सोमबार, चैत्र १७, २०७६

    बैंक-बीमा

    सप्तरीको कठौनामा ग्लोबल आइएमई बैकको शाखा विस्तार

    आईतवार, फागुन २०, २०७४ साल
    लहान, २० फागुन  ।  ग्लोबल आइएमई बैंकले सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारमा ७४औँ शाखा स्थापना गरेको छ ।  बैंकको शाखाको आज एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरी र ग्लोबल बैंकका विप्रेषण तथा क्रेडिट कार्ड प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे  ।  उक्त शाखाबाट हाल खाता खोल्ने, बचत गर्ने, रकम ट्रान्सफरलगायत सेवा उपलब्ध गराउने ग्लोबल आइएमई बैंकका प्रविणविक्रम शाहीले जानकारी दिए ..

    धितोपत्र बजार सामान्य रुपमा बढ्यो, सरकार विस्तारको प्रभाव प्रष्ट

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार मंगलबार भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार मंगलबार ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ..

    डोल्पास्थित दुनैको बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

    शुक्रबार, फागुन ११, २०७४ साल
    दुनै, डोल्पा, ११ फागुन ।  सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।  दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएको  थियो ।  “दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन”, निमित्त प्रमुख जीवराज बमले भने – ““प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, धितो मूल्याङ्कन पनि हुन सकेको छैन, कर्जा लिनका..

    सेञ्चुरी कमर्सियल बैंकद्वारा शाखा विस्तार, बैंकको शाखा ९४ पुग्यो

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  सेञ्चुरी कमर्सियल बैंकले शाखा विस्तार कार्यलाई तिव्रता दिएको छ । बैंकले एकै पटक पाँच वटा नयाँ शाखा संचालनमा ल्याएको हो ।  बैंकले खोटाङ जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले पाँच वटै शाखाको केन्द्रीय कार्यालयबाट शुभारम्भ..

    अनिल शाह नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, फागुन ४ ।   नबिल बैंकको सञ्चालक समितिले अनिल शाहलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । ३२ बर्ष लामो बैंकिङ करियरलाई बिराम लगाउँदै प्रमुख कार्यकारी अधिकृतबाट शशिन जोशीले अवकाश लिएपछि शाह डेपुटी सिइओमा नियुक्त भएका हुन्। जोशी औपचारिक रुपमा भोलीबाट बिदा हुने छन्। यद्यपी उनी अबकाशअघि बिदामा बसेका छन् । शाह  चार÷चार  बर्षको दुई कार्यकाल पुरा गरेर मेगा बैंकबाट बाहिरिएका..

    डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा

    सोमबार, माघ २९, २०७४ साल
    डडेल्धुरा, २९ माघ । ​ डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।  उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत जिल्ला सदरमुकाम जानु पर्दा चेकमा भएको रकमभन्दा बढी..

    जनता बैंकद्वारा ९३ औं शाखाका रुपमा पोखराको लेकसाइडमा विस्तार

    आईतवार, माघ २८, २०७४ साल
    पोखरा माघ २८ ।  जनता बैंकले पोखराको लेकसाइडमा बिहीबार ९३ औं शाखा खोलेको छ । सोही दिन कैलालीको अत्तरियामा पनि उक्त बैंकले शाखा खोलेको छ । लेकसाइड शाखाको उद्घाटन पोखरा महानगरका मेयर मानबहादुर जीसी र बैंकका सञ्चालक रामबहादुर भण्डारीले गरे ।  कार्यक्रममा मेयर जीसी, सञ्चालक भण्डारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र, पोखरा उद्योग वाणिज्य संघ सदस्य यदुनाथ अधिकारी, पोखरा पर्यटन..

    ७.३० % को दरमा बोनस दिने हाम्रो विकास बैंकको तयारी

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ ।  हाम्रो विकास बैंकले ७ दशमलव ३० प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ ।  स्वीकृतिको लागि बैंकले यो प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको बताइएको छ । बैंकले कर प्रयोजनको लागि १७ लाख ५८ हजार बराबरको नगद लाभांश पनि दिने भएको हो ।  ..

    म्याग्दीमा सिद्धार्थ बैंकद्वारा ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग

    सोमबार, माघ २२, २०७४ साल
    बेनी, म्याग्दी, २२ माघ ।  सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ ।  आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११..

    राष्ट्रिय वाणिज्य र एनआइडीसी मर्जरमा जाने प्रस्ताव पारित

    आईतवार, माघ २१, २०७४ साल
    काठमाडौं, माघ २१ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभाले एन.आई.डी.सी. डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।  यी कम्पनीको १ बराबर १ अनुपातमा सेयर कायम रहने गरेर गाभिने भएका हुन् । बैंकका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले मर्जर पश्चात राष्ट्रिय वाणिज्य बैंक अझ बलियो र ठूलो बैंक बन्ने विश्वास ब्यक्त गरे ।  बैंकका सेयरधनीहरुमा नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको..

    नबिल बैंकद्वारा अनिल शाहको नियुक्ति खारेज, ‘कुलिङ पिरियड’ का कारण अर्काे सिइओ खोजिने

    मंगलवार, माघ १६, २०७४ साल
    काठमाडौं, माघ १६ ।  नेपाल राष्ट्र बैंकको ’कुलिङ पिरियड’ सम्बन्धि निर्देशनका कारण अनिल शाहको नियुक्ति नबिल बैंकको सञ्चालक समितिले सोमबार खारेज गरेको छ ।    राष्ट्र बैंकले एउटा संस्था छाडेको प्रमुख कार्यकारी अधिकृत अर्को संस्था ६ महिनासम्म जान नपाउने निर्देशन जारि गरेको छ। यही निर्देशनका कारण सञ्चालक समितिले अनिल शाहको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।    राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन..

    बैतडीमा ग्लोबल आइ एम ईको इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

    सोमबार, माघ १५, २०७४ साल
    बैतडी, १५ माघ।  बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।  इन्टरनेटको असुविधाका कारण बैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताए। उनले भने, “नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो ।”  पुस १८..

    अनियमितता भएको एनआइडिसी राष्ट्रिय बाणिज्य बैंकमा गाभिँदै

    बिहिवार, माघ ११, २०७४ साल
    काठमाडौँ, ११ माघ । राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन बुझाएको नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंक  लिमिटेड राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बैंकमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान..

    चालु आवको दोस्रो त्रैमासिकमा मेगा बैंकको नाफा ६ प्रतिशतले वृद्धि

    बुधबार, माघ १०, २०७४ साल
    काठमाडौं, माघ १० ।  चालु आव २०७४÷७५ को दोस्रो त्रैमासिकमा मेगा बैंकको नाफा ६ प्रतिशतले बढेको छ ।  बैंकको नाफा ३९ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने १० प्रतिशतले घटेको छ । यो ४७ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी भने करिब १०..

    चालु आवको दोस्रो त्रैमासिकमा लक्ष्मी बैंकद्वारा ४० करोड नाफा आर्जन

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौं, माघ ९ ।  चालु आव २०७४÷७५ को दोस्रो त्रैमासिकमा लक्ष्मी बैंकको नाफा करिब २८ प्रतिशतले बढेको छ ।  बैंकको नाफा ५१ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने ४१ प्रतिशतले वृद्धि भएको छ । यो ६९ करोड रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी भने १०..

    अबदेखि जुन सुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न सकिने

    सोमबार, माघ ८, २०७४ साल
    काठमाडौं, माघ ८ । अबदेखि जुनसुकै बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घोषणा गरेको यो सुविधा कार्यान्वयनमा ल्याउन आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग बैंकले आवश्यक शुल्क लिने छन् । राष्ट्र बैंकले सेवाग्राहीलाई पूर्व जानकारी गराएर शुल्क लिन..

    कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह, दुई अर्ब ५७ करोड मुनाफा आर्जन

    आईतवार, माघ ७, २०७४ साल
    काठमाडौँ, ७ माघ (रासस) । कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो ।  अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा..

    बाणिज्य बैंकसँग एनआइडिसी बैंक मर्ज भइर आगामी चैत १ बाट एकिकृत कारोबार गर्ने तयारी

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौं, माघ ५ ।  राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिएर चैत १ बाट एकिकृत कारोबार गर्ने भएका छन्। दुबै बैंकले २० गते साधारणसभा गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने निर्णय गरेका छन्।   नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै एकिकृत कारोबार गर्ने योजना छ। ’मोटामोटी समय चैत १ नै हुन्छ’ राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले भने, ’मर्जरपछि बैंकको..

    बाणिज्य बैंकसँग एनआइडिसी बैंक मर्ज हुन शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ४ ।  राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिन शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ। दुबै बैंक बराबरी हैसियतमा गाभिने भएका छन्।   २०७३ माघबाट सुरु भएको मर्जर प्रकृयाले  अब अन्तिम रुप लिन लागेको हो। अर्थमन्त्रालयले मन्त्रिपरिषद् वैठकबाट मर्जर गर्ने औपचारिक निर्णय गरेपछि दुबै संस्थाबीच औपचारिक सम्झौता भएको थियो। दुबै संस्था मर्जरका लागि राष्ट्र बैंक पुगेर सैद्धान्तिक स्वीकृति लिएसँगै..

    एनआईसी एशिया बैंकद्वारा ग्राहकको सुविधाका लागि ‘भाइबर बैकिङ’ सेवा सञ्चालन

    बुधबार, माघ ३, २०७४ साल
    काठमाडौं, माघ ३ ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधिमुलक - 'भाइबर बैकिङ सेवा' संचालन गरेको छ । यस भाइबर बैकिङ्ग सेवा ग्राहकले सहजरुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नेछन् । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउन्टलाई सस्क्राइब गरी यसबाट आवश्यक जानकारी लिन सकिने छ । भाइबर..

    सय र हजार रुपैयाँको सिक्का निकाल्ने नेपाल राष्ट्र बैँकको तयारी

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौं, माघ २ ।  नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ। मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो।   केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३÷३ हजार थान निस्कासन हुने छन् ।    १०० रुपैयाँ दरका..

    बीमा कम्पनीले आय र व्ययको अनुपात पनि सम्बन्धित निकायमा पेश गर्नुपर्ने

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पौष २८ ।  बीमा कम्पनीले त्रैमासिक र वार्षिक वित्तीय विवरणसँगै आफ्नो आय र व्ययको अनुपात पनि नियामनकारी निकाय बीमा समितिमा पेश गर्नुपर्ने भएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको विवरणसँगको तुलनात्मक स्थिती नियामकलाई पेश गर्नुपर्ने भएको हो।    बीमा समितिको वित्तीय विश्लेषण शाखाले वासलातमा उल्लेखित विवरणका अतिरिक्त वित्तीय सूचकका प्रगति विवरण पनि पेश गर्न निर्देशन दिएको..

    सिटिजन्स् बैंकद्वारा ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा सुरु

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पौष २४ ।  सिटिजन्स् बैंकले ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा सुरु गरेको छ। बैंकले पुरानो मोबाइल बैंकिङलाई स्तरोन्नति गरी यो सेवा संचालनमा ल्याएको हो। यस प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने र विश्वको जुनसुकै कुनाबाट सेवा लिन सकिने बैंकले जनाएको छ। यस सेवाबाट रिचार्ज गर्न, बिजुली, टेलिफोन, एडिएसएल लगायतमा रकम भुक्तानी गर्न, कुनै अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न, स्कुल..

    नेपालमा ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने राष्ट्र बैंकको तयारी

    शुक्रबार, पौष २१, २०७४ साल
    काठमाडौँ, २१ पुस ।  विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।  मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्ने तयारी भएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी १८ महिनाभित्र वास्तविक समयमा सबै भुक्तानी..

    सबै ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउन गभर्नर नेपालको आग्रह

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु¥याउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।  ग्लोबल आइएमई बंैकको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय सेवा नपुगेका ग्रामीण क्षेत्रमा ग्लोबल आइएमई बैंकजस्ता सबल एवं सुदृढ बैंक पुग्नुपर्ने बताए ।  उनले मुलुकको आर्थिक अवस्था कमजोर भएको वर्तमान अवस्थामा त्यसलाई सुदृढ एवं सबल..

    स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका १७ सय घर-परिवार आबद्ध

    आईतवार, पौष १६, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १६ पुस : आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना..

    व्यक्तिगत मुद्दती निक्षेप खातामै १२.२२ प्रतिशत ब्याजदर निर्धारण

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं, पौष १३ ।  सिभिल बैंकले व्यक्तिगत मुद्दती निक्षेप खातामै १२.२२ प्रतिशत व्याज दर तोकेको छ । बैंकले सिमित अवधिको लागि मात्र भन्दै २ सय २२ दिने मुद्दती योजना सार्वजनिक गरेको हो ।  हालसम्म बैंकहरुमा पुँजी अभावको समस्या देखिन थालेसँगै व्याजदरमा तीव्र वृद्धि भइरहेको छ । हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिइएको यो व्याज दर अन्य सबैको भन्दा उच्च हो । यस्तो मुद्दती निक्षेप..

    ऋण तिर्न रुकुम पश्चिमका नव निर्वाचित सांसदलाई नै बैंकको सार्वजनिक सूचना

    बुधबार, पौष १२, २०७४ साल
    रुकुम, १२ पुस  । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो ।  कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन..

    बैंकलाई कर्जा लगानीमा सावधानी अपनाउन राष्ट्र बैंकको सुझाव

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं ९ पुस । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । ‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कर्जा..

    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा सम्पन्न

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा सहरी विकासमन्त्री दिलनाथ गिरीले संस्थाले गरेको योगदानको कदर गर्दै प्रगतिको कामना गरे । सञ्चालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले चालू आर्थिक वर्ष ०७३-०७४ मा सहकारीले प्राप्त गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र..
    Results 503: You are at page 16 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast