सोमबार, असोज २७, २०७६

    बैंक-बीमा

    सय र हजार रुपैयाँको सिक्का निकाल्ने नेपाल राष्ट्र बैँकको तयारी

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौं, माघ २ ।  नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ। मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो।   केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३÷३ हजार थान निस्कासन हुने छन् ।    १०० रुपैयाँ दरका..

    बीमा कम्पनीले आय र व्ययको अनुपात पनि सम्बन्धित निकायमा पेश गर्नुपर्ने

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पौष २८ ।  बीमा कम्पनीले त्रैमासिक र वार्षिक वित्तीय विवरणसँगै आफ्नो आय र व्ययको अनुपात पनि नियामनकारी निकाय बीमा समितिमा पेश गर्नुपर्ने भएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको विवरणसँगको तुलनात्मक स्थिती नियामकलाई पेश गर्नुपर्ने भएको हो।    बीमा समितिको वित्तीय विश्लेषण शाखाले वासलातमा उल्लेखित विवरणका अतिरिक्त वित्तीय सूचकका प्रगति विवरण पनि पेश गर्न निर्देशन दिएको..

    सिटिजन्स् बैंकद्वारा ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा सुरु

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पौष २४ ।  सिटिजन्स् बैंकले ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा सुरु गरेको छ। बैंकले पुरानो मोबाइल बैंकिङलाई स्तरोन्नति गरी यो सेवा संचालनमा ल्याएको हो। यस प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने र विश्वको जुनसुकै कुनाबाट सेवा लिन सकिने बैंकले जनाएको छ। यस सेवाबाट रिचार्ज गर्न, बिजुली, टेलिफोन, एडिएसएल लगायतमा रकम भुक्तानी गर्न, कुनै अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न, स्कुल..

    नेपालमा ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने राष्ट्र बैंकको तयारी

    शुक्रबार, पौष २१, २०७४ साल
    काठमाडौँ, २१ पुस ।  विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।  मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्ने तयारी भएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी १८ महिनाभित्र वास्तविक समयमा सबै भुक्तानी..

    सबै ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउन गभर्नर नेपालको आग्रह

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु¥याउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।  ग्लोबल आइएमई बंैकको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय सेवा नपुगेका ग्रामीण क्षेत्रमा ग्लोबल आइएमई बैंकजस्ता सबल एवं सुदृढ बैंक पुग्नुपर्ने बताए ।  उनले मुलुकको आर्थिक अवस्था कमजोर भएको वर्तमान अवस्थामा त्यसलाई सुदृढ एवं सबल..

    स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका १७ सय घर-परिवार आबद्ध

    आईतवार, पौष १६, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १६ पुस : आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना..

    व्यक्तिगत मुद्दती निक्षेप खातामै १२.२२ प्रतिशत ब्याजदर निर्धारण

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं, पौष १३ ।  सिभिल बैंकले व्यक्तिगत मुद्दती निक्षेप खातामै १२.२२ प्रतिशत व्याज दर तोकेको छ । बैंकले सिमित अवधिको लागि मात्र भन्दै २ सय २२ दिने मुद्दती योजना सार्वजनिक गरेको हो ।  हालसम्म बैंकहरुमा पुँजी अभावको समस्या देखिन थालेसँगै व्याजदरमा तीव्र वृद्धि भइरहेको छ । हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिइएको यो व्याज दर अन्य सबैको भन्दा उच्च हो । यस्तो मुद्दती निक्षेप..

    ऋण तिर्न रुकुम पश्चिमका नव निर्वाचित सांसदलाई नै बैंकको सार्वजनिक सूचना

    बुधबार, पौष १२, २०७४ साल
    रुकुम, १२ पुस  । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो ।  कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन..

    बैंकलाई कर्जा लगानीमा सावधानी अपनाउन राष्ट्र बैंकको सुझाव

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं ९ पुस । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । ‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कर्जा..

    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा सम्पन्न

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा सहरी विकासमन्त्री दिलनाथ गिरीले संस्थाले गरेको योगदानको कदर गर्दै प्रगतिको कामना गरे । सञ्चालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले चालू आर्थिक वर्ष ०७३-०७४ मा सहकारीले प्राप्त गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र..

    गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १५.७९ प्रतिशत बोनस सेयर दिने

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं, पुस ७ ।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १५.७९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गरेको कम्पनीको चुक्ता पूँजी ६९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १५.७९ प्रतिशत (१० करोड रुपैयाँ) बराबरको सेयर जारी गरेपछि चुक्ता पूँजी ६९ करोड पुग्ने छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो निर्णय..

    पचास पैसा लगानीबाट सुरु गरिएको सहकारीको एक वर्षमा डेढ करोड नाफा

    बिहिवार, मंसिर २८, २०७४ साल
    पाल्पा, २८ मंसिर ।  पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ ।  विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३-७४ सम्ममा शेयर पूँजी रु चार करोड ५७ लाख ६० हजार रहेको छ । गत आवमा रु..

    निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा चाप

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौँ, २६ मंसिर । संविधानसभाबाट जारी संविधानको कार्यान्वयनका सिलसिलामा सम्पन्न निर्वाचनमा भएको खर्चका कारण बैंक तथा वित्तीय संस्थाको तरलतामा असर परेको छ । निर्वाचन आयोग, सरकारी निकाय तथा राजनीतिक दलले निर्वाचनमा ठूलो रकम खर्च गरेको र उक्त रकम बैंकिङ च्यानलमा नआइसकेका कारण पनि तरलतामा चाप परेको हो ।  प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा उम्मेदवार दिएका बराबर रु एक करोड मात्र खर्च भयो भने पनि..

    सेञ्चुरी कमर्सियल बैंकको अल्पाईन र सेती फाईनान्ससंग एकीकृत कारोबार शुरु

    सोमबार, मंसिर २५, २०७४ साल
    मंसिर २६, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले रु.८ अर्ब पूंजी पुर्‍याउने शिलसिलामा “ख” वर्गको अल्पाईन डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको सेती फाईनान्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी मंसिर २४ गते देखि एकीकृत कारोबार शुरु गरेको छ । तस्वीर : नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपाल एकीकृत कारोबारको शुभारम्भ गर्दै एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले काठमाण्डौंबाट गरेका छन् । एकीकृत..

    धुलोका कारण पाइप बिच्छ्याउन र पानी परीक्षण बाँकी हुँदै सडक कालोपत्र शुरु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । मेलम्चीको पाइप बिछ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या भएकाले कालोपत्र गर्न थालिएको सडक विभागले जनाएको छ ।  मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको समन्वयमा..

    विश्व बैंकद्वारा आठ अर्ब ऋण स्वीकृत,कृषिमा खर्च गरिने

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ ।  बैैंकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैंकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो..

    बीमा समितिको क्षमता बृद्धिका लागि विश्व बैंकले सहयोग गर्ने

    बुधबार, मंसिर २०, २०७४ साल
    मंसिर २०,काठमाडौँ । बीमा समितिको क्षमता बृद्धिका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । नेपालका विभिन्न वित्तीय क्षेत्रका नियमनकारी निकायलाई सहयोग गर्दै आएको बैंकले समितिलाई समेत सहयोग गर्ने बताएको हो । बीमा समिति नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय हो । बैंकले अर्थ मन्त्रालयलको समन्वयमा समितिलाई अफसाइड सुपरीवेक्षणका लागि सहयोग गर्न लागेको हो । विश्व बैंकले प्रत्यक्ष रूपमा र डिएफआईडीमार्फत अप्रत्यक्ष रुपमा..

    सर्वसाधारणले पनि कर्मचारी संञ्चय कोषमा रकम जम्मा गर्न पाउने

    सोमबार, मंसिर १८, २०७४ साल
    मंसिर १८, काठमाडौँ । कर्मचारी सञ्चय कोष सर्वसाधारणका लागि पनि खुल्ला हुने भएको छ । सरकारी कर्मचारीले मात्रै रकम जम्मा गर्न पाउने व्यवस्था रहेको कोषमा अब सर्वसाधारणले पनि रकम जम्मा गर्न पाउने छन् । कर्मचारी सञ्चय कोषको संचालक समितिको बैठकले व्यक्तिगत रुपमा समेत कोष जम्मा गर्ने विषयमा निर्णय गरेको छ । कोषको निर्णयअनुसार स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा नीजि क्षेत्रमा..

    मोबाइल बैंकिङबाट दैनिक १० हजार सम्मको कारोबार गर्न पाइने

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौं, १४ मंसिर ।   राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने..

    तरलता अभाव नरोकिदा थप १० अर्ब बजारमा पठाउने तयारीमा राष्ट्र बैंक

    बुधबार, मंसिर १३, २०७४ साल
    मंसिर १३,काठमाडौँ । वित्तीय बजारमा  लगानीयोग्य पुूँजी (तरलता) कम भएपछि राष्ट्र बैंकले बुधबार  दश अर्ब रुपैयाँ वित्तीय क्षेत्रमा पठाउने भएको छ । मंगलबार दश अर्बको रिपो जारी गर्दा एघार अर्बको माग आएपछि राष्ट्र बैंकले बुधबार थप दश अर्बको रिपो जारी  गर्न लागेको हो । लगानीयोग्य पुूँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदरको सीमा नाघेपछि बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको माग बढेको..

    एडीबीले नेपाल सरकारलाई क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न ऋण सहायता प्रदान गर्ने

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौं मंसिर ११ ।  एशियाली विकास बैंकले नेपाल सरकारलाई क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ।  ऋण सहयोगसम्बन्धी सम्झौतामा आज सोमबार अर्थ मन्त्रालयमा आयोजित  कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन् । अबको पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको..

    मंसिर १० बाट ५० करोड रुपैयाँको बैदेशीक रोजगार बचत पत्र जारी हुने

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं, मंसिर ५ ।  राष्ट्र बैंकले मंसिर १० गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशीक रोजगार बचत पत्र जारी गर्ने भएको छ ।  बैदेशीक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) यस्तो बचत पत्र किन्न सक्नेछ ।  उनीहरुका परिवार (बुबा, आमा, श्रीमान, श्रीमती र छोराछारी) ले समेत बचत पत्र किन्न पाउने भएका छन् । यो बचत..

    रिलायन्स लाइफ इन्स्योरेन्सको सेवा सुरु, ६३ करोडकाे सेयर जारी गर्ने

    आईतवार, मंसिर ३, २०७४ साल
    ३ मंसिर, काठमाडौं। शुक्रवारबाट आफ्नो सेवा शुभारम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ३ वटा बीमा योजना सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष तारा चन्द केडियाले जानकारी दिए । कम्पनीले बीमा योजना बिक्री, गुनासो सुनवाई लगायतमा  डिजिटल प्लाटफर्मको प्रयोग गर्ने उल्लेख गरेको छ । कतिपयलाई बीमा गर्दा रकम दोब्बर हुन्छ भनेर प्रलोभन देखाउने, योजनाले समेट्नेभन्दा अन्य..

    लुम्बिनी जनरलको १२.८२ प्रतिशत बोनस

    आईतवार, मंसिर ३, २०७४ साल
    ३ मंसिर, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १३.४९ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । कम्पनीले १२.८२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बोनस पछि कमपनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्ने भएको छ ।  ..

    राष्ट्र बैंकले आजबाट ब्याजदर करिडोर लागू गर्दै

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौं, कात्तिक २९ ।  नेपाल राष्ट्र बैंकले बुधबारदेखि ब्याजदर करिडोर लागू गर्दै छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत उक्त व्यवस्था ल्याए पनि राष्ट्र बैंकले चार महिनापछि मात्र करिडोर लागू गर्न लागेको हो ।  यसअघि अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल रहेकाले उपयुक्त समय नभएको भन्दै राष्ट्र बैंकले करिडोर लागू गरेको थिएन । अहिले बजारको अवस्था सही ठाउँमा रहेकाले ब्याजदर..

    राष्ट्र बैंकले ७ वर्षे विकास ऋणपत्र बिक्री गर्दै

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौ १९ कार्तिक ।  नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र किन्न चाहनेले आज दिउँसो सम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्ने तयारी गरेको हो । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिद..

    थप तीन जिल्लामा 'स्वास्थ्य बीमा कार्यक्रम' सञ्चालन हुँदै

    सोमबार, असोज २३, २०७४ साल
    २३ असोज,  काठमाडौं ।  असोज २५ देखि थप तीन जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सोलुखुम्बु, सुनसरी र झापामा कार्यक्रम विस्तार हुन लागेको हो । बिमकहरुलाई तालिमपछि सदस्यताको काम सुचारु हुनासाथ कार्यक्रम लागु गर्ने तथा हरेक तीन महिनामा ५–५ जिल्लामा कार्यक्रम गर्ने सरकारी रणनीति छ । यस पटक थप तीन जिल्लामा कार्यक्रम सञ्चालन हुन लागेको हो । आगामी..

    नेपाल ग्रामीण विकासको एफपीओमा २८ गुणा बढी आवेदन

    मंगलवार, असोज ३, २०७४ साल
    काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले हालै जारी गरेको एफपीओमा ३८.२५ प्रतिशत आवेदकले मात्रै जम्मा १० कित्ताका दरले शेयर पाउने लगभग पक्का भएको छ । बैंकले गत भदौ २७ देखि ३० गतेसम्म जम्मा ४ दिनका लागि बिक्री आवेदन खुला गरेकोमा कुल दुई लाख ५४ हजार ८ सय ५२ जनाको आवदेन परेको थियो ।  बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओ आह्वान गरेकोमा..

    बैंकमा थुप्रियो पैसा

    बुधबार, भाद्र २८, २०७४ साल
    २८ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब १ वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए । ‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ’, थापाले भने, निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको..

    नबिल बैंकको साधारणसभा आगामी असोज १० गते

    बुधबार, भाद्र २१, २०७४ साल
    अन्य दुई कमर्शियल बैंकले जस्तै नबिल बैंकले दशै अगाडि नै गत आर्थिक बर्षको लाभांश वितरण गर्ने भएको छ । जसका लागि बैंकले असोज १० गते साधारणसभा बोलाएको छ । नबिलले आगामी असोज १० गतेका लागि ३३ औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश..
    Results 453: You are at page 15 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast