शुक्रबार, आषाढ २६, २०७७

    बैंक-बीमा

    ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ स्थापना भएको मेगा बैंक नवौँ वर्षमा

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन   ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।  गत आर्थिक वर्षमा निक्षेप संकलन रु ११ अर्ब ८२ करोड बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करीब रु ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख..

    दक्ष जनशक्ति उत्पादनका लागि बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन  दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ ।  बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने जानकारी दिए ।  जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त रु एक करोडको लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पुर्याउने..

    नेपाल राष्ट्र बैँकद्वारा १४ सहकारी संस्थालाई वित्तीय कारोवारमा अङ्कुश

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ ।  यसअघि उक्त सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरेको थियो ।  काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् ।  राष्ट्र बैंकले जारी गरेको..

    अमेरिकी डलर हालसम्मकै महँगो, बिक्रीदर मूल्य १ सय १० रुपैयाँ ७८ पैसा पुग्यो !

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  अमेरिकी डलर थप मजबुत बनेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ। यसअघि बिहीबार यो दर ११० रुपैयाँ १० पैसा थियो। खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो।  कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय रुपैयाँसँगै नेपाली मुद्रा कमजोर बनेको हो। अर्कोतर्फ अमेरिकीले इरानको तेलमाथि प्रतिबन्ध लगाउने..

    सिटिजन्स बैंकलाई आइक्यानले दियो 'उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड'

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ असार  बैंकिङ क्षेत्रबाट सिटिजन्स बैंकले आइक्यानद्वारा उत्कृष्ट वार्षिक प्रतिवेदनको अवार्ड प्राप्त गरेको छ। आइक्यानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बैंकलाई ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड २०१७’ प्रदान गरिएको हो। यसअघि बैंकले २०१५ मा साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा बंगलादेशमा आयोजित कार्यक्रममा पनि ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड’ पाएको थियो। बैंकले यो अवार्ड लिएसँगै सुशासन तथा पारदर्शी वार्षिक प्रतिवेदन प्रकाशनका लागि..

    अर्थमन्त्री खतिवडाद्वारा गाउँपालिका बैंकको उद्घाटन, नवील बैंकको १२ गाउँपालिकामा शाखा विस्तार

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन  नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ ।  बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् । यहाँ मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गरे । मन्त्री..

    नेपाल राष्ट्र बैंकले तोके बमोजिम सबै तहमा सानिमा बैंकका शाखाहरु सञ्चालनमा !

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, १ साउन  सानिमा बैंकले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ असार मसान्तसम्म सम्पूर्ण स्थानीय तहमा शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।  नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी..

    मन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच भेटवार्ता

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ ।  दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पुर्याउने जानकारी दिए ।  उनले कृषि क्षेत्रमा लगानी बढाउन बैंक तयार रहेको बताउँदै कृषि क्षेत्रलाई उच्च मूल्य शृृंखला उत्पादनतर्फ केन्द्रीत गर्दै कृषिको आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सल्लाह दिए ।  विश्व बैंकले..

    नबिल बैंकले आफ्ना अधिकृतस्तरका कर्मचारीहरुलाई तालिम दिने

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ. २९ असार नबिल बैंकले आफ्ना अधिकृत स्तरका कर्मचारीहरुलाई कार्यसम्पदान दक्षता हाँसिल गर्न तालिम दिने भएको छ। बुधबार आएको मौद्रिक नीतिले बाणिज्य बैंकहरुले आफ्ना साहयकदेखि अधिकृतस्तरसम्मका कर्मचारीलाई नीति कार्यान्वयनको सम्बन्धमा प्रशिक्षण दिनुपर्ने व्यवस्था गरेको छ।  उक्त नीतिअनुसार तालिम दिन बैंकले नेपाल बैंकिङ इन्ष्टिच्युटसँग(एनबीआइ)सँग सम्झौता गरेको छ। मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुका लागि बैंकिङ्ग सम्बन्धी तालिमलाई अनिवार्य..

    सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

    बिहिवार, आषाढ २८, २०७५ साल
    काठमाडौँ, २८ असार  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन् ।  शिष्टाचार भेटका लागि बिहिबार उनकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन् ।  बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालले..

    स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि तथा कर्मचारीको सदरमुकाममा भिडभाड

    मंगलवार, आषाढ २६, २०७५ साल
    बैतडी, २६ असार  जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ ।  सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।  बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि..

    एनआइसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरे। सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभरका २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सका बीमा योजना खरिद गर्न सक्नेछन्। बैंकका २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा..

    नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा सेवा लिनेको संख्या २४ लाख पुग्यो

    शुक्रबार, आषाढ २२, २०७५ साल
    काठमाडौँ, २२ असार नेपाल लाइफ इन्स्योरेन्सले बिमितको संख्या २४ लाख पुर्याएको छ। कम्पनीले प्रदान गर्दै आएका विभिन्न जीवन बिमा योजनामा २४ लाखले संलग्नता जनाएको कम्पनीले जनाएको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड पुगेको छ। अन्य जीवन बीमा कम्पनीलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन धौ धौ परिरहेका बेला बीमा समितिको निर्देशन आउनुअगावै कम्पनीको चुक्ता पुँजी २ अर्ब नाघेको हो। कम्पनीले आफ्ना सेवाग्राही..

    बैंकको सिण्डिकेट : बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित

    बिहिवार, आषाढ २१, २०७५ साल
    चितवन, २१ असार  बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् ।  शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् ।  उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताए..

    माछापुच्छ्रे बैंकको थप २ शाखा संचालनमा, सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने प्रतिबद्दता

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौं, २० असार माछापुच्छ्रे बैंकले थप २ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले असार १८ र १९ गते धनुषाको नागराइन नगरपालिकास्थित फुलगामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालय संचालनमा ल्याएको हो। फुलगामा शाखाको पूर्व सभासद तथा बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो र नगरपालिकाका मेयर प्रमेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरे। माहुली शाखाको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी..

    सांग्रिला डेभलपमेन्ट बैंकले ९ प्रतिशत नगद लाभांश दिने

    सोमबार, आषाढ १८, २०७५ साल
    काठमाडौं, १८ असार साँग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । आइतबार सम्पन्न बैंकको १३ औं वाषिर्क साधारणसभा आब०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो । हाल २ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकका..

    पिछडिएका बालबालिकाको शिक्षाका लागि सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग

    आईतवार, आषाढ १७, २०७५ साल
    काठमाडौँ, १७ असार  सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड एजुकेसन सर्भिस ट्रष्ट (आरएचइएसटी) नामक गैरसरकारी संस्थासँगको सहकार्यमा पिछडिएका बालिकाहरुको शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले ८४ हजार ८८५ रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोग रकम एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले आरएचइएसटीका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरे। सो रकम विभिन्न जिल्लाका पिछडिएका..

    पीडित परिवार भन्छन् - दैवले असहयोग गर्दा वीमाले सहयोग गरेकोमा खुसी छु

    शुक्रबार, आषाढ १५, २०७५ साल
    सुर्खेत, १५ असार  आगलागीमा ज्यान गुमाएका चन्दननाथ नगरपालिका–४ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई रु ३१ लाख ५६ हजारको वीमा प्रदान गरिएको छ ।  बिहीबार जुम्लामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वर्गीय उपाध्यायकी धर्मपत्नी अप्सरा उपाध्यायलाई रु ३१ लाख ५६ हजारको चेक हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र प्राइम लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख रामबहादुर शाहीले संयुक्त रुपमा चेक..

    बाँझो जग्गालाई उत्पादनमुखी बनाउने लक्ष्यका साथ भूमि बैंक स्थापना

    बुधबार, आषाढ १३, २०७५ साल
    पोखरा, १३ असार    उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ ।    कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो ।    बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको दर मूल्यसमेत पाउने व्यवस्था गरी उक्त..

    एनआईसी एसिया बैंकको नयाँ शाखा बनियानीमा, यससंगै बैंकको मुलुकभर २ सय २४ शाखाहरु

    मंगलवार, आषाढ १२, २०७५ साल
    झापा, १२ असार  एनआईसी एसिया बैंकले झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयुक्त रुपमा उदघाटन गरे। बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकको वासलातको आकार १७४..

    एक वर्षको अवधिमा बैंकहरुले संकलन गर्ने रकमभन्दा ऋण धेरै दिए

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौं, १० असार नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार एक वर्षमा निक्षेप १९ प्रतिशतले बढ्दा कर्जा लगानीको दर भने २४ प्रतिशतले बढेको छ। एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपभन्दा कर्जा लगानीको वृद्धिदर उच्च देखिएको छ।  गत वर्ष वर्षको असार २ गतेसम्म १६ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले यस वर्षको असार १ गतेसम्म २० खर्ब ६९ अर्ब पुर्याएका छन्। यो..

    नयाँ बीमा कम्पनी जनरल ईन्स्योरेन्सले आफ्नो कारोबार थाल्यो

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्सले बुधबारदेखि कारोबार थालेको छ। कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरेपश्चात कर्पाेरेट कार्यालय हात्तिसारबाट कारोबार थालेको हो। एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालयको उद्घाटन गरी सेवा सुभारम्भको घोषणा गरे। कम्पनीको कुल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ। कम्पनीको चुक्ता पुँजी १अर्ब रुपैयाँ रहेको छ।..

    एभरेष्ट बैंकको नयाँ शाखा अब काठमाडौंको सितापाइलामा !

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौँ, ५ असार एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा संचालनमा ल्याएको छ। सो शाखाको बैंकका निर्देशक एल.भि. प्रभाकरले उदघाटन गरे। सो अवसरमा बैंकका संस्थापक निर्देशक अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो। ग्राहकहरुको संख्या साढे नौ लाख पुगेको बताउँदै बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट सेवा..

    मेगा बैंकले ल्यायो मुद्दतीमा साढे १२ प्रतिशत व्याज दिने योजना

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार  मेगा बैंकले साढे १२ प्रतिशत व्याज दिनेगरी आकर्षक मुद्दती खाता योजना ल्याएको छ। साथै दुई दुई वटा आकर्षक बचत खाता योजनाहरु पनि ल्याएको छ। ‘मेगा राइजिङ मुद्दती खाता’ न्यूनतम १ लाख रुपैयाँमै खोल्न सकिने छ भने मासिक भुक्तानी हुनेगरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ। यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशत सम्म ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ। ‘मेगा राइजिङ बचत..

    सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासनका लागि स्वीकृति

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ ।  नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु एक सय आधार मूल्यको शेयरमा रु १८० प्रिमियम थप गरी सार्वजनिक निष्कासनका लागि यही असार १ गते स्वीकृति दिइएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए ।  बैंकले रु..

    बिराटनगरस्थित सिटिजन्स बैंक आफ्नै भवनमा स्थानान्तरण

    आईतवार, आषाढ ३, २०७५ साल
    बिराटनगर, ३ असार  सिटिजन्स बैंक बिराटनगरमा आफ्नै भवनमा सरेको छ। हालको कार्यालयभन्दा करिब ५ सय मिटरकोे दुरीमा रहेको रंगेली रोडमा आफ्नै सुविधा सम्पन्नभवनमा शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुआत गरे। उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो। बैंकले..

    आइएमई इन्स्योरेन्स र बयोधा हस्पिटलबीच स्वास्थ्य बीमा सम्झौता

    शुक्रबार, आषाढ १, २०७५ साल
    काठमाडौँ. १ असार  आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच स्वास्थ्य बिमा सेवा उपलव्ध गराउने सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमईका नायव महाप्रबन्धक पवन थापा र हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरे। सम्झौता पश्चात आइएमईबाट औषधोपचार बीमा योजना खरिद गर्ने ग्राहकले बीमालेखको निश्चित सीमासम्म बयोधा हस्पिटबाट नगद रहित उपचार सेवा पाउने छन्।..

    सहकारीबाट बिना धितो ऋण उपलब्ध गराएपछि ३१ किसानले गाईपालन गर्दै

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    वालिङ, स्याङ्जा, ३० जेठ  स्याङ्जाको भरकोट नगरपालिकाका विभिन्न स्थानका किसानले व्यावसायिकरुपमा गाई पालन गर्दै आएका छन् ।  भिरकोट–१ बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत रु ४० लाख बिना धितो ऋण उपलब्ध गराएपछि किसान यस पेशाप्रति आकर्षित भएका हुन् ।  “संस्थामा आबद्ध ३१ जना शेयर सदस्यले जर्सी र होलिस्टिन जातका गरी कूल १११ वटा..

    एनअाइसीले ल्यायो धनवर्षा मुद्दती निक्षेप योजना, वार्षिक १२ प्रतिशत व्याज

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौँ, २८ जेठ  एनआइसी एसिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्चव्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ। निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले दोश्रो ठुलो बैंकको रुपमा स्थापित सो बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको हो। धनवर्षा मुद्दती निक्षेप योजना..

    प्रुडेन्सियल इन्स्योरेन्सको ४१ औं नविनतम शाखा दोलखा जिल्लाको चरिकोटमा !

    आईतवार, जेष्ठ २७, २०७५ साल
    चरिकोट, २७ जेठ  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो नविनतम शाखा दोलखा जिल्लाको चरिकोटमा खोलेको छ। उक्त कम्पनीको यो ४१ औं शाखा हो। नयाँ शाखाको जेठ २५ गते कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे। इन्स्योरेन्सले देशभरका ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा र लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले हालसम्म १२३ करोड बीमा..
    Results 522: You are at page 14 of 18
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last
    Weather Forecast