनुभयो । सो सडक विस्तारका लागि..
    Results 819: You are at page 1 of 28
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast