शनिबार, चैत्र २२, २०७६

    बैंक-बीमा

    माछापुच्छ्रे बैंकको एजेन्टमा जिएमई रेमिट नियुक्त, छिटो र सुलभ तरिकाले पैसा पठाउन सकिने भनाई

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन माछापुच्छ्रे बैंकले जिएमई रेमिटलाई एजेन्टको रुपमा नियुक्त गरेको छ। एजेन्ट नियुक्ती सम्वन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जिएमइका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरे। सम्झौता पश्चात एमबिएल रेमिटको भुक्तानी जिएमईको ७ हजारभन्दा बढी एजेन्टमार्फत हुनेछ।  त्यस्तै जिएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछ। यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन, कतार, ओमन, क्यानेडा र..

    म्याग्दी जिल्लाका २ हजार ६ सय परिवारद्वारा स्वास्थ्य बिमा

    शुक्रबार, श्रावन २५, २०७५ साल
    म्याग्दी २५ साउन  डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन् ।  विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो । यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ ।  अघिल्लो आवमा..

    धितोपत्र बजार : बीमा कम्पनीका शेयर बजार घटे पनि शाखा भने घटेन

    सोमबार, श्रावन २१, २०७५ साल
    काठमाडौँ, २१ साउन  धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको..

    एशियाली विकास बैँकको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठकको आयोजना

    बिहिवार, श्रावन १७, २०७५ साल
    काठमाडौँ, १७ साउन एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहिबार यहाँ त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरियो ।  कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम अझ प्रभावकारी बनाउन कार्ययोजना लगायतमा सघाउन अर्थ मन्त्रालय तयार रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष सजग हुनुपर्ने बताउँदै सहयोगका लागि एडीबीप्रति कृतज्ञता..

    राष्ट्रिय वाणिज्य बैंकमा भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु

    बुधबार, श्रावन १६, २०७५ साल
    भद्रपुर, १६ साउन    राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो ।    बैंकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल..

    सिटिजन्स बैंकको एफपिओ बिक्रीका लागि आवेदन खुल्यो, यसरी भर्नुस् .....

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  सिटिजन्स बैंकको एफपिओ बिक्रीका लागि आवेदन खुलेको छ। प्रतिकित्ता २ सय रुपैयाँका दरले बैंकको ४ लाख ६३ हजार ८२६ कित्ता बिक्रीका लागि आवेदन खुलेको हो। एफपिओमा सर्वसाधारणले मात्रै आवेदन दिन पाउने छन्। सर्वसाधारणबाट पूर्ण रुपमा बिक्री नभएमा मात्रै संस्थागत लगानीकर्ताका लागि खुल्ला हुने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। चाँडोमा १८ गतेसम्म आवेदन दिन पाइनेछ। एफपिओ खरिद गर्न चाहनेले आफ्नो..

    अर्थमन्त्री खतिवडाद्वारा बीमा विधेयक प्रस्तुत, सबैको पहुँच पुर्याउने लक्ष्य

    आईतवार, श्रावन १३, २०७५ साल
    काठमाडौँ, १३ साउन  प्रतिनिधिसभाको आईतबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।  त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पुर्याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए ।  उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा रु एक लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको र सबै..

    बीमा सेवा विस्तार गर्ने क्रममा आइएमई जनरल इन्स्योरेन्सद्वारा दुई नयाँ शाखाहरु संचालनमा

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  निर्जीवन बीमा सेवा विस्तार गर्ने क्रममा आइएमई जनरल इन्स्योरेन्सले थप दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको छ। चितवनको रत्ननगरस्थित टांडी र नवलपरासीको कावासोतीमा शाखाहरु संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। टांडी शाखाको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे। त्यसैगरी नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख..

    प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै, कारबाहीमा तीव्रता

    बिहिवार, श्रावन १०, २०७५ साल
    भीमदत्तनगर, १० साउन  प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ ।  प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ ।  उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर..

    थुलुङदूधकोशी गापमा बैंक स्थापना, स्थानीयवासी हर्षित, पहिलो दिनमै तीन दर्जनले खाता खोले

    बुधबार, श्रावन ९, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, ९ साउन  सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ ।  उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए ।  साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि..

    सिभिल बैंक र रिलायबल लाईफ इन्स्योरेन्सबिच सम्झौता, जनतालाई छरितो सेवा दिने प्रण

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे। अब बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्फत ग्राहकले रिलायबलका सेवा पाउने छन्। रिलायबलका योजनाहरुबारे जानकारी लिने, प्रिमियम बुझाउने लगायतका काम अब बैंकका शाखाहरुबाट हुनेछ।..

    ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ स्थापना भएको मेगा बैंक नवौँ वर्षमा

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन   ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।  गत आर्थिक वर्षमा निक्षेप संकलन रु ११ अर्ब ८२ करोड बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करीब रु ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख..

    दक्ष जनशक्ति उत्पादनका लागि बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन  दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ ।  बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने जानकारी दिए ।  जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त रु एक करोडको लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पुर्याउने..

    नेपाल राष्ट्र बैँकद्वारा १४ सहकारी संस्थालाई वित्तीय कारोवारमा अङ्कुश

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ ।  यसअघि उक्त सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरेको थियो ।  काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् ।  राष्ट्र बैंकले जारी गरेको..

    अमेरिकी डलर हालसम्मकै महँगो, बिक्रीदर मूल्य १ सय १० रुपैयाँ ७८ पैसा पुग्यो !

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  अमेरिकी डलर थप मजबुत बनेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ। यसअघि बिहीबार यो दर ११० रुपैयाँ १० पैसा थियो। खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो।  कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय रुपैयाँसँगै नेपाली मुद्रा कमजोर बनेको हो। अर्कोतर्फ अमेरिकीले इरानको तेलमाथि प्रतिबन्ध लगाउने..

    सिटिजन्स बैंकलाई आइक्यानले दियो 'उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड'

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ असार  बैंकिङ क्षेत्रबाट सिटिजन्स बैंकले आइक्यानद्वारा उत्कृष्ट वार्षिक प्रतिवेदनको अवार्ड प्राप्त गरेको छ। आइक्यानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बैंकलाई ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड २०१७’ प्रदान गरिएको हो। यसअघि बैंकले २०१५ मा साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा बंगलादेशमा आयोजित कार्यक्रममा पनि ‘बेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्ड’ पाएको थियो। बैंकले यो अवार्ड लिएसँगै सुशासन तथा पारदर्शी वार्षिक प्रतिवेदन प्रकाशनका लागि..

    अर्थमन्त्री खतिवडाद्वारा गाउँपालिका बैंकको उद्घाटन, नवील बैंकको १२ गाउँपालिकामा शाखा विस्तार

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन  नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ ।  बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् । यहाँ मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गरे । मन्त्री..

    नेपाल राष्ट्र बैंकले तोके बमोजिम सबै तहमा सानिमा बैंकका शाखाहरु सञ्चालनमा !

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, १ साउन  सानिमा बैंकले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ असार मसान्तसम्म सम्पूर्ण स्थानीय तहमा शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।  नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी..

    मन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच भेटवार्ता

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ ।  दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पुर्याउने जानकारी दिए ।  उनले कृषि क्षेत्रमा लगानी बढाउन बैंक तयार रहेको बताउँदै कृषि क्षेत्रलाई उच्च मूल्य शृृंखला उत्पादनतर्फ केन्द्रीत गर्दै कृषिको आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सल्लाह दिए ।  विश्व बैंकले..

    नबिल बैंकले आफ्ना अधिकृतस्तरका कर्मचारीहरुलाई तालिम दिने

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ. २९ असार नबिल बैंकले आफ्ना अधिकृत स्तरका कर्मचारीहरुलाई कार्यसम्पदान दक्षता हाँसिल गर्न तालिम दिने भएको छ। बुधबार आएको मौद्रिक नीतिले बाणिज्य बैंकहरुले आफ्ना साहयकदेखि अधिकृतस्तरसम्मका कर्मचारीलाई नीति कार्यान्वयनको सम्बन्धमा प्रशिक्षण दिनुपर्ने व्यवस्था गरेको छ।  उक्त नीतिअनुसार तालिम दिन बैंकले नेपाल बैंकिङ इन्ष्टिच्युटसँग(एनबीआइ)सँग सम्झौता गरेको छ। मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुका लागि बैंकिङ्ग सम्बन्धी तालिमलाई अनिवार्य..

    सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

    बिहिवार, आषाढ २८, २०७५ साल
    काठमाडौँ, २८ असार  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन् ।  शिष्टाचार भेटका लागि बिहिबार उनकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन् ।  बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालले..

    स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि तथा कर्मचारीको सदरमुकाममा भिडभाड

    मंगलवार, आषाढ २६, २०७५ साल
    बैतडी, २६ असार  जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ ।  सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।  बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि..

    एनआइसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरे। सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभरका २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सका बीमा योजना खरिद गर्न सक्नेछन्। बैंकका २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा..

    नेपाल लाइफ इन्स्योरेन्सबाट बीमा सेवा लिनेको संख्या २४ लाख पुग्यो

    शुक्रबार, आषाढ २२, २०७५ साल
    काठमाडौँ, २२ असार नेपाल लाइफ इन्स्योरेन्सले बिमितको संख्या २४ लाख पुर्याएको छ। कम्पनीले प्रदान गर्दै आएका विभिन्न जीवन बिमा योजनामा २४ लाखले संलग्नता जनाएको कम्पनीले जनाएको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड पुगेको छ। अन्य जीवन बीमा कम्पनीलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन धौ धौ परिरहेका बेला बीमा समितिको निर्देशन आउनुअगावै कम्पनीको चुक्ता पुँजी २ अर्ब नाघेको हो। कम्पनीले आफ्ना सेवाग्राही..

    बैंकको सिण्डिकेट : बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित

    बिहिवार, आषाढ २१, २०७५ साल
    चितवन, २१ असार  बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् ।  शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् ।  उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताए..

    माछापुच्छ्रे बैंकको थप २ शाखा संचालनमा, सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने प्रतिबद्दता

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौं, २० असार माछापुच्छ्रे बैंकले थप २ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले असार १८ र १९ गते धनुषाको नागराइन नगरपालिकास्थित फुलगामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालय संचालनमा ल्याएको हो। फुलगामा शाखाको पूर्व सभासद तथा बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो र नगरपालिकाका मेयर प्रमेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरे। माहुली शाखाको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी..

    सांग्रिला डेभलपमेन्ट बैंकले ९ प्रतिशत नगद लाभांश दिने

    सोमबार, आषाढ १८, २०७५ साल
    काठमाडौं, १८ असार साँग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । आइतबार सम्पन्न बैंकको १३ औं वाषिर्क साधारणसभा आब०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो । हाल २ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकका..

    पिछडिएका बालबालिकाको शिक्षाका लागि सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग

    आईतवार, आषाढ १७, २०७५ साल
    काठमाडौँ, १७ असार  सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड एजुकेसन सर्भिस ट्रष्ट (आरएचइएसटी) नामक गैरसरकारी संस्थासँगको सहकार्यमा पिछडिएका बालिकाहरुको शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले ८४ हजार ८८५ रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोग रकम एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले आरएचइएसटीका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरे। सो रकम विभिन्न जिल्लाका पिछडिएका..

    पीडित परिवार भन्छन् - दैवले असहयोग गर्दा वीमाले सहयोग गरेकोमा खुसी छु

    शुक्रबार, आषाढ १५, २०७५ साल
    सुर्खेत, १५ असार  आगलागीमा ज्यान गुमाएका चन्दननाथ नगरपालिका–४ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई रु ३१ लाख ५६ हजारको वीमा प्रदान गरिएको छ ।  बिहीबार जुम्लामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वर्गीय उपाध्यायकी धर्मपत्नी अप्सरा उपाध्यायलाई रु ३१ लाख ५६ हजारको चेक हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र प्राइम लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख रामबहादुर शाहीले संयुक्त रुपमा चेक..

    बाँझो जग्गालाई उत्पादनमुखी बनाउने लक्ष्यका साथ भूमि बैंक स्थापना

    बुधबार, आषाढ १३, २०७५ साल
    पोखरा, १३ असार    उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ ।    कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो ।    बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको दर मूल्यसमेत पाउने व्यवस्था गरी उक्त..
    Results 503: You are at page 13 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast