सोमबार, चैत्र १७, २०७६

    बैंक-बीमा

    अब तलव लिन बीमा अभिकर्ता, सर्भेयर र कर्मचारीले पनि अनिवार्य प्यान लिनुपर्ने

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदाै ।  अब बीमा अभिकर्ता, सर्भेयर र कर्मचारीले पनि प्यान अनिवार्य लिनुपर्ने भएकाे छ । एक व्यक्ति एक प्यान नम्वर अनिवार्य  गर्ने सरकारको नीति अनुरुप बीमा गराउने अभिकर्ताले पनि स्थायी लेखा नम्वर 'प्यान' नम्वर लिनु पर्ने भएको हाे । बीमा समितिले गत आइतवार बीमा कम्पनीहरुलाई परिपत्र गर्दै बीमा क्षेत्रमा काम गर्ने बीमा अभिकर्ता, बीमा कम्पनीका सर्भेयर र कर्मचारीलाई अनिवार्य रुपमा..

    “पैसा बैंकमै रहन्छ, न चोरको डर, न हराउने डर”

    बुधबार, भाद्र २५, २०७६ साल
    डोटी, २५ भदौ जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई जानुभएको छ ।  ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ आफू घर आउँदा उहाँले आफँै पनि बोकेर आउने गर्नुहुन्थ्यो । दुःख गरी कमाएको..

    जोखिम बढेपछि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौं, २५ भदौ ।  राष्ट्र बैंकले सम्भावित साइबर हमलासँग जुध्नसक्ने गरी सूचना प्रविधिमा लगानी बढाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार निर्देशनात्मक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाको आन्तरिक र बाह्य सुरक्षा जोखिम घटाउन तथा व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने बताएको छ। बैंकले आफ्नो वेवसाइट, मोबाइल एप, आधिकारिक सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्रणालीमा सम्भावित..

    २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौं, २३ भदौ ।  नेपाल राष्ट्र बैंकको ट्रेजरी बिलको अनलाईन बोलकबोल समोबार दिउँसो तीन बजे हुँदैछ । नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रजरी बिल बिक्री गर्ने भएको छ  । केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका २० अर्बको ट्रेजरी बिक्री गर्न लागेको हो ।  राष्ट्र बैंकले दिएको जानकारी अनुसार ९१ दिनको लागि जारी हुन लागेका ८ अर्बको ट्रेजरी बिल २०७६ असोज २८ गते, १८२ दिनको..

    ४ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौँ, २२ भदौ नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।  केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४..

    बालबालिकाका लागि दुर्घटना बीमा

    शुक्रबार, भाद्र २०, २०७६ साल
    पाल्पा, २० भदौ रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ ।  विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो । पाल्पाको रम्भा गाउँपालिकाले दुर्घटना बीमा कार्यक्रम सञ्चालन ल्याएपछि बालबालिकाले सहजरूपमा उपचार पाउनका लागि बीमा कार्यक्रम सफल..

    ह्याकरले एटीएम बुथबाट तीन करोड ५८ लाख चोरेको ठहर

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौं, १९ भदौ । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ। समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो। तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्। समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण भने बुझाएको छ। तर..

    सिक्का पैसा लिन मान्दैनन् बैंकहरु

    बुधबार, भाद्र १८, २०७६ साल
    भजनी, १८ भदौ   बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ ।नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय..

    दसैंं, तिहारमा एटीएम ह्याकिङको जोखिम

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ । दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ। वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ। यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ। संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रबृत्ती छ। चार्डपर्वका बेलामा ठूलो पैसा बजारमा प्रवाह हुने भएकाले यस्तो समय ह्याकरले पैसा लुट्ने सुनौलो मौका पाउँछन्। अहिले तीजको मुखमा ह्याकरले पैसा लुटेका छन्। चिनियाँले एटीएमबाट पैसा..

    केन्द्रीय बैंकले डेढ अर्ब बराबरको रकम मुद्दति निक्षेपमा राख्ने

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ नेपाल राष्ट्र बैंकले रु एक अर्ब ५८ करोड बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सो कुराको जानकारी दिएको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका..

    एटिएममा चिनियाँ ह्याकरको हमला : राष्ट्र बैंक भन्छ - ‘ढुक्क हुनुहोस् तपाईको खाताबाट पैसा हराएको छैन’

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ  चिनियाँ ह्याकरले बैंकको एटिएमबाट लुटेको पैसा कुनै पनि ब्यक्तिको खाताबाट नझिकिएको राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले निक्षेपकर्ताहरुको पैसा नलुटिएको जानकारी दिए । निक्षेपकर्ताहरुको पैसा नलुटिएको बताउँदै उनले बैंककै आफ्नो पैसा लुटिएको स्पष्ट पारे । उनले निक्षेपकर्ताहरुको खाता सुरक्षित भएको दावी समेत गरे । उनले भने, निक्षेपकर्ताहरुको खाता सुरक्षित छन्, चिन्ता लिनुपर्दैन ।  बैंक तथा वित्तीय संस्थाहरुले..

    राष्ट्र बैंक भन्यो - ढुक्क हुनुहोस् खातामा रहेको रकममा कुनै जोखिम छैन

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ  शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नानगरिक आतंकित भएका बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । ह्याकरले बैंकको एटिएममा मात्रै..

    नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा, सुरक्षा खतरा !!

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौं, १५ भदौ ।  एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौँ रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन्। नेपालमा रहेका एटिएम बुथको रकम लुट्ने योजना चीनबाटै बनाएर उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ। नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन् ।  प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने..

