बुधबार, चैत्र १९, २०७६

    बैंक-बीमा

    हिन्दु नेपालीहरुको प्रमुख चाड दशैंका लागि असोज ३० देखि कात्तिक ३ सम्म बैंक बन्द हुने

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौं, १८ असोज हिन्दु नेपालीहरुको प्रमुख चाड दशैंको अबसरमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपाती देखि कातिक ३ गते एकादशीसम्म बैंक बिदा हुनेछ । तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ । निजी बैंकहरुले भने ग्राहकको सुविधाका लागि आबस्यकता अनुसार विदाको दिनमा पनि काउण्टर सेवा सञ्चालन गर्ने तयारी गरेका छन्..

    माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबिआईले माछापुच्छ्रेका कर्मचारीको कार्यक्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नेछ। सम्झौता एक वर्षसम्मको लागि भएको बैंकले जनाएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे। बैंकका देशभरि ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, २९ शाखा रहित..

    वित्तीय समावेशीकरणतर्फ बैंक तथा वित्तीय संस्था, ‘इन्टरनेट’का माध्यमबाट सर्वसाधारणले हेर्न पाउने

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौँ, १४ असोज बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’का माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।  केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था, शाखारहित बैंक तथा वित्तीय संस्थाका कारोबारको अनुगमन पनि सहज रूपमा गर्नसक्ने भएको छ । नेपाल वित्तीय समावेशीकरण ‘पोर्टल’ को शुरुवातसँगै वित्तीय सेवा प्रदायक, वित्तीय क्षेत्रका साझेदार एवं सरोकारवाला र..

    शनिबारदेखि शुरु हुने फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।  शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ ।  क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार..

    एशियाली विकास बैंक (एडिबी)द्वारा नेपाललाई १३ अर्बभन्दा बढी ऋण स्वीकृत

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत गरेको छ ।  बैंकको प्रधान कार्यालय मनिलामा आबिहिबार सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको हो । बितेका १८ वर्षमा एडिबीले ७० वटा साना शहरमा समुदायद्वारा व्यवस्थित पानी..

    दशैंलाई मध्यनजर गर्दै असोज मसान्तसम्म बैंकहरु खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौं, १० असोज नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई मध्यनजर गर्दै असोज मसान्तसम्म बैंकहरु खुल्ला राख्न निर्देशन दिएको छ । दशैंलाई मध्यनजर गर्दै राष्ट्र बैंकले असोज ३० गते फूलपाती र ३१ गते महाअष्टमीका दिन पनि बैंक खुल्ला राख्न निर्देशन दिएको हो ।  राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार असोज मसान्तमा राजस्व संकलन गर्नुपर्ने भएकाले सार्वजनिक बिदामा पनि बैंक खोल्न निर्देशन..

    विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ : अर्थमन्त्री खतिवडा

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औ सम्मेलन मंगलबारदेखि यहाँ शुरु भएको छ ।  दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा..

    शेयर बजारमा सुधारका सङ्केत ! विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै, लगानीकर्ता आकर्षित

    सोमबार, असोज ८, २०७५ साल
    बुटवल, ८ असोज  रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्न थालेका छन् । शेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि शेयर कर्जा माग गर्न लगानीकर्ता विभिन्न बैंकमा धाउन थालेका छन् ।  बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा शेयर कर्जाको योजना सार्वजनिक गरेको बेला मोफसलका बैंकले सानो आकारमा भए पनि शेयर बजारमा लगानी विस्तार गरेका छन् । नेपाल स्टक..

    नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्ड होल्डरले विशेष सहुलियत पाउने छन्। अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका चिफ मार्केटिङ्ग अफिसर रञ्जन खड्काले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो। अस्पतालका महाप्रबन्धक रिमालले स्वस्थ मानिसले आर्थिक उपार्जन र सक्रिय व्यवसायिक जीवन..

    राष्ट्र बैंकले दसैं तिहारलाई लक्षित गर्दै ४० अर्ब बराबरको नयाँ नोट बजारमा पठाउने

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असार   हिन्दु नेपालीहरुको महान पर्व दर्शै तिहार नजिकिदैं गर्दा अहिले पर्वको रौनक सुरु हुन थालेको छ । हरेक वर्ष चाडपर्वको अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गर्छ ।   विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै..

    सनराइज बैङ्क लिमिटेडको ११ औँ वार्षिकोत्सव - बाल सङ्गठनलाई सहयोग

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  सनराइज बैङ्क लिमिटेडको ११ औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल बाल सङ्गठनका १८० जना बालबालिकालाई सहयोग सामग्री वितरण गरेको छ ।  प्रत्येक वार्षिकोत्सवमा बाल सङ्गठनमा रहेका बालबालिकालाई विविध सामग्री वितरण गर्दै आएको बैङ्कले यस वर्ष खाद्य सामग्री, जाडो महीनाको लागि लगाउने लुगा, भाँडाकुँडा तथा तन्ना वितरण गरेको हो ।  उक्त सामाग्री बैङ्कका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकद्वय..

    सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ, सदरमुकाम धाउनुपर्ने बाध्यता

    बिहिवार, भाद्र २८, २०७५ साल
    बैतडी, २८ भदौ  सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् ।  जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए ।  गाउँपालिकामा सुरक्षा आवश्यक परेमा..

    सहज नीति ! ५० लाखसम्मको ऋण चलाउनेले पैसा फिर्ता गर्दा बैंकले शुल्क लिन नपाइने

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौं, २४ भाद्र   राष्ट्र बैंकले साना ऋणीहरुलाई अग्रिम ऋण भुक्तानी गर्न थप सहज नीति लिएको छ। राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै ५० लाखसम्मको ऋण चलाउनेले जुनसुकै बेला पैसा फिर्ता गरे पनि शुल्क लिन नपाइने ब्यवस्था गरेको हो । यसअघि सबै खाले ऋणीलाई यो सुविधा उपलब्ध थियो। पुरानो निर्देशन अनुसार, कर्जा लिँदाको बखत तोकिएको सर्त वा ब्याज दर परिवर्तन भएको कारण ऋणीले आफ्नो आम्दानीको..

    मुस्ताङको दामोदरकुण्ड र लोमान्थाङमा प्रभु बैंकका शाखा कार्यालय सञ्चालन

    शनिबार, भाद्र २३, २०७५ साल
    काठमाडौं, भदौ २३ ।  संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी बिहिबार देखि २ वटा नयाँ शाखाकार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  सञ्चालनमा आएका मुस्ताङ्ग जिल्ला..

    एनआईसी एसिया बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंक-एस्योरेन्स सम्झौता

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ एनआईसी एसिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंक-एस्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएका २ सय ४१ शाखाबाट सहज रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर..

    प्रतिनिधिसभाको शून्य समय : सांसदद्वारा सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन माग

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ  प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए ।  उनिहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुर्याउन माग गरे । यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बीमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा..

    बैंकले सहजै लगानी गर्ने भएपछि उद्योग व्यापारमा बढ्दो आकर्षण

    शनिबार, भाद्र १६, २०७५ साल
    दाङ, १६ भदौ  बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ ।  कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्फ नागरिकको आकर्षण बढेको हो ।  चालु आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र ३०० भन्दा बढी व्यापारी फार्म तथा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । गत..

    मुक्तिनाथ विकास बैंकले ल्यायो 'बरदान मुद्दति योजना', न्युनतम ५ लाख रुपैयाँ निक्षेप राख्न सकिने

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँ निक्षेप राख्न सक्नेछन् । बैंकले योजना अन्तर्गत निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने जनाएको छ ।  योजना देशैभरीका ९५ वटै शाखावाट उपलब्ध हुने बताएको छ। ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा डेबिट कार्ड सेवा प्रदान गर्दे आएको..

    इँटा व्यवसायीद्वारा वातावरण संरक्षण र काचो इँटाको बीमा हुनुपर्ने माग

    मंगलवार, भाद्र १२, २०७५ साल
    विराटनगर, १२ भदौ   इँटा व्यवसायीले वातावरण संरक्षण र काचो इँटाको बीमा हुनुपर्ने माग अगाडि सारेको छ ।  नेपाल इँटा व्यवसायी महासङ्घद्वारा मंगलबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले इँटा उद्योगमा काम गर्ने मजदूरका छोरा र छोरीलाई शिक्षा दिने, बाल मजदूर नराख्ने र चिम्नीबाट फैलिने प्रदूषणलाई अत्याधुनिक प्रविधि प्रयोग गरी प्रदूषण हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।  मुलुकभर एक हजारभन्दा बढी इँटा उद्योगी..

    प्रदेश नं ७ : १ लाख नागरिक स्वास्थ्य बीमामा, २ करोड योगदान रकम सङ्कलन

    सोमबार, भाद्र ११, २०७५ साल
    बैतडी, ११ भदौ  सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ ।  विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशभरीका हालसम्म एक लाख बढी नागरिक आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ का संयोजक जनक साउदले जानकारी दिए ।  सो प्रदेशका बैतडी, बझाङ,..

    प्रदेश नं २ का कानूनमन्त्रीद्वारा जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी

    आईतवार, भाद्र १०, २०७५ साल
    जनकपुरधाम, १० भदौ  प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् ।  प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो ।  मन्त्री यादव आफै बैंकको कार्यालय पुगेर तालाबन्दी..

    बागलुङका सबै स्थानीय तहमा बैङ्क, गाउँपालिकालाई आर्थिक गविविधिसँग जोडन् सहज

    आईतवार, भाद्र १०, २०७५ साल
    बागलुङ, १० भदौ  स्थानीय तहमा बैङ्क पुर्याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।  ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ ।  प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पुर्याएको थियो । बागलुङकै देवी..

    मन्ट्रियल महासन्धि अनुमोदन : अब हवाई यात्रुको बीमा रकम ६ गुणा बढ्ने

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ   नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा छ गुणाले वृद्धि हुने भएको छ ।  ‘अन्तर्राष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने मन्ट्रियल महासन्धि अनुमोदन भएसँगै बीमा रकम वृद्धिका लागि मार्ग प्रशस्त भएको हो । प्रतिनिधिसभाको बिहिबारको बैठकले उक्त महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरेको छ ।  उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदा हुने र अन्तर्राष्ट्रिय उडानका..

    सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुग्यो

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ ।  कोषद्वारा सैनिक मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त करीब रु एक करोड २४ लाख एक हजारबाट..

    झापामा प्रभावकारी बन्दै स्वास्थ्य बीमा, जिल्लाको १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा लागू

    मंगलवार, भाद्र ५, २०७५ साल
    भद्रपुर, ५ भदौ  झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् ।  सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिन्छिन्  ।  उनका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार..

    बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै, यस्तो छ कारण !

    सोमबार, भाद्र ४, २०७५ साल
    चितवन, ४ भदौ  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो ।  स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत..

    नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमामा अब ६ गुणा वृद्धि

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि हवाई यात्रुको बीमा रकममा उल्लेख्य वृद्धि हुनेछ ।  हवाई उड्डयनको..

    कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा ५७ करोड ५७ लाख कर्जा प्रवाह

    बिहिवार, श्रावन ३१, २०७५ साल
    उर्लाबारी, मोरङ, ३१ साउन  कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४-७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।  सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक..

    उपचारमा पहुँच बढाउने उद्देश्यले सञ्चालन भएको स्वास्थ्य बिमामा करीब ६ हजार आबद्ध

    बिहिवार, श्रावन ३१, २०७५ साल
    बैतडी, ३१ साउन   सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् ।  जिल्लामा एक हजार १७९ परिवारका पाँच हजार ८६१ जना स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिए । हालसम्म यस कार्यक्रमबाट रु ३४ लाख २९ हजार..

    स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी भएन !

    बुधबार, श्रावन ३०, २०७५ साल
    नवलपरासी, ३० साउन गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन ।  द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो ।  यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेखि हालसम्म ऋण लगानी शून्य रहेको राष्ट्रिय वाणिज्य..
    Results 503: You are at page 12 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast