शनिबार, जेष्ठ २४, २०७७

    बैंक-बीमा

    रिलायन्स लाइफ इन्स्योरेन्सको सेवा सुरु, ६३ करोडकाे सेयर जारी गर्ने

    आईतवार, मंसिर ३, २०७४ साल
    ३ मंसिर, काठमाडौं। शुक्रवारबाट आफ्नो सेवा शुभारम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ३ वटा बीमा योजना सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष तारा चन्द केडियाले जानकारी दिए । कम्पनीले बीमा योजना बिक्री, गुनासो सुनवाई लगायतमा  डिजिटल प्लाटफर्मको प्रयोग गर्ने उल्लेख गरेको छ । कतिपयलाई बीमा गर्दा रकम दोब्बर हुन्छ भनेर प्रलोभन देखाउने, योजनाले समेट्नेभन्दा अन्य..

    लुम्बिनी जनरलको १२.८२ प्रतिशत बोनस

    आईतवार, मंसिर ३, २०७४ साल
    ३ मंसिर, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १३.४९ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । कम्पनीले १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बोनस पछि कमपनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्ने भएको छ ।  ..

    राष्ट्र बैंकले आजबाट ब्याजदर करिडोर लागू गर्दै

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौं, कात्तिक २९ ।  नेपाल राष्ट्र बैंकले बुधबारदेखि ब्याजदर करिडोर लागू गर्दै छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत उक्त व्यवस्था ल्याए पनि राष्ट्र बैंकले चार महिनापछि मात्र करिडोर लागू गर्न लागेको हो ।  यसअघि अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल रहेकाले उपयुक्त समय नभएको भन्दै राष्ट्र बैंकले करिडोर लागू गरेको थिएन । अहिले बजारको अवस्था सही ठाउँमा रहेकाले ब्याजदर..

    राष्ट्र बैंकले ७ वर्षे विकास ऋणपत्र बिक्री गर्दै

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौ १९ कार्तिक ।  नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र किन्न चाहनेले आज दिउँसो सम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्ने तयारी गरेको हो । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिद..

    थप तीन जिल्लामा 'स्वास्थ्य बीमा कार्यक्रम' सञ्चालन हुँदै

    सोमबार, असोज २३, २०७४ साल
    २३ असोज,  काठमाडौं ।  असोज २५ देखि थप तीन जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सोलुखुम्बु, सुनसरी र झापामा कार्यक्रम विस्तार हुन लागेको हो । बिमकहरुलाई तालिमपछि सदस्यताको काम सुचारु हुनासाथ कार्यक्रम लागु गर्ने तथा हरेक तीन महिनामा ५–५ जिल्लामा कार्यक्रम गर्ने सरकारी रणनीति छ । यस पटक थप तीन जिल्लामा कार्यक्रम सञ्चालन हुन लागेको हो । आगामी..

    नेपाल ग्रामीण विकासको एफपीओमा २८ गुणा बढी आवेदन

    मंगलवार, असोज ३, २०७४ साल
    काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले हालै जारी गरेको एफपीओमा ३८.२५ प्रतिशत आवेदकले मात्रै जम्मा १० कित्ताका दरले शेयर पाउने लगभग पक्का भएको छ । बैंकले गत भदौ २७ देखि ३० गतेसम्म जम्मा ४ दिनका लागि बिक्री आवेदन खुला गरेकोमा कुल दुई लाख ५४ हजार ८ सय ५२ जनाको आवदेन परेको थियो ।  बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओ आह्वान गरेकोमा..

    बैंकमा थुप्रियो पैसा

    बुधबार, भाद्र २८, २०७४ साल
    २८ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब १ वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए । ‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ’, थापाले भने, निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको..

    नबिल बैंकको साधारणसभा आगामी असोज १० गते

    बुधबार, भाद्र २१, २०७४ साल
    अन्य दुई कमर्शियल बैंकले जस्तै नबिल बैंकले दशै अगाडि नै गत आर्थिक बर्षको लाभांश वितरण गर्ने भएको छ । जसका लागि बैंकले असोज १० गते साधारणसभा बोलाएको छ । नबिलले आगामी असोज १० गतेका लागि ३३ औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश..

    सिटिजन्सले डाक्यो आगामी असोज ९ लाई साधारणसभा

    बुधबार, भाद्र २१, २०७४ साल
    सिटिजन्स बैंक इन्टरनेशले आगामी असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने बताएको छ । त्यस्तै, बैंकले कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश समेत वितरण गर्ने जनाएको छ । बैंकले यसअघि नै साधारणसभा प्रयोजनका लागि भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गरिसकेको छ । यस बैंकले..

    सञ्चालनमा आयो सनराइज बैंकको कल सेन्टर

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौं । क वर्गको सनराइज बैंकले आफ्ना ग्राहकहरुको समस्या समाधानका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकका कार्यकारी अध्यक्ष मोतीलाल दुगडले हालै त्यसको उद्घाटन गरेका हुन् ।  बैंकको टोल फ्रि नम्वर १६६००१२२४४४बाट सबै जानकारी पाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । देशका कुनैपनि स्थानवाट प्रयोग गर्न सकिने यो सेवा सार्वजनिक विदाबाहेक सम्पूर्ण दिनमा चौबिसै घण्टा संचालन गरिने जनाइएको छ ।  ..

    सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ११ लाख सहयोग

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले केही अघि देशको तराई क्षेत्रमा आएको बाढीबाट पीडित भएकाहरुको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जम्मा गराएको छ ।  यसका साथै बैंकले बाढी पीडितहरुलाई राहत समेत वितरण गरेको छ । बैंकले महोत्तरीको मटिहानीका बाढी पीडितलाई पाँच लाख रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न तथा पाँच सय परिवारलाई एक हजार रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेको हो..
    Results 521: You are at page 18 of 18
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
    Weather Forecast