    सहकारी समृद्धिको आधार– मन्त्री विश्वकर्मा

    शनिबार, भाद्र १४, २०७६ साल
    पोखरा, १४ भदौ  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सहकारी मुलुकको समृद्धिको आधार भएको बताउनुभएको छ ।  पोखरा महानगरपालिका–१७ मा सञ्चालित बिरुवा बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सहकारी उत्पादनसँग जोडिनुपर्ने खाँचो औँल्याउनुभयो । नेपालमा प्रचूर सम्भावना भए पनि प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग हुन नसक्दा अवसरको खोजीमा युवाहरु अरवको खाडीमा श्रम गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले..

    सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन : मन्त्री अर्याल

    शनिबार, भाद्र १४, २०७६ साल
    स्याङ्जा, १४ भदौ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताउनुभएको छ ।  अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो ।  स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले..

    दशैका लागि नयाँ नोट : यस्तो छ राष्ट्र बैंकको तयारी

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ  गत वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले सुर्वसाधारणका लागि नयाँ नोट ल्याउने तयारी सुरु गरेको छ ।  । यस वर्ष राष्ट्र बैंकले रु १३ अर्ब बराबरको नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले रु १८ हजार ५ सयसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकले जनाएको छ..

    ताप्लेजुङमा माछापुच्छ्रे बैंकको शाखा, मुलुकभर १ सय २२ शाखा कार्यालय

    मंगलवार, भाद्र १०, २०७६ साल
    ताप्लेजुङ, १० भदौ माछापुच्छ्रे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १ सय २२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।  उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश..

    नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘नलेज पार्टनरशिप प्रोगाम’ कार्यक्रम सञ्चालन

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ   नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘नलेज पार्टनरशिप प्रोगाम’ कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको छ । आज यहाँ आयोजित एक समारोहमा दुई बैंकबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।    समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नरका कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंकका तर्फबाट अन्तर्राष्ट्रिय मामिला विभागमा डेपुटी जनरल डाइरेक्टर जी योङ जुङले हस्ताक्षर गर्नुभयो ।    सो..

    कान्तिपुर दैनिकका प्रधानसम्पादक फेरिए, नारायण वाग्लेको ठाउँमा फेरि सुधीर शर्मा

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौं, ९ भदाै । सोमबारद‍ेखि कान्तिपुर दैनिकका प्रधानसम्पादक फेरिएका छन् । सोमबारद‍ेखि लागू हुने गरी सुधीर शर्माले साे जिम्मेवारी पाएका हुन्। यसअघि गत वर्ष सुधीर शर्मालाई नै विस्थापित गरेर नारायण वाग्ले कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारीमा आएका थिए। १४ वर्षअघि वाग्लेलाई नै विस्थापित गरेर शर्माले प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए। गत वर्ष कान्तिपुर मिडिया ग्रुपमा बिजनेस डाइरेक्टरका रुपमा टाइम्स अफ इन्डियामा प्रमुख भूमिकामा जिम्मेवारी निर्वाह..

    आइसिएफसी फाइनान्सले ऋणपत्र बिक्री गर्ने

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ आइसिएफसी फाइनान्स लिमिटेडले रु २० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल दुई लाख कित्ता ऋणपत्र प्रतिकित्ता रु एक हजारका दरमा बिक्री गर्ने तयारी गरिएको हो ।   ऋणपत्र निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा आज ग्लोबल आइएमई क्यापिटल लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । उक्त ऋणपत्र सात वर्षका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा..

    स्वास्थ्य बीमा कार्यक्रम, सेवा लिने बढे

    शुक्रबार, भाद्र ६, २०७६ साल
    बेझाड, ६ भदौ स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी पछिल्लो समय बढेको पाइएको छ । दैनिक २०-२२ जना आँखा उपचारका लागि आउने गरेकामा बीमा कार्यक्रम शुरु गरेपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष..

    बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै सो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसदको अर्थसमितिको पत्रका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘यसबारेमा अध्ययन..

    सिद्धार्थ बैंकको साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ  सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ ।  ‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने रेटिङ प्रदान गरेको छ ।..

    कृषि विकास बैंकको नाफा ५७ करोड

    मंगलवार, भाद्र ३, २०७६ साल
    विराटनगर, ३ भदौ   कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ ।   बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा रु १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको छ । अघिल्लो आवमा बैंकले रु १२..

    विशेष प्राथमिकता क्षेत्रमा वाणिज्य बैंकको लगानी केन्द्रित

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौँ, २ भदौ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कर्जा परिचालन गरेको छ ।  सरकारले प्राथमिकतामा राखेका क्षेत्रलाई केन्द्रमा राखेर कर्जा परिचालन गरेको र त्यसले बैंकको कार्यक्षेत्रलाई समेत थप विस्तार गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै रु पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । सो अवधिमा बैंकले रु एक खर्ब ९०..

    नेपाल राष्ट्र बैंक : सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल..

    श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नु : श्रम मन्त्रालय

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ ।  मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले श्रम कानूनले निर्दिष्ट गरेको सेवा सुविधा तथा न्यूनतम..

    बैङ्किङ कसुरका घटनामा वृद्धि : २ हजार ५ सय ६६ जनाविरुद्द मुद्दा दायर

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ ।    महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।  जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा..

    ४५.६१ प्रतिशतले बढ्याे बाणिज्य बैैंककाे नाफा

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन । राष्ट्रिय बाणिज्य बैैंकले गत वर्ष १० अर्ब २२ करोड ९५ लाख ११ हजार ४ सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चौथो त्रैमासमा मात्रै बैंकले २ अर्ब ८४ करोड ९७ लाख २९ हजार ९ सय ७३  रुपैयाँ खुद ब्याज आम्दानी गरेको हाे ।  अघिल्लो बर्ष बैंकले ९ अर्ब ११ करोड ४२ लाख २९ हजार १ सय ९६..

    नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले आज सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६÷०४÷२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२)..
    Results 503: You are at page 4 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast